प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

२०८३-०१-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, टोखा नगरपालिका-३ ढलमलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ भत्केको पुल बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिजय तामाङ र २६ वर्षीया अञ्जना पाठक रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

सुनसरी, धरान उपमहानगरपालिका-९ बगैचा लाईनस्थित रत्न होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३६ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सन्देश तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने काभ्रे घर भएका २२ वर्षीय समिर दियाली र झापा बिर्तामोड नगरपालिका-६ नयाँ बसपार्क बस्ने २८ वर्षीय क्षितिज भण्डारी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उक्त होटलको ७ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बागमती प्रदेश०२-०२७ प ३२८१ र बागमती प्रदेश ०२-०४३ प ४८८२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  

कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गड्डाचौकी ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-३ चौमला बस्ने १९ वर्षीय आयुष नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका-१८ एक्लोडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७६ ट्याब्लेट र नाइट्राजेपाम १ सय ७९ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोलुखुम्बु घर भएका २४ वर्षीय एलस राई र नुवाकोट घर भएका २६ वर्षीय जयमान लामा रहेका छन् । प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय २० मिलिग्राम सहित नुवाकोट घर भएका १९ वर्षीया अंजली रोईलालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गारामनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९४ ट्याब्लेट र डाइक्लोमाइन २ सय ९५ ट्याब्लेट सहित दमक नगरपालिका-२६ बस्ने सुमन थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, कनकाई नगरपालिका-३ पिंगडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय मेघराज दियालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका-३० सिसुवा बस्ने ३४ वर्षीय बिदुर पौडेललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग.प्र.०१-००१ ख ०१२६ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

बर्दिया, बाँसगढी नगरपालिका-९ चिसापानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-९ माछागढ बस्ने २७ वर्षीय मोहन थारू र २५ वर्षीय दिल बहादुर थारू रहेका छन् । प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरीले भे.६ प ९१३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ माछागढ बस्ने ४४ वर्षीय अमृत प्रसाद पौडेल र ३१ वर्षीय रूद्र बहादुर गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँ बस्ने २७ वर्षीय जुबेर हलुवाईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०१-२५

    सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-१२ शिवनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कौशिला कालुङ् र सोही नगरपालिका-९ बस्ने ३९ वर्षीया निशा वली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले कौशिलाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित कञ्चनपुर पुर्नवास नगरपालिका-११ बस्ने १९ वर्षीय निशान ढकाल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-१ झगडपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश मल्ललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-४ गोबरीया बस्ने २९ वर्षीय अमित चौधरी, सोही नगरपालिका-१८ सालघाँरी बस्ने २७ वर्षीय शेखर चौधरी र शुक्लाफाँटा नगरपालिका-७ झण्डभोज बस्ने  २४ वर्षीय सुशिल डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-१ चम्पापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीसँगै आएका हाल फरार १ जनाको खोजी गरिरहेको छ ।    मोरङ, विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, डाईजेपाम ४ एम्पुल र लुपिजेसिक ४ एम्पुल सहित सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने ३१ वर्षीय कलाम मियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२७ डाडाकोनाकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५ एम्पुल, फेनारगन ५ एम्पुल र डाईजेपाम १ एम्पुल सहित सोही महानगरपालिका-२७ रिठ्ठेपानी बस्ने २३ वर्षीया सुस्मिता गुरूङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.१० प २४३१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१९ ब्रहमपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ ग्राम ४ सय ४० मिलिग्राम र नगद १९ हजार ९ सय ८० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३८ वर्षीय चक्र बहादुर जिमीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को.३९ प ३१२३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । ललितपुर, ललितपुर महानगरपालिका-९ सनराइजहोम स्नुकर हाउसबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-९ बस्ने २३ वर्षीय अनिस लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०१-२४

चितवन, भरतपुर महानगरपालिका-९ स्थित काँडाघारी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-९ बस्ने २५ वर्षीय पुजन दराई, सोही महानगरपालिका-२७ बस्ने २६ वर्षीय प्रबेश गुरूङ र  २९ वर्षीय सन्तोष गुरूङ रहेका छन् । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका २६ वर्षीय नैनुदिन अन्सारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ मिलन चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ८६ ट्याब्लेट र स्पास्पेन ६ सय ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २७ वर्षीय बासुदेब खड्का र २५ वर्षीय दुर्गा बहादुर खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय पथरी समेतबाट खटिएको प्रहरीले बा.९७ प ६०७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-४ बस्ने २२ वर्षीय निकेस माझीसँग खरिद गरेको भन्ने खुल्नआएपछि निकेसलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  ताप्लेजुङ, फुङलिङ नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २० वर्षीय ज्ञानेन्द्र लिम्बु,  २० वर्षीय यमराज लिम्बु र २० वर्षीय जगत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले यमराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलो ४ सय १० ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने २० वर्षीय धर्मराज रामलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले डम्बरपुरबाट तामागढीतर्फ आउँदै गरेको प्र.२-०३-०१६ प ३९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०१-२३

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२२ बस्ने ३४ वर्षीय अलताब किंगरीयालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, व्यास नगरपालिका-२ उत्तरशीला बस्ने २९ वर्षीय पूर्ण बहादुर थापालाई अवैध लागूऔषध गाँजा ९ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०१-२३

काठमाडौं, गोकर्णश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नोर्फिन १८ एम्पुल, फेनारगन १८ एम्पुल र डाईजेपाम १८ एम्पुल सहित सोही ठाउँ बस्ने ३८ वर्षीय फुर्पा लामालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-११ चिल्ड्रेन पार्क नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९७ ट्याब्लेट सहित काठमाडौं बालाजु बस्ने गोरखा भीमसेनथापा गाउँपालिका-७ घर भएका २८ वर्षीय राजेश भुषाल समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-१० रामनगरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, फेनारगन १९ एम्पुल र आइपिपिएल २० एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३२ तल्लो गगनगौडा बस्ने ४० वर्षीय सुनिल परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बर्दघाटबाट बुटवलतर्फ आउँदै गरेको लु.१ ख ९४५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, धनगढीमाई नगरपालिका-१ मेदनीपुर सरस्वती खोला नजिकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम र डिजिटल तराजु १ थान सहित लहान नगरपालिका-१३ गणेशपुर बस्ने २७ वर्षीय विशेश्वर पासवानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, माडी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ४ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२६ दिव्यनगर बस्ने २६ वर्षीय सुदिप गुरूङ र सोही महानगरपालिका-१७ बनगाई बस्ने २९ वर्षीय आयुष महतो रहेका छन् । प्रहरी चौकी सोमेश्वरबाट खटिएको प्रहरीले ठोरीबाट बसन्तपुरतर्फ जाँदै गरेको ना.६५ प ७८५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ हर्वासी डेरा गरी बस्ने ३५ वर्षीय घनश्याम अधिकारीलाई अवैध लागूऔषध गाँजा करिब २ सय ६६ ग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डण्डाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-५ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ट्याब्लेट र स्पास्पेन १ हजार ३ सय ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३५ वर्षीय हरी बहादुर बिक समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देउराली र अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली शिव मन्दिर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय गणेश थापालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट लाटिकोईलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।