अवैध लागूऔषधसहित पक्राउ
२०७९-११-१०
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ५० ग्रामसहित कैलाली लम्कीचुहा नगरपालिका-१ बस्ने ४० वर्षीय सुनिल शाहीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ७६७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।