भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०१-३१
- A
- A-
- A+
बैतडी, पाटन नगरपालिका-२ कफलचुडा बस्ने ४० वर्षीय सुरेन्द्र मल्ललाई भरूवा बन्दुक १ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरीले उनको घरसँगै जोडिएको गोठ तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।