जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०८३-०३-०८
- A
- A-
- A+
रूपन्देही, तिलोत्तमा नगरपालिका-१४ बस्ने ४५ वर्षीय मधु छन्त्यालको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा मधु समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७ सय ३५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।