प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

२०८१-०७-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ५२ वर्षीय सुरज महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख  ५४ हजार ९ सय ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बेल्टार बजार बस्ने प्रवत गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रवत समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रूपैयाँ  र ३३ बुक तास तहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-४ सल्यानी बङ्गला बस्ने जगदिश गुप्ताको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय हरसिद्ध रस्तोगी समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय २५ रूपैयाँ र १ बुक तास पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।