प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८०-०७-२५

  • A
  • A-
  • A+
Share

सर्लाही, ईश्वरपुर नगरपालिका-५ सखबनि बस्ने सार्कीमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ नगरपालिका-५ बस्ने २८ वर्षीय कृष्ण मगरसहित ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार ६ सय ५ रुपैयाँ र ८ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८१-०४-०४

  तनहुँ, बन्दिपुर गाउँपालिका-५ याम्पा बस्ने जित बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा क्षेत्री समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दिपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-८ लिवालीस्थित ब्रम्हलाल गणेशको घरमा जुवातास खेलिरहेको अवस्थामा चांगुनारायण नगरपालिका-५ छालिङ बस्ने ७६ वर्षीय सानु प्रसाद बन समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार ५ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८१-०३-३०

काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक बस्ने ४२ वर्षीय प्रकाश पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय ४५ रूपैयाँ र १ सय ६० पत्ती तास सहित पक्राउ गरेको हो । डडेल्धुरा, अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४० वर्षीय हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा ऐर समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ५ रूपैयाँ र १ हजार १ सय ६५ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।