प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

४७ ग्राम २७ मिलिग्राम कोकिन जस्तो पदार्थसहित दुई जना पक्राउ

२०८०-०७-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने धुलो पदार्थ करिब ४७ ग्राम २७ मिलिग्रामसहित २ जनालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र भारत उत्तर प्रदेश मैनपुरी घर भएका ३० वर्षीय विरेश चन्द्रा रहेका छन् । 

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ज ३२१८ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानका लागि सोही ट्याक्सीका चालकसहित २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०४-०४

  कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित टिकापुर नगरपालिका-१ टिकापुर बस्ने ४० वर्षीय लेखराम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० आदर्शनगर बस्ने ३७ वर्षीय विनम्र श्रेष्ठ र ३५ वर्षीय दिपेश क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.५ प १२०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-९ शनिमन्दिरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित धनकुटा सहिदभुमी गाउँपालिका-७ बस्ने ३८ वर्षीय जिवन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा चेकजाँचको लागि खटिएको प्रहरीले प्र.१-०२-०४७ प ४४६५ नम्बरको मोटरसाइकलमा सवार राईलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने करिब २ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २२ ट्याब्लेट र मोबाइल १ थान सहित इटहरी उपमहानगरपालिका-१९ अमाह टोल बस्ने २८ वर्षीय रितेश चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल बिओपि लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०४-०४

डोल्पा, ठुलीभेरी नगरपालिका-३ दुनैबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १० ग्राम ७४ मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा त्रिपुरासुन्दरी नगरपालिका-८ बस्ने ३६ वर्षीया सितली बिक, रूकुम पश्‍चिम आठबीसकोट नगरपालिका-११ बस्ने २३ वर्षीय नविनजंग शाह र २१ वर्षीय करण पुन मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय भज्जि रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, सुनवर्सी नगरपालिका-६ बालुबारी बस्ने ३० वर्षीया मधुदेवी मेहतालाई अवैध लागूऔषध गाँजा करिब ३ किलो ७ सय ९० ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाइनिया र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०४-०३

दाङ, घोराही उपमहानगरपालिका-१६ बर्धन्ने बस्ने  २३ वर्षीय बिक्रम घर्ती मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम, ट्रामाडोल १ हजार २५ पिस र नगद ६० हजार ५ सय रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ परस्पुर बस्ने २० वर्षीय तिलक नागलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा २६ किलो सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सुमौली बस्ने ३० वर्षीय दिपक चन्द्र देव र  मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने २८ वर्षीय अन्जन शाह रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले बा. ४ च ५२७ नम्बरको कारलाई जाँच गर्ने क्रममा सिट मुनि लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक दिपक र कारमा सवार अन्जनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

एक किलो एक सय ग्राम कोकिन सहित दुई जना पक्राउ
२०८१-०४-०२

काठमाडौं, काठमाडौंस्थित होटलमा बस्दै आएका २ जना विदेशी नागरिकलाई १ किलो १ सय ग्राम अवैध लागूऔषध कोकिन सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नाइजेरियन नागरिक ४४ वर्षीय IKECHUKWU CYRIL OBODOEFULA र भारतीय नागरिक २४ वर्षीय FAHIMUDDIN NASIMUDDIN ANSARI रहेका छन् ।  काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित होटल बागमतीको कोठा नम्बर १०४ मा बसेका नाइजेरियन नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । सोधपुछको क्रममा कोकिनका क्याप्सुलहरू काठमाडौं महानगरपालिका-२६ स्थित होटल हानाको कोठा नम्बर १०२ मा बस्दै आएका भारतीय नागरिकलाई दिएको भनी खुल्न आएपछि उनको कोठा तलासी गर्दा ६२ वटा  क्याप्सुलहरूबाट उक्त परिमाणको कोकिन फेला परेको हो ।  उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेस गरी लागूऔषध कोकिन मुद्दामा म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।