प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
२०८३-०६-२१

काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ०६:०० बजे सम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५५ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय ३६ र आफन्तका २ हजार ८२ गरी कुल ३ हजार ४ सय १८ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय ४० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय २० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार १ सय ७९ जना व्यक्तिहरूलाई राखिएको छ । 

बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा विधि विज्ञान प्रयोगशाला सञ्चालन
२०८३-०६-२०

मकवानपुर, बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापित नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । यो नेपाल प्रहरीको चौथो विधि विज्ञान प्रयोगशाला हो । काठमाडौं, धरान र नेपालगंजमा समेत नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाहरू रहेका छन् । अपराध अनुसन्धानलाई छिटो, छरितो, वैज्ञानिक, विश्वसनीय र प्रमाणमुखी बनाउन उक्त प्रयोगशाला भदौ २२ गते देखि सञ्चालनमा आएको हो । यस प्रयोगशालामा लागूऔषध परीक्षणका साथै बायोलोजी, सिरोलोजी र डीएनएका नमुना परीक्षणहरू समेत सुरू गरिएको छ । प्रयोगशाला सञ्चालनमा आएसँगै हाल सम्म विभिन्न घटनाबाट संकलित १ सय ५० वटा भन्दा बढी नमुनाहरूको परीक्षण गरिएको छ । भोटेकोशी बाढीसँग सम्बन्धित १५ वटा नमुनाहरूको परीक्षण गरी प्रतिवेदन समेत तयार गरिएको छ । लागूऔषधको हकमा अधिकतम १० दिनभित्र परीक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने कार्यतालिका बनाइएको छ । प्रयोगशालामा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुली तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही जिल्लाहरूबाट शव पहिचान तथा अन्य फरेन्सिक परीक्षणका लागि नमुनाहरू प्राप्त हुन्छन् । अपराध अनुसन्धानमा प्रमाणको सुरक्षित व्यवस्थापन तथा वैज्ञानिक परीक्षणसँगै अपराधसँग सम्बन्धित तथ्यको विश्लेषणमा प्रयोगशालाले विशेष भूमिका निर्वाह गर्दछ । वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणले अनुसन्धानलाई थप विश्वसनीय बनाउन तथा अदालतमा बलियो प्रमाण प्रस्तुत गर्ने प्रक्रियामा समेत मद्दत गर्दछ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित सात जना पक्राउ
२०८३-०६-२०

कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ कलुवापुर बस्ने ४१ वर्षीय जितेन्द्र रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले जितेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१७ खोक्लिङ बस्ने ३१ वर्षीय राजन राई र उनकै श्रीमती ३० वर्षीया इच्छा परियारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ३९ वर्षीय मिनराज गिरी समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजदेखि सुर्खेततर्फ आउँदै गरेको भे.१ ज १३७० नम्बरको ईभी गाडी जाँच गर्दा उक्त पदार्थ फेला पारी ईभी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रा सहित तीन जना पक्राउ
२०८३-०६-२०

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट करिब १ सय ४० ग्राम तौलको संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार १ थान सहित नवलपरासी पश्‍चिम प्रतापपुर गाउँपालिका-१ सिसनिया घर बताउने ३१ वर्षीय योगेन्द्र प्रसाद चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको   हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । सिन्धुली, कमलामाई नगरपालिका-१४ तल्लो रानीबास क्षेत्रबाट करिब ६ किलोग्राम तौलको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार १ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ६० वर्षीय सोम बहादुर माझी भन्ने पोरे माझी र महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ६० वर्षीय चित्र बहादुर विश्वकर्मा रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय सिन्धुली पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०६-२०

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ जगडोल पानी ट्याङ्कीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५९ ट्याब्लेट सहित बुढानिलकण्ठ नगरपालिका-११ कपन खरीबोट बस्ने खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ घर भएका १९ वर्षीय डवाङ सोनाम शेर्पालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय योगेन मगरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, मिक्लाजुङ गाउँपालिका-७ बेलगौडे बस्ने ३१ वर्षीय धिरेन मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले धिरेनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सुनसरी, इटहरी उपमहानगरपालिका-४ भेटघाट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय अनिस श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले को.१५ प ६३८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१८ तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय अनिश शाक्य समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-५ होक्लाबारी पैनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम १५ मिलिग्राम सहित भारत किशनगंज दिघलबैंक मोहमारी बस्ने २८ वर्षीय फिरोद आलमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, झापा गाउँपालिका-५ खाताबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६७ मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-‍९ बस्ने ३८ वर्षीय सन्तोष चौधरी, ३० वर्षीय बिकास चौधरी र झापा गाउँपालिका-५ बस्ने २७ वर्षीय संजय दनुवार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका-७ घर भएका ३६ वर्षीय अर्जुन महत र तातोपानी गाउँपालिका-८ घर भएका २७ वर्षीय नकुल शाही रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा रानागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुरेश रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २६ वर्षीय बिशाल बिष्ट, सोही नगरपालिका-२ बस्ने ३४ वर्षीय राम बहादुर शाही र  सोही नगरपालिका-५ बस्ने २१ वर्षीय बिज्ञान भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०११ प ६७१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट नियन्त्रित लागूऔषध स्पास्पेन १० ट्याब्लेट र ट्रामाडोल ४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय रवि खड्का समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीय दिपेन्द्र दाहाल, सोही नगरपालिका-१० बस्ने धादिङ घर भएका २७ वर्षीय रमेश दनै, टोखा नगरपालिका- ९ बस्ने बागलुङ घर भएका २६ वर्षीय युवराज रिजाल र रोल्पा घर भएका ५० वर्षीय बिरसिंह बाठा रहेका छन् । पक्राउ मध्ये दिपेन्द्रले स्पेन पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३५ लाख ९४ हजार रूपैयाँ, रमेशले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, युवराजले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र बिरसिंहले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका-१० बाट शुक्रबार, रमेशलाई काठमाडौं तार्केश्वर नगरपालिका-१० बाट शनिबार तथा युवराजलाई काठमाडौं टोखा नगरपालिका-९ बाट र बिरसिहंलाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०६-२०

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सर्लाही लालबन्दी नगरपालिका-१४ घर भएका ३७ वर्षीय हिरालाल ब्लोनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सर्लाही लालबन्दी नगरपालिका-७ स्थित किराना पसलबाट गत भदौ ३ गते नगद १० लाख रूपैयाँ चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०६-१९

रूपन्देही, बुटवल उपमहानगरपालिका-४ हाटबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ देवीनगर डेरा गरी बस्ने गुल्मी घर भएका ३८ वर्षीय चन्द्र बहादुर खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्याल बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१४ भवनीयापुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८० ट्याब्लेट सहित जाजरकोट भेरी नगरपालिका-३ बस्ने १९ वर्षीय शंकर शाहीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ रिङ रोड वीरेन्द्र टोलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६४ ग्राम सहित सोही ठाउँ बस्ने ४९ वर्षीय गौरी सिंह महरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा विशेष योग शिविर कार्यक्रम सम्पन्न
२०८३-०६-१९

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पतंजली योगपीठ नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय विशेष योग शिविर, २०८३ कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले योग शिविरको माध्यमबाट प्रहरी कर्मचारीहरूलाई योगको महत्व र योगाभ्यासका बारेमा सचेतना अभिवृद्धि गराई प्रत्यक्ष रूपमा लाभान्वित गराउनु भएकोमा पतंजली योगपीठ प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । स्वस्थ प्रहरी नै सक्षम प्रहरी र सक्षम प्रहरी नै नागरिकको भरोसा योग्य प्रहरी बन्न सक्ने चर्चा गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले योगलाई दैनिक अभ्यास र संस्कारको रूपमा स्थापित गरी सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रहरीको जीवन आमनागरिकको सुरक्षासँग जोडिएको र यसका लागि आवश्यक पर्ने शान्त मन, धैर्यता, संवेदनशीलता, अनुशासन र शारीरिक तन्दुरूस्तीको विकासमा योगले सहयोगी भूमिका खेल्ने समेत उहाँले बताउनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई पतंजली आयुर्वेद केन्द्र नेपालका अध्यक्ष बाबु काजी श्रेष्ठले कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो । पतंजली योग समिति नेपालका संरक्षक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले योग शिक्षाका बारेमा प्रकाश पार्नु भएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो ।   कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, पतंजली योगपीठ नेपालका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।

हाइटेराद्वारा नेपाल प्रहरीलाई विभिन्न उपकरणहरू हस्तान्तरण
२०८३-०६-१९

काठमाडौं, हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडद्वारा नेपाल प्रहरीलाई Hytera POC P50 pro device २० थान, Body Worn Camera २५ थान, Hytera E-Pack Unit २ थान लगायतका विभिन्न सञ्चार उपकरणहरू हस्तान्तरण गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बिच प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक Ning Ma ले उक्त उपकरणहरू हस्तान्तरण गर्नुभएको हो ।    कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाइटेराबाट प्राप्त सहयोगले प्रहरी संगठनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अपराध अनुसन्धान, दैनिक प्रहरी कार्य लगायतका कार्यहरूलाई थप चुस्त बनाउनुका साथै प्राप्त उपकरणहरूले विपद्‍को कठिन समयमा भौगोलिक विकटतायुक्त क्षेत्रमा छिटो छरितो सञ्चार सम्बन्ध स्थापित गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।    हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक Ning Ma ले हस्तान्तरण गरिएका उपकरणहरूले प्रहरीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उल्लेख गर्नुभयो । आगामी दिनमा नेपाल प्रहरीसँग आपसी समन्वय गरिरहने विचार उहाँले व्यक्त गर्नुभयो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०६-१९

झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम सहित इलाम, इलाम नगरपालिकाप-१० बस्ने २६ वर्षीय सरोज बानियालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ८७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय नरेश खड्गी र ३५ वर्षीय कृष्णा राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-६ बस्ने २१ वर्षीय शुसान्त विक र २० वर्षीय निर्मल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-५ ठाकुर टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय अरूण मण्डल र २९ वर्षीय विवेक धिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-८ फलामे पुल बस्ने ३२ वर्षीय बिमलराज धामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय १० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३० मिलिग्राम सहित पर्सा छिपहरमाई गाउँपालिका-५ बस्ने १९ वर्षीय फारूक आलम समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले वीरगंजबाट जीतपुरतर्फ आउँदै गरेको बीआर २२ बिएल ८१७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सल्यान, कपुरकोट गाउँपालिका-३ कपुरकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शारदा नगरपालिका-१ श्रीनगर बस्ने २८ वर्षीय बिकास हमाल र २८ वर्षीय निराजन सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले दाङको तुलसीपुरबाट सल्यानतर्फ आउँदै गरेको लु.९६ प ४०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-९ गन्जहुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१२ बस्ने २७ वर्षीय डेबिट चौधरी र  ३४ वर्षीय नरेन्द्र चौधरी रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले से.३ प ७६९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय अमन पन्थीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्जित चौधरी समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, चौबिसे गाउँपालिका-६ टुक्रेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९५ ट्याब्लेट र डाइक्लोमाइन १ सय ५ ट्याब्लेट सहित सोही गाउँपालिका-६ बस्ने २८ वर्षीय उपहार राई समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
२०८३-०६-१९

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ गैरीगाउँ सुनखरी टोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं बौद्ध नयाँबस्ती बस्ने दोलखा जिरी नगरपालिका-३ घर भएका ४८ वर्षीय ङिम लाक्पा शेर्पा समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-१० धुलाबारीस्थित सेकुवा कर्नरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ३७ वर्षीय किरण लम्साल समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ५ सय २० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-५ रामनगरस्थित क्याफेमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय सन्तोष गुप्ता समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८३-०६-१८

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६१ ग्राम ९ सय ७० मिलिग्राम सहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २७ वर्षीय अरविन्द कुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरी समेतबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्र.२-०२-००१ प ७८८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३१ वर्षीया सुष्मा तिमल्सिनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ थपालीपुर बस्ने २२ वर्षीय ललित राना क्षेत्रीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-१ तोङवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७ ट्याब्लेट र स्पास्पेन ७ ट्याब्लेट सहित छथरजोरपाटी गाउँपालिका-६ बस्ने २७ वर्षीय शान्तिराम थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्राम सहित सोही गाउँपालिका-६ कटेज चोक बस्ने २६ वर्षीय सन्तोष हेमरमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । गोरखा, गोरखा नगरपालिका-११ बाह्रकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल सहित सोही नगरपालिका-९ लक्ष्मीबजार बस्ने २५ वर्षीय सन्तोष सुनार समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाह्रकिलोबाट खटिएको प्रहरीले मझुवादेउरालीबाट गोरखा बजारतर्फ आउँदै गरेको बा.१९ प २५९९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २० वर्षीय निरक शाही समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले निरकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-११ बस्ने ३६ वर्षीय विशाल बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३-०६-१८

ललितपुर, गोदावरी नगरपालिका-३ मचौरस्थित सोही नगरपालिका-५ बस्ने ५७ वर्षीय खिल बहादुर तामाङले संचालन गरेको एसएमएस हार्डवयर पसलको गोदाममा जुवातास खेलिरहेको अवस्थामा खिल बहादुर समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ६ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-८ शिवालय चोक बस्ने ५० वर्षीय तिलक प्रसाद शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा तिलक प्रसाद समेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ४ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-१ पुरैनाबाट जुवातास खेलिरहेको अवस्थामा कैलाली गौरीगंगा नगरपालिका-४ राजिपुर बस्ने ४८ वर्षीय जगत बहादुर धामी समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ९ सय १० रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८३-०६-१७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरिया बाहिरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ८ किलो ५ सय ग्राम सहित भारतीय नागरिक २९ वर्षीय सेक्क अविध मुख्तरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले थाई एयरबाट काठमाडौं आगमन भएका उनलाई उक्त गाँजा जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-१० ट्याङलाफाँट डेरा गरी बस्ने बझाङ छबिसपाथिभेरा गाउँपालिका-१ घर भएका २७ वर्षीय बिबेक भण्डारी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बिबेकको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा संलग्न रहेका ललितपुर सानेपा बस्ने मोरङ घर भएका २७ वर्षीय मोहन बस्नेतलाई समेत ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २३ ग्राम सहित सानेपाबाट प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल, डाईजेपाम २२ एम्पुल, बुप्रेनोर्फिन २२ एम्पुल र नगद १३ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने दाङ घोराही उपमहानगरपालिका-११ घर भएका ३१ वर्षीय सुभाष गिरी र भक्तपुर कौशलटार बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-९ घर भएका ३५ वर्षीय सन्तोष कुँवर रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०४० प ५०६० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन पयुंटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्राम सहित काठमाडौं सानुथली बस्ने दोलखा गौरीशंकर गाउँपालिका-१ घर भएका ३७ वर्षीय पेम्बा शेर्पालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-४ आनन्दगंजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका-४ बस्ने २२ वर्षीय निजाम मिया, ४१ वर्षीया सुगन्दा मण्डल र इलाम घर भएकी ४५ वर्षीया लक्ष्मी दर्जी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ३२७५ नम्बरको सिटिलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी सिटि चालक निजाम तथा सिटि सवार सुगन्दा र लक्ष्मीलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-९ हङकङ बजारस्थित मध्यबिन्दु होटल एण्ड लजबाट नियन्त्रित लागूऔषध डाईजेपाम २७ एम्पुल, फेनारगन २७ एम्पुल र नोर्फिन २७ एम्पुल सहित सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने स्याङ्जा वालिङ नगरपालिका-१ माझकोट घर भएका ३४ वर्षीय डिक गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले होटलको ११० नम्बरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । सिराहा, कर्जन्हा नगरपालिका-२ बन्दीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित धनगढीमाई नगरपालिका-७ बस्ने २० वर्षीय अजय कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैया समेतबाट खटिएको प्रहरीले गण्डकी प्रदेश ०१-००१ ख ०२२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सप्तरी, खडक नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय २२ एम्पुल र फेनारगन १ सय २१ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-१३ बस्ने २६ वर्षीय सुमन राई र २१ वर्षीय आशिष अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८१ ग्राम २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने ३१ वर्षीय फिरोज जसगढलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले भे.११ प ६८३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बर्दिया, गेरूवा गाउँपालिका-३ शान्ति बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ बालुवाटार बस्ने २२ वर्षीय अमित थारू, मधुवन नगरपालिका-८ लालीबजार बस्ने २५ वर्षीय सागर थारू र सोही नगरपालिका-४ बाँदरभरिया बस्ने २४ वर्षीय आकाश थारू रहेका छन् । इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले भे.११ प ८०२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०६-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने सोही महानगरपालिका-२१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौं महानगरपालिका-१३ बस्ने धादिङ गल्छी गाउँपालिका-३ घर भएका ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन् ।  पक्राउ मध्ये गिरिसले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र निलकण्ठले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गिरिसलाई काठमाडौं महानगरपालिका-२९ बाट र निलकण्ठलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-१७

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ३८ वर्षीय गणेश श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०६-१६

बाँके, नेपालगंज उपमहानगपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-३ बस्ने ३५ वर्षीय महेन्द्र गिरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-४ लालबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही नगरपालिका-५ घुम्ने बस्ने ३० वर्षीय प्रदिप बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८३-०६-१६

तनहुँ, भानु नगरपालिका-१ साजबोटेबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ एम्पुल, नोर्फिन ५ एम्पुल, प्रोमेथाजाइन ६ एम्पुल र डाईजेपाम ६ एम्पुल सहित सोही नगरपालिका-१ कल्याणटार बस्ने २९ वर्षीय अक्रम मियाँ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले डुम्रेबाट भानुतर्फ जाँदै गरेको ग.२४ प २४७१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   उदयपुर, त्रियुगा नगरपालिका-३ हात्तीमाराबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१० चटार बस्ने २५ वर्षीय रोहित थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ५० मिलिग्राम र नगद ५२ हजार ८ सय ६० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले रोहितको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ७० मिलिग्राम सहित दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका-५ बस्ने २० वर्षीय संदेश कार्की समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले भे.७ प २६४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-९ सिम्ली बजार डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका-३ घर भएका ३३ वर्षीय टोप बहादुर परियारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय अञ्जन कुमार चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ६० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २ किलो ७ सय ग्राम सहित भारत बिहार मोतिहारी पुर्वीचम्पारण थाना तुरकौलिया ग्राम पञ्चायत शंकर सरैया-२९ बस्ने ३३ वर्षीय लालटु राउतलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले वी.म.न.पा.१ ह १-०३६३ नम्बरको ई-रिक्सालाई जाँच गर्दा ई-रिक्सामा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २ सय १० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-८ बस्ने ३१ वर्षीय सरोज आचार्यलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २३ ग्राम २ सय ६० मिलिग्राम सहित काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने २५ वर्षीय सरोज तिवारीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित केराबारी गाउँपालिका-७ बस्ने ३३ वर्षीय विश्वास चेम्जोङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५० प ६०७६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका-५ करबगार्डबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८२ मिलिग्राम सहित रुकुम पश्चिम आठबिसकोट नगरपालिका-४ बस्ने ३५ वर्षीय रबिलाल विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-२६ बुढीबजार बस्ने ३० वर्षीय सरोज बन्जरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-८ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र नोर्फिन १७ एम्पुल सहित सोही महानगरपालिका-७ पुरानो एयरपोर्ट बस्ने गोरखा घर भएका २४ वर्षीय निसान गुरूङ समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ पेश्कर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३३ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-११ दुधे बस्ने २२ वर्षीय राजु विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-१६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ बस्ने ३७ वर्षीय सरोज मल्ललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  सरोजले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-१६

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-९ गोंगबु बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-६ घर भएका ४९ वर्षीय राज कुमार राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-१६

    उदयपुर, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-५ लालपुर बस्ने ३५ वर्षीय समिर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । समिरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   बाँके, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने ३८ वर्षीय मान बहादुर कामीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०६-१५

सिन्धुली, कमलामाई नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ५१ ग्राम ६ सय ८० मिलिग्राम सहित रामेछाप मन्थली नगरपालिका-१२ घर भएका ३१ वर्षीय बाबुराम खड्कालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.५१ प १८९१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । कैलाली, लम्कीचुहा नगरपालिका-४ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय भरत डम्बर पाल समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ बस्ने १९ वर्षीय सेरे भन्ने सुरेश भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले सुरेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेबजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूवी भ्याली गाउँपालिका-५ बस्ने २१ वर्षीय जुन तामाङ र नीलकण्ठ नगरपालिका-१२ बस्ने २१ वर्षीय बासुदेव नेपाली रहेका छन् । अस्थायी प्रहरी पोष्ट खहरेबाट खटिएको प्रहरीले रूवी भ्यालीबाट धादिङबेसीतर्फ जाँदै गरेको बा.९३ प ५१७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०६-१५

काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ सतुगंलबाट अवैध लागूऔषध खैरो हेरोइन २८ ग्राम ५ सय मिलिग्राम र नगद ७ लाख रूपैयाँ सहित लमजुङ बेसीशहर नगरपालिका-२ घर भएका २७ वर्षीय विक्रम गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागुऔषध बिक्री गर्ने भारत पश्चिम बंगाल घर भएकी ५० वर्षीया प्रिया भुजेललाई समेत प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन १ सय ८२ ग्राम सहित चन्द्रागिरी नगरपालिका-१२ बाट पक्राउ गरेको छ ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ६० मिलिग्राम सहित काठमाडौं बल्खु बस्ने बारा कलैया उपमहानगरपालिका-४ घर भएका १९ वर्षीय रोहित गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८६ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   मोरङ, उर्लाबारी नगरपालिका-४ बानडाँडा बस्ने १९ वर्षीय सुमन तोलाङ्गी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सुमनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ लक्ष्मीझारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय निशान श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध अफिम (चोप) २ किलो ९ सय ७० ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका-३ घर भएका ४५ वर्षीय आईत सिंह जिम्बा र उनकै श्रीमती ४५ वर्षीया रोशनी राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेडौंडा उपमहानगरपालिका-९ शान्तिटोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ पदमपोखरी घर भएका २४ वर्षीय अजय गोले समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ५६ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४२ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले अजयको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८४ मिलिग्राम सहित हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी बस्ने ३० वर्षीय अभिषेक थिङ समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बस्ने मनहरी गाउँपालिका-४ शान्ति टोल घर भएका ३३ वर्षीय उमेश थिङ समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ११ हजार रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उमेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना. ४१ प ६८४४ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिसेक रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश बहादुर पाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, भजनी नगरपालिका-५ कुटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २२ वर्षीय अमित चौधरी समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-८ घर भएका ३२ वर्षीय निरजंग शाही र सोही गाउँपालिका-४ घर भएका २४ वर्षीय जानस कामी रहेका छन् । प्रहरी चौकी कालिका समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-१३ झरूवारासीबाट अवैध लागूऔषध पोलेन २ किलो ६ सय २७ ग्राम, गाँजा १ किलो ९२ ग्राम र डिजिटल तराजु १ थान सहित कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, बैजानाथ गाउँपालिका-१ च्यामाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय खिम बहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा सोही ठाउँ बस्ने २० वर्षीय अजय मल्लको समेत संलग्नता रहेको खुल्ना आएपश्चात प्रहरीले अजयलाई सोही गाउँपालिका-१ हरियाली चोकबाट पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-७ गोल्मढीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २७ ट्याब्लेट सहित भक्तपुर सूर्यबिनायक बस्ने काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका २० वर्षीय बिनोद तामाङ समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०१९ प ८१२६ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय रोहित श्रेष्ठ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले रोहितको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१५ बस्ने काभ्रे घर भएका ३२ वर्षीय विरेन्द्र तामाङ, काठमाडौं महानगरपालिका-९ बस्ने मकवानपुर घर भएका ३८ वर्षीय कमल प्रसाद गौतम, काठमाडौं महानगरपालिका-१४ बस्ने अछाम घर भएका ३३ वर्षीय गणेश बहादुर बुढा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बस्ने रामेछाप घर भएका ४४ वर्षीय बद्रि कुमार तामाङ रहेका छन् । पक्राउ मध्ये विरेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ, कमलले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, गणेशले अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र बद्रिले पोल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २१ लाख ८९ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विरेन्द्रलाई ललितपुर महानगरपालिका-३ बाट, कमललाई काठमाडौं महानगरपालिका-७ बाट र गणेशलाई काठमाडौं महानगरपालिका-१३ बाट मंगलबार तथा बद्रिलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१४

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ग्राम सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय रोजन सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मुलपानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सिन्धुली, दुधौली नगरपालिका-७ पोखरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी छिन्नमस्ता गाउँपालिका-४ बस्ने ३२ वर्षीय कृष्ण कुमार यादव र २१ वर्षीय देबेन्द्र यादव रहेका छन् । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००७ ख १४५३ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सप्तरी, सप्तकोशी नगरपालिका-२ बाट अवैध लागूऔषध गाँजा करिब ९ किलो २ सय ७५ ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनरूप नगरपालिका-८ बस्ने २८ वर्षीय शिव नारायण यादव, महादेवा गाउँपालिका-३ बस्ने २३ वर्षीय ललित कुमार यादव र सप्तकोशी नगरपालिका-१० बस्ने ४८ वर्षीय उपेन्द्र यादव रहेका छन् । प्रहरी चौकी फत्तेपुर समेतबाट खटिएको प्रहरीले फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको प्र.३-०२-००८प ७०४८ नम्बरको मोटरसाइलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०६-१४

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भेरी कर्णाली गेष्‍ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ रजेना बस्ने २५ वर्षीय करण राज अधिकारी र सोही नगरपालिका-११ बस्ने २५ वर्षीय मिन बहादुर रोकाय रहेका छन् । प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-९ रातोपुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-९ गाईघाट घर भएका २५ वर्षीय मनोज कार्की र काठमाडौं मैतीदेवी बस्ने रामेछाप मन्थली नगरपालिका-४ घर भएका  २२ वर्षीय अजय रेग्मी मगर रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.५४ प ९३४९ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२ स्थित एक होटलबाट अवैध लागूऔषध खेरो हेरोइन ८ सय ८ ग्राम सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच घर भएका २१ वर्षीय रिजवान अहमद इदरीशी, २६ वर्षीय रफत खान र १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ३२ एफएच २६७९ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुना चेक पोष्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-३ बस्ने २३ वर्षीय बिरेन्द्र केसीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१७ घारिपाटनबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, फेनारगन १० एम्पुल र डाईजेपाम १० एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया मिना मल्ल र सोही महानगरपालिका-१७ बिरौटा बस्ने २५ वर्षीय सवन गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने २२ वर्षीय सुरेश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ मुस्कानचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३५ वर्षीय निकेश रितेश तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ बसपार्क नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ५ सय ट्याब्लेट, नाइट्राजेपाम ८ सय ५० ट्याब्लेट, डाईजेपाम १ हजार ४ सय ५० एम्पुल र प्रोमेथाजाइन ९ सय ९० एम्पुल सहित महोत्तरी पिपरा गाउँपालिका-५ सहोरबा बस्ने ४३ वर्षीय बिजय कुमार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ ज.उ.म.न.पा.१ ख ०१०८८ नम्बरको अटोमा सवार व्यक्तिहरू भागी फरार भएपश्चात अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक बिजय कुमारलाई पक्राउ गरेको हो । भक्तपुर, भक्तपुर नगरपालिका-१० स्थित कालिका डेरी नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २१ वर्षीय राजिब नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ पडरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ६० मिलिग्राम सहित सोही गाउँपालिका-३ सिमरा बस्ने २१ वर्षीय राजेश चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-१२ ओदालीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय गगन जैशी समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  झोलुङ्गेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २५ वर्षीय सुधिर शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-४ पिपलटोल बस्ने ३३ वर्षीय अनित राईसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले अनितलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित पक्राउ गरेको छ । सिराहा, सिरहा नगरपालिका-१४ खिरौनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित मिर्चैया नगरपालिका-११ गदहवा टोल बस्ने २४ वर्षीय मुकेश कुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले स. ६ प ३८०१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुर्खेत, भेरीगंगा नगरपालिका-५ बबई पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो दिखिने पदार्थ ८ ग्राम ७ सय ७० मिलिग्राम सहित वीरेन्द्रनगर नगरपालिका-८ बस्ने ३० वर्षीय सन्तोष क्षेत्री समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बबईबाट खटिएको प्रहरीले कर्णाली प्रदेश ०१-००२ ज ०८६१ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने NEEM EDUCATION CONSULTANCY PVT. LTD. का संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय दिप बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  दिप बहादुरले जापान पठाइदिन्छु भन्दै १५ जना पीडितहरूबाट १ करोड १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०६-१४

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-३ बस्ने सर्लाही हरिवन नगरपालिका-११ घर भएका ४७ वर्षीय रामजी ठाकुर र काठमाडौं महानगरपालिका-९ बस्ने चितवन भरतपुर महानगरपालिका-११ घर भएका ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरको २०८२ वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका रामजीलाई काठमाडौं महानगरपालिका-१३ कालीमाटीबाट र जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका सन्तोषलाई ललितपुर महानगरपालिका-३ धोवीघाटबाट पक्राउ गरेको हो । पक्राउ मध्ये रामजीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ भने सन्तोषलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ । 

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ३५ जनाको मृत्यु
२०८३-०६-१३

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा ६ जना र कर्णाली प्रदेशमा २ जना गरी जम्मा ३५ जनाको मृत्यु भएको हो । जसमध्ये धनुषामा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, काभ्रेमा १ जना, बागलुङमा १२ जना, मनाङमा ४ जना, म्याग्दीमा ७ जना, पाल्पामा ५ जना, रोल्पामा १ जना, डोल्पामा १ जना र रूकुम पश्चिममा १ जना रहेका छन् ।  बाढी, पहिरो लगायतका विपद्‍मा परी १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै २ हजार ६ सय ९५ जनाको उद्दार गरिएको छ । यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०६-१३

ललितपुर, ललितपुर महानगरपालिका-४ र ५ बाट अवैध लागूऔषध खैरो हेरोइन ५८ ग्राम, डिजिटल तराजु १ थान र नगद ९० हजार रूपैयाँ सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा हल्दिबारी गाउँपालिका-५ घर भएका ४७ वर्षीय सुरज दाहाल र सिराहा सखुवानन्कारकट्टी गाउँपालिका-५ घर भएका २२ वर्षीय कालिन्द्र प्रसाद यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-८ हर्चना बस्ने २९ वर्षीय यादव विक समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनिबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-१३

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-९ घर भएका ६० वर्षीय राजकुमार श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ भीमसेनगोलाबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ ।

भोटेकोशी बाढी प्रभावित प्रहरी कर्मचारीहरूका परिवारलाई विशेष राहत योजना
२०८३-०६-१३

काठमाडौं, गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारीहरू तथा परिवारजनप्रति लक्षित गर्दै नेपाल प्रहरीले विशेष राहत तथा कल्याणकारी निर्णय गरेको छ । सोमबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिहरूलाई प्राथमिक तहदेखि स्नातकोत्तर (Masters Level) तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ । यसका साथै समितिले प्रभावित प्रहरी परिवारका अन्य सदस्यहरूको जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनाका लागि विशेष ध्यान दिँदै उनीहरूलाई आवश्यकता अनुसारका सीपमूलक तथा व्यावसायिक तालिमहरू प्रदान गरी रोजगारीको समेत उचित व्यवस्था मिलाउने ऐतिहासिक निर्णय  गरेको छ । जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा समर्पित प्रहरी कर्मचारीहरूको त्याग र समर्पणको उच्च मूल्यांकन गर्दै यो कदम चालिएको हो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०६-१३

कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय अनिल राना र २२ वर्षीय हरि राम राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ९८०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बलराम टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित बेलौरी नगरपालिका-९ अण्डैया बस्ने २६ वर्षीय दिनेश डगौरालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झिलमिला समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ जुरेथुम डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१७ दाबीले बस्ने ३३ वर्षीय विधान भुजेल र २५ वर्षीय सरोज मिश्र रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ छटिमाई टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय रोशन साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  मोरङ, रतुवामाई नगरपालिका-५ कसेनि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९५ मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ गोविन्दपुर बस्ने २० वर्षीय मो. साकिम र २० वर्षीय मो. साहिल रहेका छन् । अस्थायी प्रहरी चौकी डाम्राभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.९ प ५८५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   नवलपरासी पश्‍चिम, प्रतापपुर गाउँपालिका-८ गंगापुर अडारेटोल बस्ने ६८ वर्षीया चम्पा गुप्ता तेलीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५७ किलो ६ सय ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलाटारी समेतबाट खटिएको प्रहरीले चम्पाको घर तलासी गर्दा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा जस्तो देखिने पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-१९ बस्ने ३० वर्षीय मनिष योगीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम २ सय ७० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मनिषको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१२ खनारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय सुमित गुरूङ समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय दिपेन्द्र थापा समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०६-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने लमजुङ दोर्दी गाउँपालिका-८ घर भएका ४५ वर्षीय खर्वा तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ घर भएका ३१ वर्षीय हरि तिमिल्सिना भन्ने ईश्वर खतिवडा रहेका छन् । पक्राउ मध्ये खर्वाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र ईश्वरले स्लोभेनिया र माल्दिभ्स पठाइदिन्छु भन्दै २५ जना पीडितहरूबाट ८५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले खर्वालाई काठमाडौं सिनामंगलबाट शनिबार र ईश्वरलाई काठमाडौं महानगरपालिका-२६ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८३-०६-१३

ललितपुर, ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं, काठमाडौं महानगरपालिका-११ घर भएकी ५९ वर्षीया लक्षणा राणा समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार ५० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।धनकुटा, चौबिसे गाउँपालिका-२ डाँडागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ३६ वर्षीय इमा मगर समेत १२ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुढेवासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार २ सय ५० रूपैयाँ र २१ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विपद् उद्धार कार्य तथा सडक व्यवस्थापनमा सक्रिय नेपाल प्रहरी
२०८३-०६-१२

काठमाडौं, प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्यलाई अन्य सुरक्षा निकाय तथा स्थानीय तहसँगको समन्वयमा सक्रियताका साथ गरिरहेको छ । यसका साथै विपद् प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न समेत प्रहरी अहोरात्र खटिरहेको छ । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ३१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको हो । जसमध्ये धनुषामा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, काभ्रेमा १ जना, बागलुङमा १० जना, मनाङमा ४ जना, म्याग्दीमा ६ जना, पाल्पामा ५ जना, डोल्पामा १ जना र रूकुम पश्चिममा १ जना रहेका छन् ।  बाढी, पहिरो लगायतका विपद्‍मा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै १ हजार ६ सय ४ जनाको उद्धार गरिएको छ । साथै १२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढी पहिरोका कारण १ सय ६८ वटा घर, २० वटा गोठ, ४ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा १ सय १३ वटा पशु चौपायको मृत्यु भएको छ । साथै विपद्‍का घटनाबाट २ हजार ३ सय २२ घर परिवार विस्थापित भएका छन् । वर्षा कम भएसँगै केही स्थानमा सडक एकतर्फी सुचारू भइसकेको छ भने अन्य धेरै स्थानमा सडक अझै पनि पूर्ण रूपमा बन्द रहेका छन् ।बाढी पहिरोका कारण कान्थिलोकपथ (टाकुर्चे र पाङ्दुर खण्ड), पृथ्वी राजमार्ग (बेनीघाट खण्ड-धादिङ र घाँसीकुवा सडकखण्ड-तनहुँ), पृथ्वी लोकमार्ग (धादिङ),  रसुवा र नुवाकोट जिल्लाका मुख्य राजमार्ग, हेटौंडा-भैंसे-भीमफेदी फाखेल-काठमाडौं सडक (महालक्ष्मी खोला नजिक), नारायणगढ-मुग्लिङ सडकखण्ड (चितवन), मध्यपहाडी लोकमार्ग (बागलुङ, लमजुङ), कालीगण्डकी कोरिडोर (बागलुङ, नवलपरासी पूर्व, गुल्मी), चामे-बेसीशहर सडकखण्ड (मनाङ, लमजुङ), बेनी-जोमसोम सडकखण्ड (म्याग्दी), बेनीदरबाङ सडकखण्ड (म्याग्दी), जोमसोम कोरोला सडकखण्ड (मुस्ताङ), मालढुंगा बेनी सडकखण्ड (पर्वत), घोराही थवाङ रूकुम शहिदमार्ग (रोल्पा), मदन भण्डारी राजमार्ग (रोल्पा), रूद्रबिनि वामीटक्सार सडकखण्ड (गुल्मी), तुलसी घोराही सडकखण्ड (दाङ), गाईघाट वालिङ सडकखण्ड (पाल्पा), सिदार्थ राजमार्ग (पाल्पा), ढोरपाटन सडकखण्ड (अर्घाखाँची), कर्णाली राजमार्ग (कालिकोट), कर्णाली कोरिडोर (हुम्ला), नाग्म गम्गढी सडकखण्ड (मुगु), भेरी कोरिडोर (डोल्पा) र महाकाली राजमार्ग (बैतडी) लगायतका राजमार्ग तथा सडकखण्डहरू पूर्णरूपमा अवरोध भएका छन् ।     यसैगरी पृथ्वी राजमार्ग (कृष्णभीर खण्ड), मध्यपहाडी लोकमार्ग (पर्वत तामादी खोलाखण्ड) र बिपी राजमार्ग (काभ्रे) एकतर्फी सुचारू भएको छ भने सिद्धिचरण लोकमार्ग (सोलुखुम्बु र उदयपुर), मध्यपहाडी लोकमार्ग (भोजपुर), टोखा छहरे सडकखण्ड (नुवाकोट) मा रात्रीकालीन आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ ।   प्रहरीले अवरूद्ध भएका देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डहरू अन्य निकाय तथा स्थानीयबासीको समन्वय र सहयोगमा उपकरणसहित सडक सुचारू गर्न र पहिरो पन्छाउन निरन्तर खटिरहेका छन् । यात्रामा निस्कनुअघि नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजबाट सडकको ताजा अवस्था बुझ्न नेपाल प्रहरी अनुरोध समेत गर्दछ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०६-१२

झापा, मेचीनगर नगरपालिका-६ मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २३ वर्षीय सुरेश उरावलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३९ वर्षीय प्रमोद शाह र सोही नगरपालिका-१ बस्ने २३ वर्षीय राज बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.५ प ४४१३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ पिप्लेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय रोहन सिंहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका २४ वर्षीय सुरज साहले बेचेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ सुकुम्बासी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय शरण कार्की र भीमफेदी गाउँपालिका-५ बस्ने २७ वर्षीय मिलन स्याङ्बो रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० भुटनदेबी बस्ने २९ वर्षीय दिप लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-४ बाबुराम टोल बस्ने ३२ वर्षीय योगेश लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९२ ट्याब्लेट र डाइक्लोमाइन १ सय ८५ ट्याब्लेट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ६० ट्याब्लेट सहित धरान उपमहानगरपालिका-१३ बस्ने ३३ वर्षीय राजु विश्वकर्मालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पर्सा, बिन्दाबासिनी गाउँपालिका-४ अमरपट्टीबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित भारत मोतिहारी सिस्वा पञ्चायत बस्ने ६५ वर्षीय प्रेत रायलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । धनुषा, बिदेह नगरपालिका-८ बफैबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ४ सय मिलिग्राम सहित सोही नगरपालिका-८ बफै बस्ने २२ वर्षीय अजय कुमार मण्डललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१९ गैरी गाउँ बस्ने २३ वर्षीय पुजन श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ९० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१ बस्ने २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिष माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित पक्राउ
२०८३-०६-१२

पर्सा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ सय २२ ग्राम ४ सय मिलिग्राम तौलको सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित भारतीय नागरिक ४६ वर्षीय ASLAM SHOKAT  लाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले ईन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ । 

खुन डाँका तथा ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०६-१२

पर्सा, खुन डाँका तथा ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा धोबिनी गाउँपालिका-५ धोबिनी बस्ने १८ वर्षीय ३ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ६२ वर्षीया लखरजिया देवीको गत असोज ५ गते हत्या भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो  ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले लखरजियाको घरमा चोरी गर्ने योजना बनाई घरभित्र प्रवेश गरी दराजभित्र राखिएको पैसा र गरगहनाहरू चोरी गरिरहेको अवस्थामा लखरजियाले देखेपछि उनीहरूले लखरजियाको हत्या गरी घरमा रहेको गरगहना र नगद समेत चोरी गरी फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान कसुर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८३-०६-१२

संखुवासभा, खाँदबारी नगरपालिका-८ जिरो पोईन्ट बस्ने ५९ वर्षीय मान बहादुर तिवारीको घरमा जुवातास खेलिरहेको अवस्थामा मान बहादुर समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ८ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ५२ वर्षीय मोहन बहादुर विक समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ५ सय ५० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु
२०८३-०६-११

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जना र मधेस प्रदेशमा १ जना गरी जम्मा १५ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी ४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै १ हजार २ सय ८४ जनाको उद्दार गरिएको छ । यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०६-११

सुनसरी, धरान उपमहानगरपालिका-१० बस्ने ३१ वर्षीय रोशन उदास सिकर्मीलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८२ ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले रोशनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय निशान सार्कीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट र स्पास्पेन १ सय ६० ट्याब्लेट सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरील निशानको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-९ मगरटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय १० मिलिग्राम र नगद ९ हजार रूपैयाँ सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ रतुवामाई नगरपालिका-४ घर भएका २९ वर्षीय सन्तोष मोक्तान, सुनसरी बराहक्षेत्र नगरपालिका-६ बस्ने २९ वर्षीय चन्दन कुमार बहरदार र उदयपुर त्रियुगा नगरपालिका-३ घर भएका २९ वर्षीय दिपक दनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०५९ प १२८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।  यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २१ वर्षीय अनुज कुमार सिंहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२५ बडरे डेरा गरी बस्ने म्याग्दी मालिका गाउँपालिका-५ घर भएका २६ वर्षीय सलमान रानालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सलमानको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१२ चन्द्रसिंह चोक बस्ने २७ वर्षीय अर्जुन सुनारलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८५ ट्याब्लेट र भोमिन ८५ ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-१२ हर्कपुर बस्ने २८ वर्षीय संजय क्षेत्रीसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात संजयलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-७ गैरी बस्ने ३३ वर्षीया पार्वती घर्तीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३५ ट्याब्लेट, ऐनारागन २ सय ३७ ट्याब्लेट र नगद ५ हजार ७ सय ५० रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले पार्वतीको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१९ गुम्बाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ जे गाउँ बस्ने २७ वर्षीय राजन सिंह र ३४ वर्षीय मनोज देवार रहेका छन् । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु
२०८३-०६-१०

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी २ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै ४ सय ७ जनाको उद्दार गरिएको छ । यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०६-१०

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १८ हजार ३ सय ट्याब्लेट, डाईजेपाम ७ सय ८२ एम्पुल, फेनारगन ७ सय ८२ एम्पुल, बुप्रेनोर्फिन ७ सय ८२ एम्पुल र नगद ५ लाख ६० हजार ४ सय रूपैयाँ सहित ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-६ बस्ने ३४ वर्षीय विक्रम घले, मकवानपुर घर भएका २४ वर्षीय बिजय तामाङ, ३३ वर्षीय ललित बहादुर स्याङ्तान, काभ्रे घर भएका ३४ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ३२ वर्षीय रत्न तामाङ रहेका छन् । प्रहरी वृत्त थानकोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ नैकाप बस्ने ३४ वर्षीय बिक्रम घलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ४ सय ५० ट्याब्लेट, अवैध लागूऔषध पोलेन १ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ १० मिलिग्राम र नगद २ लाख ७९ हजार रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध लिन आएका मकवानपुर थाहा नगरपालिका-१२ घर बताउने २४ वर्षीय बिजय तामाङ गोलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नगद १६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको छ ।  उदयपुर, बेलका नगरपालिका-९ भचुवा बस्ने ३२ वर्षीय युवराज राईलाई अवैध लागूऔषध गाँजा १२ किलोग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  झापा, हल्दिबारी गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-८ बस्ने २७ वर्षीय महमत सुलेमानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले बनियानिबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.२ प ७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बेलबारी नगरपालिका-१ पानी ट्याङकी बस्ने २३ वर्षीय जके भन्ने बामदेव दर्जी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले बामदेवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  रौतहट, यमुनामाई गाउँपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ सय ५० ग्राम सहित दुर्गा भगवती गाउँपालिका-१ पिपरा टोल बस्ने २६ वर्षीय पुजन साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरीले बीआर ३० टि ५०९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न व्यक्तिहरू पक्राउ
२०८३-०६-१०

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१२ बस्ने धादिङ घर भएका २७ वर्षीय नारायण तामाङ, २२ वर्षीय आकाश तामाङ र २१ वर्षीय वेल बहादुर तामाङ रहेका छन् । चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँस्थित एक घर अगाडि पार्किङ गरी राखेको मोटरसाइकल बिहीबार बिहान चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चन्द्रागिरी नगरपालिका-१ गोकुलपाटीबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट बा.प्र ०२-०४१ प ३९३४ र बा.प्र ०२४५ प ६७०५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।     यसैगरी काठमाडौं, हाते ट्याक्टर चोरीमा संलग्न रहेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-५ छालिङ घर भएका ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी, १९ वर्षीय राजन मचामसी, रौतहट घर भएका ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रे घर भएका ४८ वर्षीय बिपिन कुमार शाही रहेका छन् । विभिन्न मिति र समयमा स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टरहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी भएका १४ थान हाते ट्याक्टरहरू समेत बरामद गरेको छ ।  उनीहरू उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डाँका चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०६-१०

लमजुङ, डाँका चोरीमा संलग्न रहेको अभियोगमा बेसीशहर नगरपालिका-७ डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएका ३८ वर्षीय टेक बहादुर गुरूङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ‍। मर्स्याङ्दी गाउँपालिका-३ थाकन बस्ने पीडितलाई अपरिचित व्यक्तिले जबरजस्ती हात र मुख कपाडले बाँधेर सुनको औंठी १ थान, सुनको मुन्द्रा १ जोर र सुनको फुली १ थान असोज ३ गते दिउँसो चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।  उनी उपर डाँका चोरी कसुरमा जिल्ला अदालत लमजुङबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-१०

तनहुँ, आँबुखैरेनी गाउँपालिका-३ चिसापानीस्थित कवरेज ग्यारेजमा काम गर्ने भारत मोतिहारी गाउँ घर भएका ५० वर्षीय लाल वचन शाहको हत्या गरेको अभियोगमा सोही ग्यारेजमा काम गर्ने भारत वेतिया गवाडी घर भएका ३२ वर्षीय जावेद आलमलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जावेदले मादक पदार्थ सेवन गरी लाल वचनलाई फलामको डण्डि प्रहार गरी घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई आँबुखैरेनी गाउँपालिका-३ भित्री बजारबाट भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । गम्भीर घाइते भएका लाल वचनको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०६-०९

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार १ सय १५ ट्याब्लेट र नाइट्राजेपाम ५ हजार ७ सय ३० ट्याब्लेट सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फार्मेसीका संचालक कालिकोट पचालझरना गाउँपालिका-८ घर भएका २३ वर्षीय हिमाल शाही, सोही गाउँपालिका-९ घर भएका २१ वर्षीय हिरो विक र शुभ कालीका गाउँपालिका-८ घर भएका २६ वर्षीय उमेश बहादुर शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-४ घर भएका २२ वर्षीय रूबिन सुनार र धादिङ धुनिवेशी नगरपालिका-५ घर भएका २१ वर्षीय सन्तोष तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-१० सिसैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय निराजन ठकुराठीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-८ गोवरगावाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो ७ सय ३० ग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय जयनारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ देउरिया बस्ने ५५ वर्षीय रामनारायण राउत थारूलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम र अफिम जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ७० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले रामनारायणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-८ न्यूरोड डेरा गरि बस्ने तनहुँ व्यास नगरपालिका-५ घर भएका २६ वर्षीय राजु न्यौपाने समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय २० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले राजुको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय मान बहादुर बुढा र १९ वर्षीय दिपेन्द्र जैसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   चितवन, खैरहनी नगरपालिका-१ गणेश चोक बस्ने २६ वर्षीय अजय गान्धरी समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  खैरहनीबाट खटिएको प्रहरीले अजयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने २६ वर्षीय सरोज थापा मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका ३२ वर्षीय सुजन न्यौपानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सुजनले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कपनबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-३ घर भएका ४८ वर्षीय शेर बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । १२ वटा बैंकिङ कसुर सम्बन्धी मुद्दाहरूमा ८ करोड ४२ लाख ३६ हजार बिगो र उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुरबाट विभिन्न मितिमा भएको फैसलाले २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १ सय रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-१० बाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

अवैध हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८३-०६-०९

काठमाडौं, अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१३ घर भएकी ज्योति शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई धरान उपमहानगरपालिका-५ खैरनीबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा शाही मनि ट्रान्सफर समेतको नाममा विभिन्न व्यावसायिक बैंकमा रहेको खाताहरू प्रयोग गरी हालसम्म १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रूपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको खुल्न आएको छ । उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भारी वर्षाको जोखिमलाई ध्यानमा राखी तयारी अवस्थामा नेपाल प्रहरी
२०८३-०६-०८

काठमाडौं, असोज ९ गतेदेखि १२ गते सम्म देशभरका अधिकांश स्थानमा मेघगर्जन सहित भारी वर्षा हुन सक्ने नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचनालाई मध्यनजर गरी नेपाल प्रहरीको विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८३ बमोजिम जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले आवश्यक पूर्वतयारी गरेको    छ ।  यस अवस्थालाई मध्येनजर गरी भारी वर्षाको अवधिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) मा कमाण्ड पोष्ट स्थापना गरी २४ सै घण्टा सबै सुरक्षा निकायका प्रतिनिधि उपस्थित भई उद्धार, परिचालन र समन्वयको व्यवस्था समेत गरिएको छ । तत्काल परिचालन हुन सक्ने गरी नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् मातहत, प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरू समेत आवश्यक उपकरणहरू सहित तत्काल परिचालित हुनसक्ने गरी १० हजार ८५ जनाको जनशक्ति तयारी अवस्थामा राखिएको छ । यस्तै नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट १ प्लाटुन लुम्बिनी प्रदेश र १ प्लाटुन गण्डकी प्रदेशको लागि आवश्यक विपद् उद्धारका उपकरण र ड्रोन सहितको प्रहरी जनशक्ति परिचालन गरिएको छ भने उद्धार एवम् व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र सात वटै प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूमा ५ सय जना र नेपाल प्रहरी विशेष सुरक्षा गण, सात वटै प्रदेश प्रहरी गण, उपत्यका प्रहरी विशेष सुरक्षा गण, नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ र काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ बाट समेत गरी जम्मा २ हजार १ सय २५ जनाको प्रहरी जनशक्ति आवश्यकता अनुसार तत्काल वा चरणवद्ध रूपमा परिचालन गर्न सक्नेगरी २४ सै घण्टा स्ट्याण्डबाई अवस्थामा रहेका छन् ।  सो सन्दर्भमा सम्भावित बाढी, पहिरो, डुबान लगायतका विपद्जन्य घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण, जोखिममा रहेका नागरिकको समयमै उद्धार तथा सुरक्षित स्थानान्तरण एवं प्रभावकारी प्रतिकार्यका लागि जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी, जनशक्ति तथा उद्धार टोली परिचालन, आवश्यक उद्धार सामग्रीको व्यवस्थापन, जोखिम क्षेत्रको निगरानी, माइकिङ तथा जनचेतनामूलक कार्यक्रम, आवागमन व्यवस्थापन, तटीय क्षेत्रमा गस्ती तथा अन्य सम्बन्धित निकायसँगको समन्वय लगायतका काम कारबाही र विपद् प्रतिकार्यमा गरिनुपर्ने अन्य आवश्यक कार्यहरू गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूलाई निर्देशन समेत दिइएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘भारी वर्षाको जोखिमलाई ध्यानमा राखी अन्य सुरक्षा निकायहरू तथा स्थानीय तह र विभिन्न संघसंस्थाको समन्वयमा जनधनको क्षति न्यूनीकरणको लागि उद्धार सामग्रीहरू सहित वृहत्त रूपमा प्रहरी परिचालन गरिएको छ । विपद् उद्धार सम्बन्धी तालिम प्राप्त दक्ष प्रहरी कर्मचारीहरू जोखिम युक्त प्रदेशहरू पठाइएको छ भने प्रहरीका विशिष्टकृत इकाईहरूको रूपमा रहेका नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाईन कार्यालयको जनशक्ति समेत तयारी अवस्थामा राखिएको छ ।’  यस्तै सवारीसाधन तथा पैदलयात्रीहरूको सुरक्षालाई दृष्टिगत गरी जोखिमयुक्त सिद्धिचरण लोकमार्ग-सोलुखुम्बु, टोखा छहरे सडक खण्ड-नुवाकोट, कान्ति राजमार्ग, भैंसे-भीमफेदी-देउराली-कुलेखानी हुँदै काठमाडौं जाने सडक-मकवानपुर, बिपी राजमार्ग सबै-सिन्धुली र काभ्रे, पृथ्वी लोकमार्ग-धादिङ, नारायणगढ-मुग्लिन सडक खण्ड-चितवन, राप्ती राजमार्ग-दाङका विभिन्न स्थान, मदन भण्डारी राजमार्ग-रोल्पा लगायतका राजमार्ग एवं सडक खण्डहरूमा अत्यावश्यक बाहेक रात्रीकालीन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको छ । यसैगरी भारी वर्षा हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी भारी वर्षाले बाढी, पहिरो र डुबान निम्त्याउन सक्ने हुँदा विशेष गरी जोखिमयुक्त सडक र नदी आसपासका बस्तीहरूमा थप सावधानी अपनाउन नेपाल प्रहरीले माईकिङ तथा जनचेतनामूलक कार्यक्रम गरी स्थानीयहरूलाई सतर्क समेत गराई सक्रिय रूपमा कार्य गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८३-०६-०८

 बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-२ बस्ने २१ वर्षीय बिनोद थारू र ३० वर्षीय बाल कुमार थारू रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम र नगद ३३ हजार ५ सय ४० रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-८ बस्ने ३१ वर्षीय मुख्तार अहमद खाँ र सोही गाउँपालिका-७ बस्ने ४० वर्षीय मोहमद वासिम खाँ रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय २० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१० बस्ने ४३ वर्षीय शिवराज राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५६ मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाह्रदर्शी गाउँपालिका-६ बस्ने ३८ वर्षीय घनश्याम अधिकारी र अर्जुनधारा नगरपालिका-११ किरात टोल बस्ने पाँचथर फिदिम नगरपालिका-११ नाङगिन सिडगिनटार घर भएका ४३ वर्षीय राजु कुमार मेयोङबा रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०६-०८

काठमाडौं, काठमाडौं महानगरपालिका-५ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-४ धुम्बाराही बस्ने ४२ वर्षीय सुरेश श्रेष्ठ र काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३१ वर्षीय सुरेन्द्र गुरूङ रहेका छन् । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले बा.प्र.०२-०५९ प ८८३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  प्युठान, नौबहिनी गाउँपालिका-६ स्थित कुलाखोलाबाट अवैध लागूऔषध गाँजा करिब ५० ग्राम सहित ३ जनालाई  बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ उपल्लो बहाने बस्ने २० वर्षीय राजु परियार, २५ वर्षीय जिवन केसी र ३२ वर्षीय बिमल केसी रहेका छन् । इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-७ बरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-९ नौखरी बस्ने २६ वर्षीय विक्रम डगौरा र सोही नगरपालिका-१० बस्ने २२ वर्षीय महेश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले बरैयाबाट बेलौरीतर्फ आउँदै गरेको शु.न.पा.ह ४० नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक विक्रम र अटोमा सवार महेशलाई पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ कटान जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ भाँषी बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३ एम्पुल, डाइजेपाम ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २२ वर्षीय योगेन्द्र चौधरी र सोही नगरपालिका-२ बस्ने २३ वर्षीय सन्तोष चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.२-०१-००२ प ५७२७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   बर्दिया, बढैयाताल गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-११ बस्ने २० वर्षीय सचिन थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद १६ हजार ५ सय ६५ रूपैयाँ सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय कुशल श्रेष्ठ, सोही महानगरपालिका-४ नवदुर्गाचोक बस्ने २७ वर्षीय रिसत सुवेदी र सोही महानगरपालिका-७ बुद्धचोक बस्ने २२ वर्षीय पुजन भन्ने शशी गहतराज रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-११ गमरीया बस्ने ४५ वर्षीय प्रमोद चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४७ ट्याब्लेट र स्पास्मो ५४ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले प्रमोदको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  सिराहा, नरहा गाउँपालिका-५ बलुवा टोलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २७ ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-११ दनुवारी टोल बस्ने २१ वर्षीय सुदिप ठाकुर र सोही नगरपालिका-४ बस्ने २३ वर्षीय सुभाष दनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको प्र.२-०१-००१ प ४३३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-१० बस्ने २७ वर्षीय डम्बर बहादुर लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ३८ मिलिग्राम सहित सोही गाउँपालिका-२ सडकबारी बस्ने १९ वर्षीय मोहन राजवंशी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२९ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८३-०६-०७

काठमाडौं, नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले २९ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ४० औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले विपद् उद्दारकर्मीको रूपमा खटिँदा संवेदनशील र सुरक्षित भई तालिममा प्राप्त ज्ञान र सीपको विवेकपूर्ण ढंगले प्रयोग गरी आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक देबेन्द्र कुमार मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै साउन ४ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २३ जना गरी कुल २९ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । सो अवसरमा प्रशिक्षार्थीहरूबाट विपद् उद्दार अभ्यास सम्बन्धी विभिन्न कलाहरू समेत प्रस्तुत गरिएको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८३-०६-०७

सुनसरी, इनरूवा नगरपालिका-३ सहमती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका-५ बस्ने २१ वर्षीय युवराज खत्री र २१ वर्षीय अमृत साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-३ शिवचोकबाट अवैध लागूऔषध गाँजा २४ ग्राम ६ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ४ ट्याब्लेट र नाइट्राजेपाम १२ ट्याब्लेट सहित सोही गाउँपालिका-२ अखाह बजार बस्ने २८ वर्षीय हजरत अलीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, वाणगंगा नगरपालिका-११ वरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिग्राम सहित रूपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने ३१ वर्षीय जनक गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको   छ । अस्थायी प्रहरी पोष्ट भड्डिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ८० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-७ क्याम्पसरोड बस्ने ३१ वर्षीय हितेश साहुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०६-०७

काठमाडौं, काठमाडौं उपत्यका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४८ ग्राम ७ सय ६० मिलिग्राम, नगद ३ लाख २० हजार रूपैयाँ र तराजु ५ थान सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी बलान बिहुल गाउँपालिका-१ घर भएका २० वर्षीय निकेश यादव, सुरूङ्गा गाउँपालिका-६ घर भएका २६ वर्षीय अन्जनी नन्दन चौधरी, राजविराज नगरपालिका-८ घर भएका २७ वर्षीय चन्दन यादव, छिन्नमस्ता गाउँपालिका-३ घर भएका २५ वर्षीय विक्रम कुमार शर्मा, सिराहा लहान नगरपालिका-१५ घर भएका २३ वर्षीय सुशान्त चौधरी, रसुवा कालिका गाउँपालिका-५ घर भएका ३३ वर्षीय सुवास बर्देवा, सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका ४० वर्षीय कालु सिंह मगर र हरिनगर गाउँपालिका-१ घर भएका ३७ वर्षीय पवन दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरमा होटल संचालन गरी बस्ने सोलुखुम्बु महाकुलुङ गाउँपालिका-१ घर भएकी ५२ वर्षीया कुमारी राईलाई अवैध लागूऔषध गाँजा करिब १ किलो र नगद १९ हजार ९ सय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कुमारीको होटल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-८ बरगाछी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ चतरालाइन बस्ने २९ वर्षीय सुरेश क्षेत्री र सोही उपमहानगरपालिका-१९ वस्ने २९ वर्षीय रूदिन भुजेल रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-०५५ प ४६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ राजदेबी टोल बस्ने ३७ वर्षीय सिद्दान्त श्रेष्ठ समेत ६ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम र नगद १६ हजार ४ सय ५५ रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी बिट हवाईचोकबाट खटिएको प्रहरीले सिद्दान्तको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उक्त स्थानबाट प्रहरीले को.३१ प १८५४ नम्बरको स्कुटर समेत बरामद गरेको छ । मोरङ, सुन्दरहरैँचा नगरपालिका-९ बस्ने ७१ वर्षीय गोपाल मण्डललाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ६४ ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले गोपालको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रहरी उक्त गाँजा खरिद गर्न आएका बेलबारी नगरपालिका-२ बस्ने २६ वर्षीय रोजन पराजुली समेत ४ जनालाई पक्राउ गरेको छ ।  पर्सा, वीरगंज महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५४ ग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छिपहरमाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय रेयाद आलम र जगरनाथपुर गाउँपालिका-६ बस्ने ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ०५ बिएल १६८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ३ ग्राम ७ सय ९० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच रूपैडिया थाना चकिया रोड घर भएका २४ वर्षीय नदिम राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले युपि ४० जे ०६५७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-४ मुनाल टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित भद्रपुर नगरपालिका-४ बस्ने ३३ वर्षीय कान्छा लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भोजपुर, पौवादुङमा गाउँपालिका-२ तिवारी भञ्ज्याङ चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र डाइक्लोमाइन १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २५ वर्षीय पुष्प राज आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने ३८ वर्षीय रोशन श्रेष्ठले संचालन गरेको मेडिकलबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले रोशनको मेडिकल तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल थप २ सय ८० ट्याब्लेट फेला पारी रोशनलाई समेत पक्राउ गरेको छ ।    रूपन्देही, रोहिणी गाउँपालिका-६ पकडीहवाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६१ एम्पुल, फेनारगन ५५ एम्पुल र डाइजेपाम ५९ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय निहाल अहमदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी हौं भनि धाक धम्की दिई रकम असुल गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८३-०६-०७

काठमाडौं, प्रहरी हौं भनि डर त्रास, धाक धम्की दिई रकम असुल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन् । चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा बिहीबार साँझ अपरिचित मानिसहरू प्रवेश गरी हामी मेडिकलहरू अनुगमन गर्न हिँडेका सादा पोसाकमा खटिएका प्रहरी हौं भनि डर त्रास, धाक धम्की दिई औषधी पसलको काउन्टरबाट नगद समेत लिई भागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर आपराधिक लाभ एक्सटर्सन (ठगी) सम्बन्धी कसुरमा जिल्ला अदाल काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०६-०६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित सिराहा, सिरहा नगरपालिका-१८ बस्ने २४ वर्षीय अशोक कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३-००१ ख ५१४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्क पिप्लबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-११ घोल बजार बस्ने २९ वर्षीय सन्दिप श्रेष्ठलाई अवैध लागूऔषध गाँजा ३ किलो ७ सय ग्राम,नियन्त्रित लागूऔषध ट्रामाडोल १२ ट्याब्लेट, भोमिन १२ ट्याब्लेट र नगद २८ हजार ९ सय ४० रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट भोजाडबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-११ रानीबेल टोल बस्ने ३३ वर्षीय नविन तिवारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०६-०६

कञ्चनपुर, लालझाडी गाउँपालिका-१ डाँडाबिच्छुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय २३ मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१० घुईयाघाट बस्ने २४ वर्षीय सागर चौधरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यायल त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.७ प १४१६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गज्जरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ६ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बाणी बस्ने ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने ४३ वर्षीय महेश प्रसाद भट्ट रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर टेम्केमैयुङ गाँउपालिका-१ बस्ने २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका-६ देउराली बस्ने २४ वर्षीय प्रविन राई रहेका छन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४५१९ नम्बरको इभी गाडीलाई जाँच गर्ने क्रममा गाडी सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पक्राउ गरेको हो ।  यसैगरी धनकुटा, सहिदभूमि गाउँपालिका-७ चाम्चा बस्ने २१ वर्षीय प्रगत राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेट र स्पास्पेन २ सय ९० ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, मनहरी गाउँपालिका-७ चैनपुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित राक्सिराङ गाउँपालिका-८ बस्ने २३ वर्षीय अन्जन कुमार थिङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरीबाट चैनपुरतर्फ जाँदै गरेको बा.प्र. ०३-००६ प २२६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध गाँजा ६ सय ग्राम, डिजिटल तराजु १ थान र नगद ८ लाख ८७ हजार ७ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१४ बिजयपुर डेरा गरी बस्ने भोजपुर घर भएका २३ वर्षीय रितेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१६ लेखनाथ चोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१ घर भएका २४ वर्षीय कबिर सहनी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम, ट्रामाडोल ६ सय ६० ट्याब्लेट, डिकोलिक ६० ट्याब्लेट र स्पास्पेन १ सय २४ ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले कबिरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा भन्सार चोक नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित बाँसगढी नगरपालिका-८ ककौरा बस्ने २१ वर्षीय प्रबिन थारूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतको बलईगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध नोर्फिन ४४ एम्पुल, फेनारगन ४३ एम्पुल र डाइजेपाम ४३ एम्पुल सहित सोही महानगरपालिका-१२ माटेपानी बस्ने ३० वर्षीय शिब गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख २१४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल र नोर्फिन ४ एम्पुल सहित सोही महानगरपालिका-६ ठाडोपसल बस्ने ३२ वर्षीय सबिन चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो बाँके, कोहलपुर नगरपालिका-१३ सिम्रीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सम बहादुर नेपाली र २४ वर्षीय नबिन दमाई रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०६-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१० बस्ने अर्घाखाँची घर भएकी ३१ वर्षीया मनिषा सुनार, ३४ वर्षीय ठाकुर बहादुर सुनार, काठमाडौं तारकेश्वर नगरपालिका-१६ बस्ने पाल्पा घर भएका ४९ वर्षीय खोप बहादुर शाही, भक्तपुर सूर्यविनायक नगरपालिका-७ बस्ने ४९ वर्षीय दिपेन्द्र खत्री र स्याङ्जा घर भएकी ४८ वर्षीया सिता लुईटेल रहेका छन् । पक्राउ मध्ये मनिषा र ठाकुर बहादुरले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, खोप बहादुरले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, दिपेन्द्रले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र सिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषा र ठाकुर बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट शनिबार, खोप बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका-१६ बाट आइतबार, दिपेन्द्र र सितालाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ
२०८३-०६-०६

ललितपुर, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-४ सितापाखा बस्ने पर्सा घर भएका १९ वर्षीय नेसार अन्सारी, १९ वर्षीय सहजाज अन्सारी, १९ वर्षीय अर्बाज अन्सारी र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट चोरीका बा.८८ प २७८९, बा.९७ प ८८९९, बागमती प्रदेश ०३-००५ प ४८३६, बागमती प्रदेश ०२-०४८ प ६७०९, लु.३१ प ६४३१ र ना.१५ प ८०१५ नम्बरको मोटरसाइकलहरू र चोरीमा प्रयोग गरिएका विभिन्न औजारहरू समेत बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक सम्पन्न
२०८३-०६-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक २०८३ सम्पन्न भएको छ । नेपाल प्रहरीको रणनीतिक योजना, २०८३-२०८५ मा परिकल्पना गरिएको ‘Smart Policing, Safer Community’ भन्ने मूल भावनालाई व्यवहारमा उतार्न काठमाडौं उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूबाट भएका प्रहरी प्रशासन, प्रहरी कार्य सञ्चालन, अपराध अनुसन्धान र मानवस्रोत व्यवस्थापनमा आधारित रही प्रभावकारी प्रहरी सेवा प्रवाह, उपलब्धि, विद्यमान चुनौती तथा भावी रणनीतिका सम्बन्धमा गहन विमर्श, अन्तरक्रिया तथा अनुभव आदान प्रदान गर्न यस समीक्षा बैठकको आयोजना गरिएको हो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले मुलुक प्राकृतिक विपद्जन्य परिस्थितिबाट गुज्रिरहेको यस संवेदनशील समयमा बाढीपहिरो तथा विपद् उद्दार कार्यमा कर्तव्य निर्वाह गर्ने क्रममा जीवन गुमाउनु भएका नेपाल प्रहरीका वीर अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूले गर्नुभएको बलिदान, त्याग र साहस सबै प्रहरी कर्मचारीहरूका लागि कार्यक्षेत्रमा प्रेरणाको स्रोत बनिरहने बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले बैठकमा उठेका विषयहरूलाई छलफलमा मात्र सीमित नराखी प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, देखिएका कमी-कमजोरीहरूलाई सुधार गरी आगामी दिशा तय गर्ने तथा केन्द्र र प्रदेशबीच एकरूपता कायम गरी वर्तमान सुरक्षा परिवेश र आगामी प्राथमिकता बीच स्पष्ट सम्बन्ध स्थापना गर्ने मञ्चको रूपमा समीक्षा बैठकलाई स्थापित गर्नुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले अपराधको प्रवृत्ति बुझेर जोखिममा आधारित प्रहरी परिचालन, प्रमाणमुखी, वैज्ञानिक र समयसापेक्ष अनुसन्धान, प्रविधिको रणनीतिक उपयोग, योग्यता र कार्यसम्पादनमा आधारित मानवस्रोत व्यवस्थापन, सुशासन, अनुशासन र आन्तरिक उत्तरदायित्व तथा नागरिकसँगको विश्वास र साझेदारीलाई प्राथमिकतामा राखी भावी कार्यदिशा तय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । आफ्नो जिम्मेवारी क्षेत्रको सामाजिक, धार्मिक, राजनीतिक र आर्थिक परिवेशहरूको मुल्याङ्कन गरी भरपर्दो सूचना संकलनको माध्यमबाट एकीकृत सुरक्षा योजना बनाई सक्रियताका साथ कार्यसम्पादन गर्नुका साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हकमा अझ संवेदनशील भई कार्य गर्न उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।    कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानव स्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौतीहरू तथा समाधानका उपायहरू, नेपाल प्रहरी रणनीति योजना कार्यान्वयनको अवस्था र भावी योजना लगायतका विषयहरूमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले आ.व. २०८२/०८३ को कार्यसम्पादन करारको वार्षिक प्रगतिको समीक्षाका साथै कार्यसम्पादन सम्झौता कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीहरूका साथै सुधारका क्षेत्रहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।  सो अवसरमा अपराध अनुसन्धानमा प्रविधिको प्रयोगमा जोड, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, वैज्ञानिक र प्रभावकारी अनुसन्धान, वर्तमान अवस्थामा देखिएका सुरक्षा चुनौतीहरू तथा सामना गर्न अपनाइएका उपायहरू र विपद् व्यवस्थापनको विषयहरूमा छलफल भएको थियो । साथै विगतको अनुभव र असल अभ्यासको आदान प्रदान मार्फत प्रहरी सेवामा सुधार गर्दै समग्र संगठनात्मक सुधारका बारेमा समेत वृहत छलफल तथा अन्तरक्रिया भएको थियो ।    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०६-०५

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन ३५ ट्याब्लेट र नाइट्राजेपाम १६ ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-५ ओमशान्तिटोल बस्ने ३५ वर्षीय ओमकार चालिसेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, सिम्ता गाउँपालिका-६ स्थित जामुने बजारबाट अवैध लागूऔषध गाँजा १ सय २० ग्राम सहित सल्यान बनगाड कुपिण्डे नगरपालिका-७ मैदुपोखरा बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बादेपिपलबाट खटिएको प्रहरीले कर्णाली प्रदेश ०२-००१ प १५२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८३-०६-०५

भक्तपुर, मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित काठमाडौं कोटेश्वर बस्ने बर्दिया राजापुर नगरपालिका-८ घर भएका २९ वर्षीय राजु थारूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२ बागेश्वरी मन्दिर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय देशराज चौहान र २५ वर्षीया पुजा चौहान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-५ तुलसाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बसन्त खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ चिसापानी बस्ने ३४ वर्षीय बिनोद थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बसन्त टोल बस्ने २१ वर्षीय असिम चौधरी समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको    छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, जानकी गाउँपालिका-८ भोक्सीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित जोशीपुर गाउँपालिका-३ बस्ने ४८ वर्षीय प्रमेश्वर डगौरा थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ महेन्द्र राजमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ३० ट्याब्लेट र नाइट्राजेपाम १० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-५ बस्ने ३१ वर्षीय निरोज माली र ३० वर्षीय दिपेश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २३ एम्पुल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका-२ बस्ने ३८ वर्षीय नवराज परियार र कास्की पोखरा महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सन्तोष गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ४४६६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, हरिवन नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ हजार ५ सय १४ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका- १० सोल्टी बजार बस्ने ४४ वर्षीय प्रदिप महतो र रौतहट घर भएका २८ वर्षीय सुरज थापा रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन समेतबाट खटिएको प्रहरीले बरथहवाबाट नयाँ रोडतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, पटेर्वा सुगौली गाउँपालिका-१ मलाही टोलबाट अवैध लागूऔषध गाँजा ३० किलोग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय नन्दलाल सहनी र ५० वर्षीय महेश सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा ओसार पसारमा सोही ठाउँ बस्ने ७५ वर्षीय भुटी भन्ने भुरी चौधरीको समेत संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ
२०८३-०६-०५

काठमाडौं, खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अखिल नेपाल फुटवल संघ सातदोबाटोमा कोषाध्यक्ष पदमा कार्यरत ललितपुर, ललितपुर महानगरपालिका-३ पुल्चोक घर भएका ६० वर्षीय रविन्द्र जोशी र सोही संघमा लेखा अधिकृत पदमा कार्यरत सोही महानगरपालिका-५ लगनखेल थसीखेल घर भएका ५५ वर्षीय सन्जीब पाण्डे रहेका छन् । राष्ट्रिय खेलकुद परिषद् प्रधान कार्यालय त्रिपुरेश्चर काठमाडौंको पत्र तथा वसन्त रिजालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रविन्द्र जोशी समेत भएको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभयोगमा पक्राउ
२०८३-०६-०५

मोरङ, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-११ तीनमुढे बस्ने ६० वर्षीय अलकछन माझी चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  कैलाली, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नविन चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८३-०६-०४

सप्तरी, डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ हजार १ सय किलो ३ सय ७० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले भोलाको घर तलासी गर्दा ५६ वटा पोकामा रहेको १ हजार ८ सय ३८ किलो ८ सय ७० ग्राम र मंगलको घर तलासी गर्दा ८ वटा पोकामा रहेको २ सय ६१ किलो ५ सय ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८३-०६-०४

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ प्रयोगमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित ललितपुर लुभु बस्ने भोजपुर भोजपुर नगरपालिका-८ घर भएका ३८ वर्षीय विनोद कुमार विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.६० प २५६ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय १० ट्याब्लेट र स्पास्मो १ सय ६८ ट्याब्लेट सहित सर्लाही कौडेना नगरपालिका-७ सक्राउन घर भएका १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाही मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००७ ख १५९० नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।    कञ्चनपुर, पुनर्वास नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ४ सय ८ ट्याब्लेट सहित भारत उत्तर प्रदेश संत लाल आजादनगर धोला बिर्सेनपुरी खिरी बस्ने ५५ वर्षीय दीप चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने ३४ वर्षीय रामनरेस रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले रामनरेसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१ परेवाकोट डाँडास्थित जङ्गलबाट अवैध लागूऔषध गाँजा करिब ९२ किलोग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने ५५ वर्षीय चन्द्र बहादुर चेपाङ, २९ वर्षीय हरिलाल चेपाङ र सोही नगरपालिका-२ बस्ने ५२ वर्षीय वीर बहादुर ब्लोन रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   रूपन्देही, सिद्धार्थनगर नगरपालिका-६ गल्लामण्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय २० मिलिग्राम र गाँजा ६ किलोग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मुन्ना भन्ने मनोज गुप्ता, २७ वर्षीय रजत बाँनिया र ओमसतिया गाउँपालिका-४ बालापुर बस्ने सिद्धार्थ नगरपालिका-४ घर २२ वर्षीय बिसु गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-९ बरपिपलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित भारत बिहार अररिया बेलाहा बस्ने २० वर्षीय बिपिन कुमार यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको बिआर ३८ एपी ०२७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-५ ओम चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-३ भाग्रा बस्ने १८ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी बर्दिया, राजापुर नगरपालिका-४ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६५ मिलिग्राम सहित सोही नगरपालिका-८ भोगपुर बस्ने २४ वर्षीय सिमान्त चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बर्दिया, गुलरिया नगरपालिका-७ बस्ने २४ वर्षीय राहुल थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले राहुलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   मोरङ, सुनवर्षी नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-६ बस्ने २४ वर्षीय विक्रम गुरूङ र २१ वर्षीया केविना गुरूङ रहेका छन् । प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरीले को.२५ प ८८७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ श्री जंगाटोल बस्ने २३ वर्षीय करण राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-१ डेरा गरी बस्ने इलाम घर भएका २५ वर्षीय किरण साम्बा लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले किरणको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-१ डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएका २५ वर्षीय रोशन राईसँग खरिद गरेको भन्ने खुल्न आएपश्‍चात प्रहरीले रोशनलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम ९ सय मिलिग्राम, नगद ७३ हजार ७ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही उपमहानगरपालिका-३ बस्ने ३२ वर्षीय मोहम्मद हसीन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, इलाम नगरपालिका-९ गोलबस्ती डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-५ घर भएका ३४ वर्षीय मौसम लिम्बु समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले मौसमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बारा, विश्रामपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम सहित भारत मोतिहारी नकरदेही पंचायत-२ बिर्ता टोल घर भएका ४० वर्षीय दुखी साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय प्रसौनी समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-०४

उदयपुर, आफ्नै श्रीमती ४५ वर्षीया बिमला राईको हत्या गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँ बस्ने ५८ वर्षीय गन्दु राम राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । गन्दु रामले घरायसी वादविवादको क्रममा धारिलो हतियार प्रहार गर्दा बिमला गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट माडिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी बिमलाको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय शेर बहादुर खड्काको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१६ बस्ने २२ वर्षीय आयुष राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ सोही उपमहानगरपालिका-१ स्थितमा उनीहरू बीच झै-झगडा हुँदा आयुषले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका शेर बहादुरको नेपाल मेडीसिटी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा शनिबार बेलुकी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त घटनाको थप अनुसन्धानको लागि अन्य ५ जनालाई समेत नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३० जना पक्राउ
२०८३-०६-०३

कैलाली, जानकी गाउँपालिका-७ उच्चा गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय बिर बहादुर चौधरी समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   धनकुटा, धनकुटा नगरपालिका-६ गोलाई बस्ने महालक्ष्मी नगरपालिका-८ घर भएका २४ वर्षीय उज्वल थापालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४ ट्याब्लेट र स्पास्पेन २ सय ४ ट्याब्लेट सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  बझाङ, बित्थडचिर गाउँपालिका-८ रूपैलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ किलो ९९ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तलकोट गाउँपालिका-१ बस्ने ३२ वर्षीय नरेन्द्र कुमार ऐडी र जयपृथ्वी नगरपालिका-११ दयकुम्ला बस्ने ६१ वर्षीय सिंग धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको गरेको सु.प.प्र.०४-००१ ज ००८९ नम्बरको जीपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक नरेन्द्र र जीपमा सवार सिंगलाई पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २३ वर्षीय सुजन माझी, २० वर्षीय सुविन कुमाल र २७ वर्षीय कुल प्रसाद सिवाकोटी रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, मेचीनगर नगरपालिका-७ ग्रामथानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय संजित राजबंशी र ३१ वर्षीय प्रबिण उराउ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४४ वर्षीय नारायण किसानको घरबाट खरिद गरेको भन्ने खुल्न आएपश्‍चात नारायणको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय ३० मिलिग्राम फेला पारी नारायणलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  धनुषा, धनुषाधाम नगरपालिका-८ धारापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम ९ सय १० मिलिग्राम सहित सिराहा बरियारपट्टी गाउँपालिका-२ बस्ने २६ वर्षीय नितेश कुमार महत्तो समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६० ट्याब्लेट र नाइट्राजेपाम १ सय ४५ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २२ वर्षीय विनित बुढाथोकी, काठमाडौं नैकाप बस्ने शंखरापुर नगरपालिका-४ घर भएका २६ वर्षीय नविन कार्की र ललितपुर महानगरपालिका-१७ ट्यागल बस्ने बारा गढीमाई नगरपालिका-२ घर भएका २१ वर्षीय सोनु कुमार साह कलवार रहेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित नरहा गाउँपालिका-३ खोरीया टोल बस्ने २४ वर्षीय महमद साहिल आलमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध गाँजा १६ किलो ५ सय ८० ग्राम सहित पर्सा पटेर्वा सुगौलि बस्ने २५ वर्षीय राम नाथ पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पटेर्वा सुगौलीबाट जितपुरतर्फ आउँदै गरेको ना.२ ह ३१११ नम्बरको अटो जाँच गर्दा उक्त गाँजा फेला पारी चालक राम नाथलाई पक्राउ गरेको हो । यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३१ बस्ने २० वर्षीय दिपु राउत कुर्मीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरा एयरपोर्ट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ९ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ डुमरवाना बस्ने ३७ वर्षीय नितेश चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले प्र.२-०३-०१९ प २५९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, अन्नपूर्ण गाउँपालिका-३ धारापानी बस्ने २७ वर्षीय सन्देश परियार समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम, नियन्त्रित लागूऔषध डाइजेपाम ९७ ट्याब्लेट र टापेन्टाडोल १ सय १० ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले सन्देशको घर तलासी गर्दा उक्त लागूऔषध  फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ सय एम्पुल, बुप्रेनोर्फिन ६ सय एम्पुल, फेनारगन ६ सय १३ एम्पुल र टापेन्टाडोल ९ सय ९८ ट्याब्लेट सहित ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्वत मोदी गाउँपालिका-६ डिमुवा घर भएका प्रेम सुवेदी, ३५ वर्षीय होम थापा, ३३ वर्षीय सुरज नेपाली, रूपन्देही मायादेवी गाउँपालिका-१ घर भएका ४२ वर्षीय जनमेज्य केवट, २९ वर्षीय महेन्द्र आरख र सिराहा नवराजपुर गाउँपालिका-३ घर भएका ३३ वर्षीय राजेन्द्र कुमार यादव रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बा.प्र.०१-०३५ च १४३६ नम्बरको ईभी भ्यान जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रेम र ईभी भ्यानमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।   महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ९६ किलोग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-२ खरी ढुङ्गा बस्ने २६ वर्षीय रोशन भुजेल र मकवानपुर मनहरी गाउँपालिका-७ बस्ने ३६ वर्षीय बिरेन्द्र स्याङ्बो रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.५ च ८००१ नम्बरको पिकअप गाडी जाँच गर्दा १५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रोशन र उक्त गाँजा ओसारपसारमा संलग्न रहेका प्र.३-०३-००१ प ३५२८ नम्बरको मोटरसाइकलमा सवार बिरेन्द्रलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने धातुका गरगहना सहित एक जना पक्राउ
२०८३-०६-०३

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ भेडासिंह डेरा गरी बस्ने भारत घर भएका ४१ वर्षीय मानिक दासलाई १ किलो ४ सय ६६ ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू र नगद ७ लाख ५६ हजार रूपैयाँ सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौंको न्यूरोड एरियामा अवैध रूपमा सुनका गरगहनाहरू भण्डारण तथा बिक्रि बितरण भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहना र नगद सहित काठमाडौं महानगरपालिका-२६ भेडासिंहबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०६-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ घर भएका २५ वर्षीय सुमित बस्नेत, भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने बैतडी पुर्चौडी नगरपालिका-५ घर भएका ४८ वर्षीय जनक बहादुर कुँवर, काठमाडौं महानगरपालिका-३२ बस्ने कैलाली जानकी गाउँपालिका-६ घर भएकी २४ वर्षीया रञ्जिता कुमारी चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने सिराहा सुखीपुर नगरपालिका-७ घर भएका ३२ वर्षीय सन्तोष साह, ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने चितवन रत्ननगर नगरपालिका-२ घर भएका ३९ वर्षीय सिमा खान र काठमाडौं महानगरपालिका-१४ बस्ने धादिङ थाक्रे गाउँपालिका-१० घर भएका ४० वर्षीय राज कुमार बास्कोटा रहेका छन् । पक्राउ मध्ये सुमितले अमेरिका पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट २ करोड ८४ लाख रूपैयाँ, जनक बहादुरले जापान, पोर्चुगल, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै १६ जना पीडितहरूबाट १० लाख ५० हजार रूपैयाँ, रञ्जिता कुमारीले नर्वे पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ, सन्तोषले मालदिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, सिमाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र राज कुमारले इटाली पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमितलाई कीर्तिपुर नगरपालिका-४ बाट, रञ्जिता कुमारीलाई काठमाडौं महानगरपालिका-४ बाट र सन्तोषलाई काठमाडौं महानगरपालिका-३२ बाट बिहीबार तथा जनक बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, सिमालाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट र राज कुमारलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-०३

झापा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दमक नगरपालिका-७ सयपत्री टोल बस्ने २५ वर्षीय मनिस साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मनिसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी झापा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-९ बैगुनधुरा बस्ने २३ वर्षीय दिपक भुजेल र सुनसरी इटहरी उपमहानगरपालिका-१७ बस्ने २१ वर्षीय रमित झागरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपक र रमितले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।   कपिलवस्तु, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-५ चन्द्रौटा बस्ने ४४ वर्षीय राजु सिंह विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजु सिंहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  कैलाली, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-१ बिजयनगर बस्ने ३१ वर्षीय बिनोद दाहाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिनोदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०३

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने बाजुरा बुढीनन्दा नगरपालिका-११ घर भएका २२ वर्षीय प्रवेश रोकायालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।उक्त मुद्दामा ३ वर्ष कैद र नगद २ लाख रूपैयाँ जरिवाना ठहर भई कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खुबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौंमा पठाइएको छ ।

प्रहरी सहायक निरीक्षक तथा प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८३-०६-०२

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ११ जना र प्रहरी कार्यालय सहयोगी पदका लागि भान्छेतर्फ ८३ जना, हजामतर्फ १५ जना र कुचीकारतर्फ २५ जना गरी जम्मा १ सय २३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।   प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । यसैगरी प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदको लागि असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०६-०२

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-४ सिम्खडा गाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४९ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ मुलपानी बस्ने ३४ वर्षीय पबन भण्डारी र सोही नगरपालिका-५ थली बस्ने २५ वर्षीय सुरज लामा रहेका छ्न् । प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-७ बोकतोबारी बस्ने २४ वर्षीय प्रकाश सहनी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८६ मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ चारपानेबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय मन कुमार राई र उनकै श्रीमती २६ वर्षीया रेखा थापा रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित सुनसरी बराहक्षेत्र नगरपालिका-२ बयरवन बस्ने ३७ वर्षीय मनिष अधिकारी समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम र नगद ३० हजार ६ सय ८० रूपैयाँ सहित सोही नगरपालिका-६ बस्ने ३५ वर्षीय बिजय तोलाङ्गेलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा सोही नगरपालिका-४ बस्ने संजिव देवकोटाको संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ६० मिलिग्राम र नगद ३१ हजार ५ सय रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार संजिवको खोजी गरिरहेको छ ।   ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँ थसिटोल डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-११ घर भएका ५५ वर्षीय शक्ति घिमिरेलाई अवैध लागूऔषध गाँजा ३ सय ८६ ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरी उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय उज्वल महर्जन समेत ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-५ बलहा बस्ने ६८ वर्षीय अर्जुन चौधरी समेत २ जनालाई अवैध लागूऔषध गाँजा ९ सय ४० ग्राम र नगद ३४ हजार २ सय १५ रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सखुवा गाछीबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   महोत्तरी, सम्सी गाउँपालिका-६ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९८ ट्याब्लेट र स्पास्मो प्रोक्सिभन १ सय ६० ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका-१४ बस्ने २८ वर्षीय नरेश महरा र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय क्षितिज परियार रहेका छन् । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले  कन्हवा बोर्डरबाट सम्सीतर्फ आउँदै गरेको ज.१० प ८६७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७६ ट्याब्लेट र नाइट्राजेपाम ४२ ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला हिमा गाउँपालिका-६ बस्ने २२ वर्षीय मुस्कान अधिकारी र सोही गाउँपालिका-७ बस्ने २० वर्षीय रमेश शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००१ ज १०६१ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका २० वर्षीय सुमित मल्ल समेत २ जनालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय १० ट्याब्लेट सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले सुमितको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   धादिङ, थाक्रे गाउँपालिका-६ देउडी बस्ने सोही गाउँपालिका-३ मल्डुङ घर भएका १७ वर्षीय किशोरलाई अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ३ सय ९० ग्राम र गाँजा जस्तो देखिने पदार्थ १ सय ६५ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०६-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन् । उनीहरूले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०२

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी ललितपुर, ललितपुर महानगरपालिका-२१ सानो खोकना बस्ने लमजुङ बेसीशहर नगरपालिका-३ घर भएका ४७ वर्षीय विक्रम बहादुर थापालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा ३ वर्ष ६ महिना कैद सजाय र १ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२१ सानो खोकनाबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको छ । 

अन्तर्राष्ट्रिय कल बाइपासका उपकरण सहित पक्राउ
२०८३-०६-०१

चितवन भरतपुर महानगरपालिका-२ आँपटारीबाट अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणहरू सहित भारतीय नागरिक २५ वर्षीय Kathram Nithin लाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट मोबाइल २६ थान, ल्यापटप २ थान, सिमकार्ड ९५ थान,  सिपियु ४ थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, युएसबि ६ थान, राउटर २ थान, विभिन्न प्रकारका डेटा केबुलहरू लगायतका सामानहरू समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा ती उपकरण तथा सामाग्रीहरू अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) मा प्रयोग गरिएको भन्ने खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

आसरा सुधार केन्द्र रानीबारीको ३०औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न
२०८३-०६-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आसरा सुधार केन्द्र रानीबारीको ३०औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा बिहीबार आयोजित एक समारोहबीच विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले केन्द्रका सल्लाहकारहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजलाई प्रशंसापत्र तथा केन्द्रको आन्तरिक सुरक्षा एवम् व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले केन्द्रसँग सम्बन्धित विभिन्न गतिविधिहरूका सन्देशमूलक फोटोहरू तथा लागूऔषध एवम् समसामयिक विषयवस्तुहरूसँग सम्बन्धित विभिन्न लेख रचनाहरू संकलन गरी केन्द्रद्वारा प्रकाशित साहित्यिक रचना  ‘आसरा दर्पण २०८३ ’ को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आसरा सुधार केन्द्रको गरिमा र प्रतिष्ठा कायम राख्दै आजको दिनसम्म ल्याई पुर्‍याउन अथक परिश्रम गर्नुहुने सुधार केन्द्र परिवार, सल्लाहकार, सहयोगी लगायतलाई धन्यवाद व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई मानवीय तथा सुधारात्मक दृष्टिकोण आत्मसात् गर्दै उपचार मार्फत उनीहरूमा सकारात्मक परिवर्तन ल्याई समाजमा पुनर्स्थापित गर्न केन्द्रले पुर्‍याउँदै आएको योगदानको उहाँले उच्च प्रशंसा गर्नुभयो । लागूऔषधको उत्पादन, विक्री वितरण, ओसारपसार र सेवन विश्वव्यापी रूपमै एक जटिल समस्याको रूपमा देखिएको र लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समुदायका साथै राष्ट्रको समग्र सामाजिक, आर्थिक र उत्पादनशील क्षेत्रमा समेत गम्भीर असर पुगिरहेको बताउँदै नेपाल प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम र न्यूनीकरणका क्षेत्रमा निर्मम रूपमा कार्यसम्पादन गर्दै आइरहेको उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले लागूऔषधको प्रयोगमा फसेर सुधार केन्द्र पुग्नुभन्दा लागूऔषध दुर्व्यसनमा फस्न नदिनु नै हाम्रो चासो र चिन्ताको विषय रहेको बताउँदै यसका लागि परिवार, समाज, विद्यालय तथा सकारात्मक परिवर्तन सोच्ने सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । आगामी दिनमा समेत लागूऔषध दुर्व्यसनको बद्लिँदो स्वरूप र यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न यस केन्द्रले उपलब्ध साधनस्रोतको उच्चतम् प्रयोग गर्दै सेवा क्षेत्रको विस्तार, सीपमूलक तथा आयमूलक कार्यक्रम, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू, नवीन तथा वैज्ञानिक उपचार पद्दतिको अवलम्बन गरी आफ्नो सेवालाई व्यवस्थित परिणाममुखी र पुनर्स्थापनामैत्री बनाउँदै दुर्व्यसनबाट प्रभावित व्यक्तिहरूलाई समाजको मुलधारमा पुनर्स्थापित गर्ने तर्फ निरन्तर योगदान पुर्‍याउँदै जाओस् भन्ने शुभकामना उहाँले व्यक्त गर्नुभयो ।     समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीले केन्द्रका परामर्शदाता तथा कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष कार्कीले लागूऔषधको दलदलमा फसेका लागूऔषध प्रयोगकर्ताहरूलाई सुधारात्मक तथा उपचारात्मक पद्दतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनर्मिलन गर्ने लक्ष्य राखी केन्द्र स्थापना भएको उल्लेख गर्नुभयो । केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गरी केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउँदै लैजाने उहाँले बताउनुभयो ।   केन्द्रकी उपाध्यक्ष श्रीमती सुस्मिता केसी अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरूले गीत, नृत्य प्रस्तुत तथा कविता वाचन र संगीत प्रशिक्षकबाट वाँसुरीको धुन समेत प्रस्तुत गरिएको थियो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०६-०१

कञ्चनपुर, भीमदत्त नगरपालिका-५ बनखेतबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ४० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३० वर्षीय हरिश प्रसाद जोशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-३ राजीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३७ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कैलाली जोशीपुर गाउँपालिका-१ घर भएका २२ वर्षीय सुदिप चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-६ सिसैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१० हरपाल बस्ने २३ वर्षीय मिन बहादुर ठगुन्ना समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, कावासोती नगरपालिका-१ हात्तीखोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय सोकिन सोमै मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शंखदेवबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.१४ प ८०८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ श्यामचोक बस्ने २५ वर्षीय गोपाल तामाङ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट र डिकोलिक ४ सय ४० ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले गोपालको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-८ भोजपुरे टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ९ सय ७० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १८ हजार १ सय ८० रूपैयाँ सहित सोही उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय मोहमद अफ्रोज हुसेनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ काठेपुल बस्ने २९ वर्षीय अनम राई समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ४० मिलिग्राम र नगद २३ हजार २ सय रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले अनमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित सोही नगरपालिका-२ ब्यासी बस्ने २६ वर्षीय सुशिल बासीले संचालन गरेको चिया पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सुशिल समेत ११ जनालाई ‍बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सल्यान, शारदा नगरपालिका-२ खलंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने दाङ घोराही उपमहानगरपालिका-१६ घर भएका ३१ वर्षीय विनय बुढाथोकीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-११ प्रगतीनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय सुन्दर डुम्रेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी रूपन्देही, तिलोत्तमा नगरपालिका-३ शान्तीकुञ्जबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ३२ ट्याब्लेट र नाइट्रोसन ५२ ट्याब्लेट सहित लुम्बिनी साँस्कृतिक नगरपालिका-१० बस्ने ३५ वर्षीय राजेन्द्र कुमार भुज समेत ५ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय वुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.३७ प १९३४ र लु.प्र.०१-०१७ प १५३३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ४ सय ९० मिलिग्राम सहित ग्रामथान गाउँपालिका-७ बस्ने ३१ वर्षीय तेतरलाल सासलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८३-०६-०१

काठमाडौं, अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा धनुषा शहिदनगर नगरपालिका-४ घर भएका २४ वर्षीय अजय कुमार मुखियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई धनुषा शहिदनगर नगरपालिका-४ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी हालसम्म १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १ सय ४४ रूपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको खुल्न आएको छ । उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०६-०१

काठमाडौं, सामाजिक सञ्जाल मार्फत विदेशी महिलाको चरित्र हत्या गरेको अभियोगमा बाँके नेपालगंज उपमहानगरपालिका-१ बस्ने २३ वर्षीय प्रशान्त जयसवाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल मार्फत विदेशी महिलासँग चिनजान गरी साथी बनि प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्विरहरू पीडित महिलाका आफन्त तथा परिवारजनका सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरेको   हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ५ दिन  म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगी, लिखत किर्ते, नागरिकता र संगठित अपराध सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०१

काठमाडौं, ठगी, लिखत किर्ते, नागरिकता र संगठित अपराध सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने काभ्रे पनौती नगरपालिका-४ टौखाल घर भएका ४६ वर्षीय हरि भन्ने पुण्डे प्रसाद काफ्लेलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा १५ वर्ष कैद सजाय र १ लाख २० हजार रूपैयाँ जरिवाना ठहर भई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको छ । 

बेलारूस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-११ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-७ घर भएका ५२ वर्षीय बिरेन्द्र बहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बिरेन्द्रले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०१

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने पर्सा वीरगंज महानगरपालिका-१३ घर भएका ३९ वर्षीय विशाल हाडालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०६-०१

काठमाडौं महानगरपालिका-२९ अनामनगरस्थित किम्चि रेष्टुरेण्टबाट स्रोत नखुलेको नगद ३४ लाख ९५ हजार रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्सा वीरगंज महानगरपालिका-२१ घर भएका ४० वर्षीय प्रबेश महत्तो रहेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  धनुषा, धनौजी गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद १३ लाख ६५ हजार रूपैयाँ सहित भारत मधुवनी ग्राम खौना बस्ने ३५ वर्षीय राधाकान्त बयारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले लखौरीबाट गोरदाहातर्फ आउँदै गरेको बीआर ३२ बिबि १८९९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०५-३१

कैलाली, लम्कीचुहा नगरपालिका-४ बाट अवैध लागूऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २० वर्षीय मिलन थापामगर र २० वर्षीय राजेश देउवा रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले मिलनलाई गाँजा २५ ग्राम र राजेशलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ फलाँटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय बिनोद सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०५-३१

झापा, झापा गाउँपालिका-४ चौधरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९८ मिलिग्राम सहित गौरादह नगरपालिका-४ बैगुनधुरा बस्ने १९ वर्षीय बाबुराम मुर्मुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, कचनकवल गाउँपालिका-१ झण्डु टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-२ अनारमनी बस्ने ३५ वर्षीय समिर बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कुटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ बुढिबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित तनहुँ म्याग्दे गाउँपालिका-२ जामुने बस्ने ३० वर्षीय पदम थापालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ३० मिलिग्राम र नगद १० हजार २ सय ७० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ माछागढ बस्ने २३ वर्षीय रमेश साही र २९ वर्षीय अनिल विक रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले भे.५ प ५६२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, मधुवन नगरपालिका-९ धर्मबस्ती बेलडाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८५ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ धर्मबस्ती बुद्ध टोल बस्ने २३ वर्षीय अश्मित परियार र सोही नगरपालिका-९ बेल्डाडी बस्ने २५ वर्षीय मनिष कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय सानोश्री समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी बर्दिया, गेरूवा गाउँपालिका-१ बिहानबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय आशिक नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-२ स्थित मुन लाइट होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ४ सय ६० मिलिग्राम सहित रूकुम पश्‍चिम चौरजहारी नगरपालिका-९ बस्ने २७ वर्षीय लोकेन्द्र मल्ल समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त होटलको ३०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ गाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब ९ किलो ५ सय ७८ ग्राम सहित भारत मोतिहारी हरसिद्दि पंचायत बैरियाडिह-९ बस्ने १९ वर्षीय संदिप चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सिया समेतबाट खटिएको प्रहरीले जगरनाथपुरबाट ड्राईपोर्टतर्फ जाँदै गरेको एचपि-९४- ४९८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ सुनखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय अजय मादेनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पाँचथर, फिदिम नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने याङवरक गाउँपालिका-२ घर भएका २९ वर्षीय विशाल लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ हिलिहाङ गाउँपालिका-७ टारी बस्ने २३ वर्षीय युवराज विश्वकर्मासँग खरीद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले युवराजलाई फिदिम नगरपालिका-१ फिदिम बजारबाट पक्राउ गरेको छ । दैलेख, नारायण नगरपालिका-६ गणेश चोक बस्ने २१ वर्षीय शिवराज थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले शिवराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०५-३१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने तेह्रथुम घर भएका ३५ वर्षीय नगेन्द्र भेटवाल, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बर्दिया घर भएका ४४ वर्षीय समुन्द्र बहादुर थापा र कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने पाँचथर घर भएका ४४ वर्षीय कुमार खतिवडा रहेका छन् । पक्राउ मध्ये नगेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, समुन्द्रले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ र कुमारले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नगेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-५ बाट सोमबार तथा समुन्द्रलाई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका-९ बाट र कुमारलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

सुनका गरगहना चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०५-३१

काठमाडौं, सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप, रामेछाप नगरपालिका-१ घर भएका २३ वर्षीय दिपेश मग्रान्तीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-१० स्थित एक घरबाट सुनका विभिन्न गरगहना सोमबार बिहान चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१० बानेश्वरबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट करिब १ सय ३८ ग्राम ६ सय १० मिलिग्राम तौल बराबरको सुनका विभिन्न गरगहना समेत बरामद गरेको छ ।   उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-३१

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४५ वर्षीय बिमल घर्तीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा ११ वर्ष कैद सजाय, १ लाख १० हजार रूपैयाँ जरिवाना र ४ हजार ४ सय रूपैयाँ क्षतिपूर्ति ठहर भई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-३ जाल्पाचोकबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको छ । 

बाढी प्रभावित क्षेत्रमा निरन्तर स्वास्थ्य सेवा प्रवाहमा सक्रिय नेपाल प्रहरी
२०८३-०५-३०

काठमाडौं, नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजले अस्थायी (फिल्ड) अस्पताल सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका बाढी प्रभावितका लागि नुवाकोटको विदुरमा पाँच शय्याको लेभल-१ अस्पताल भदौ १४ गतेबाट सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरी अस्पतालबाट प्रहरी नायब उपरीक्षक सहितको विशेषज्ञ चिकित्सक टोली त्यस ठाउँमा खटिएर कार्य गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढी पश्चातको समयमा विभिन्न रोगहरूको संक्रमण फैलिन सक्ने तथा सामान्य स्वास्थ्य सेवा लिन समेत कठिनाई हुने अवस्थालाई मध्यनजर गरेर नेपाल प्रहरी अस्पतालबाट आवश्यक उपकरणहरू सहितको दक्ष टोलीले उक्त अस्थायी अस्पताल संचालनमा ल्याई सेवा प्रवाह गरिरहेको छ । ’अस्पतालले विशेषज्ञ चिकित्सक सहितको २४ सै घण्टा आकस्मिक सेवाका साथै ओपिडी र औषधी लगायतका सुविधाहरू सेवाग्राहीहरूलाई नि:शुल्क प्रदान गरिरहेको छ । हालसम्म लेभल-१ अस्पतालबाट २ सय ३६ जना बाढी प्रभावितहरू स्वास्थ्य सेवाबाट लाभान्वित भईसकेका छन् । विपद्का कारण प्रभावित व्यक्तिहरूमा पर्ने मानसिक असर तथा तनावलाई सम्बोधन गर्न नेपाल प्रहरी अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तको टोलीबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक एवम् त्यस क्षेत्रमा उद्दार कार्यमा खटिएका प्रहरी कर्मचारीहरूलाई लक्षित गरी मानसिक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको छ । साथै होल्डिङ सेन्टरहरूमा ठुलो संख्यामा मानिसहरू बस्दा विभिन्न रोगको संक्रमण फैलन सक्ने अवस्थामा नेपाल प्रहरीको चिकित्सक टोली त्यहाँ पुगि संक्रमणबाट जोगिने उपायका सम्बन्धमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालनका साथै नि:शुल्क स्वास्थ्य परिक्षण र औषधी ‍वितरण गरी सेवा प्रदान गरिरहेको छ । हाल सम्म विभिन्न होल्डिङ सेन्टरमा रहेका ८ सय ४९ जना व्यक्तिहरूले परामर्श तथा स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यसका साथै बाढीमा बेपत्ता भएका तथा बेवारिसे शवहरूको पहिचान सहज बनाउन फिल्ड अस्पतालले डीएनए नमुना संकलन समेत सञ्चालन गरिरहेको छ ।नेपाल प्रहरी अस्पतालका प्रहरी नायव उपरीक्षक डा. नारायण प्रसाद अधिकारी भन्नुहुन्छ, ‘लेभल-१ अस्पतालले बाढी पश्चात प्रभावित क्षेत्रहरूमा हैजाको महामरीको जोखिमलाई दृष्टिगत गरी  विश्व स्वास्थ्य संगठनका कन्ट्री हेडसँगको समन्वयमा नुवाकोट जिल्लामा राहत तथा उद्दार कार्यमा संलग्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई हैजा महामारी सम्बन्धी सचेतनाका साथै खोप कार्यक्रम समेत संचालन गरिरहेको छ । ’

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०५-३०

दैलेख, दुल्लु नगरपालिका-५ दुल्लु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २२ वर्षीय जिवन भण्डारी र डुङ्गेश्वर गाउँपालिका-१ बस्ने २३ वर्षीय घनश्याम खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेख समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  जुम्ला, तातोपानी गाउँपालिका-५ श्रीनगरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुवास डाँगीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित घोडाघोडी नगरपालिका-२ बस्ने ३६ वर्षीय कृष्ण चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय देवेन्द्र शाही र अछाम साँफेबगर नगरपालिका-१० बस्ने ३० वर्षीय अनिल भुल रहेका छन् । प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.६ प ३६६२ र भे.३ प ९४८४ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०५-३०

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेस्थित होटलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित म्यानमारकी नागरिक २९ वर्षीया ZIN ZIN PHYO लाई आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरणबाट खटिएको प्रहरीले होटलको उनी बसेको कोठा तलासी गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा रिसिभ गर्न गोरखपुरबाट काठमाडौं आई उक्त होटल पुगेका भारत उत्तर प्रदेश गोरखपुर घर भएका ३० वर्षीय  BARKATULLAN  र २५ वर्षीय YUSUF KHAN लाई समेत प्रहरीले पक्राउ गरेको छ ।  झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६२ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २२ वर्षीय कुरबान शेखलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मुसहरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१७ बस्ने २७ वर्षीय हेम राई र ४४ वर्षीय जय बहादुर खड्गी रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको को.३१ प ८८८५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   रौतहट, चन्द्रपुर नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३० ट्याब्लेट सहित सोही नगरपालिका-१० बालचनपुर बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम सहित सोही महानगरपालिका-२० हरपतगंज बस्ने २० वर्षीय आजात अन्सारी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले ग.८ प ७०४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, कोहलपुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ७ सय ८० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने १९ वर्षीय प्रिन्स शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ जाँदै गरेको भे.१ ख ४१६० नम्बरको बस जाँच गर्दा उक्त पदार्थ फेला पारी बसका सहचालक प्रिन्सलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ राप्ती सोनारी गाउँपालिका-१ बस्ने २८ वर्षीय लाहुराम थारूले दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले लाहुराम समेत २ जनालाई नेपालगंजबाट पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-३०

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ बस्ने सल्यान बागचौर नगरपालिका-१२ घर भएका ३० वर्षीय खिम बहादुर वलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०५-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका-७ बस्ने ४५ वर्षीय गंगा बहादुर कटुवाल र काठमाडौं बस्ने सर्लाही हरिवन नगरपालिका-२ घर भएका ३८ वर्षीय हेम बहादुर बोम्जन रहेका छन् । पक्राउ मध्ये गंगा बहादुरले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र हेम बहादुरले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गंगा बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट र हेम बहादुरलाई काठमाडौं महानगरपालिका-२८ बाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

विद्युतीय चुरोट (भेप) सहित चार जना पक्राउ
२०८३-०५-३०

काठमाडौं, अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिका-१६ सतुङगल बस्ने २७ वर्षीय शुभम गुप्ता, काठमाडौं महानगरपालिका-३ बस्ने रामेछाप घर भएका १९ वर्षीय राजन मोक्तान र ललितपुर च्यासल बस्ने काभ्रे पाँचखाल नगरपालिका-९ घर भएका १९ वर्षीय सक्षम श्रेष्ठ रहेका छन् । काठमाडौं उपत्यकाको विभिन्न वडा एरियामा अवैध रूपमा विद्युतीय चुरोट (भेप) को भण्डारण तथा बिक्रि वितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र सोही महानगरपालिका-६ चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदामबाट २ हजार ७ सय ७० थान विद्युतिय चुरोट (भेप) फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

विपद् पश्चात नागरिकको दैनिकीलाई सहज बनाउन नेपाल प्रहरी निरन्तर सक्रिय
२०८३-०५-२९

काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । नदी तटीय क्षेत्रका बस्ती, सडक र पुलहरू भग्नावशेषमा परिणत भएका छन् । बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढी पछिको अवस्थालाई सामान्य बनाउन आफ्नो सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरीले विपद्को समयमा नागरिकको सहयात्री बनेर जनजीवनलाई चाँडो भन्दा चाँडो सामान्य बनाउन निरन्तर रूपमा खटिरहेको छ ।नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन बाढी प्रभावित क्षेत्रमा ढुंगामाटो हटाउने, घरका भग्नावशेष सफा गर्ने, विद्यालय एवम् स्वास्थ्य संस्थाहरू लगायतका सार्वजनिक महत्वका भवनहरू सरसफाई गरी पुनसंचालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेर प्रहरीले जिम्मेवारी वहन गरिरहेको छ । प्रहरीले स्थानीय तह, स्थानीय बासिन्दा अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै तीव्र रूपमा काम गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढी प्रभावित क्षेत्रहरूमा नागरिकको जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरी थप क्रियाशील भएर लागि परेको छ । पीडितहरूको घर सफा गर्ने, भग्नावशेषबाट भेटिएका नागरिकका धनमाल सम्बन्धित धनीलाई बुझाउने, स्कुल, स्वास्थ्य संस्थाहरूमा जम्मा भएका ढुंगामाटो हटाउन नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । यस विषम परिस्थितिमा नागरिकको सुरक्षा, विपद्‍बाट सिर्जित मनोवैज्ञानिक त्रास समेतलाई मध्यनजर गरी नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन नेपाल प्रहरी प्रयासरत छ ।’  भोटेकोशी बाढीले भौतिक तथा मानवीय क्षति मात्र नभई प्रभावित क्षेत्रका बासिन्दा विशेष गरी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूमा गम्भीर मनोवैज्ञानिक त्रास समेत सिर्जना गरेको छ । बाढीमा घर, परिवार र सम्पत्ति गुमाउँदा प्रभावित क्षेत्रका बसिन्दाहरूमा मानसिक तनाव उत्पन्न हुन सक्ने जोखिमलाई समेत ध्यानमा राखेर पीडितहरूलाई मनोपरामर्श (Psychosocial Counseling) सेवा प्रवाह गर्दै उनीहरूको दैनिक जीवनयापनमा समेत सहजीकरण गरिरहेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखा मार्फत स्थानीय समुदाय विशेष गरी महिला, बालबालिका युवा, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै नागरिकलाई पुन:स्थापनमा सहजीकरण गर्न प्रहरीले महत्वपूर्ण भूमिका खेलिरहेको छ । बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टर लगायत अन्य स्थानहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटना प्रति थप संवेदनशील भई कार्य गर्नुका साथै उद्दार गरिएका व्यक्तिहरूलाई पारदर्शी राहत वितरणमा स्थानीय तह एवम् सरोकारवाला निकायसँग समन्वय गर्दै व्यवस्थित रूपमा कार्य गरिरहेको छ ।बाढी प्रभावित जिल्लाहरूमा हालसम्म समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १ सय ९६ वटा कार्यक्रम मार्फत ४७ हजार ७ सय ७४ जना व्यक्तिहरू लाभान्वित भएका छन् ।  T2T(TIMURE TO TRIVENI) Operation अप्रेशन समेत संचालन गरी प्रहरीले विपद् पश्चातको विभिन्न व्यवस्थापन कार्य गरिरहेको छ ।  स्थानीय बासिन्दा अझै पनि त्रास र चिन्तामा छन् । एक स्थानीय महिला भन्छिन, ‘बाढीले धेरैको घरहरू बगायो । केही  घरहरू माटोले पुरिएका छन् । हामी घरहरू खोतल्दै गर्दा प्रहरीहरू आएर हामीलाई हिलो सरसफाई अनि सामानहरू सार्न सहयोग गरिरहेका छन् । प्रहरीसँग मिलेर काम गर्दा छिटो पनि हुनेरहेछ ।’ प्रहरीको यो निरन्तर प्रयासले त्यहाँका बासिन्दाहरूमा हौसला जगाएको छ र उनीहरूले थोरै भएपनि राहत महसुस गरिरहेका छन् ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३८ जना पक्राउ
२०८३-०५-२९

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३ हजार ८ सय ९५ ट्याब्लेट सहित ललितपुर गोदावारी नगरपालिका-१३ घर भएका २३ वर्षीय सिर्जन रम्तेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं महानगरपालिका-१४ लिकमार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय १० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ लिकमार्ग बस्ने रामेछाप घर भएका २७ वर्षीय विपिन श्रेष्ठ र काठमाडौं वनस्थली बस्ने धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका २० वर्षीय प्रकाश गैरे रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । साथै थप अनुसन्धानको क्रममा लागूऔषध कारोबारमा संलग्न रहेका काठमाडौं जोरपाटी बस्ने लमजुङ घर भएका २९ वर्षीय युसुद मिया र काठमाडौं महानगरपालिका-२३ ओम बहाल बस्ने चितवन भरतपुर महानगरपालिका-१६ घर भएका ३१ वर्षीय महोमद गुफरानलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ३९ ग्राम ९ सय ६० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी काठमाडौं, महानगरपालिका-१७ धोबिचौरबाट अवैध लागूऔषध पोलेन ५५ ग्राम सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने धादिङ धुनिबेसी गाउँपालिका-७ घर भएका १९ वर्षीय रन्जन विसुङखे, काठमाडौं कुश्लेचौर बस्ने दोलखा मैनापोखरी गाउँपालिका-८ घर भएका ४० वर्षीय अमृत लामा र गोरखा घर भएका ३५ वर्षीय रमेश गुरूङ रहेका छन् । प्रहरी वृत्त लैनचोरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  काठमाडौं महानगरपालिका-१३ ताहचालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७ ट्याब्लेट र नगद ५० हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ ओमबहाल बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका २३ वर्षीय सुवास तामाङ र काठमाडौं काँडाघारी बस्ने ओखलढुङ्गा घर भएका २१ वर्षीय महेश कटुवाल रहेका छन् । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय १० मिलिग्राम सहित दमक नगरपालिका-७ बस्ने २७ वर्षीय रबिन कटवाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ बिर्ताबजार बस्ने २० वर्षीय सुमन कर्मकारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने ३२ वर्षीय राजन कामत र  सोही महानगरपालिका-३ बस्ने ३१ वर्षीय बिशाल अधिकारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ९० मिलिग्राम सहित कानेपोखरी गाउँपालिका-५ बोहोरा गाउँ बस्ने ३४ वर्षीय जिबन बोहोरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कुसलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय राज राई र इलाम देउमाई नगरपालिका-६ बस्ने २८ वर्षीय मदन सुवेदी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, हरिनगर गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ३० मिलिग्राम र नगद २५ हजार ४ सय ६५ रूपैयाँ सहित सोही गाउँपालिका-५ सुकसैना बस्ने ५५ वर्षीय श्रीदेव भन्ने श्री नारायण मेहतालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले प्र.१-०२-०५८ प ८३७२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ सिर्जनाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अनिश श्रेष्ठ समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अनिशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय राम लक्षी राना र २० वर्षीय बिशाल राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले रामको घर तलासी गर्दा २ ग्राम ८ सय ७० मिलिग्राम र बिशालको घर तलासी गर्दा १ ग्राम ९ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ वनपुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम सहित सोही गाउँपालिका-२ चन्दनबस्ती टोल बस्ने २२ वर्षीय गणेश साउँद समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले गणेशले प्रयोग गरेको सु.प.प्र.०१-०११ प २०५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध स्पास्मो ८० ट्याब्लेट र नाइट्राजेपाम १ सय ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-१६ बस्ने ३७ वर्षीय सुर्य थापालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले त्रिबेणीबाट बर्दघाटतर्फ आउँदै गरेको बा.प्र.०३-०३ प २४५१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   पाल्पा, तानसेन नगरपालिका-३ बसन्तपुर डेरा गरी बस्ने तानसेन नगरपालिका-१० गणेशसाल घर भएका ३२ वर्षीय सुनिल पौडेललाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम २७ ट्याब्लेट, स्पास्मो २३ ट्याब्लेट र नगद ३ हजार ५ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले सुनिलको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बस्ने २० वर्षीय आकाश गिरी समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले सोही उपमहानगरपालिका-१४ बाबु गाउँ बस्ने २४ वर्षीय सुनिल कुमार नाउलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित पक्राउ गरेको छ । सिराहा, गोलबजार नगरपालिका-१२ बेतौनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९७ ग्राम ५ सय ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय भुनेश्वर मण्डल, २६ वर्षीय बिरेन्द्र कुमार सिंह, २० वर्षीय अरबिन्द कुमार सिंह र ३३ वर्षीय रितेश यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-११ उरहरीस्थित हेयर सैलुनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ४ सय ७० मिलिग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय दीपक बिक, सोही उपमहानगरपालिका-१२ बस्ने २१ वर्षीय आकाश चौधरी, २४ वर्षीय ध्यानी बाँठा मगर र सोही उपमहानगरपालिका-११ बस्ने २० वर्षीय राजन केसी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दीपकको सैलुन पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०५-२८

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण तारेभीर नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ किलोग्राम सहित सोही नगरपालिका-३ बस्ने ६५ वर्षीय लक्ष्मीराम गौतमलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ९० मिलिग्राम सहित धादिङ बेनीघाट रोराङ गाउँपालिका-१ बस्ने २८ वर्षीय राज कुमार थिङ तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-९ बाँध डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रमाडोल ५ ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २५ वर्षीय भजन देव रामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले को.१० प ८८५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।दाङ, तुलसीपुर उपमहानगरपालिका-११ उरहरीस्थित कपाल काट्ने पसल संचालन गरी बस्ने १९ वर्षीय दिपक बिक समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम ४ सय ७० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय तुलसीपुरबाट खटिएको प्रहरीले दिपकको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ पेश्करटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १४ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-६ बस्ने ५३ वर्षीय संजय अग्रवाल समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २८ वर्षीय आशिष कुमार महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-२ घोडहाबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय २८ ट्याब्लेट सहित भारत उत्तर प्रदेश थाना निचलौल गाउँ परागपुर बस्ने २० वर्षीय हदिश अलि समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले युपि ५६ ए ०९३९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, कटहरी गाउँपालिका-३ रिङरोड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४५ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत अररिया थाना सोनामनि गोदाम डुमरिया बस्ने २२ वर्षीय बिक्की कुमार मण्डल समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कटहरी समेतबाट खटिएको प्रहरीले बीआर ३८ एजे ९०१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जाजरकोट, शिवालय गाउँपालिका-१ छेडाचौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित रूकुम पश्चिम आठविसकोट नगरपालिका-९ बस्ने २४ वर्षीय शसिराम परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी छेडाचौरबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ च १७४० नम्बरको बोलेरोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री प्रकाशन/प्रसारण गरी घृणा द्वेष फैलाउने व्यक्ति पक्राउ
२०८३-०५-२८

काठमाडौं, सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री प्रकाशन/प्रसारण गरी घृणा द्वेष फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका-८ बानियाटार बस्ने रूकुम पश्चिम आठविसकोट नगरपालिका-१२ घर भएका २७ वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालहरूमा विपद्को अति संवेदनशील समयमा खोज, उद्दार तथा व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूका बारेमा सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरी सुरक्षा निकाय तथा राष्ट्र सेवकहरू प्रति घृणा द्वेष फैलाई नागरिक र सुरक्षा निकाय बीचको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं अनामनगरबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट प्रहरी वृत्त गौशालाको पुन:निर्मित कार्यालय भवन उद्‌घाटन
२०८३-०५-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुन:निर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त भवनको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई कदरपत्र एवम् प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले पूर्ण रूपमा क्षति भएका भवनहरू पुनः निर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था एवम् महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्दै यो सद्भाव एवम् साथले प्रहरी र समुदाय बीचको सम्बन्धलाई अझ आत्मीय बनाउनुका साथै नेपाल प्रहरीलाई अझ बढी नागरिकमैत्री, उत्तरदायी र सेवाभावका साथ कर्तव्य निर्वाह गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संरचनाको पुनर्निर्माण सँगै समुदाय र नेपाल प्रहरीको सम्बन्धको पनि पुनर्निर्माण भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्यको निरन्तरताको अपेक्षा रहेको बताउनुभयो । भवन पुन:निर्माण सँगै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अझ बढी जिम्मेवार, अनुशासित, पारदर्शी, संवेदनशील, उत्तरदायी हुँदै नागरिक प्रति समर्पित भएर कार्य गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुन:निर्माण कार्य समितिका अध्यक्ष एवम् काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने भवन पुन:निर्माण समितिका कोषाध्यक्ष वि.एन पाठकले भवन निर्माण सम्बन्धी प्रतिवेदन तथा ई. डा. शंकर ढकालले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, स्थानीय समाजसेवीहरू लागयतको उपस्थिति रहेको थियो । 

काठमाडौं महानगर प्रहरी बलले निर्वाह गरेको भूमिका सराहनीय - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०५-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण, सार्वजनिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुभयो ।  काठमाडौं महानगर प्रहरी बलको ३४ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सभा गृहमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । कार्यक्रमा प्रहरी महानिरीक्षक कार्कीले वार्षिकोत्सवका अवसरमा सम्पूर्ण महानगर प्रहरी बल परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा आफ्नो जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगले सम्पादन गर्दै काठमाडौं महानगरपालिकाको सुशासन, शहरी व्यवस्थापन र नागरिक सेवाको प्रभावकारिता अभिवृद्धिमा थप योगदान पुर्‍याओस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले काठमाडौं महानगर प्रहरी बलले तीन दशकभन्दा लामो समयदेखि महानगरपालिकाको नीति, निर्णय र निर्देशन कार्यान्वयन गर्दै निर्वाह गरेको भूमिकाको चर्चा गर्दै विपद्को समयमा खोज, उद्दार, राहत वितरणमा लगायतमा नेपाल प्रहरीसँग समन्वयका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । महानगर प्रहरी बलको कामको प्रकृति र नेपाल प्रहरीको कामको प्रकृति फरक भएता पनि नागरिक सेवा, सार्वजनिक सुरक्षा, शान्ति, सुव्यवस्था र सुरक्षित तथा व्यवस्थित शहर निर्माण गर्नु दुबैको साझा उद्देश्य रहेको बताउनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले स्वच्छ, सुन्दर, सुरक्षित र व्यवस्थित महानगरको परिकल्पनालाई सार्थक बनाउन सडक सुरक्षा, ट्राफिक तथा शहरी आवागमन व्यवस्थापन, फुटपाथ व्यवस्थापन, साधन स्रोत व्यवस्थापन, विपद् तथा आपत्कालिन प्रतिकार्य, ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदा संरक्षण, शहरी क्षेत्रको समग्र शान्ति, सुरक्षा, अपराध नियन्त्रण, Smart City Security, समुदाय-प्रहरी साझेदारी लगायतमा नेपाल प्रहरी सदैव साथमा रहने र आगामी दिनमा महानगरको सहयोग अझ घनीभूत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०५-२७

काठमाडौं महानगरपालिका-२१ लगन बस्ने ३५ वर्षीय जनम शाक्य समेत ४ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट, अवैध लागूऔषध पोलेन करिब ७ सय ग्राम र नगद ३१ हजार १ सय ६५ रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले जनमको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई  पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ६ सय ५० मिलिग्राम सहित काठमाडौं शंखमुल बस्ने कैलाली घर भएका २९ वर्षीय शंखर चौधरी समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ४९३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम ६ सय ६० मिलिग्राम सहित ललितपुर तीनकुने बस्ने सिराहा घर भएका २० वर्षीय एमडी बुफ्रानलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ८ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० हजार ४ सय १० ट्याब्लेट सहित ४ जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भएका २९ वर्षीय जनार्जन घले, सिन्धुपाल्चोक घर भएका २६ वर्षीय ज्वाला श्रेष्ठ, मकवानपुर घर भएका ३१ वर्षीय महेन्द्र विश्वकर्मा र काभ्रे घर भएका ३१ वर्षीय राजु तामाङ रहेका छन् । प्रहरीले उनीहरूलाई ललितपुर महानगरपालिका-१५ हात्तीवनस्थित ट्याटु हाउस र काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-११ मंगलबजार चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित  सोही महानगरपालिका-११ बंगलामुखी बस्ने ३१ वर्षीय आशिष देउलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित अछाम साँफेबगर नगरपालिका-७ बस्ने २० वर्षीय अभिजन भाटलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको    छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय सुनिल राना समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलाय कैलाली समेतबाट खटिएको प्रहरीले से.४ प ३९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-९ बस्ने ३४ वर्षीय डम्बर कुमार श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय २० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-७ बस्ने २७ वर्षीय ईश्वर खाती समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले ईश्वरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० डेरा गरी बस्ने खैरहनी नगरपालिका-२ चैनपुर घर भएका २४ वर्षीय सुदिप कार्की समेत २ जनालाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३३ ट्याब्लेट, ट्रामाडोल ५० ट्याब्लेट र नगद रुपैयाँ ९९ हजार ७ सय ४० रूपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले सुदिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४० ट्याब्लेट सहित सोही महानगरपालिका-३ बस्ने ३२ वर्षीय बिनोद महतो नुनिया समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०३७ प ४१२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० भुटनदेवी बस्ने ३५ वर्षीय प्रज्वल थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन T2T(TIMURE TO TRIVENI) Operation संचालन
२०८३-०५-२६

काठमाडौं,  भोटेकोशी नदीमा आएको बाढीमा उद्दार तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी एवम् व्यवस्थित बनाउन नेपाल प्रहरीले T2T(TIMURE TO TRIVENI) Operation संचलानमा ल्याएको छ । प्रभावित क्षेत्रहरूमा खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउँदै व्यापक एवम् व्यवस्थित खोजतलास अभियान चलाउन नेपाल प्रहरी विपद् उद्दार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रद्वारा सम्बन्धित बाढी प्रभावित जिल्लाहरूमा पत्राचार गरिएको छ । T2T अप्रेशनमा खोज तथा उद्दारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय-प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, डिएनए प्रोफाइलिङ एवम् ट्राफिक व्यवस्थापन जस्ता विषयहरूलाई प्राथमिकता दिई कार्य गर्न नेपाल प्रहरी अग्रसर भई लागि परेको छ ।बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रका विभिन्न स्थानहरूमा बगाई वा हराई रहेका मानिस जिवित हुनसक्ने संभावनालाई विशेष प्राथमिकतामा राखेर उद्दार तथा खोजी कार्य गर्न पत्राचार गरिएको छ । मृतकको शव वा शरिरका अंग फेला परेको अवस्थामा आवश्यक मुचुल्का लगायतका कानुनी प्रकृयहरू पूरा गरी शवको उचित व्यवस्थापन गर्न, प्रभावित क्षेत्रहरूमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजातहरू फेला परेको अवस्थामा आवश्यक प्रकृयाहरू पूरा गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नेतर्फ समेत परिचालित हुन पत्राचार गरिएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहन्छ, ‘बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी नदी किनारा, भग्नावशेष लगायतका स्थानहरूमा प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ ।  कठिन भौगोलिक अवस्थालाई मध्यनजर गरी खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन एवम् केनाइनको प्रयोगमा विशेष जोड दिइएको छ ।  प्रहरीले T2T अप्रेशन संचालन गरी खोजी कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको  छ ।’ बाढी प्रभावित विभिन्न जिल्लाहरूमा T2T अप्रेशन अन्तर्गत प्रहरी परिचालन     बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रहरूमा T2T अप्रेशन अन्तर्गत प्रहरीले सक्रियता बढाएको छ । प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्य, शव संकलन, मुचुल्का तथा घटनास्थल व्यवस्थापन, पोष्टमार्टम, फोटो मोनिटरमा देखाई शव पहिचानमा सहजीकरण, डिएनए प्रोफाइलिङको लागि नमुना संकलन, आवश्यक कानुनी प्रकृया पूरा गरी जमिन मुनि शवलाई सुरक्षित व्यवस्थापनका क्षेत्रमा प्रहरीले सक्रियाताका साथ कार्य गरिरहेको छ । भौगोलिक विकटकताका कारण उद्दारकर्ता एवम् केनाइन समेत पुग्न नसक्ने स्थानहरूमा ड्रोनको प्रयोग गरी खोजी कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउँदै अन्य निकायसँग समन्वय र सहकार्यमा खोज कार्यलाई तीव्रता दिएको छ । अवरोध भएका सडक मार्गहरू खुलाउन एवम् सडक मार्ग नभएका स्थानहरूमा तुईन मार्फत सर्वसाधरणलाई सुरक्षित आवतजावतमा सहजीकरण समेत गरिएको छ ।  प्रभावित नागरिकहरूलाई सम्झाई बुझाई, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, आपतकालीन रक्तदान कार्यक्रम संचालन, सवारी साधनमा चढाउन/ यातायातमा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माईकिङ गर्न सामुदायिक प्रहरी क्रियाशील छ । बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखा मार्फत समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय समुदाय विषेश गरी युवा, जनप्रतिनिधि, महिला तथा अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै T2T अप्रेशनलाई प्रभावकारी बनाउन विशेष जोड दिइएको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०५-२६

जुम्ला, चन्दननाथ नगरपालिका-६ लाईज्यूलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित तातोपानी गाउँपालिका-२ डाँगीबाडा बस्ने २२ वर्षीय रोशन शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१९ बस्ने ४३ वर्षीय बलराम पासवानलाई अवैध लागूऔषध गाँजा २ सय ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-२६

रूकुम पश्चिम, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाँफिकोट गाउँपालिका-२ बस्ने २६ वर्षीय दुर्गालाल भन्ने दुर्गालाल दमाईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रूकुम पश्चिमको २०८१ माघ ६ गतेको फैसलाले उक्त मुद्दामा १२ वर्ष कैद सजाय, ५ लाख रूपैयाँ जरिवाना र ५० हजार रूपैयाँ क्षतिपुर्ती ठहर भई कारागार कार्यालय रूकुम पश्चिममा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०५-२६

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १९ वर्षीय गोपाल यादव समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलयाबाट खटिएको प्रहरीले पिडारी चोकबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज.११ प ९७०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरगहेको छ ।  मोरङ, लेटाङ नगरपालिका-४ बिपि चोकस्थित होटल दशर्न एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ सिद्धार्थ लाईन बस्ने २३ वर्षीय बिकास राई र २० वर्षीया सबिना लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब १ सय १ किलो ६४ ग्राम सहित लहान नगरपालिका-१ बस्ने ३० वर्षीय सुरज चौधरी समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले गाईघाटबाट कदमाहातर्फ जाँदै गरेको को.१ ज ३३१२ र ना.१ ज ८५०९ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३३ वर्षीय राजेश थापा मगर र शुक्लाफाँटा नगरपालिका-१२ कालागौडी बस्ने ५३ वर्षीया सुनिया चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट भाँसी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ जनआवाज चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुवास रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४०  मिलिग्राम सहित बर्दिया गेरूवा गाउँपालिका-३ शान्तीबजार बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ देवीनगरस्थित बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६० ट्याब्लेट सहित सोही ठाउँ  बस्ने २७ वर्षीय बिशाल गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।पर्सा, सखुवा प्रसौनी गाउँपालिका-२ श्रीपुर बजारबाट अवैध लागूऔषध गाँजा १ सय १० ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय राकेश सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ मनिहर्वा चोकबाट अवैध लागूऔषध गाँजा ३ सय ३५ ग्राम सहित पोखरीया नगरपालिका-४ सतवरिया बस्ने ६६ वर्षीय पुनि मुखियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न तीन जना पक्राउ
२०८३-०५-२६

झापा, अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ बस्ने ४१ वर्षीय किरण कान्दङवा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्जवल गुरागाँई रहेका छन् ।  बिर्तामोड नगरपालिका-४ स्थित वृक्ष क्याफेको परिसरमा अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर जिल्ला अदालत झापाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०५-२५

झापा, शिवसताक्षी नगरपालिका-६ माईखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २३ वर्षीय सनम ताजपुरीया समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बागलुङ, ढोरपाटन नगरपालिका-१ रिभरहेडस्थित मिना होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम र चरेस ३ सय ८० ग्राम सहित होटल संचालिका म्याग्दी धौलागिरी गाउँपालिका-२ घर भएकी ४५ वर्षीया मिना थापा भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-६ ऐठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने डोटी दिपायल सिलगढी नगरपालिका-८ लडागडा घर भएका २३ वर्षीय रमेश कुञ्जेडालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, मिर्चैया नगरपालिका-१२ सिक्रोनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-१२ सिक्रोन बस्ने २४ वर्षीय दिपक सहनी समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, सखुवा प्रसौनी गाउँपालिका-३ कटैया बस्ने २८ वर्षीय जाबैद अंसारी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम ८ सय मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले जाबैदको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ लिंक रोडस्थित होटल अमन प्यालेसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० ग्राम ३० मिलिग्राम, नगद ३२ हजार १ सय नेपाली रूपैयाँ र ४ हजार २ सय भारतीय रूपैयाँ सहित भारत मोतिहारी रक्सौल-१३ घर भएका ३५ वर्षीय बिशाल कुमार कुशवाहालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ०५ बीएस ०४१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका-९ रामपुर टोल बस्ने २२ वर्षीय निरज ठाकुर लोहार र सोही उपमहानगरपालिका-६ मदर्सा टोल बस्ने २८ वर्षीय अनिल गिरी रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.४७ प ९६७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ भथौरा बस्ने ७० वर्षीय दुखी महतोलाई अवैध लागूऔषध गाँजा १७ किलो ४ सय ग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।ललितपुर, ललितपुर महानगरपालिका-५ कुमारीपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९ ट्याब्लेट, स्पास्मो २५ ट्याब्लेट, स्पासपेन १० ट्याब्लेट र नगद ४५ हजार २ सय ८५ रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपलिका-५ सल्यानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर थारू समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ स्थित नयाँ बसपार्कको १ नम्बर गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ बस्ने २८ वर्षीय शैलेन्द्र बुढालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-४ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही ‍ठाउँ बस्ने २० वर्षीय पूर्ण बहादुर चन्द र नियन्त्रित लागूऔषध ट्रामाडोल २९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय शंकर देउवालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०५-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका लोकन्थली बस्ने सप्तरी सुरङ्गा नगरपालिका-५ घर भएका  २४ वर्षीय मोहमद नुरूलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । महोमदले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने चार जना पक्राउ
२०८३-०५-२५

काठमाडौं, सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २९ वर्षीया सावन कुशवाहा, तेह्रथुम आठराई गाउँपालिका-८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु, दोलखा गौरीशंकर गाउँपालिका-५ घर भएका २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र काठमाडौ महानगरपालिका-३२ नरेफाँट बस्ने भोजपुर भोजपुर नगरपालिका-५ बोखिम घर भएका ४३ वर्षीया रमिला विक रहेका छन् । उनीहरू मध्ये उक्त गरगहना चोरी गर्ने सावन तथा गरगहना खरिद गर्ने पबित्रा, श्रीकृष्ण र रमिला रहेको खुल्न आएको छ ।  काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित घरबाट गत साउन १८ गते सुन तथा चाँदीका गरगहनाहरू चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ ।    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध हातहतियार निर्माण गरी बिक्री वितरण गर्ने तीन जना पक्राउ
२०८३-०५-२५

गुल्मी, अवैध हातहतियार निर्माण गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको   छ । पक्राउ गर्नेहरूमा छत्रकोट गाउँपालिका-५ बस्ने ४७ वर्षीय बुद्धि बहादुर कामी, ४१ वर्षीय झग बहादुर विक र ६० वर्षीय प्रेम बहादुर सिंजाली रहेका छन् ।  अवैध हातहतियार निर्माण गरी बिक्री वितरण समेत गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट भरूवा बन्दुक ९ थान, बन्दुकको नाल ४२ थान, काठको निर्माण हुँदै गरेको कुन्जी (बट) ८ थान, काठको बट ५ थान, फलामको गज २ थान, गोली छर्रा २ सय २१ थान, बन्दुकको चाँप पुर्जा ७ थान, बारूद जस्तो देखिने पदार्थ ८९ ग्राम ८५० मिलिग्राम, जंगली जनावरको ओखेटोपहार, हड्डी, छाला,  भरूवा बन्दुकमा लाग्ने गोली ३ थान लगायतका सरसामान समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहसचिव केदारनाथ शर्माबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०८३-०५-२४

काठमाडौं, गृहसचिव केदारनाथ शर्माले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव केदारनाथ शर्मालाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालयको परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले नेपाल प्रहरी विपद् उद्दार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र, डिजिटल फरेन्सिक ल्याब र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधि बारे जानकारी लिनुभयो ।कार्यक्रममा गृहसचिव शर्माले भोटेकोशी बाढीमा परी दिवंगत हुनुभएका प्रहरी कर्मचारीहरू एवम् कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुहुने अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो । साथै कर्तव्यपालनाका सिलसिलामा घाइते भई जीवन बिताइरहनु भएका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । गृहसचिव शर्माले जस्तोसुकै कठिन परिस्थिति एवम् चुनौतीका वावजूद पनि सदैव अग्रपंक्तिमा खटिएर नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो । प्रहरीको मुख्य जिम्मेवारी नै समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्नु भएको उल्लेख गर्दै नेपाल प्रहरीले सीमित स्रोतसाधन, प्रविधि र दक्ष जनशक्तिका वावजूद अपराधको नियन्त्रण तथा सफल अनुसन्धानका साथै समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम एवम् कानून कार्यान्वयनमा निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । गृहसचिव शर्माले प्रहरी नागरिकको सबै भन्दा नजिक रहेर काम गर्ने निकाय भएकोले नागरिकका अपेक्षाहरूको सम्बोधन गर्दै आफ्नो काम, कर्तव्य र जिम्मेवारी पुरा गर्न सदैव अग्रसर हुनुपर्ने बताउनुभयो । ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पुरा गर्न थप सजग, सचेत, इमानदार एवम् कर्तव्यनिष्ठ भई कार्य गर्न उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । साथै नेपाल प्रहरीले अझ व्यावसायिक एवम् नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्दै अझ सक्षम र व्यवस्थित रूपमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी कर्मचारीको दक्षता अभिवृद्धि, प्रविधिको विकासका साथै समग्र प्रहरी संगठनको हित एवम् श्रीवृद्धिका लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गृहसचिवज्यूबाट भएको सारगर्भित, समयसापेक्ष मार्गदर्शक निर्देशनको लागि हार्दिक आभार व्यक्त गर्दै नेपाल सरकार गृहमन्त्रालयबाट नेपाल प्रहरीलाई सधै अभिभावकत्व र मार्गनिर्देशन प्राप्त भएको र नेपाल प्रहरीले आफ्ना काम, कर्तव्यहरू पूर्ण अनुशासित, इमानदारी एवम् निष्ठापूर्वक निर्वाह गर्दै आइरहेको बताउनुभयो । साथै गृहसचिवज्यूबाट भएको अमुल्य निर्देशन समेत पूर्ण निष्ठा, थप उर्जा र उत्साहका साथ अझ प्रभावकारी ढंगले कार्यक्षेत्रमा पालना हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले विगतको जेनजी आन्दोलन तथा विनाशकारी बाढीमा दिवंगत हुनुभएका अमर प्रहरी कर्मचारीहरू प्रति नेपाल प्रहरी संगठनको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका प्रहरी कर्मचारीहरूको खोजी र अवस्था एकिन गर्न प्रहरी संगठनले हर प्रकारका संयन्त्रहरू परिचालन गरी क्रियाशील रहेको बताउनुभयो । नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरेको अधिकार र मानव अधिकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरूको परिधिभित्र रहँदै नागरिकको सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको उहाँले बताउनुभयो । विपद् प्रतिकार्य, खोज तथा उद्दार लगायतको कार्यमा अग्रपंक्तिमा रही खटिने नेपाल प्रहरीसँग स्रोत साधनको चरम अभाव रहेको उल्लेख गर्दै तत्काल घटनास्थलमा पुगेर नागरिकको जीउ धनको सुरक्षाका साथै उद्दार कार्यको लागि प्रहरीलाई समयसापेक्ष प्रविधि एवम् स्रोतसाधन युक्त बनाउन गृहमन्त्रालयबाट अभिभावकीय भूमिकाको अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले विश्वव्यापी अपराधका चुनौती तथा जोखिमहरूको न्यूनीकरण गर्न समयानुकुल प्रविधिको विकास र क्षमता अभिवृद्धि सहितको पूर्वाधार विकासका साथै समग्र संगठनको विकासमा गृहमन्त्रालयको सदैव महत्वपूर्ण भूमिका रहँदै आएको बताउँदै प्रहरी संगठनलाई अझ बढी व्यावसायिक र मर्यादित बनाउन आगामी दिनमा समेत गृहमन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । निरीक्षण भ्रमणको क्रममा गृहसचिव केदारनाथ शर्मा समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, इन्टरपोल शाखाद्वारा सम्पदित कामहरू, प्राप्त वैदेशिक सहायता, चालु आर्थिक वर्षमा सम्पादित मुख्य कार्यहरू, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, भोटेकोशी बाढी सम्बन्धी उद्दार, खोजी तथा राहत वितरणमा नेपाल प्रहरीको योगदान, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०५-२४

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय शिब्जु रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २५ वर्षीय कमल केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ८० ट्याब्लेट सहित मलंगवा नगरपालिका-६ बस्ने १९ वर्षीय राहुल यादव समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध टापन्डाडोल १ सय १७ ट्याब्लेट र पोलेन १ सय ग्राम सहित कास्की पोखरा महानगरपलिका-२७ रिठ्ठे पानी बस्ने ३२ वर्षीय खोम बहादुर रेश्मीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८५४५ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१६ टिकुलिया टोलबाट अवैध लागूऔषध गाँजा ३ सय १० ग्राम र नगद ६ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५८ वर्षीया गंगा कुमारी थरूनी, इटहरी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय समिर चौधरी र २६ वर्षीय विरेन चौधरी रहेका छन् । गंगा कुमारीको किराना पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध  फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-१ पश्चिम स्टेनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने १९ वर्षीय आदित्य दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ६ सय मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका-१६ ठेगाना भएका २१ वर्षीय मेहेरमान खान समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । दार्चुला, महाकाली नगरपालिका-४ खलङ्गा बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ ग्राम सहित महाकाली नगरपालिका-४ बाङ्गाबगड बस्ने सोही नगरपालिका-२ पनौडा घर भएका अनुप सिंह लोथ्याललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ हजार ३ सय ट्याब्लेट सहित पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने १९ वर्षीय आन्नद चौरसियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब १ सय ६२ किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८३-०५-२३

मकवानपुर, मनहरी गाउँपालिका-९ भाबरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६२ किलो ७ सय ९४ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू चितवन माडी नगरपालिका-५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका-२४ बस्ने ४८ वर्षीय टेक बहादुर दोङ रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नम्बरको कार जाँच गर्ने क्रममा १३ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक देव नारायण र लागूऔषध कारोबारमा संलग्न ग.२ च ६१५ नम्बरको पिकअप चालक टेक बहादुरलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३८ जना पक्राउ
२०८३-०५-२३

सुनसरी, इटहरी उपमहानगरपालिका-१६ मितेरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ बस्ने १९ वर्षीय अबु खान लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलिबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-७ बज्राहा मुसरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम र गाँजा ३ किलो ९ सय ४० ग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय दिनेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।   यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० बस्ने १७ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मधुवन बुधबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ४० वर्षीय कर्ण बहादुर राईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्र.१-०२-०५१ प ४८०१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-४ मनकामना टोल बस्ने ३२ वर्षीय रोशन चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट  खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१ वर्षीय गोबिन्द श्रेष्ठ र बिर्तामोड नगरपालिका-११ बस्ने ३० वर्षीय कृष्ण बहादुर प्रधान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले गोबिन्दलाई ४ ग्राम ९ सय २० मिलिग्राम र कृष्णलाई  ४ ग्राम ९ सय मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया बौकामजरफ घर भएका १९ वर्षीय मोहमद फारूक र २५ वर्षीय चन्दन कुमार मण्डल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रंजित बस्नेत, ३० वर्षीय अनिश चौलागाई र २९ वर्षीय इन्द्र बहादुर अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले रंजितको भान्सा घर तालसी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ४ एम्पुल र नोर्फिन ५ एम्पुल सहित सोही उपमहानगरपालिका-१२ बस्ने २६ वर्षीय निम लामा समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम ९ सय मिलिग्राम सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका-१० महिलावार बस्ने २३ वर्षीय राजेश प्रसाद तेली, २२ वर्षीय राजेश कुमार तिवारी, सोही नगरपालिका-५ बस्ने २५ वर्षीय आजिजु राहमान मुसलमान र २५ वर्षीय कृपा शंकर उपाध्याय रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.३९ प ६२१० नम्बरको मोटरसाइकल र लु.१४ प ३७६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने बजारबाट नियन्त्रित लागूऔषध स्पास्मो ४६ ट्याब्लेट सहित भारत उत्तरप्रदेश खुसीनगर तुरपट्टी फाजीनगर बस्ने २३ वर्षीय साहिल अन्सारी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले बर्दघाटबाट दुम्किबासतर्फ जाँदै गरेको युपी ५७ बिएन ३०८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-७ दुपाट डेरा गरी बस्ने काभ्रे पनौती घर भएका ४३ वर्षीया मिना केसीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ हजार १ सय ३० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले मिनाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।यसैगरी ललितपुर, गोदावरी नगरपालिका-८ डुकुछापबाट अवैध लागूऔषध गाँजा करिब २ सय ८० ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२२ खोकना बस्ने ३३ वर्षीय बिकास खड्की र सोही ठाउँ बस्ने सुनसरी घर भएका ३० वर्षीय शुभम गुरूङ रहेका छन् ।  प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले बा ३४ प ४५२९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-८ शान्ति चोकबाट  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कन्याम बस्ने ३० वर्षीय मिक कुमार तामाङ र २४ वर्षीय रोशन तामाङ रहेका छन् । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले प्र.१-०१-००१ ह ८७४७ नम्बरको अटो तलासी जाँच गर्दा उक्त पदार्थ फेला पारी अटो चालक मिक कुमार र अटोमा सवार रोशनलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २७ वर्षीय मनोज विक र सोही गाउँपालिका-५ बस्ने २७ वर्षीय राकेश भोलन रहेका छन् । प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, हरिवन नगरपालिका-९ सुकेपोखरीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार ५ सय ट्याब्लेट सहित धनकौल गाउँपालिका-६ हनुमाननगर बस्ने २६ वर्षीय सुबोध कुमार यादव समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवन र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बीआर ३० एक्स २२४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१५ मधुवन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ बालुवाटार बस्ने २७ वर्षीय बिष्णु प्रसाद सोनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, उर्लाबारी नगरपालिका-४ नयाँ बस्ती बस्ने ४८ वर्षीय मान बहादुर परियार समेत २ जनालाई अवैध लागूऔषध गाँजा १ किलो २ सय ८० ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले मान बहादुरको घरमा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ कालिञ्चोकबाट अवैध लागूऔषध चरेस करिब ३८ ग्राम ४ सय ७० मिलिग्राम र नगद ४८ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला तिला गाउँपालिका-५ बस्ने ३७ वर्षीय जनक बहादुर रावल, सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय जगत बुढा र गुठिचौर गाउँपालिका-१ बस्ने ४८ वर्षीय टेक बहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चरेस सहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-९ पृथ्वी चोकस्थित न्यू पाथिभरा होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ८० मिलिग्राम सहित धादिङ बेनीघाट रोराङ गाउँपालिका-३ घर भएका ३७ वर्षीय किसान भन्ने दल बहादुर मल्ललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-२३

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भएका २६ वर्षीय भुवन भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-५ बाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

मोटरसाइकल चोरीमा संलग्न रही फरार रहेका व्यक्ति पक्राउ
२०८३-०५-२३

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रही फरार रहेका काठमाडौं महानगरपालिका-१४ बस्ने धादिङ गजुरी गाउँपालिका-७ घर भएका २१ वर्षीय दावा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-९ स्युचाटारस्थित पार्किङ गरी राखेको बा.प्र.०२-०२२ प ३०९७ नम्बरको मोटरसाइकल २०८१ कार्तिक २९ गते चोरी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

लिखत सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०५-२३

काठमाडौं, लिखित सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई  शुक्रबार प्रहरीले पक्राउ गरेको  छ ।पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ नयाँठिमी बस्ने सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका १९ वर्षीय सन्जिब भुषाल, काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने रौतहट कटहरिया नगरपालिका-३ घर भएका १९ वर्षीय शेख तबरेज र काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने स्याङ्जा भिरकोट नगरपालिका-४ घर भएका २७ वर्षीय समित रेग्मी रहेका छन् ।  एयर अरेबियाको उडानबाट शारजाह, युएई हुँदै भिजिट भिषामा श्रीलंका जान लागेका उनीहरूको साथबाट वैदेशिक रोजगार विभागबाट जारी भएको व्यक्तिगत श्रम स्विकृती नक्कली रहेको खुल्न आएको छ ।  उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

नक्कली टिकटक आइडी बनाई अनलाईन ठगीमा संलग्न तीन जना पक्राउ
२०८३-०५-२३

काठमाडौं, नक्कली टिकटक आइडी बनाई अनलाईन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने सर्लाही लालबन्दी नगरपालिका-५ घर भएका २१ वर्षीय सन्दिप कुमार सिंह कुशुवाह, सप्तरी राजविराज नगरपालिका-९ घर भएका २१ वर्षीय सुमित दास र काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २२ वर्षीय दिपुश सिंह रहेका छन् ।  उनीहरूले CERTIFIED EV SELLER प्रोफाइल नामको फेक टिकटकबाट सस्तो दरमा ईभी स्कुटर, मोटरसाइकलको  विभिन्न पार्टसहरू घरमै पुऱ्याई दिने भनी विज्ञापन पोष्ट गरी अग्रिम भुक्तानीको लागि रकम पठाउन प्राप्त गरेको पश्‍चात सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोल दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न
२०८३-०५-२२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा इन्टरपोल दिवसको अवसरमा काठमाडौं सुन्धारा, धरहरामा सोमबार आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी दिवंगत हुनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एवम् कर्तव्यपालनाको सिलसिलामा दिवंगत हुनुभएका नेपाल प्रहरी लगायत अन्य सुरक्षाकर्मीहरूको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्वाञ्जली अर्पण समेत गरिएको छ ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको व्यवहारिक पक्ष र यसको महत्त्वलाई देखाउने गरी सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गर्नुभयो । विभिन्न देशका प्रहरीबीचको सहकार्य, सूचना आदान-प्रदान र समन्वयले अपराध अनुसन्धानमा पुऱ्याउने योगदानका बारेमा वृत्तचित्र मार्फत प्रस्तुत गरिएको छ ।  International Day of Police Cooperation हरेक वर्ष ७ सेप्टेम्बरमा मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको हो । विभिन्न देशका प्रहरीबीच सहकार्य, सूचना आदान-प्रदान र समन्वयलाई सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा योगदान पुऱ्याउनु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

सामुदायिक प्रहरीलाई समेत विपद् व्यवस्थापनमा परिचालन
२०८३-०५-२२

काठमाडौं,भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण लगायत विस्थापित नागरिकहरूको धनजनको सुरक्षालाई मध्येनजर गरी सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लाहरूमा परिपत्रहरू गरिएको छ ।  बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी बाढी प्रभावित क्षेत्रहरूमा नदी किनारा, भग्नावशेष लगायतका स्थानहरूमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ । प्रभावित नागरिकहरूलाई सम्झाई बुझाई, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, सवारी साधनमा चढाउन/ यातायातमा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माईकिङ समेत गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।विस्थापित नागरिकहरूको जनधनको सुरक्षाको लागि निरन्तर रूपमा गस्ती तथा निगरानी गर्न एवम् प्रभावित क्षेत्रहरूमा महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत अन्य संवेदनशील वर्गहरू विरूद्ध हुन सक्ने हिंसा तथा दुर्व्यवहार प्रति थप संवेदनशील भई कार्य गर्न समेत सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।

अवैध लागूऔषध खैरो हेरोइन सहित ६ जना पक्राउ
२०८३-०५-२२

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २९ ग्राम ७ सय ८० मिलिग्राम सहित ६ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा गुल्मी घुर्कोट गाउँपालिका-१ घर भएका ३० वर्षीय कस्मिर भुषाल, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१२ घर भएका २९ वर्षीय निशान्त रसाईली, पर्सा छिपहरमाई गाउँपालिका-५ घर भएका ४० वर्षीय उपेन्द्र कुमार, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ घर भएका २७ वर्षीय अभिषेक तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ घर भएकी २० वर्षीया सरला कार्की र भारत मोतिहारी कल्वारी दुवाह घर भएका २१ वर्षीय राहुल प्रसाद रहेका छन् ।उनीहरू मध्ये कस्मिर र निशान्तलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ ग्राम ७ सय ८० मिलिग्राम सहित बिहीबार तथा उपेन्द्र, अभिषेक, सरला र राहुललाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५४ ग्राम सहित शनिबार पक्राउ गरेको हो । पक्राउ मध्ये राहुललाई पर्साबाट र अन्य ५ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट नगद १ लाख ६० हजार रूपैयाँ, डिजिटल तराजु र मोबाइल ६ थान समेत प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जाल मार्फत अफवाह, त्रास फैलाउने विरूद्ध निर्मम रूपमा प्रस्तुत हुँदै नेपाल प्रहरी :
२०८३-०५-२२

काठमाडौं, सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्त भिडियो सामाग्री प्रशारण गर्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका-७ घर भएका २४ वर्षीय बिरेन्द्र मडै पक्राउ परे । उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो । बिरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रशारण गरेका    थिए । बिरेन्द्र त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दु:खद घडिमा विभिन्न व्यक्ति, समुह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा पीडा माथि थप पीडा हुने गरी त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ ।’  पछिल्लो तथ्याङ्क अनुसार सामाजिक सञ्जाल फेसबुकमा १ सय ६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १ सय ७३ वटा गलत सूचना र अफवाह सहितका समाचार सामाग्रीहरू प्रशारण भएको देखिन्छ । जसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ वटा र टिकटकबाट ४ गरी जम्मा ८३ वटा त्यस्ता सामाग्रीहरू सामाजिक सञ्जालबाट हटाइएको छ । यस प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य समेत भइरहेको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी कानुनी कारबाही गर्नेछ । समितिको काम कारबाहीका सम्बन्धमा प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्य भन्नुहुन्छ, ‘सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति अझ बढि क्रियाशील भई कार्य गरिरहेको छ । सामाजिक सञ्जाल मार्फत अनजानमा पोष्ट गरेका वा सेयर गरेका समाचारहरूको गाम्भिर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ ।’ विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न समेत नेपाल प्रहरी सक्रिय छ । सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८३-०५-२२

झापा, झापा गाउँपालिका-५ सिमलडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-६ शरणामती बस्ने २५ वर्षीय प्रेम प्रसाद खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शरणामती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, अर्जुनधारा नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय सागर दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले मे.१ ह २४४३ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक सागरलाई पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम सहित बिर्तामोड नगरपालिका-२ बस्ने २१ वर्षीय जनक माझीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१४ जनकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय २० मिलिग्राम र नगद २५ हजार ४ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१४ पहली बस्ने २६ वर्षीय बसन्त खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय २० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २७ वर्षीय राजेश कुमार थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, कानेपोखरी गाउँपालिका-५ बाँसबारी बस्ने २४ वर्षीया जमुना चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले जमुनाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका- ९ पृथ्वीचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ सय एम्पुल, प्रोमेथाजाइन ५ सय एम्पुल र बुप्रेनोर्फिन ५ सय एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय आलम परवेज  र २१ वर्षीय हुसेन अंसारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले युपी ५६ बिसि ५५४८ नम्बरको कारमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।