जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३-०३-०५
- A
- A-
- A+
ललितपुर, ललितपुर महानगरपालिका-१४ शोभाहिटी बस्ने रामेछाप घर भएका २६ वर्षीय छोयलाल घिसिङले संचालन गरेको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा छोयलाल समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार ६ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।