नेपाल प्रहरीको पुरूष हक्की टिम फाइनल प्रवेश
२०७९-०७-०२
- A
- A-
- A+
कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत बुधबार भएको पुरूष हक्की खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
पोखरास्थित गौरीशंकर खेल मैदान ह्याम्जामा भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ४-० गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि महेश धामी र श्रवण कुमारले समान २ गोल गरेका थिए ।
नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीसँग कात्तिक ३ गते स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छ ।