प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ

२०८३-०३-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-८ मधुमारा बस्ने ४८ वर्षीय अभिषेक गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा सोमबार पक्राउ पुर्जी अनुमति प्राप्त भएपश्चात केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा गिरीले निर्माण व्यवसायीलाई विभिन्न व्यक्तिहरूसँग चिनजान एवम् पहुँचका आधारमा आयोजनाको ठेक्का पार्ने विश्वास दिलाई परेको ठेक्काको कार्य आफ्नै आर.सि. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि मार्फत नियमानुसार सम्पन्न गरी दिने आश्वासन दिई सो बमोजिमको कार्य नगरी ठेक्का सम्झौता रद्द भई पीडितलाई हानी नोक्सानी पुर्‍याएको खुल्न आएको छ । साथै गिरीले निर्माणमा प्रयोग हुने सवारी साधनहरू कब्जामा लिई केही सवारी साधनहरू पीडितलाई जानकारी नदिई कवाडीमा बिक्री गरेको तथा अन्य सवारी साधनहरू कब्जामा लिई पीडितलाई डर त्रासमा पारी काठमाडौंस्थित घर जग्गा राजिनामा पास गरी लिएको एवम् पीडितले अन्य व्यक्तिसँग प्राप्त गर्नुपर्ने रकम आफ्नै नाममा चेक काट्न दबाब दिई आर्थिक लाभ प्राप्त गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०३-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु वाँणगंगा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  माधवले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाइएको छ । 

ठगी सम्बन्धी कसुरमा संलग्न व्यक्तिहरु पक्राउ
२०८३-०३-२६

काठमाडौं, नेपाल बाल संगठन, बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपाल बाल संगठन, केन्द्रीय कार्यालय बाल मन्दिर नक्सालमा तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख काठमाडौं महानगरपालिका-११ बस्ने ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल संगठनका जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति काठमाडौं महानगरपालिका-२१ बस्ने ललितपुर घर भएका ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र नेपाल बाल संगठन, जिल्ला कार्य समिति, काठमाडौंका तत्कालीन सचिव गोकर्णेश्‍वर नगरपालिका-१ बस्ने ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२६

काठमाडौं, लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने सिन्धुपाल्चोलक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३० वर्षीय भिमसेन वैजु र २३ वर्षीय विश्‍व वैजु रहेका छन् । जिल्ला अदालत काठमाडौंबाट २०८१ पुस ११ गते उक्त मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तथा थप ३ महिना कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका भिमसेनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-४ सितापाईलाबाट पक्राउ गरेको हो । साथै जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना फैसला ठहर भई केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका विश्‍वलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट पक्राउ गरेको हो । पक्राउ मध्ये विश्‍वलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ भने भिमसेनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।

सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुर्‍याई ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०३-२६

काठमाडौं,  सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुर्‍याई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने नुवाकोट लिखु गाउँपालिका-४ घर भएका १९ वर्षीय विवेक सुनारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्‍याई पीडितको पहिचान प्रयोग गरी आफन्त र साथीभाई भएको भ्रम पारी रकम माग गर्दै ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न १७ जना पक्राउ
२०८३-०३-२५

काठमाडौं, सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं बल्खु बस्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-१ घर भएका ३५ वर्षीय सुमन लामा समेत १७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  विगत लामो समय देखि बल्खु एरियामा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई बल्खु एरियाबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न ३२ जना पक्राउ
२०८३-०३-२५

काठमाडौं, सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने दोलखा शैलुङ गाउँपालिका-५ घर भएका २५ वर्षीय नविन तामाङ समेत ३२ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  विगत लामो समय देखि जडिबुटी एरियामा पैदल हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जडिबुटी एरियाबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।