प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित तीन जना पक्राउ

२०८१-०७-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३१ ग्राम सहित धादिङ गल्छी गाउँपालिका-७ बस्ने २८ वर्षीय कुमार थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ४७९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३२ मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१२ बस्ने २० वर्षीय अनिष चौधरी र २३ वर्षीय जिबछ चौधरी रहेका छन् । प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
करिब १ सय ७५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८१-०८-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाईन्टस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७५ किलोग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बकैया गाउँपालिका-४ बस्ने २४ वर्षीय सुमन लामा र हेटौंडा उपमहानगरपालिका-११ कालिदमार बस्ने २४ वर्षीय सुशिल भोलन रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३-००१ च १५८४ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा पिकअपको ढालामा खाली क्रेटले छोपी लुकाई छिपाई ल्याएको ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक सुमन र गाडीमा सवार सुशिललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८१-०८-१९

मकवानपुर, राक्सिराङ गाउँपालिका-५ दुङगु खोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा १७ किलो ६ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा जिल्ला पर्सागढी नगरपालिका-८ बस्ने ४६ वर्षीय देबिलाल सहनी र सोही नगरपालिका-१ बस्ने  ३२ वर्षीय राम नारायण राम रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   इलाम, सूर्योदय नगरपालिका-८ छिपिटार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम, गाँजा करिब ५० ग्राम, नगद १५ हजार ८ सय ५० नेपाली रूपैयाँ, भारतीय रुपैयाँ ३ हजार ८ सय, मोबाइल ६ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय हिमाल शाक्य र ताप्लेजुङ घर भएका २४ वर्षीय बिकाश भुजेल रहेका छन् । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले हिमालको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ३० ग्राम सहित नवलपरासी बर्दघाट नगरपालिका-१६ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको  प्रहरीले मनहरीबाट लोथरतर्फ आउँदै गरेको ना.१ ज ८९७१ नम्बरको म्याजिकमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको   हो ।  दाङ, घोराही उपमहानगरपालिका-१३ बर्माचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय २० मिलिग्राम, नगद १४ हजार ७ सय रूपैयाँ र मोबाइल १ थान सहित रोल्पा परिवर्तन गाउँपालिका-६ बस्ने ३० वर्षीय बिरेन्द्र बुढा मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ९० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित सोही नगरपालिका-१ बनगाउँ बस्ने २३ वर्षीय शिवम थापामगर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, महालक्ष्मी नगरपालिका-४ ओचुहाईटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम, नगद १० हजार ६ सय ३० रूपैयाँ र मोबाइल २ थान सहित ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने सर्लाही लालबन्दी घर भएका ३० वर्षीय युवराज रायमाझी र महालक्ष्मी नगरपालिका-४ ओचुहाइट बस्ने २६ वर्षीय मुकेश देवलाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले ललितपुर महानगरपालिका-४ भनिमण्डलबाट नियन्त्रित लागूऔषध नुफिन ३ पिस, डाइजेपाम ६ पिस, फेनारगन ६ पिस र ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम ४ सय ४० मिलिग्राम, नगद १ लाख ७९ हजार १ सय ५०, मोबाइल ९ थान, ल्यापटप १ थान, क्यामेरा १ थान, क्यामेरा लेन्स १ थान, डिजिटल तराजु १ थान सहित ललितपुर सानेपा बस्ने गुल्मी घर भएका २५ वर्षीय निरञ्जन राना र २० वर्षीय निश्चल लामालाई पक्राउ गरेको छ । पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७१ ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बोरिङ टोल बस्ने २५ वर्षीय अमजद मिया र ३४ वर्षीय सुरज प्रसाद सर्राफ रहेका छन् । प्रहरी चौकी बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब ६ सय ९० किलोग्राम गाँजा बरामद, घटनामा संलग्न एक जना पक्राउ
२०८१-०८-१९

सुनसरी, धरान उपमहानगरपालिका-१३ अमरहाटबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ९० किलोग्राम मंगलबार बेलुकी प्रहरीले बरामद गरेको छ । सरकारी नम्बर प्लेट लगाएको बा.१ झ ४६०५ नम्बरको स्कार्पियोबाट ३ सय ३० किलोग्राम र बा.१ झ ५१२७ नम्बरको गाडीबाट ३ सय ६० किलोग्राम गरी दुवै गाडीबाट उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो । साथै प्रहरीले बा.१ झ ४६०५ नम्बरको स्कार्पियो चालक मोरङ सुन्दरहरैंचा नगरपालिका-११ बस्ने ३६ वर्षीय श्याम कुमार विकलाई प्रहरीले पक्राउ गरेको छ ।उक्त गाडीहरूमा लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्‍ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बा.१ झ ४६०५ नम्बरको स्कार्पियोबाट ११ वटा बोरामा रहेको ३ सय ३० किलोग्राम गाँजा सहित चालक विकलाई पक्राउ गरेको थियो । साथै प्रहरीले गाडीलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेको बा.१ झ ५१२७ नम्बरको गाडी सोही ठाउँस्थित भित्री बाटोमा छाडी चालक फरार भएको अवस्थामा फेला पारी उक्त गाडीलाई तलासी गर्दा १२ वटा प्लाष्टिक भित्र प्याक गरेको अवस्थामा ३ सय ६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको थियो । प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०८-१८

दाङ, दंगिशरण गाउँपालिका-३ राउतगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय आकाश कँडेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हेकुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र नाईट्राजेपाम २० ट्याब्लेट सहित अछाम साँफेबगर नगरपालिका-३ बस्ने ३० वर्षीय चन्द्र बहादुर बुढालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतको रूपैडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २२ वर्षीय धिरज गुरूङ र २४ वर्षीय नवराज मगरलाई २ ग्राम ४० मिलिग्राम तथा कटहरी गाउँपालिका-१ बस्ने २४ वर्षीय आकाश परियार समेत २ जनालाई १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद ४ हजार रूपैयाँ सहित पक्राउ गरेको हो । डडेल्धुरा, भागेश्वर गाउँपालिका-३ बिरखम बस्ने ६० वर्षीया जसु देवि भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ८७ ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बगरकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।