प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

२०८१-०७-०५

  • A
  • A-
  • A+
Share

भक्तपुर, मध्यपुरठिमी नगरपालिका-४ राधेराधेस्थित द टाउन किचेन रेष्टुरेन्ट एण्ड क्याफे नजिकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम ९ सय ८० ग्राम सहित काठमाडौं कलंकी बस्ने मकवानपुर कैलाश गाउँपालिका-६ घर भएका २४ वर्षीय सुरेन्द्र तामाङ समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

उदयपुर, बेलका नगरपालिका-९ पुष्पाञ्जली टोलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४७ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी भोक्राहा गाउँपालिका-३ बस्ने २४ वर्षीय राजारोहित यादव र २१ वर्षीय अनिस शर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले को.१६ प ४५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सर्लाही, बागमती नगरपालिका-१२ भरत ताल जाने सडकबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित बरहथवा नगरपालिका-९ बस्ने ४२ वर्षीय राम अयोध्या मुखियालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले ना.३० प २१७ नम्बरको मोटरसाइकल चालक रामलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।  

कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६०  मिलिग्राम सहित गोदावरी नगरपालिका-१० दमौरा  बस्ने २१ वर्षीय निराजन ताम्राकारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ सदभावना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका बस्ने २७ वर्षीय बसन्त चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-७ शान्तिपथ र सोही उपमहानगरपालिका-१५ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ५५ क्याप्सुल, स्पास्पेन १ हजार २ सय ५५ चक्की  डिकोलिक ७० चक्की र नगद २ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय गौरव चौहान समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, रतुवामाई नगरपालिका-२ डोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरीले मे. ५ प १२३६ नम्बरको मोटरसाइकल चालक झापा कमल गाउँपालिका-५ बस्ने ४० वर्षीय संजय लिम्बुलाई २ ग्राम ५ सय मिलिग्राम, मे.८ प ७१७१ नम्बरको मोटरसाइकलमा सवार दमक नगरपालिका-३ बस्ने २३ वर्षीय राजिब भुजेललाई ७ सय २० मिलिग्राम र सोही मोटरसाइकलमा सवार २३ वर्षीय अर्जुन लिम्बुलाई ५ सय मिलिग्राम, मे. २ प ४६८२ नम्बरको मोटरसाइकलमा सवार मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने ३१ वर्षीय डेबिड खड्का र ३५ वर्षीय हेम बहादुर लिम्बुलाई १ ग्राम २ सय ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
करिब १ सय ११ केजी गाँजा सहित एक जना पक्राउ
२०८१-१०-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित कैलाश गाउँपालिका-२ डाडाँखर्क बस्ने ३४ वर्षीय रावाल स्याङ्ग्बोलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको बा.७ च २५१० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी ढालाभित्र खाली क्रेटले छोपी लुकाई छिपाई प्लाष्टिकमा प्याक गरी ल्याएको १० वटा  पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रावाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-१०-०१

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित शिवसताक्षी नगरपालिका-८ बस्ने ३० वर्षीय आशिक राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीटंकीबाट सिटी रिक्सामा काँकरभिट्टातर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम सहित जानकी गाउँपालिका-३ भगतपुर बस्ने ३२ वर्षीय निलम बिष्टलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेदकोट नगरपालिका-१ पिपलथला बस्ने २२ वर्षीय धिरेन्द्र चन्दलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ३० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चम्फापु र अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८१-०९-२९

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्राम सहित कोहलपुर नगरपालिका-६ बस्ने २२ वर्षीय अर्जुन थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय १० मिलिग्राम सहित कैलाली गोदाबरी नगरपालिका-२ तेघरी बस्ने २१ वर्षीय कमल खड्कालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०९-२८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १५ किलो ७ सय ग्राम सहित मनहरी गाउँपालिका-३ सिद्दकाली बस्ने ४० वर्षीय बाबु बल समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट बारातर्फ जाँदै गरेको ना.५ ख ५१२९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सिराहा, लहान नगरपालिका-१ पानीटंकीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल र बुप्रेनोर्फिन ३० एम्पुल सहित सोही नगरपालिका-१ बस्ने ४५ वर्षीय दयाराम ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-७ बस्ने २२ वर्षीय विवश राई र २७ वर्षीय निरज चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।