अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-०४
- A
- A-
- A+
काठमाडौं, अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका सुन्दरीजल बस्ने दोलखा गौरीशंकर नगरपालिका-७ घर भएका ३४ वर्षीय भिम बहादुर मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा उक्त मुद्दामा कैद भुक्तान गरी रहेकोमा २०८२ भदौ २४ गते कारागारबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-८ गौरीघाटबाट पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।