प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

२०८२-०६-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, ३१ असोज

लमजुङ, सुन्दरबजार नगरपालिका-६ मिलनचोक बस्ने ५३ वर्षीय रूक बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा रूक बहादुर समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय ५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

कैलाली, लम्कीचुहा नगरपालिका-५ चौरीस्थित गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३२ वर्षीय लक्ष्मण गिरी समेत १७ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी उनीहरूलाई नगद २ लाख ५४ हजार २ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ बस्ने ५८ वर्षीय कुबेर रेउलेको घरमा जुवातास खेलिरहेको अवस्थामा कुबेर समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ५ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ खजुरा बस्ने ५१ वर्षीय रूद्र प्रसाद खनालको घरमा जुवातास खेलिरहेको अवस्थामा रूद्र प्रसाद समेत ७ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ९ सय ४० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।