अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०२-२७
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-२६ कपुरधारा सप्तकन्या गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १६ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने सुनसरी दुहवी नगरपालिका-८ घर भएका २५ वर्षीय दिपक भन्ने टंकनाथ निरौलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने २४ वर्षीय सुमन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ८०१ नम्बरको हायस तलासी गर्दा सहचालक सुमनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।