प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान चोरी गरी लैजाँदै गरेको अवस्थामा २ जना पक्राउ

२०७८-१०-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-८ तल्लो भंगालस्थित सडकमा ठेला रिक्सामा चोरी गरेको फलामको सेफ र ४२ इन्चको १ थान सोनी टिभिसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु डेरा गरी बस्ने रौतहट चन्द्रपुर नगरपालिका-७ घर भएका ३० वर्षीय अलि अक्तर मन्सुर र सोही ठाउँ बस्ने १९ वर्षीय आकास चौधरी रहेका छन् । 

उनीहरूलाई उक्त टिभि र फलामको सेफलाई सिरक र तन्नाले बेरी लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । 

उनीहरू उपर महानगरीय प्रहरी बृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको  महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०८-०९

धादिङ, गल्छी गाउँपालिका-६ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित रुपन्देही तिलोतमा नगरपालिका-१ बस्ने ३२ वर्षीय तिल बहादुर थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख ७३९६ नम्बरको ट्रक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी ट्रक चालक थारुलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा पठाउने बागमती प्रदेश ०२-०३१ प ०६८० नम्बरको मोटरसाइकल चालक धादिङ गल्छी गाउँपालिका-६ बस्ने २३ वर्षीय बिमल तामाङ र सोही मोटरसाइकलमा सवार गल्छी गाउँपालिका-५ बस्ने २५ वर्षीय सुनिल तामाङलाई समेत प्रहरीले मोटरसाइकल सहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।