प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नगद चोरी गरेको अभियोगमा पक्राउ

२०७९-०४-०३

  • A
  • A-
  • A+
Share

तनहुँ, व्यास नगरपालिका-२ गणेशमान चोकस्थित लोकप्रिय स्वास्थ्य क्लिनिक प्रालिबाट नगद १ लाख ३५ हजार रूपैयाँ चोरी गरेको अभियोगमा भानु नगरपालिका-१ नयाबस्ती बस्ने २० वर्षीय सुजन परियारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त प्रालिबाट गत असार ३२ गते राति सटर फोडी पसलभित्र काउन्टरमा रहेको उक्त नगद चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा सीसीटिभी फुटेजको आधारमा खोजी गर्दै जाँदा परियारलाई आइतबार राति पुन: क्लिनिक तोडफोड गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत तनहुँबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।