प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
२०८३-०६-२८

काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १२:०० बजे सम्म १ हजार ४ सय ५८ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५६ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि शवका १ हजार ३ सय ३७ वटा र आफन्तका २ हजार ९० गरी कुल ३ हजार ४ सय २७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । जसमध्ये १ हजार ३ सय १२ वटा शवहरूको र २ हजार ८१ आफन्तहरूको गरी कुल ३ हजार ३ सय ९३ वटा डिएनए नमुना प्रोफाइलिङ गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय ३३ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।  बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय २० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ९ सय ९५ जना व्यक्तिहरूलाई राखिएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०६-२८

 काठमाडौं, तारकेश्वर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३४ वर्षीय चन्द्र बहादुर कामी र ठाकुरबाबा नगरपालिका-१ बस्ने २६ वर्षीय बिजय चौधरी रहेका छन् । प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०१-००५ प १३७८ र भे.१२ प ४६९७ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय पंकज बाल्मिकीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित बाजुरा खप्तड छेडेदह गाउँपालिका-७ घर भएका १९ वर्षीय रोहित नेपाली समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-२८

काठमाडौं खसी बजार बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित विवादको क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब २ सय ४९ किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८३-०६-२७

उदयपुर, बेलका नगरपालिका-५ सुपाडे देउरालीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५९ किलो ४ सय ग्राम सहित सप्तरी सप्तकोशी नगरपालिका-८ आदोरा बस्ने २८ वर्षीय पशुपती साफीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२९० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक पशुपतिलाई पक्राउ गरेको हो ।  सिराहा, सखुवानन्कारकट्टी गाउँपालिका-५ बस्ने ४३ वर्षीय जगदिश यादवलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९० किलोग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी समेतबाट खटिएको प्रहरीले जगदिशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०६-२७

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, बेदकोट नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो  हेरोइन १४ ग्राम ६ सय ९० मिलिग्राम र नगद २० हजार ५ सय रूपैयाँ सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ घर भएका ३२ वर्षीय उद्वव साहु, ३२ वर्षीय महेन्द्र चन्द र सोही नगरपालिका-३ बस्ने ३० वर्षीय मुकेश मल्ल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम १ सय ७० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ अठारघरे कालिझोडा बस्ने २७ वर्षीय अनिश माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिराहा, गोलबजार नगरपालिका-१ बैरीबाणबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-१३ बस्ने १९ वर्षीय सुरज यादव र १९ वर्षीय श्यमबाबु कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स.६ प ७३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   दाङ, घोराही उपमहानगरपालिका-९ चैनपुर बस्ने २३ वर्षीय सुरेन्द्र बहादुर घर्ती मगर समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम २ सय ३० मिलिग्राम र नगद ७९ हजार ५ सय रूपैयाँ सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले सुरेन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी दाङ, राप्ती गाउँपालिका-१ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोहि गाउँपालिका-१ बस्ने २० वर्षीय सुजल थापा र २२ वर्षीय शिब बहादुर पुन मगर रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ स्कुलचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय कपिल घर्तीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ७० ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१२ बस्ने ४० वर्षीय गणेश बास्फोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ६५१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८३-०६-२७

पर्सा, वीरगंज महानगरपालिका-११ रानीघाटबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ रानीघाट बस्ने ३७ वर्षीय लखन साह कानु समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९ सय ९५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका-७ सोनबर्षाबाट जुवातास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-३ इन्द्रपुर बस्ने ३४ वर्षीय अर्जुन कुमार समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनेलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४ सय ७० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न
२०८३-०६-२६

काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रधानमन्त्री शाहले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई पुरस्कार प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापुर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दै आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध गर्न निरन्तर प्रेरित गर्ने आदरणीय अभिभावक र परिवारजनहरूप्रति पनि विशेष आभार व्यक्त गर्नुभयो । दीक्षित हुनु भएका प्रहरी निरीक्षकहरूले यस तालिममा प्रहरी निरीक्षकको पदीय जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान, सीप पूर्णरूपमा हासिल गरेको र यसलाई व्यवहारमा उतार्न समेत दीक्षित प्रहरी अधिकृतहरू पूर्णरूपमा सक्षम हुने अपेक्षा गरेको उहाँले बताउनुभयो । जिम्मेवारी प्रति जवाफदेहीता पनि महत्वपूर्ण पक्ष भएको र प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागु हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले भन्नुभयो, ‘सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीवनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु ।’ दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूको असल कर्मले असल भविष्य निर्माण हुने विश्वास व्यक्त गर्दै कुनै पनि किसिमको दबाब वा प्रभावमा नपरी संगठनको मर्यादा विपरित व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन समेत उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री शाहले समयको बदलावसँगै अपराधका स्वरूप र प्रवृत्तिहरू पनि बद्लिएको सन्दर्भमा अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी अनुसन्धानको लागि सूचना र प्रविधिको सही सदुपयोग गर्न जरूरी रहेको बताउँदै नेपाल सरकार यसका लागि आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन तथा आफ्नो जिम्मेवारी पूरा गर्न सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । समारोहमा नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले तालिममा सर्वद्वितीय हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक बालकृष्ण पोख्रेल, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक विशाल पौडेल, शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोपाल राई, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक राज कुमार जिटी, चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक विकास कुमार धामीलाई पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले कवाज तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई ‘कुलानन्द विद्या पुरस्कार” समेत प्रदान गर्नुभयो । समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दीक्षित हुन लाग्नुभएका प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई तथा सफल व्यावसायिक जीवनको शुभकामना व्यक्त गर्नुभयो । दीक्षित हुनुभएका प्रहरी अधिकृतहरूले नेपाल प्रहरीको गौरवशाली विरासतलाई आत्मसात् गर्दै सक्षम, व्यावसायिक, प्रविधिमैत्री, निष्पक्ष र नागरिक केन्द्रित प्रहरी सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक पद केवल एउटा दर्जा मात्र नभई यो नेतृत्व क्षमता, निर्णय गर्ने सामर्थ्य र उत्तरदायित्व बहन गर्ने योग्यताको महत्वपूर्ण परीक्षा भएको चर्चा गर्दै दीक्षित प्रहरी अधिकृतहरूले आफ्नो पदीय मर्यादा, व्यावसायिक निष्ठा, इमानदारिता र अनुशासनमा कुनै पनि सम्झौता नगरी व्यक्तिगत स्वार्थ, बाह्य प्रभाव र अनुचित दवाबबाट माथि उठेर कानुनको निष्पक्ष कार्यान्वयन गर्न दीक्षित प्रहरी अधिकृतहरूलाई आग्रह गर्नुभयो । विशेषगरी महिला बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा संवेदनशीलता, गोपनीयता र पीडित केन्द्रित दृष्टिकोणलाई सदैव प्राथमिकता राखी कार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले समयसँगै समाज, प्रविधि र सुरक्षा परिवेशमा आएको परिवर्तनले प्रहरी सेवाको स्वरूप र जिम्मेवारीमा पनि परिवर्तन ल्याएको उल्लेख गर्दै  नेपाल प्रहरीले यी बदलिदा चुनौतीहरू अनुरूप आफ्नो कार्यशैली, क्षमता र प्रविधिलाई निरन्तर अध्यावधिक गर्दै आएको बताउनुभयो । साइबर तथा डिजिटल अपराध देखि अन्तरदेशीय अपराध र विपद् व्यवस्थापन लगायतका नयाँ चुनौतीहरूको प्रभावकारी सामना गर्नु प्रमुख जिम्मेवारीको रूपमा रहेको बताउँदै नेपाल प्रहरीलाई सक्षम, सुदृढ, पारदर्शी, प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी संगठनका रूपमा रूपान्तरण गर्न निरन्तर प्रयासरत रहेको बताउनुभयो । सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम वुद्धिमत्ताको विवेकपूर्ण प्रयोग सँगै मानवअधिकार, कानुनी प्रकृया र व्यावसायिक विवेकलाई केन्द्रमा राख्दै सेवा प्रवाह र कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी, परिणाममुखी बनाउनु संगठनको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।  समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो भने सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८२ जेठ २३ गतेबाट शुरू भएको उक्त तालिममा ८ महिला सहित कुल ७९ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो । प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगीतिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।दीक्षान्त समारोहमा सर्वोच्च अदालतका मुख्य रजिष्टार, नायव महान्यायाधिवक्ता, नेपाली सेनाका रथी, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०६-२६

दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ मर्पा बस्ने २२ वर्षीय सागर चौधरी र सोही उपमहानगरपालिका-७ नवलपुर बस्ने २५ वर्षीय शिसिर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले लु.प्र.०२-००१ प ९९४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९६ मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-५ बस्ने ३१ वर्षीय टंक राज भट्ट र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय खगेन्द्र नाथ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-७ टेडियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ४० मिलिग्राम सहित लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने २६ वर्षीय राम जनम चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ८७ ट्याब्लेट सहित गोदावरी नगरपालिका-१ बस्ने २१ वर्षीय दिक्षीत साँउदलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । भक्तपुर, सूर्यविनायक नगरपालिका-८ जगातीबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित काठमाडौं कपन बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भएका ३० वर्षीय देबिन्द्र राईलाई आतइबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०८-००१ ज ०१४२ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक देबिन्द्रलाई पक्राउ गरेको हो ।  झापा, बाह्रदशी गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ३० वर्षीय अनिष गुरूङ र सोही नगरपालिका-६ घर भएकी २१ वर्षीया रेजिना तोलाङ्गी रहेका छन् । प्रहरी चौकी फूलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ पुर्वेलीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम सहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-२ बस्ने ३३ वर्षीय डिक कुमार कोईराला, झापा अर्जुनधारा नगरपालिका-६ पुर्वेलीटोल बस्ने २४ वर्षीय सुजन खवास, २० वर्षीय पदम राई र २२ वर्षीय पुर्ण बहादुर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले प्र.१-०१-००१ ह ९१७३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक डिक कुमार र अटोमा सवार सुजन, पदम र पूर्ण बहादुरलाई पक्राउ गरेको    हो । बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-८ ककौरा बस्ने मधुवन नगरपालिका-८ लालीबजार घर भएका २१ वर्षीय सन्देश राना मगर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न पाँच जना पक्राउ
२०८३-०६-२६

काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।  भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।  

बाढी प्रभावित क्षेत्रमा उद्दार र सुरक्षित स्थानान्तरणको लागि प्रभावकारी प्रहरी परिचालन
२०८३-०६-२५

काठमाडौं, बुढीगण्डकीमा आएको बाढीका कारण गोरखाको बाढी प्रभावित क्षेत्रमा उद्दार कार्य तथा आम नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि उक्त क्षेत्रहरूमा प्रभावकारी रूपमा प्रहरी परिचालन भइरहेको छ । प्रहरीले प्रभावित क्षेत्रहरूमा विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा बाढीको जोखिममा रहेका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने कार्य गरिरहेको छ । बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दाहरूलाई नदी किनार र जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा रहन, जोखीमयुक्त पुल र सडकबाट आवतजावत नगर्न, स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न नेपाल प्रहरीले अनुरोध समेत गरिरहेको छ ।  गोरखा चुमनुव्री गाउँपालिका-६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गई सोही स्थान भएर बग्ने बुढीगण्डकी नदी थुनिएर लेदो सहितको बाढीका कारण हालसम्म ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा चुमनुव्री गाउँपालिका-६ चुम्चेत उङ्गिलुङ बस्ने ६५ वर्षीय सोनाम लामा, ६० वर्षीया लाप्पा ठोर्मा लामा, ६८ वर्षीय कर्मा लामा, ६० वर्षीया सोम्बुती लामा र ४१ वर्षीय तेन दोर्जे लामा रहेका छन् । बेपत्ताको खोजी कार्य जारी छ । साथै बाढी प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्दार गरिएको छ । बाढीका कारण २६ वटा घर, ९ वटा गोठ, ४ वटा पुल, १ वटा सरकारी कार्यालय लगायतका भौतिक संरचनाहरूमा क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा १ सय ४३ जना प्रहरी कर्मचारीहरूलाई परिचालित गरिएको छ । विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट तत्काल परिचालन हुन सक्ने गरी ५० जनाको जनशक्ति तयारी अवस्थामा समेत राखिएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०६-२५

मोरङ, विराटनगर महानगरपालिका-१८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५२ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य अररिया जोगबनी कुश्मा-७ बस्ने १९ वर्षीय राजेश कुमार राय र ३५ वर्षीय राधा कृष्ण राय रहेका छन् । इलाका प्रहरी कार्यलाय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-७ कानेपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो १८ ग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने २२ वर्षीय मुस्कान राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ तल्लो गैसारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय २६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुनिल सरदारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-९ हाटखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय रिकेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही महानगरपालिका-३ बस्ने २९ वर्षीय फैयाज अन्सारी समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मधेश प्रदेश ०३-०४१ प ४०२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय सिधान्त सिंह समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१६ प ४०३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ८० मिलिग्राम सहित मकवानपुर हेटौंडा उमहानगरपालिका-२ संगमचोक बस्ने २० वर्षीय राजु मानन्धरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, रोहिणी गाउँपालिका-५ तकडीहवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय एम्पुल, बुप्रेनोर्फिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल सहित भारत उत्तर प्रदेश महारजगंज नौतन्वा पर्सा थाना बस्ने १७ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ शान्ति टोल बस्ने २३ वर्षीय कर्ण मर्स्याङ्दी मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, गुलरिया नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय दिपेश चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको भे.९ प ४७५४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  चितवन, रत्ननगर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३६ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १ सय ३४ ग्राम सहित सोही नगरपालिका-२ बस्ने २९ वर्षीय डेभिड खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०६-२४

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नजिकिँदै गरेको महान चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्वहरूको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता र समसामयिक विषयवस्तुका सम्बन्धमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले चाडपर्वहरूको समयमा हुने सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले विशेष गरी चाडपर्वहरूको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू संचालन गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा जोड दिनुभयो । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्नका लागि सूचना संकलन तथा विश्लेषणमा प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताउनुभयो । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्तीको लागि सबै प्रहरी कर्मचारीहरू प्रतिवद्ध हुनुपर्ने बताउँदै गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले बताउनुभयो । साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०६-२४

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २६ ट्याब्लेट र नाइट्राजेपाम ३ हजार ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ घर भएका २२ वर्षीय अनन्त चौधरी र नुवाकोट तादी गाउँपालिका-४ घर भएकी २२ वर्षीया ईसिका थापा रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३६१९ नम्बरको सुमोलाई जाँच गर्नेक्रमा सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-३१ संगम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-२९ मैतिदेवी बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २१ वर्षीय अमन स्वार समेत ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम सहित लेटाङ नगरपालिका-५ बस्ने ३० वर्षीय विशेष मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३१ प २४७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, रंगेली नगरपालिका-८ झमनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय मिलिग्राम सहित कानेपोखरी गाउँपालिका-७ बस्ने २१ वर्षीय अर्पन जोगी समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रंगेलीबाट कानेपोखरीतर्फ जाँदै गरेको को.२ ह ४१८२ नम्बरको सिटी सफारी जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक अर्पन समेत अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८६ मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-३ बस्ने २४ वर्षीय सुमन राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय भविन प्रधान, ३० वर्षीय रबिन कुमार प्रधान र सोही उपमहानगरपालिका-३ बस्ने ३१ वर्षीय मुकेन्द्र कुमार राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका-१० घर भएका २२ वर्षीय कृष्ण जंग शाह र सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भएका २७ वर्षीय पुरन बुढा मगर रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँ सहित सोही उपमहानगपालिका-१२ पदमपोखरी बस्ने २८ वर्षीय सुदास लोप्चनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका २४ वर्षीय सुजन सुनारलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०६-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने २८ वर्षीय रोजन डंगोल र तारकेश्वर नगरपालिका-६ बस्ने काठमाडौं महानगरपालिका-१६ घर भएका ३१ वर्षीय किसान श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये रोजनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख २७ हजार रूपैयाँ र किसानले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोजनलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार र किसानलाई तारकेश्वर नगरपालिका-६ बाट शुक्रबार पक्राउ गरेको हो ।  उनीहरूमध्ये रोजनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ भने किसानलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०६-२४

कैलाली, धनगढी उपमहानगरपालिका-४ शिव पुरीधाम बस्ने ५२ वर्षीय गणेश खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ७५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-१ तिरिङ खोलास्थित गाई गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही नगपालिका-४ बाहुँनडागी बस्ने ५८ वर्षीय भवनी प्रसाद गुरागाई समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३ सय ५५ रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८३-०६-२३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ३२ ग्राम ७ सय ३० मिलिग्राम सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार समस्तीपुर-२५ घर भएका १९ वर्षीय पुष्पम प्रकाश, २५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय थानकोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न रहेका धादिङ गल्छी गाउँपालिका-६ घर भएकी २३ वर्षीया कृष्टी खड्की र २५ वर्षीय रामकृष्ण खड्कीलाई काठमाडौं महानगरपालिका-२२ सुन्धारास्थित एक होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार १ सय १० ट्याब्लेट सहित पक्राउ गरेको छ ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय आवास मियालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ मगलगढी चोक बस्ने ४३ वर्षीय खड्क बहादुर रावतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले खड्क बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१ बन्साह बस्ने १९ वर्षीय यालिस भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ९ सय ३० मिलिग्राम र नगद ३१ हजार ५ सय रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले यालिसको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   अछाम, साँफेबगर नगरपालिका-४ जनकल्याण टोल बस्ने सोही नगरपालिका-१० बाब्ला घर भएका ५३ वर्षीय प्रताप बटालालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २५ ग्राम २ सय ८० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले प्रतापको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-९ च्यामासिहंबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित सोही नगरपालिका-५ तौमढी बस्ने १९ वर्षीय अर्जुन परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध सुन सहित तीन जना चिनियाँ नागरिक पक्राउ
२०८३-०६-२३

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-२ माथिल्लो भंगालबाट २१ किलो ७ सय ५० ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुन सहित ३ जना चिनियाँ नागरिकहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ माथिल्लो भंगाल बस्ने २७ वर्षीय HAN FEI, ४७ वर्षीय ZHOU LONGQIN र ३७ वर्षीय WANG JIANZHEN रहेका छन् । उक्त स्थानमा चिनियाँ नागरिकहरूले घर भाडामा लिई अवैध रूपमा सुनको कारोबार तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नेपाली तथा विदेशी मुद्राहरू, ओसारपसारमा प्रयोग भएको गाडी, सुन प्रशोधनमा प्रयोग हुने मेसिन/उपकरणहरू तथा कागजातहरू समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०६-२३

काठमाडौं, तारकेश्वर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन ३२ ग्राम ५ सय मिलिग्राम र नगद ३० हजार रूपैयाँ सहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-४ घर भएका ३३ वर्षीय अमृत बराल, ३४ वर्षीय सुजन विश्‍वकर्मा, नुवाकोट तादी गाउँपालिका-१ घर भएका ३६ वर्षीय बसन्त ढकाल र विदुर नगरपालिका-८ घर भएका २३ वर्षीय सन्दिप कालिकोटे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित दुहवी नगरपालिका-५ बस्ने ३१ वर्षीय शिशिर कुवरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नहाडा चोकबाट नियन्त्रित लागूऔषध डाईक्लोमाइन १ हजार ३ सय ९० ट्याब्लेट र ट्रामाडोल १ हजार ३ सय ९० ट्याब्लेट सहित उदयपुर चौदण्डीगढी नगरपालिका-३ बस्ने ३० वर्षीय अनुश मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले कान्छी चोकबाट उदयपुरतर्फ जाँदै गरेको प्रदेश ३-०२-००३ प २५९३ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल छाडी चालक फरार भएपश्चात मोटरसाइकलमा सवार अनुशलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।  ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धि तफाखल पार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित सोही महानगरपालिका-२८ हरिसिद्धि बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका २१ वर्षीय आयुष सुनुवारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग हरिसिद्धीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-२० बिष्णुपादुका बस्ने २९ वर्षीय बिशाल राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी आम्बासीबाट खटिएको प्रहरीले बसाहाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ७०४२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ रानीजरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ प्रगतिशील टोल बस्ने २७ वर्षीय प्रकाश वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१६ टागिकोट डेरा गरी बस्ने बुलिङटार गाउँपालिका-१ घर भएका २१ वर्षीय पूर्ण बहादुर मापछन समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट, भोमाइन ३० ट्याब्लेट र ऐनारगन ४५ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहबरबाट खटिएको प्रहरीले पूर्ण बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-७ डुमटोल बस्ने २९ वर्षीय आशिष कुमार तामाङ समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले आशिषको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-६ बरगाछी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-७ डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका-७ घर भएका २५ वर्षीय सुर्य दर्जीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले रमाइलोबाट कानेपोखरीतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।भक्तपुर, मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय १० ट्याब्लेट, नाईट्राभेट २६  ट्याब्लेट र नगद ६७ हजार ४ सय रूपैयाँ सहित ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने ३८ वर्षीय सुरज बानियालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, डुडुवा गाउँपालिका-१ पिपरहवाबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय राम नरेश कुर्मीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खडैचाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका २२ वर्षीय शुसिल रोक्कालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ सय १० ट्याबलेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-१ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय बिबश चौधरी समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-२३

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-५ सोनारपट्टी दाहा चोक बस्ने २४ वर्षीय आमिन साफीको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय मोहमद ईलसाद खानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मोहमद ईलसादले पुरानो रिसिबको कारण आमिनलाई जनकपुरधाम उपमहानगरपालिका-५ रहिम पथ नजिकै धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका आमिनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा बिहीबार बेलुकी मृत्यु भएको हो । साथै मोहमदले धारिलो हतियार प्रहार गर्दा घाइते भएका सोही उपमहानगरपालिका-५ बस्ने २५ ईम्तियाज राईनको सोही अस्पतालमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१२ घर भएका ३२ वर्षीय मान बहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  मान बहादुरले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।   

खल्ती कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-२३

भक्तपुर, खल्ती कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा ललितपुर हात्तीबन बस्ने रौतहट ईशनाथ नगरपालिका-३ घर भएका २३ वर्षीय सुभम कुमार, बारा सिम्रौनगढ नगरपालिका-१० घर भएका २० वर्षीय अनिकेत यादव, ललितपुर धापाखेल बस्ने रौतहट ईशनाथ नगरपालिका-३ घर भएका २२ वर्षीय पबन कुमार चौधरी र रौतहट गौर नगरपालिका-१ घर भएका २१ वर्षीय रिसी गंगा रहेका छन् । विभिन्न मोबाइल नम्बरहरूबाट खल्तीको आधिकारिक कर्मचारी हुँ भनि पिडितहरूसँग फोन सम्पर्क गरी स्क्रिन सेयर गर्न लगाउने र OTP कोड सेयर गर्न लगाई पीडितहरूको बैंक तथा वालेट खाताहरूमा अनुमति बिना अनाधिकृत रूपमा पहुँच पुर्‍याई विभिन्न खातामा रकम ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-२८ हात्तीबनस्थित मेरो सिटी अपार्टमेन्टको टिई/१३०५ नम्बरको कोठाबाट पक्राउ गरेको हो ।उनीहरूलाई जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लुटपाटमा संलग्न पाँच जना पक्राउ
२०८३-०६-२३

भक्तपुर, लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका-१ घर भएका २५ वर्षीय सुदिप लामा, ३२ वर्षीय कर्ण बहादुर तामाङ, २१ वर्षीय कुमार तामाङ, १९ वर्षीय बिजय तामाङ र ३२ वर्षीय केनाम सिंह तामाङ रहेका छन् । चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित त्रिपुरा सुन्दरी खाद्य स्टोरका संचालकलाई मंगलबार पसल बन्द गरी घर जाने क्रममा मोटरसाइकलहरूमा आएका अपरिचित व्यक्तिहरूले कुटपिट गरी उनले लगाएको सुनको सिक्री समेत लुटी फरार भएका उनीहरूलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.९१ प १२०७ नम्बर र प्र.३-०२-००१ प ४६९२ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाईन (जुवा) सट्टाबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ
२०८३-०६-२३

काठमाडौं, अनलाईन (जुवा) सट्टाबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-३ घर भएका २२ वर्षीय बिक्की कुमार महतोलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।प्रारम्भिक अनुसन्धानको क्रममा उनले वानएक्स वेट र Mobcash Applicatin बाट सट्टाबाजी गरेको/गराएको साथै USDT लगायत अभौतिक मुद्दा (Crypto Currency) को कारोबार गरी हालसम्म ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रूपैयाँ ९१ पैसा भन्दा बढी कारोबार गरेको खुल्न आएको छ । उनी उपर अभौतिक मुद्रा र सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

२० जना प्रहरी कर्मचारीहरूलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८३-०६-२२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीहरूलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित आठौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।    उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी नायव महानिरीक्षक काफ्लेले तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । विभागीय गतिविधिका साथै अन्य सूचनाहरू सम्प्रेषण गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै प्रशिक्षणका दौरानमा प्राप्त ज्ञान र सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक भई कार्य गर्न सम्पूर्ण प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक रन्जु केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान ८ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । प्रशिक्षक पुरुषोत्तम घिमिरे र प्रशिक्षार्थी प्रहरी वरिष्ठ नायव निरीक्षक मन कुमारी तामाङले आ-आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत आठौं समूहद्वारा तयार पारिएको जनचेतनामूलक श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।  

लुटपाटमा संलग्न तीन जना पक्राउ
२०८३-०६-२२

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी तथा हातहतियार देखाई सुनका गरगहना लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी ढुङ्गेअड्डा बस्ने सिन्धुली मरिण गाउँपालिका-५ घर भएका २६ वर्षीय आयन माझी, भक्तपुर मध्यपुर थिमि नगरपालिका-४ बस्ने मकवानपुर बकैया गाउँपालिका-७ घर भएका ३६ वर्षीय मनोज कुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ रहेका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले आयनलाई काठमाडौं महानगरपालिका-३२ स्थित जडीबुटी पुल नजिकबाट तथा मनोज कुमार र राकेशलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-४ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले अल्फाबेट नखुलेको ५७६३ नम्बरको मोटरसाइकलमा सवार भई गत असोज १३ गते राति काठमाडौं महानगरपालिका-१५ डल्लु चौतारास्थित सडक खण्डमा बागमती प्रदेश ०१-०२९ च ९०६० नम्बरको कारमा बसिरहेका पीडितको साढे तीन तोलाको सिक्री लुटपाट गरेको र गत असोज १४ गते राति काठमाडौं बौद्ध गेट नम्बर २ नजिकबाट तरकारी किन्न जान लागेका पीडितको नगद २ लाख रूपैयाँ समेत लुटपाट गरेको खुल्न आएको छ । यसैगरी उनीहरूले बिहानको समयमा सर्वसाधारणहरूसँग ठेगाना सोध्ने बहाना बनाई सिक्री लुटपाट गर्ने गरेको, इनड्राइभ तथा पठाओको बहाना गरी राति र बिहान अध्यारोको समयमा एक्लै मर्निङ्ग वाक हिँड्ने तथा तरकारी किन्न जाने महिला तथा पुरूषहरूलाई लक्षित गरी लुटपाट गर्ने गरेको तथा लुटपाट गर्न चोरी गरेका मोटरसाइकलहरूको प्रयोग गर्ने गरेको समेत खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०६-२२

ललितपुर, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटोबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ७० ट्याब्लेट सहित ललितपुर गोदावरी बस्ने ३० वर्षीय अजित खड्का समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुँगमतीबाट खटिएको प्रहरीले बा.३८ प ६३९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   धादिङ, गजुरी गाउँपालिका-२ चाम्वासबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ६ सय १० ग्राम सहित म्याग्दी घर भएका २३ वर्षीय सनम विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज १७४३ नम्बरको ईभी माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त लागूऔषध कारोबारमा संलग्न १ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।  सिराहा, सिरहा नगरपालिका-२१ पिपरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४३ ग्राम ७ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-१४ बस्ने १९ वर्षीय सतिस दास र ३५ वर्षीय आईसोत मण्डल रहेका छन् । प्रहरी चौकी लकडीगोठबाट खटिएको प्रहरीले लकडीगोठबाट माडरतर्फ जाँदै गरेको स.८ प ६२९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-१ मामाचोकस्थित खोटाङ होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ६० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने २३ वर्षीय दिपक कुमार साह, सोही नगरपालिका-२ बस्ने २४ वर्षीय निक्सल देवान, सोही नगरपालिका-५ बस्ने २२ वर्षीय राहुल गुरूङ र कमल गाउँपालिका-४ बस्ने १९ वर्षीय अरूङ राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सप्तरी, बोदेबरसाईन नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन ७० ग्राम सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बलानबिहुल गाउँपालिका-५ रामनगर बस्ने २१ वर्षीय राकेश यादव र भारत मधुवनी घर भएका २६ वर्षीय इमतियाज मोहम्द रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ जमुनी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम र नगद १७ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ४१ वर्षीय रमेश बुढालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-११ अल्का मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १ ग्राम ५ सय ३० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया नरपथगंज ठाना फत्तेपुर पंचायत-२ बस्ने २३ वर्षीय मनोहर यादव, सुनसरी देवानगंज गाउँपालिका-२ यादव टोल बस्ने २२ वर्षीय अर्बिन्द्र कुमार यादव र २३ वर्षीय अनिल कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-३ नदिपुर बस्ने २३ वर्षीय रविन नेपालीलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम, नियन्त्रित लागूऔषध टापेन्टाडोल ४० ट्याब्लेट र नगद ४३ हजार ४ सय २० रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१९ अमाहा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१९ पटेरूवा बस्ने १९ वर्षीय अमन चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले प्रदेश १-०४-००१ प २७९० नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नयाँबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय पुजन राजधामी समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नडाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ सागरपथ बस्ने बिशाल बिश्वकर्मा समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बिशालको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.४५ प ८९९० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने २१ वर्षीय निशान केसी र सोही नगरपालिका-११ बस्ने २९ वर्षीय बिनोद रावल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा घर भएका ४१ वर्षीय योगेन्द्र राउत यादव, भक्तपुर, भक्तपुर नगरपालिका-४ बस्ने २५ वर्षीया एलिसा मधिकर्मी, ललितपुर महानगरपालिका-१४ बस्ने दार्चुला घर भएका २९ वर्षीय हरिस सिंह महरा र काठमाडौं महानगरपालिका-३२ बस्ने बारा घर भएका ४५ वर्षीय राजेश प्रसाद जयसवाल रहेका छन् । पक्राउ मध्ये योगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, एलिसाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ, हरिसले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ९१ हजार रूपैयाँ र राजेशले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले योगेन्द्रलाई काठमाडौं महानगरपालिका-११ बाट, एलिसालाई भक्तपुर नगरपालिका-४ बाट र हरिसलाई ललितपुर महानगरपालिका-१४ बाट मंगलबार तथा राजेशलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

लुटपाटमा संलग्न चार जना पक्राउ
२०८३-०६-२२

भक्तपुर, लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नविन राउत र काठमाडौं कीर्तिपुर नगरपालिका-६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत रहेका छन् ।    सूर्यविनायक नगरपालिका-४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा.२ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मंगलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।   उनीहरू उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।