भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०४-०७
- A
- A-
- A+
पाँचथर, कुम्मायक गाउँपालिका-२ गौरी गाउँबाट भरूवा बन्दुक १ थान र छर्रा गोली ४ थान सहित सोही ठाउँ बस्ने ४० वर्षीय चोक कुमार शेर्मालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी माङ्जाबुङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।