प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर र कैलालीबाट १३ जना पक्राउ

२०८१-०१-०९

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तिबोझा बस्ने ४६ वर्षीय मण्डी बडायकको नास्ता पसल छेउमा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा बडायक समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहररूलाई नगद ११ हजार ५ सय १० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित सोही ठाउँ बस्ने ४२ वर्षीय करन चन्दको होटल रेड्सन प्लाजामा जुवातास खेलिरहेको अवस्थामा चन्द समेत ५ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५५ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।