अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०२-२८
- A
- A-
- A+
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन ८७ ग्राम, नगद ३ लाख ३१ हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१५ घर भएकी २२ वर्षीया मीरा गुरूङ र धनुषा जनकपुरधाम उपमहानगरपालिका-६ घर भएका ३६ वर्षीय रवि कुमार साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, सुखीपुर नगरपालिका-२ छजनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८० मिलिग्राम सहित गोलबजार नगरपालिका-२ लालपुर बस्ने २१ वर्षीय श्याम सुन्दर साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पवन गुप्तालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।