अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ
२०८१-०३-१६
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ५० ग्रामसहित भारत मोतीहारी रामपुर ग्राम पंचायत-६ बस्ने ६० वर्षीय श्याम साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।