जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८०-०६-१३
- A
- A-
- A+
काभ्रे, पनौति नगरपालिका-५ चौकोटस्थित घनश्याम अधिकारीको होटलमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ९ सय ९० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।