अवैध लागूऔषधसहित पक्राउ
२०८०-०७-२१
- A
- A-
- A+
सुर्खेत, गुर्भाकोट नगरपालिका-८ मेहलकुना बजार बस्ने २८ वर्षीय प्रविन नेपालीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित लागूऔषध नाईट्राभेट ५ सय २५ ट्याब्लेटसहित मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने ४० वर्षीय कृष्ण बहादुर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।