अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०७९-०७-१९
- A
- A-
- A+
मोरङ, बिराटनगर महानगरपालिका-१६ भत्केको वालबाट नियन्त्रित लागूऔषध एभिल १३ एम्पुल, लुप्रिजेसिक १३ एम्पुल, फेनारगन १३ एम्पुल र मेडापाम १३ एम्पुल सहित अर्जुनधारा नगरपालिका-११ बस्ने १९ वर्षीया एलिसा दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, बाग्मती नगरपालिका-११ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित सिन्धुली मरिन गाउँपालिका-९ बरुण बस्ने २४ वर्षीय दोर्जे मोक्तानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले बा.४७ प ९८१७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक दोर्जेलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।