प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

२०८१-०७-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, कीर्तिपुर नगरपालिका-२ कीर्तिनगर बस्ने तिर्थराज न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा दोलखा भिमेश्वर नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४८ वर्षीय दीपक कुमार थापा समेत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९६ हजार ३ सय ४५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने प्रकाश भाटको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय रोहित सिजापति समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार ३ सय ५० रूपैयाँ र १० गड्डी तास सहित पक्राउ गरेको हो ।

दाङ, शान्तिनगर गाउँपालिका-४ जुम्लिखोला बस्ने धर्म बहादुर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय देव बहादुर केसी समेत १० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६४ हजार ३ सय ५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०२-२९

बर्दिया, ठाकुरबाबा नगरपालिका-२ रानीपुर बस्ने ३८ वर्षीय बिनोद तिवारीको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो  । डोल्पा, ठूलीभेरी नगरपालिका-३ दुनै बजार बस्ने ५१ वर्षीय पञ्च बुढाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा पञ्च समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ८ सय रूपैयाँ र कौडा ४६ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।