प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०७-२९

कैलाली, लम्कीचुहा नगरपालिका-६ बागमारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-६ पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ९० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा परशुराम नगरपालिका-१० बस्ने ३५ वर्षीय गणेश बहादुर डागी, आलीताल गाउँपालिका-३ बस्ने ३० वर्षीय डम्मर बोहरा र डोटी जोरायल गाउँपालिका-२ बस्ने २० वर्षीया डम्मरी भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले म.२ प ३१०७ नम्बरको मोटरसाइकलमा सवार गणेश र डम्मरी तथा से.७ प ५५२४ नम्बरको मोटरसाइकलमा सवार डम्मरलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २० वर्षीय बिजय बिष्ट र सोही नगरपालिका-१ बस्ने २५ वर्षीय राज चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले से.६ प ७५९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपलिका-३ कुसमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र २२ वर्षीय आकाश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनी र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ३५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित हल्दीबारी गाउँपालिका-३ बस्ने ३१ वर्षीय अनुप महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-३ बस्ने ३० वर्षीय देबराज श्रेष्ठ, सोही नगरपालिका-५ शान्तिटोल बस्ने ४० वर्षीय राम कुमार मौली र हल्दीबारी गाउँपालिका-३ जलथल बस्ने २० वर्षीय सुफर मडी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-४ चम्मनचोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ किलो ८ सय ७२ ग्राम सहित बझाङ बुङ्गल नगरपालिका-७ घर भई डडेल्धुरा आलीताल गाउँपालिका-६ बस्ने ४० वर्षीय नरेन्द्र बोहरालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१७ ठकुरी पुल छेउबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १ हजार ९ सय ९० ट्याब्लेट सहित बराहक्षेत्र नगरपालिका-४ बस्ने २७ वर्षीय सुनिल गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ जाँदै गरेको प्र.१-०२-०४० प ७१५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ कुलुङ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय सनम तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ भक्तघारी बस्ने २६ वर्षीय मनोज दर्जीलाई नियन्त्रित लागूऔषध फेनारगन ५८ एम्पुल, डाईजेपाम ६० एम्पुल, बुप्रेनोर्फिन ५९ एम्पुल, सिरिन्ज ४५ पिस र नगद २३ हजार ४ सय ५५ रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-७ शिवनगर चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो ३ सय ४२ ट्याब्लेट र नाइट्रोजन १ सय २५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३५ वर्षीय रोशन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०७-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-४ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-५ घर भएका ३१ वर्षीय मनोहर चौधरी र काठमाडौं महानगरपालिका-१३ बस्ने प्युठान गौमुखी गाउँपालिका-४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन् । पक्राउ मध्ये मनोहरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ र मेघराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनोहरलाई काठमाडौं महानगरपालिका-१० बाट बिहीबार र मेघराजलाई काठमाडौं महानगरपालिका-२९ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अनलाइन ठगीमा संलग्न तीन जना पक्राउ
२०८२-०७-२९

पर्सा, अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-२९ मुसैली बस्ने ३५ वर्षीय कृष्णा प्रसाद साह, १४ वर्षीय बालक र बारा बिश्रामपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय राहुल मण्डल रहेका छन् ।  वीरगंज महानगरपालिका-८ बाट सर्वसाधारणहरूलाई विभिन्न प्रलोभन तथा झुक्यानमा पारी विभिन्न बैंकहरूको Money Mole Account खोलाई उक्त खाताहरूमा सामाजिक सञ्जाल मार्फत Fishing, OTP Fraud, Job Scam तथा Fake Online Business Scam र एआईबाट विभिन्न कम्पनीको आवश्यक पर्ने कागजातहरू बनाई सामानहरूको अडर बिल बनाएर ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले एटिएम कार्ड ४३ थान सहित पक्राउ गरेको हो । साथै उनीहरूले विभिन्न व्यक्तिहरूको बैंक खाता र डिजिटल वालेटहरू प्रयोग गरी करिब १० करोड भन्दा बढी अवैध कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०७-२९

उदयपुर, ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-७ रिस्कु बस्ने ५५ वर्षीय एन सिंह राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-६ बस्ने ४२ वर्षीय राजु कटुवाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कटुवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-०७-२८

सुनसरी, इटहरी उपमहानगरपालिका-३ डाडागाउँबाट अवैध लागूऔषध गाँजा करिब ९८ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कल्पना राई र भोजपुर रामप्रसाद गाउँपालिका-७ घर भएका २० वर्षीय मनोज राई रहेका छन् । अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरीले कल्पनाको घरमा रहेको प्र.१-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीबाट ४९ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१० स्थित कृष्ण कटेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय सहिल शेष र सोही उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यायल बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-८ कन्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित बाँसगढी नगरपालिका-९ माछागढ बस्ने २४ वर्षीय बसन्त बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको      हो ।मोरङ, रंगेली नगरपालिका-४ चोप्राहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-५ भउसाबारी बस्ने २७ वर्षीय जिवन खड्का र रंगेली नगरपालिका-४ चोप्राह बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी रंगेली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-५ बस्ने २२ वर्षीय सलिन गुरूङ र ४४ वर्षीय कपिल जिमि याखा रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले  उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानोपोखराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ हजार ३ सय ट्याब्लेट सहित ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय राजिव लामा, सोही उपमहानगरपालिका-१७ बस्ने २० वर्षीय प्रवेश बरैली, सोही उपमहानगरपालिका-४ बस्ने २० वर्षीय निशान कोईराला, सोही उपमहानगरपालिका-१५ बस्ने बकैया गाउँपालिका-१२ घर भएका १९ वर्षीय अशोक स्याङ्तान र मकवानपुरगढी गाउँपालिका-२ कुर्ले बस्ने २३ वर्षीय दिपेश संजेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  महोत्तरी, औरही नगरपालिका-१ औरही चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार बेताली-५ पातेपुर बस्ने २७ वर्षीय गोबिन्द कुमार चमार र २१ वर्षीय एकवाल महोम्मद रहेका छन् । प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले बर्दिबासबाट औरहीतर्फ आउँदै गरेको बिआर ३० ए ०६०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१८ बाट अवैध लागूऔषध गाँजा २ किलो २ सय ग्राम सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने जान मोहमद हुसेन, सोही उपमहानगरपालिका-१७ बस्ने २० वर्षीय सादाब हसिन, मोरङ केराबारी गाउँपालिका-८ बस्ने ३६ वर्षीय भुषण राई र सोही गाउँपालिका-१० बस्ने ३२ वर्षीय अनिस मगर रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । झापा, हल्दीबारी गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय देवी प्रसाद गुरूङ र १९ वर्षीय सौरभ गुरूङ रहेका छन् । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले मे.७ प ५५४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरील आवश्यक अनुसन्धान गरिरहेको छ । 

जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गर्न सबैको सामूहिक प्रयत्न आवश्यक - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०७-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संगठनको नेतृत्वको जिम्मेवारी सम्हाल्दै गर्दा प्रहरी कर्मचारीहरूको साहस, चरित्र र व्यावसायिकतालाई सांगठनिक लक्ष्य प्राप्ति गर्ने पथप्रदर्शक शक्ति र सामर्थ्यको रूपमा लिएको बताउँदै यसकै जगमा अझ जनविश्वास आर्जन गर्न जनअपेक्षा अनुरूपको सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गराई भय रहित समाज निर्माण गर्न हामी सबैको सामूहिक प्रयत्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले विशेष परिस्थितिमा निर्माण भएको विद्यमान सरकारले जनआकांक्षा अनुरूप देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल अभिष्ट राखेको उल्लेख गर्दै विभिन्न आयामका सुरक्षा चुनौतिहरूको कारणले समग्र सुरक्षा संवेदनशीलता बढेको र यो विषम परिस्थिति र संकट पश्चात उठ्दै गरेका प्रहरी संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी र समग्रमा नेपाल प्रहरी प्रति असाधारण किसिमका अपेक्षाहरू रहेको तथ्य प्रति आफू पूर्णरूपमा जानकार र सजग रहेको बताउनुभयो । असामान्य र असाधारण सुरक्षा परिस्थितिमा राष्ट्र र नागरिकहरूको सेवाका लागि नेपाल प्रहरीका सकल दर्जाले लिएको अग्रसरता, साहस र धैर्यताको उच्च प्रशंसा गर्दै जस्तो सुकै प्रतिकुल परिस्थितिको अवस्थामा पनि तत्काल पुनर्जागृत भई राष्ट्र र जनताको सेवामा जुट्ने नेपाल प्रहरीको मूल चरित्र र सामर्थ्यलाई फेरी एकपटक पुन: पुष्टि गरेको उहाँले बताउनुभयो । असाधारण परिस्थितिले असाधारण कर्तव्यपरायणताको अपेक्षा राखेको हुने बताउँदै प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो, ‘आजको यस परिस्थितिमा हामीले हाम्रा व्यक्तिगत स्वार्थहरूलाई थाती राखेर सुशासन प्रतिको असाधारण जनअपेक्षा अनुरूपको संगठन निर्माण र तदनुरूपको सेवा प्रवाह गर्नका लागि अहोरात्र आफ्नै काम सम्झेर, घरकै काम सम्झेर मुलुकलाई शिरमा राखेर खटिनुपर्ने अवस्था छ । साधन स्रोतको अभावको देखाएर बसिराख्ने छुट हामीलाई प्राप्त छैन । भनिन्छ प्रतिकुल परिस्थितिमा नै मानिसहरूको वास्तविक क्षमताको मूल्याङ्कन हुन्छ । मान्छेको वास्तविक परिचय पनि त्यही निर हुन्छ ।’  नवीनतम् प्रविधिको रूपमा साइबर सम्बन्धी अपराधहरू एवम् आर्थिक तथा वित्तीय प्रकृतिका अपराधहरू असाधारण रूपमा वृद्धि भइरहेको, लागूऔषधको दुर्व्यसन र दुरूपयोग, आत्महत्या तथा सडक दुर्घटनाका भयावह अवस्थाहरू रहेको उल्लेख गर्दै यस्ता चुनौतिहरूको सम्बोधन गर्न एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने हुँदा सबैको सामूहिक सक्रियता, अग्रसरता र सिर्जनशीलता आवश्यक रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले संगठनात्मक र व्यक्तिगत रूपमा आम नागरिकहरू प्रतिका व्यवहारलाई अझ परिमार्जन र सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आपराधिक प्रवृत्ति विरूद्ध कठोर रूपमा र आम नागरिकसँग अपेक्षा अनुरूप व्यवहार गरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । आआफ्नो आचरण र व्यावसायिकतालाई व्यक्तिगत पुँजीको रूपमा मात्र ग्रहण नगरेर सांगठनिक आस्था र सम्मानको साधनको रूपमा ग्रहण गर्नुहुन सबै प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरू विरूद्ध शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्न कटिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी विधिवत रूपमा स्थापना भएको करिब सात दशक लामो कालखण्डमा आइपरेका विभिन्न किसिमका उतार चढाव, आरोह अवरोह पार गर्दै संगठनलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउनु हुने अग्रज प्रहरी महानिरिक्षकहरू लगायत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू प्रति उच्च सम्मानका साथ हार्दिक आभार व्यक्त गर्नुभयो । साथै संगठनलाई समयानुकुल विकासको अर्को चरणमा पुर्‍याउने अभिभारा सबैको साझा दायित्वको रूपमा रहेको उहाँले बताउनुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।  

आकस्मिक सहुलियत अल्पकालीन कर्जा प्रवाह गर्ने नीति निर्माण समितिको बैठकको निर्णय
२०८२-०७-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरिएको छ । नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगी देखि प्रहरी वरिष्ठ नायव निरीक्षक सम्मका प्रहरी कर्मचारी र तीनका आश्रित परिवारहरूलाई आकस्मिक अवस्था (स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत) मा तत्कालको आवश्यकता पूर्ति गर्नका लागि किस्ताबन्दी कर्जा कार्यक्रम अन्तर्गत १ वर्षभित्र चुक्ता गर्ने गरी ५ % ब्याजदरमा आकस्मिक सहुलियत अल्पकालीन कर्जा रकम २ लाख रूपैयाँ सम्म उपलब्ध गराउने निर्णय गरिएको हो । साथै उक्त रकम उपलब्ध गराउन प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम रू. १० करोड सम्मको कोष खडा गरी नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबाट आवश्यक मापदण्ड बनाई कर्जा प्रवाह गर्ने निर्णय गरिएको हो ।  

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित
२०८२-०७-२७

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव रामेश्‍वर दंगालले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो । सुशोभन समारोहमा गृहसचिव रामेश्‍वर दंगालले नेपाल सरकारले विधि र पद्धतिको आधारमा नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त गरी प्रहरी महानिरीक्षक कार्कीलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कार्कीको कार्यकालमा समग्र मुलुकमा शान्ति सुरक्षा कायम गर्ने लगायत नेपाल प्रहरीको अन्य जिम्मेवारीहरूमा सफलता मिल्ने विश्वास व्यक्त गर्दै नेतृत्वकालको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।गृहसचिव दंगालले हालको परिस्थितिमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भएका विभिन्न खालका विकृति विसंगतिहरूलाई अन्त्य गरेर पूर्णरूपमा सुशासन कायम गर्ने दायित्व सरकारले लिएको उल्लेख गर्दै यस दायित्व निर्वाह गर्नका लागि नेपाल प्रहरीको अहम भूमिका रहेको र यस भूमिका निर्वाह गर्न नेपाल प्रहरी सफल समेत हुने अपेक्षा रहेको बताउनुभयो । नेपाल प्रहरीको प्राथमिकताहरू, कार्ययोजना, नीतिगत परिवर्तन, नेपाल प्रहरीमा गर्नुपर्ने सुधारका विषयहरू, देखापरेका चुनौति तथा भावी योजनाहरू लगायतका विषयहरूलाई सम्बोधन गर्न गृह मन्त्रालयले सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।    कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले करिब अठ्ठाइस वर्षको अनुभव, कर्तव्यपरायणता, देश र नागरिकको सुरक्षाका खातिर सम्पादन गरेका कार्यको मूल्याङ्कन तथा संगठनप्रतिको निष्ठा र इमान्दारिताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । साथै प्राप्त यस विशिष्ट जिम्मेवारीलाई पेशागत अनुशासन, पारदर्शीता र जवाफदेहिताका साथ वहन गर्दै नागरिक सेवाभावको पूर्ण प्रत्याभूति हुने गरी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले देशमा सुशासन कायम गर्ने तथा निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतिहरूको विद्यमानता र संकट पश्चात उठ्दै गरेका प्रहरीका भौतिक संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारीबाट असाधारण अपेक्षाहरू रहेको तथ्य प्रति पूर्ण रूपमा जानकार र सचेत रहेको बताउनुभयो । असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारीलाई नेपाल सरकार गृह मन्त्रालय, अन्य सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकायहरू एवम् समुदायसँग प्रभावकारी समन्वय, सहकार्य सहित संगठनको सुदृढिकरण र सामूहिकता प्रदर्शन गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाउँदै नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्दछु । कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले बिहीबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्की नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समेत गर्नुभयो ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी :  प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । गुल्मी जिल्लाको साविक घमिर-५ हाल मालिका गाउँपालिका वडा नम्बर ७ मा पिता कृष्ण बहादुर कार्की र माता चन्द्रकला कार्कीको कोखबाट वि.सं. २०२९ साउन १५ गते जन्मनु भएका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीका श्रीमती नविना कार्की र २ छोरीहरू हुनुहुन्छ । प्रहरी महानिरीक्षक कार्कीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक कार्की २०६६ मंसिर २६ गते प्रहरी नायव उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक कार्कीले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, अप्रेशनल कमाण्ड तथा व्यवस्थापन, सार्वजनिक विरोधहरूमा कानुन कार्यान्वयन संस्थाहरूको भूमिका र उत्तरदायित्व, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, ह्युमन राइट्स इन ल इन्फोर्समेन्ट ट्रेनिङ कोर्ष, कोल्याप्स्ड स्ट्रक्चर सर्च एण्ड रेस्क्यू कोर्ष, प्रशिक्षक प्रशिक्षण तालिम, मेडिकल फस्ट ररेस्पोण्डर कोर्ष, अपराध अनुसन्धान लगायत विभिन्न २२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्की प्रवल जनसेवा श्री, संयुक्त राष्ट्र संघ पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।  अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा सशस्त्र प्रहरी गण नेपालगंज, जिल्ला प्रहरी कार्यालय रूकुम, जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, अञ्चल प्रहरी कार्यालय महाकाली, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, इलाका प्रहरी कार्यालय बुटवल, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, जिल्ला प्रहरी कार्यालय सप्तरी, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, प्रहरी प्रधान कार्यालय लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लगायतका कार्यालयहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको कमाण्ड गर्नुभएका कार्की २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड समेत गर्नुभएको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०७-२७

कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय दिलिप सिजापतिलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-६ बस्ने २७ वर्षीय रोशन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६१ ट्याब्लेट, स्पास्पेन २ सय ७८ ट्याब्लेट, डिकोलिक ६ ट्याब्लेट र नगद ८ हजार ६ सय ५० रूपैयाँ सहित गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, विराटनगर महानगरपालिका-५ रिङ रोडबाट अवैध लागूऔषध गाँजा करिब १८ किलोग्राम सहित बर्जु गाउँपालिका-३ बस्ने २२ वर्षीय मुकेश कुमार चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३० मिलिग्राम  सहित कमल गाउँपालिका-३ बस्ने २६ वर्षीय प्रज्वल बाँनियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम ८ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१७ पटेर्वा बस्ने २५ वर्षीय राम जिवन यादव र २७ वर्षीय दिपक कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले स.११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१६ नवीनचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट, बोमिन १ हजार ४ सय ४५ ट्याब्लेट र नगद २३ हजार ९५ रूपैयाँ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ बस्ने २० वर्षीय विमल कुमाल, २४ वर्षीय सागर गुरूङ र २३ वर्षीय सुदिप श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । दाङ, लमही नगरपालिका-५ लमही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने लमही नगरपालिका-५ सुनखोली बस्ने ३० वर्षीय नारायण पुनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ बुलबुले लाहुरे पथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ६० मिलिग्राम, २ थान मोबाइल र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने ३९ वर्षीय नरेश खटिक र सुर्खेत गुर्भाकोट नगरपालिका-७ बस्ने २३ वर्षीया सुनिता परियार रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कायालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८२-०७-२६

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी संगठनको महानिरीक्षकको रूपमा देश र जनताको सुरक्षाको जिम्मेवारी बहन गर्ने अवसर पाउनु आफ्नो जीवनको सर्वश्रेष्ठ सम्मान भएको चर्चा गर्दै आफ्नो छोटो नेतृत्व कालमा सामना गर्नुपरेको राजनीतिक परिवर्तनको परिवेशमा नेपाल प्रहरीको अस्तित्व जोगाई प्रहरीको मनोबल उकास्दै सांगठनिक मूल्यमान्यता, भाईचारा र अपनत्वभाव कायम गर्न हरसम्भव कोसिस गरेको बताउनुभयो । संगठनलाई भौतिक रूपले सम्पन्न र भावनात्मक हिसाबले अझै एक ढिक्का बनाई राख्न नवनियुक्त प्रहरी महानिरीक्षक र संगठनका हरेक सदस्यहरूले विशेष भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक व्यावसायिक, कर्तव्यनिष्ठ र दुरदर्शी व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले आफ्नो नेतृत्व कालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग र हाम्रा अग्रजहरूले मौलिक रूपमा थालनी गर्नु भएको सबै अनुकरणीय कार्यहरूलाई नेपाल प्रहरीको आगामी रणनीति र कार्य योजनाहरूमा समेटेर निरन्तर अगाडि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।  सेवा निवृत्त पछि पनि सांगठनिक सुदृढीकरणको लागि रणनीतिक सुझाव र सकारात्मक पृष्ठपोषण प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गलाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती नविना कार्कीले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो ।    उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको थियो ।

गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको बिदाइ
२०८२-०७-२६

काठमाडौं, गृहमन्त्री ओम प्रकाश अर्यालले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई शुभकामना सहित बिदाइ गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री अर्यालले ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गले अवकाश पछिको दिनमा पनि प्रहरी संगठनलाई सुदृढ गर्न एवम् देशको आन्तरिक सुरक्षालाई सुदृढ गर्नको लागि योगदान दिनुहुनेछ भन्ने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो ।   कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक खापुङ्गले ३० वर्ष प्रहरी सेवामा रहेर नेपाल र नेपाली जनतालाई पुर्‍याउनु भएको अमुल्य योगदानको प्रशंसा गर्नुभयो । आगामी दिनमा मुलुकमा शान्ति सुरक्षा कायम गर्न प्रहरी महानिरीक्षक खापुङ्गले प्राप्त गरेका अनुभव समेत प्राप्त भइरहने अपेक्षा रहेको बताउँदै सेवा निवृत्त जीवन अझ बढि स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना समेत उहाँले दिनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी सेवामा रहँदा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्दै नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनका साथै मन्त्रालयबाट भएको समन्वय, सहकार्य र सद्‌भाव प्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०७-२६

पर्सा, पर्सागढी नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा ९ किलो ३ सय ५० ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार बैशाली बिन्दुपुर-७ बस्ने २३ वर्षीय राजा कुमार, भारत बिहार बैसाली  राजमाइल पञ्चायत-१३ बस्ने २३ वर्षीय विशाल कुमार र भारत बिहार छपरा सोनपुर-३ सवलपुर नयाँ टोल बस्ने २३ वर्षीय पिन्टु कुमार रहेका छन् । अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बैतडी, पाटन नगरपालिका-६ पाटन बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ कडाली बस्ने २३ वर्षीय कपिल कठायतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटन समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०७-२६

कञ्चनपुर, भिमदत्त नगरपालिका-१ भासी साईफन नहरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय रबिद्र महरालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-३ सिसमडाँडी बस्ने २५ वर्षीय योगेश रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गडडाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित बेदकोट नगरपालिका-६ बस्ने २५ वर्षीय अमित रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।  धनुषा, विदेह नगरपालिका-१ मैनाथपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचोक बस्ने २० वर्षीय नविन कुमार साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझीझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-६ नेमा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-१० बस्ने ३० वर्षीया विनिता लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ झारसाझिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय गिरिजा तामाङ र ३३ वर्षीय चन्द्र बहादुर दनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय मधुमल्ला समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४५ वर्षीया दुर्गा देवी भण्डारीसंग खरिद गरेको भन्ने खुल्न आएपश्‍चात दुर्गाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम २ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १५ हजार रूपैयाँ समेत फेला पारी उनलाई पक्राउ गरेको छ ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-११ बस्ने ३१ वर्षीय प्रशान्त राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरोक हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१९ प्रगति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३८ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट र डिकोलिक ५२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय समिर विक र २५ वर्षीय अर्जुन विक रहेका छ्न् । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० कोकाहा खोलाबाट अवैध लागूऔषध गाँजा ११ किलोग्राम सहित धनकुटा सहिदभूमी गाउँपालिका-१ बस्ने २३ वर्षीय सिद्धार्थ राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्र.१-०२-०५३ प ९९८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, सैनामैना नगरपालिका-१ परमेश्वर टोल बस्ने ५८ वर्षीय खेमराज गौतमलाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२६

काठमाडौं, वैदेशिक रोजगारीको लागि न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा भिमेश्वर नगरपालिका-८ घर भएकी ४५ वर्षीय पुरूषोत्तम भण्डारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पुरूषोत्तमले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
२०८२-०७-२६

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका-२ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चीनियाँ नागरिक ३२ वर्षीय XIONG CHANGYE रहेका छन् । प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-०३१ च ५८०४ नम्बरको गाडीलाई जाँच गर्दा गाडीको पछाडी साईडमा राखिएको टायर भित्र लुकाई छिपाई राखिएको उक्त नगद फेला पारी चालक आदिल र गाडीमा सवार आमी, चन्द्रमान र XIONG CHANGYE लाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०७-२५

कञ्चनपुर, बेदकोट नगरपालिका-१० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित सोही नगरपालिका-५ झिलामिला बस्ने २७ वर्षीय झलक बहादुर थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको ह । कपिलवस्तु, मायाँदेवी गाउँपालिका-४ चाकरचौडाबाट नियन्त्रित लागूऔषध स्पास्मो ५६ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका-६ कर्मा बस्ने २५ वर्षीय सुनिल बानिया र १९ वर्षीय धर्मेन्द्र सहानी रहेका छन् । इलाका प्रहरी कार्यालय चाकरचौडा कपिलवस्तुबाट खटिएको प्रहरीले चाकरचौडाबाट पकडीतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०७-२५

काठमाडौं, तारकेश्‍वर नगरपालिका-८ शेषमती लामबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ सय ५० मिलिग्राम र नगद ७३ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने झापा मेचीनगर नगरपालिका-१० घर भएका ३३ वर्षीय शंकर राजवंशीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, टोखा नगरपालिका-६ ग्राण्डीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बसुन्धारा डेरा गरी बस्ने झापा घर भएका २८ वर्षीय बिसाल पाठक र झापा मेचीनगर नगरपालिका-१० घर भएका २१ वर्षीय ईमान महमद रहेका छन् । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलबाट नियन्त्रित फेनारगन ३९ एम्पुल, बुप्रेनोर्फिन ४६ एम्पुल र डाईजेपाम ४५ एम्पुल सहित तनहुँ ब्यास नगरपालिका-१ बस्ने २१ वर्षीय रबिन उचाइलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट कृष्ण मन्दिरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.१४ प २४९२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।मोरङ, रंगेली नगरपालिका-६ नेमा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-८ दर्बेशा बस्ने २१ वर्षीय पारस राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका को.२५ प १८१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-६ नेमा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-३ बिपि चोक बस्ने १९ वर्षीय गणेश बर्देवा र लेटाङ नगरपालिका-४ हाटखोला बस्ने २४ वर्षीय देबिन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय  रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ प ९५०७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।उदयपुर, कटारी नगरपालिका-४ जहडीबाट अवैध लागूऔषध गाँजा २ किलो ६ सय २५ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २० वर्षीय रंजित ठाकुर र सोही नगरपालिका-७ बस्ने ३९ वर्षीय अरजित तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा सोही ठाउँ बस्ने ५० वर्षीय बिष्णु बहादुर तामाङबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात बिष्णुलाई कटारी नगरपालिका-४ स्थित पानी ट्याङ्की जंगलबाट गाँजा ९ किलो ३५ ग्राम सहित फेला पारी पक्राउ गरेको छ । बाँके, खजुरा गाउँपालिका-३ आदर्शनगर डेरा गरी बस्ने सोही ठाउँ घर भएका २३ वर्षीय रोशन सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम र नगद ८ हजार ६ सय ७५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-३ गोसलाईनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय रोहित रायलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२५

काठमाडौं, वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मनिषाले क्यानडा पठाइन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०७-२५

बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अमरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सरावल गाउँपालिका-२ पटखौली बस्ने ३२ वर्षीय मान सिँह चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०७-२४

सुनसरी, बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९ ट्याब्लेट सहित सोही नगरपालिका-३ नडाहा बस्ने २१ वर्षीय राकेश कार्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ महेन्द्रपुलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र  नोर्फिन २५ एम्पुल सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२३ पामे बस्ने २६ वर्षीय लक्ष्मण नेपाली र म्याग्दी मालिका गाउँपालिका-६ दरवाङ बस्ने ३२ वर्षीय ज्ञान बहादुर सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको  ग.१६ प ४९७ नम्बरको मोटरसइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०७-२४

रौतहट, चन्द्रपुर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका-१६ तामाङटोल बस्ने २७ वर्षीय बुद्द सिंह वाईवा र हरिवन नगरपालिका-३ श्रीपुर बस्ने २४ वर्षीय शरिन योञ्जन रहेका छन् । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले म.प्र. ०३-०२५ प ५८२१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-४ गणेशटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३८ एम्पुल, फेनारगन ३९ एम्पुल र नोर्फिन ३९ एम्पुल सहित सोही ठाउँ बस्ने ३० वर्षीय बिकास किसानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, जानकी गाउँपालिका-६ करातीपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम र नगद ५ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २१ वर्षीय मनोज खटीकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-१ कृष्ट अस्पताल नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने सिन्धुली कमलामाई नगरपालिका-५ घर भएका २२ वर्षीय सुवास नेपालीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  डोल्पा, ठुलीभेरी नगरपालिका-३ डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएका २० वर्षीय दिपेन्द्र कार्कीलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४२ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-३ उत्तरलधौरा बस्ने २६ वर्षीय सुरेन्द्र थारू र २५ वर्षीय रमेश थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित ठाकुरबाबा नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-३२ चोर्नी बस्ने ६८ वर्षीय खेदु महतोलाई अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम र नेपाली रूपैयाँ ४ हजार २ सय २५ रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनले संचालन गरेको किराना पसल र पसलसँगै जोडिएको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ठगी सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-२४

काठमाडौं, ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा रौतहट फतुवा हर्साह-९ घर भएका ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी सम्बन्धी दर्ता भएको ठगी, लिखत कीर्ते, राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसूरको अनुसन्धानको क्रममा ठगी कसूरमा संकलन भएको नगद तथा चेक मार्फतको रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रूपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरूबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहहरूसँग मिलेमतो गरी ठगी, कीर्ते र संगठित अपराधमा संलग्न रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८२-०७-२४

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५ वर्षीया निर्मला मोक्तानले संचालन गरेको उर्मिला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निर्मला समेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपलिका-९ कालिकानगरस्थित चौतारी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नवलपरासी पश्चिम सुनवल नगरपालिका-४ सुभमनगर बस्ने ५० वर्षीय शिवलाल सुबेदी समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी चालक उन्नत तालिम सुरू
२०८२-०७-२३

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने ३०औं समूहको सवारी चालक (हलुका) उन्नत तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १६ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

आधारभूत पशु स्वास्थ्य तालिम सुरू
२०८२-०७-२३

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नेपाल प्रहरी केनाईन कार्यालयमा आधारभूत पशु स्वास्थ्य तालिम (पहिलो समूह) सुरू भएको छ ।सोही कार्यालयका प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । १८ दिन कार्यअवधिको उक्त तालिममा प्राविधिक प्रहरी वरिष्ठ हवल्दार ५ जना, प्राविधिक प्रहरी हवल्दार ३ जना र प्राविधिक प्रहरी जवान ७ जना गरी कूल १५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ । 

अवैध लागूऔषध गाँजा सहित श्रीलंकन नागरिक पक्राउ
२०८२-०७-२३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलोग्राम सहित श्रीलंकन नागरिक ३२ वर्षीया NIROGINI MURUGAN शनिबार दिउँसो पक्राउ परेकी छिन् । थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएकी उनलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०७-२३

झापा, दमक नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १५ मिलिग्राम र नगद ३५ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २५ वर्षीय निराज सापकोटा र सोही नगरपालिका-९ बस्ने २५ वर्षीय अरूण रोक्का रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश.१-०१-०१४ प ८१६१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित  जानकी गाउँपालिका-३ लायकपुर बस्ने २४ वर्षीय जगदिश साउदलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-९ पचमोडीयास्थित होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१२ बनबासा बस्ने २५ वर्षीय डेबिड कठरीया र ३१ वर्षीय नरेन्द्र चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ झलारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रविन्द राना, २४ वर्षीय घुम्मन राना र १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ थपालीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिनेश बुढा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । लमजुङ, बेसीशहर नगरपालिका-८ दुलाल टोलबाट नियन्त्रित लागूऔषध फेनारगन १२ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १४ एम्पुल सहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका-७ मरूवाखोला घर भएका २८ वर्षीय विनेश परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध र हातहतियार सहित दुई जना पक्राउ
२०८२-०७-२३

काठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम, नगद  ३२ हजार रूपैयाँ र मोवाइल ५ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले अमरको घर पछाडी लुकाई राखेको रिभल्वर १ थान र गोली २ राउण्ड तथा सुजनको घरमा लुकाई राखेको रिभल्वर १ थान र गोली ४ राउण्ड फेला पारी शनिबार दिउँसो बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०७-२२

झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २६ वर्षीय बिशाल माझीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-१ गुम्बा चोक बस्ने ३२ वर्षीय विज्ञान राईलाई अवैध लागूऔषध गाँजा १ सय ८० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट र  डिक्लो स्पास प्लस ४ सय ७० ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-६ औद्योगिक क्षेत्रबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट, स्पास्पेन ८६ ट्याब्लेट र डिकोलिक १८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ गोठगाउँ बस्ने तिलक भुजेल र मौसम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनुषा, विदेह नगरपालिका-१ रेल्वे पट्रीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित कमला नगरपालिका-८ टेर्हा टोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझीझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-२ मानडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५० ट्याब्लेट, अवैध लागूऔषध गाँजा करिब ४ सय ग्राम र नगद २० हजार ४ सय ७० रूपैयाँ सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप गोकुलगांगा गाउँपालिका-६ फर्पु घर भएका २७ वर्षीय रमेश राई, ललितपुर गोदावरी नगरपालिका-९ घर भएका २२ वर्षीय रोहित कार्की र २३ वर्षीय सैगात कार्की रहेका छन् । प्रहरी प्रभाग गोदावरी र प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले रमेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ७ सय ६० मिलिग्राम सहित मनहरी गाउँपालिका-९ बस्ने ३६ वर्षीया अनिता श्रेष्ठलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३-००१ ज ९९८ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय अशोक तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ०८३७ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका कालागाउँ बस्ने ३९ वर्षीय डिल्ली नारायण गौतमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतको बलई गाउँदेखि नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-११ बेला बस्ने २७ वर्षीय धनि राम रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ९ सय २० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिकाटोलबाट खटिएको संयुक्त टोलीले रानाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-६ खैरानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित बेदकोट नगरपालिका-६ सिसैया बस्ने २७ वर्षीय बिबेक चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-.९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २० वर्षीय समिर राना समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-२२

काठमाडौं, ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाडौंका तत्कालीन सहसचिव पदमा कार्यरत चितवन भरतपुर महानगरपालिका-१५ बस्ने ६६ वर्षीय लेख बहादुर कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने/लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिने/लिने सम्झौता संचालक समितिको निर्णय र आधार विना वदनियत पूर्वक भएको खुल्न आएको छ । साथै नेपाल ट्रष्टको नाममा ‍रहेको जग्गा BOT Model को निमित्त निर्माण अवधि ३ वर्ष समेत ३० वर्षको लागि लिजमा दिने/ लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ जेठ १४ गते करार सम्झौता गरेको, लिजमा लिने लाभ ग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्ध रहेको विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरूले गैर कानूनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको एवम् उक्त कार्यबाट नेपाल ट्रष्ट मार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुर्‍याई विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

हतियार सहित पक्राउ
२०८२-०७-२२

काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने कैलाली घर भएका २१ वर्षीय मनोज ढुंगानालाई ग्याँस गन १ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनोजले आफ्नो कोठामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोली गट्ठाहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ग्याँस गन, मोबाइल १ थान र भिड नियन्त्रणमा प्रयोग हुने लेग गर्ड १ थान फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०७-२१

उदयपुर, कटारी नगरपालिका-४ सुनकोशी पेट्रोल पम्प छेउबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १३ ट्याब्लेट, स्पास्पेन १ सय ६ ट्याब्लेट र नगद १ हजार ३ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३१ वर्षीय जित बहादुर थापा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ११ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-१० बस्ने २२ वर्षीय रोहित कटुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ  पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८४ एम्पुल, फेनारगन ८५ एम्पुल र आइपिपिएल ८६ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने २५ वर्षीय मिन प्रसाद गुरूङ र ३१ वर्षीय सागर गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बर्दघाटबाट दुम्किबासतर्फ आउँदै गरेको ग.२० प ७६६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने ३० वर्षीय असिम थापा र २७ वर्षीय सविन मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले बिराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ७२६ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८२-०७-२१

काठमाडौं, ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्वत साविक बेउलीबास गाविस-३ ठेगाना भएका रेशम बहादुर राना पक्राउ परेका छन् । एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ । रेशम बहादुर राना समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ जेठ १९ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०७-२१

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुल बिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-४ काठे पुल बस्ने ३० वर्षीय पुरण विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम ९ सय ३० मिलिग्राम सहित दमक नगरपालिका-५ बस्ने ३१ वर्षीय राजु श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित सोही नगरपालिका-३ बाहुनडाँगी धरधरे बस्ने ३० वर्षीय प्रशान्त सेन्चुरीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले प्र.१-०१-०१७ प ००६० नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २२ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २८ वर्षीय सुशान्त पोखरेल र सोही महानगरपालिका-९ बस्ने ३८ वर्षीय चेवन धिमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, व्यास नगरपालिका-४ भृकुटी मार्गबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ग्राम सहित ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अटल तामाङ, २१ वर्षीय रोहित गुरूङ सोही नगरपालिका-१२ बस्ने २२ वर्षीय संगम थुङसिङ र २२ वर्षीय अर्जुन थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले अटलको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सर्लाही, धनकौल गाउँपालिका-४ हरकठवा नयाँटोलबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ४ सय २० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय सुरेन्द्र राय र मकवानपुर राक्सिराङ्ग गाउँपालिका-६ बस्ने ३१ वर्षीय आकास प्रजा रहेका छन् । इलाका प्रहरी कार्यालय हकठवाबाट खटिएको प्रहरीले बिआर ३० आर २९९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । चितवन, रत्ननगर नगरपालिका-२ सिनेमा रोडबाट नियन्त्रित लागूऔषध प्रोमेथिन ८० ट्याब्लेट र ट्रामाडोल ७३ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिका-८ बस्ने २३ वर्षीया चन्दना परियार र काठमाडौं धापासी बस्ने २३ वर्षीया पवित्रा खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९०  मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २० वर्षीय सतिश मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज १०९४ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्लोभिकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने सर्लाही बागमती नगरपालिका-१ घर भएका ४४ वर्षीया साबित्रा हुमागाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।हुमागाईले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८२-०७-२१

काठमाडौं,  काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर, ललितपुर महानगरपालिका-२८ बस्ने तनहुँ भिमाद नगरपालिका-४ घर भएका ४४ वर्षीय लेख बहादुर राना समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार १ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरको हो ।  कैलाली, भजनी नगरपालिका-१ भजनी बजारस्थित मोनिस्का होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक ४४ वर्षीय राजु चौधरी समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०७-२०

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुजल विश्वकर्मा, ३२ वर्षीय निरज लामा, काठमाडौं मनमैजु बस्ने झापा शिवसताक्षी नगरपालिका-९ घर भएका ३१ वर्षीय बिदुर याङ्बो र काठमाडौं काभ्रेस्थली बस्ने भोजपुर घर भएका १९ वर्षीय रोमन राई रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सुजलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ५४ एम्पुल, डाईजेपाम ५४ एम्पुल र नोर्फिन ५४ एम्पुल सहित सोही ठाउँ बस्ने सिन्धुली घर भएका २१ वर्षीय पेम्बा तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी वृत्त बौद्ध समेतबाट खटिएको प्रहरीले पेम्बाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-१ अत्तरीया डेरा गरी बस्ने बैतडी पाटन नगरपालिका-१ घर भएका २४ वर्षीय नन्दराज भट्टलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, जहदा गाउँपालिका-३ हातिबन्दाबाट अवैध लागूऔषध गाँजा ३३ किलो ६ सय १० ग्राम सहित बिराटनगर महानगरपालिका-५ कोचाखल बस्ने ३२ वर्षीय दुर्गा प्रसाद राजवंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले स.१ च ६५६ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी एम्बुलेन्स चालक दुर्गालाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि को.३१ प ८८८९ नम्बरको मोटरसाइकल चालकलाई समेत नियन्त्रणमा लिएको छ ।  यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-९ मेवाहाङ चोकबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय कबिन कार्कीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-५ पुलचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५३ ग्राम १७ मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका-२ बस्ने १९ वर्षीय बिकाश कुमार यादव र भारत बिहार पूर्णिया भवानीपुर पंचायत घर भएका १९ वर्षीय कृष्ण कुमार मेहता रहेका   छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ५० एडि नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।    सिराहा, मिर्चैया नगरपालिका-७ जिवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दिपेन्द्र कुमार मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले दिपेन्द्र मण्डलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका-१ घर भएका ३५ वर्षीयी कुमारी तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।कुमारीले युके पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख ७२ हजार २ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

विभिन्न हतियार सहित एक जना पक्राउ
२०८२-०७-२०

काठमाडौं, तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१ घर भएका २३ वर्षीय शिवराज धमलालाई विभिन्न हतियार सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले शिवराजको कोठा तलासी गर्दा ईन्सास राईफल १ थान, सर्टगन १ थान, ठुलो चाईनिज पेस्तोल १ थान, एसएलआर राईफलको ब्ल्याङ्क राउण्ड २ सय ५ थान, ईन्सास राईफलको म्याग्जिन १६ थान र  ठुलो चाईनिज पेस्तोलको म्याग्जिन २ थान फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८२-०७-१९

सिराहा, गोलबजार नगरपालिका-८ पुरानो चोहर्वाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-१० दशई महाजन टोल बस्ने २० वर्षीय रूपेश सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ६० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २१ वर्षीय राजु माझीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१० गौरी मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम र नगद ७२ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पारस चन्द्र पुन र सोही महानगरपालिका-१५ गलेश्वर बस्ने पाल्पा घर भएका ४१ वर्षीय अनिष थापा रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले पारसको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने रत्ननगर नगरपालिका-२ घर भएका २८ वर्षीय सुजन मिजारलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कायालय खैरहनीबाट खटीएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८२-०७-१९

काठमाडौं, सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा सिराहा कल्याणपुर नगरपालिका-११ घर भएका २२ वर्षीय जिवन कुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाई स्क्रिनसट गरेको अश्लिल तस्विर/भिडियो फेक फेसबुक एकाउन्ट बनाई अपलोड गरी दुख/हैरानी दिई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई सिराहाबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले
२०८२-०७-१८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले मंगलबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०७-१८

नवलपरासी पश्चिम, आफ्नै श्रीमती ५५ वर्षीया भिमकला थापाको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका-१३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्का बहादुर थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । खड्काले खुर्पा प्रहार गर्दा भिमकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भुमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भिमकलाको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०७-१८

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-८ बस्ने २५ वर्षीय फैजल अन्सारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९४५० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-६ किरात टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय संजय गिरी र ३१ वर्षीय सोम बहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन ३ एम्पुल र फेनारगन ३ एम्पुल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिका नगरपालिका-४ बस्ने ३१ वर्षीय हेमबहादुर थापा र २१ वर्षीय आकाश तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको बा.७ ख ६४८४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८२-०७-१८

काठमाडौं, काठमाडौं महानगरपालिका-२० चिकंमुगल डेरा गरी बस्ने दोलखा शैलुङ गाउँपालिका-३ घर भएका २१ वर्षीय सुवास बस्नेतलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ९ सय ९४ ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ निराजन बस्ती झण्डा पार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र नगद १ लाख ३ हजार रूपैयाँ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने लक्ष्मण परियार, २६ वर्षीय सन्दिप राई र १९ वर्षीय सन्देश गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लक्ष्मणको घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ सय ४० मिलिग्राम सहित धादिङ थाक्रे गाउँपालिका-६ बस्ने ३० वर्षीय बिष्णु अधिकारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-७ पुरानो बाहुनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २८ ट्याब्लेट सहित सोही नगरपालिका-६ बस्ने १६ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम १सय ८० मिलिग्राम सहित केराबारी गाउँपालिका-८ बस्ने १९ वर्षीय आशिष श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गुलरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३४ मिलिग्राम सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय गणेश बहादुर बोहरा, २३ वर्षीय मिलन भट्ट, २२ वर्षीय रिदम भट्ट, ३२ वर्षीय हर्क देउवा, २१ वर्षीय पारस जोशी  र सोही नगरपालिका-६ बस्ने ३० वर्षीय गणेश बहादुर बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले गणेश बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ सिक्रनी बस्ने ३८ वर्षीय बिकास लामा र पोखरा महानगरपालिका-३२ बस्ने ३७ वर्षीय बिनोद ढकाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ४४९९ नम्बरको हाईसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २ सय मिलिग्राम सहित नुवाकोट किस्पाङ गाउँपालिका-३ बस्ने २७ वर्षीय राम बहादुर तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम र नगद ११ हजार ५ सय ८० रूपैयाँ सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-५ बस्ने २२ वर्षीय बिकास समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.८ प १८७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कस्थित रोल्पा थवाङी शिरिषा होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित तुलसीपुर उपमहानगरपालिका-१७  हेमन्तपुर बस्ने रूकुम पूर्व भूमे गाउँपालिका-२ घर भएका २३ वर्षीय निस्मत गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ९० मिलिग्राम सहित बर्दिया गेरूवा गाउँपालिका-१ छापापुर बस्ने २८ वर्षीय धर्मेन्द्र आचार्य समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम १० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-८ स्थित बिसाउने चौतारी क्याफे संचालन गरी बस्ने सोही नगरपालिका-५ घर भएका २८ वर्षीय हिमाल आले, सोही नगरपालिका-४ मुलपानी बस्ने २६ वर्षीय सरोज ढकाल र सोही नगरपालिका-१ बाङ्गेसिमल बस्ने ४७ वर्षीय प्रेम गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले हिमाललाई सोही नगरपालिका-८ बाट ११ ग्राम ४ सय ७० मिलिग्राम, सरोजलाई सोही नगरपालिका-४ बाट ३ सय ६० मिलिग्राम र प्रेमलाई सोही नगरपालिका-१ बाट  ३ ग्राम १ सय ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पाँच जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०७-१७

काठमाडौं, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो दक्षता, कार्यकुशलता, राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदानको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै परम्परागत सोचाइ र शैलीलाई समयानुकूल परिवर्तन गरी आ-आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवम् कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।प्रहरी महानिरीक्षक खापुङ्गले अहिलेको संवेदनशील घडीमा प्रहरी कमाण्डरको भूमिका केवल प्रशासनिक नेतृत्वमा मात्र सीमित नभई नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्ने उल्लेख गर्दै विगतमा भएका घटनाहरूको विश्लेषण गर्दै अझै परिष्कृत रूपमा उच्च मनोबलका साथ जनसेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । साथै आगामी दिनमा देखापर्न सक्ने चुनौतीहरूलाई मनन गरी सूचना संकलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनलाई प्राथमिकता दिँदै प्रचलित कानुन कार्यान्वयनमा कुनै पनि सम्झौता नगर्न समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले सांगठनिक अपेक्षा, भरोसा र विश्वासलाई कायम राखी संगठनको गौरव र प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट किरिया पुत्री भवन शिलान्यास
२०८२-०७-१७

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको सोमबार आयोजित एक कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गर्न लागिएको बताउनुभयो । आगामी दिनमा भवन निर्माणका साथै भवनबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाका प्रहरी नायव उपरीक्षक वुद्धि सागर पुरीले भवन निर्माणको उद्देश्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।    नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी दुखद निधन हुँदा आशौच बार्ने संस्कार (किरिया पुत्री) का लागि काठमाडौं महानगरपालिका-३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको नाममा रहेको जग्गामा किरिया पुत्री भवन निर्माण गर्न गत भदौ १९ गते बसेको नीति निर्माण समितिको बैठकले निर्णय गरेको थियो । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर भएका ३१ वर्षीय राहुल पुन्जलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।राहुलले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित १२ जना पक्राउ
२०८२-०७-१७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बसुन्डोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ३ ट्याब्लेट र नगद १५ हजार रूपैयाँ सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ नागढुङगा बस्ने २८ वर्षीय निकेश कार्की र २४ वर्षीय सन्दिप भुजेल रहेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बा.८० प ८९१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, तार्केश्‍वर नगरपालिका-५ बोहोराटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्राम र नगद ४२ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने दाङ बबई गाउँपालिका-६ घर भएका ४५ वर्षीय केशव वली, दाङ तुलसीपुर उपमहानगरपालिका-२ घर भएका २२ वर्षीय निराजन चौधरी र काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने रोल्पा माडी गाउँपालिका-६ घर भएका २४ वर्षीय बसन्त पुन मगर रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनीहरूको साथबाट डिजिटल तराजु १ थान, मोटरसाइकल १ थान र मोबाइल ४ थान समेत प्रहरीले बरामद गरेको छ । नुवाकोट, बिदुर नगरपालिका-४ बट्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७७ ट्याब्लेट र स्पास्मो १ सय ३५ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-९ डिबजार घर भएका ३४ वर्षीय सन्तोष सार्की र उनकै भाइ ३२ वर्षीय बसन्त सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित लालझाँडी गाउँपालिका-६ चांददेउ बस्ने २१ वर्षीय पुर्ण बहादुर चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, कर्जन्हा नगरपालिका-४ भुलके चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १८ ट्याब्लेट सहित मकवानपुर मकवानपुरगढी नगरपालिका-४ बस्ने २७ वर्षीय रविन कुमार तिमल्सिनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले कर्जन्हाबाट बन्दिपुरतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरको   हो ।  यसैगरी सिराहा, लहान नगरपालिका-१ पडरिया टोल बस्ने २६ वर्षीय योगेश्वर चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ५० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ घुरवा बस्ने २२ वर्षीय कलम जैशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-४ तिसबिघेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट र स्पास्मो १५ ट्याब्लेट सहित सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय ईन्द्र बहादुर परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०७-१६

उदयपुर, वेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध गाँजा करिब १० किलो २ सय ३० ग्राम सहित वेलका नगरपालिका-९ बस्ने ३२ वर्षीय बल बहादुर विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को.२ ह ४२४६ नम्बरको अटोलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक बल बहादुरलाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोला बस्ने २४ वर्षीय मन बहादुर बादीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम र नगद १२ हजार १ सय १० रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बासकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-४ बस्ने २९ वर्षीय रोमन राई र केराबारी गाउँपालिका-१० बस्ने १९ वर्षीय पूर्ण तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०७-१६

नवलपरासी पश्‍चिम, आफ्नै दाई ३६ वर्षीय कृष्ण बहादुर शाहीको हत्या गरेको अभियोगमा बर्दघाट नगरपालिका-१ पुनर्बास बस्ने ३४ वर्षीय चित्र बहादुर शाहीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । चित्र बहादुरले कोदालोको बिड लगायतले प्रहार गर्दा कृष्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले चित्र बहादुरलाई पक्राउ गरेको हो ।  गुल्मी, आफ्नै बुबा ५० वर्षीय धन बहादुर विकको हत्या गरेको अभियोगमा मालिका गाउँपालिका-३ म्याल बस्ने २३ वर्षीय भोट बहादुर विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भोट बहादुरले हँसिया र काठ ठोक्ने मुहुरोले प्रहार गर्दा धन बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदह र प्रहरी चौकी अर्खवाङबाट खटिएको प्रहरीले भोट बहादुरलाई पक्राउ गरेको हो । साथै उक्त घटनामा गम्भीर घाइते भएकी भोट बहादुरकी आमा दिलमाया विकको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित १३ जना पक्राउ
२०८२-०७-१६

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय रोहन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने ३४ वर्षीय सुशिल श्रेष्ठ र २७ वर्षीय अहिम ताम्राकार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले लौकहीबाट इनरूवातर्फ आउँदै गरेको को.३ प ६६२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ घर भएका ३३ वर्षीय हिमाल मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-९ अमरावती बस्ने २२ वर्षीय टेक बहादुर साउँद र २५ वर्षीय रमेश टमाटा रहेका छन् । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले बा.७५ प८९२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, टीकापुर नगरपालिका-२ रानीकुलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-२ सीतापुर बस्ने २१ वर्षीय राज विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-७ राम टोल बस्ने २२ वर्षीय सुमित कुमार गुप्तालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनार्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, सखुवा प्रसौनि गाउँपालिका-६ लखनपुर चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १० किलोग्राम सहित पटेर्वा सुगौली गाउँपालिका-४ निचुटा बस्ने ४५ वर्षीय अब्दुला अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरिया समेतबाट खटिएको प्रहरीले उनले बोकेको ग्याँस सिलिण्डरभित्र लुकाइछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-९ झिल्मिलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-१ चौमाला बस्ने ३६ वर्षीया लक्ष्मी देवी बिष्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १० मिलिग्राम सहित भारत बिहार अररिया बस्ने ३६ वर्षीय मोहम्मद साहिदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० ट्याब्लेट र ट्रामाडोल ५ सय ५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय बिजय विक र २१ वर्षीय अर्जुन विक रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ
२०८२-०७-१६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-६ महादेवस्थानस्थित सरिता गिरीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सरिता समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-९ मटेना बस्ने ३० वर्षीय रोहित नाथको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा रोहित समेत १२ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । झापा, गौरादह नगरपालिका-५ स्कुलचौन बजार बस्ने ३८ वर्षीय दिल बहादुर मगरले संचालन गरेको सत्कार होटलमा जुवातास खेलिरहेको अवस्थामा दिल बहादुर समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ९ सय ६० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२५ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा माछापुच्छ्रे गाउँपालिका-१ बस्ने ४८ वर्षीय ओम गुरूङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार २ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०७-१५

मकवानपुर,  मनहरी गाउँपालिका-८ सिमपानी डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-७ घर भएका ५२ वर्षीय महमद मन्जुर मियालाई अवैध लागूऔषध गाँजा करिब ७ किलो १ सय ६० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-८ कुवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ग्राम ४२ मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर थाना बस्ने ४२ वर्षीय विनोद कुमार निषाद र २६ वर्षीय शिव रतन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रूपन्देही र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ वाई ०६३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २७ मिलिग्राम सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका-९ अण्डैया बस्ने २४ वर्षीय अरूण राना, भीमदत्त नगरपालिका-१८ सालघारी बस्ने २५ वर्षीय शेखर प्रसाद जोसी र सोही नगरपालिका-१५ निम्बुखेडा बस्ने २० वर्षीय ज्ञानु पाली रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले म.२ प ३५६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने २२ वर्षीय राजु सुनार समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरेन्द्रनगर र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००१ ज ०७०९ नम्बरको ईभि गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल लुटपाट तथा बिक्री वितरणमा संलग्न ५ जना पक्राउ
२०८२-०७-१५

काठमाडौं, गत भदौ २४ गतेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोली गठ्ठा लुटपाट गरी बिक्री वितरण गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पेस्तोल लुटपाटमा संलग्न काठमाडौं महानगरपालिका १५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने धादिङ धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरूङ, हतियार खरिद तथा बिक्री वितरणमा संलग्न काठमाडौं महानगरपालिका-१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, काठमाडौं महानगरपालिका-१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने भारत मोतिहारी सितामणी घर भएका २४ वर्षीय अकबर खान, काठमाडौं महानगरपालिका-१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौं महानगरपालिका-३१ बानेश्वर घर भई काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय प्रभात मल्ल रहेका छन् । प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र पेस्तोलमा लाग्ने गोली १५ थान बरामद गरेको छ ।   उनीहरू उपर हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-१५

मोरङ, ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका जहदा गाउँपालिका-१ बस्ने ३० वर्षीय सुनिल सरवरीयालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जहदा गाउँपालिका-१ राजवंशी चोक बस्ने ३८ वर्षीय मुकेश कुमार साह र उनकै श्रीमतीलाई कात्तिक १० गते साँझ सुनिल समेतका व्यक्तिहरूले ज्यान मार्ने उद्योग गरेको घटनामा जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई फरार रहेका उनीहरू मध्ये सुनिललाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको   छ ।

चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८२-०७-१५

भक्तपुर, चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर कमलविनायक बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-३ घर भएका २७ वर्षीय बिक्रम थापा, काभ्रेपलान्चोक रोशी गाउँपालिका-१ घर भएका ३० वर्षीय राम बहादुर तामाङ, रोल्पा परिवर्तन गाउँपालिका-४ घर भएका ४३ वर्षीय लोकेन्द्र पुन र उदयपुर बेलटार घर भएका ४० वर्षीय राजु राई रहेका छन् । मध्यपुर ठिमी नगरपालिका-९ निकोसेरा ढुङ्गेधारा बस्ने ७६ वर्षीय पुरूषको घरको झ्यालबाट अपरिचित व्यक्तिहरू प्रवेश गरी पीडितलाई दाउराको चिरपटले प्रहार गरी घाइते बनाएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‍घाटन
२०८२-०७-१४

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले कास्की पोखरा महानगरपालिका-६ सहिदचोकस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको परिसरमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको शुक्रबार उद्‌घाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यम मार्फत उक्त पेट्रोल पम्पको उद्‍घाटन गर्नुभएको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको चर्चा गर्दै आज उद्‌घाटन भएको प्रहरी पेट्रोल पम्पले गुणस्तरीय इन्धन उपलब्ध गराउनुको साथै नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा समेत थप टेवा पुग्ने बताउनुभयो ।   प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाई राख्न आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की एवम् कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  साथै उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक चिरञ्जीवी प्रताप महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रहरी कल्याण कोषको कुल ९ करोड ९४ लाख ७४ हजार ६ सय ७६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८२-०७-१४

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ शिवशक्ती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम र नगद १४ हजार ७ सय ८० रूपैयाँ सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-६ बस्ने ३९ वर्षीय प्रदिप सुनार, ३३ वर्षीय धिरज केसी, २३ वर्षीय महेश सुनार, २५ वर्षीय राम केदार सुनार र ३८ वर्षीय सुदन बिक्रम थापा रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले प्रदिपको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-५ बरगाछी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १७ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा खाँदवारी नगरपालिका-१ बस्ने २७ वर्षीय रूपेश कुलुङ र तेह्रथुम छथर गाउँपालिका-३ बस्ने २९ वर्षीय कर्ण सुनुवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ
२०८२-०७-१४

दाङ, घोराही उपमहानगरपालिका-१८ कात्तिके डाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१० खैरा बस्ने ३२ वर्षीय विर बहादुर बुढा मगर समेत ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-५ टुटेश्वर मन्दिरस्थित जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३८ वर्षीय टिका बहादुर किङरिङ समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार रूपैयाँ र २६ थान कौडा सहित पक्राउ गरेको हो ।झापा, बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेन डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-४ बस्ने २९ वर्षीय राज कुमार साहको कोठामा जुवातास खेलिरहेको अवस्थामा राज कुमार समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ६ सय रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८२-०७-१३

सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ६० मिलिग्राम सहित संखुवासभा धर्मदेव नगरपालिका-४ बस्ने ३७ वर्षीय ओमनाथ घिमिरेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध स्पास्मो ८६ ट्याब्लेट, डिकोलिक ७२ ट्याब्लेट र ट्रामाडोल १ सय ५९ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने २१ वर्षीय रेहान लिम्बुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको    हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने ३८ वर्षीय चाँद अलि शेष र ३१ वर्षीय बब्लु शेष रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-५ बनकटुवा बस्ने २६ वर्षीय प्रकाश रेग्मी र २६ वर्षीय प्रदिप चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका-४ गोला बस्ने ३२ वर्षीय बिर बहादुर रावल, बाँके कोहलपुर नगरपालिका-५ बस्ने २५ वर्षीय सुरज शाही र भारत कर्नाटक ब्याङलोर बस्ने २४ वर्षीय सोयत साइत रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सल्यान, शारदा नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा शारदा नगरपालिका-१ बस्ने २१ वर्षीय प्रज्वल केसी, २४ वर्षीय नुर आलम, सोही नगरपालिका-२ बस्ने २६ वर्षीय सुरज रोका र सोही नगरपालिका-१ बस्ने प्युठान मल्लरानी गाउँपालिका-२ घर भएका २४ वर्षीय सन्दिप नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ३ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा आलिताल गाउँपालिका-३ बस्ने २४ वर्षीय कैलाश धामी र बैतडी सुर्नया गाउँपालिका-७ बस्ने २३ वर्षीय अबिनाश कुवँर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, जिराभवानी गाउँपालिका-१ बलुवा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट सहित ठोरी गाउँपालिका-५ बस्ने २३ वर्षीय विज्ञान बस्नेतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७  छोरेपाटनबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ४९ एम्पुल, फेनारगन १ सय ४७ एम्पुल, नुर्फिन १ सय ४७ एम्पुल सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१८ बस्ने ३१ वर्षीय सुदिप विक र सोही उपमहानगरपालिका-१२ माटेपानी बस्ने २२ वर्षीय राहुल मगर रहेका   छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३८ ट्याब्लेट सहित लमजुङ बेसीशहर नगरपालिका-११ बस्ने २६ वर्षीय बिवश तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको म.प्र.०३-००१ ख ८१६३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, कमल गाउँपालिका-५ मंगलबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट, स्पास्पेन ३ सय ट्याब्लेट र डाइक्लोमाइन ५ सय ट्याब्लेट सहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिष्णु राजबंशी, सोही गाउँपालिका-३ बस्ने २२ वर्षीय मौसम तामाङ, सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर, शिवसताक्षी नगरपालिका-११ बस्ने २१ वर्षीय रूस्तम बर्देवा, १९ वर्षीय रूचल मगर र सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले बिष्णुको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित दुई जना पक्राउ
२०८२-०७-१३

काठमाडौं महानगरपालिका-१८ ढल्कुबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १२ राउण्ड सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१७ नयाँबजार बस्ने नुवाकोट लिखु गाउँपालिका-६ घर भएका २३ वर्षीय समिर श्रेष्ठ र सोही महानगरपालिका-१६ क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१० खोपासी घर भएका २३ वर्षीय एलेक्स नेपाली रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।उनीहरूलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८२-०७-१२

काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय २० मिलिग्राम र नगद २५ हजार रूपैयाँ सहित काठमाडौं नयाँ बसपार्क बस्ने काभ्रे रोशी गाउँपालिका-१० घर भएका २९ वर्षीय राम बहादुर दुलाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ बस्ने १९ वर्षीय आकाश चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बङ्क बस्ने २६ वर्षीय प्रदिप ऐरी र बेदकोट नगरपालिका-२ जडेपानी बस्ने २९ वर्षीय जनक बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बागमती प्रदेश.०२-०५० प ७३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-३ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८४ ग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय राकेश डगौरालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-५ फत्तेपुर बोडरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ बस्ने २७ वर्षीय निमा दोर्जी तामाङ र ३८ वर्षीय सुक बहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरील आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक खापुङ्गबाट प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन उद्‍घाटन
२०८२-०७-११

भक्तपुर, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन मंगलबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गर्नुभयो । नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिहरूमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरी प्रति नागरिहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीहरूको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक केविन जंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ४ करोड ४६ लाख १८ हजार १ सय ९७ रूपैयाँ २२ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा नेपाली सेनाका उपरथी, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी, स्थानीयबासीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।    

संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित दुई जना पक्राउ
२०८२-०७-११

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारबाट करिब ५ सय ६८ ग्राम तौल बराबरको संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार २ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकोट खाँडाचक्र नगरपालिका-६ घर भएका २५ वर्षीय रमेश बहादुर शाही र २८ वर्षीय कृष्ण बहादुर शाही रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।    

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०७-११

कैलाली, धनगढी उपमहानगरपालिका-५ हसनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१७ बस्ने २२ वर्षीय हरि चौधरी र गोदावरी नगरपालिका-९ बस्ने ३३ वर्षीय प्रविन राना रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१५ बस्ने २८ वर्षीय अरूण चन्दलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-९ शान्ति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम र नगद १८ हजार रूपैयाँ सहित सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय मनोज धिमाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.१ ह ७०६५ नम्बरको सिटी सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, बाणगंगा नगरपालिका-१ बैरिया बस्ने सोही नगरपालिका-८ बोडगाउँ घर भएका २२ वर्षीय बिजय लम्साल क्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ कपिलवस्तु नगरपालिका-११ जहदी बस्ने २८ वर्षीय अनिल बरईसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले अनिललाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०७-१०

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-४ एफ गाउँ बस्ने ३० वर्षीय खेमलाल गुरूङ र २७ वर्षीया अन्जु गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२ क्याम्पाचौरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९० ट्याब्लेट, भोमिइन ३ सय ९० ट्याब्लेट, डाईजेपाम ४ एम्पुल, बुप्रेनोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन ४ एम्पुल सहित सोही महानगरपालिका-१५ रामपुर बस्ने ३५ वर्षीय सिंह राज लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले ना.२० प ५७५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१७ बस्ने २८ वर्षीय भोजराज चौहानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय मिलिग्राम सहित सोही नगरपालिका-८ पचुई बस्ने ३० वर्षीया संगिता चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०७-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ५ सय ८० मिलिग्राम सहित चितवन भरतपुर महानगरपालिका-१२ बस्ने २७ वर्षीय लव ठकुरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ५१३ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-६ बनगाउँ बैजनाथ टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय रमेश थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुल सहित शुक्लागण्डकी नगरपालिका-९ बस्ने २५ वर्षीय सागर क्षेत्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख ९९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित भारत अररिया फारविसगञ्ज बस्ने २४ वर्षीय अलताव शेखलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, मोहन्याल गाउँपालिका-७ पितमारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २६ वर्षीय गोविन्द बिष्टलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८२-०७-०९

सिन्धुपाल्चोक, जुगल गाउँपालिका-६ हाब्रास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ बस्ने ४२ वर्षीय नन्दराज श्रेष्ठ समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ४५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१ भासीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐठपुर बस्ने ५० वर्षीय दिपक पाठक समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार १५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०७-०८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ७ किलो २ सय ९५ ग्राम सहित ३ जना भारतीय नागरिकहरू शुक्रबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २५ वर्षीय हरगोबिन्द सिह, १९ वर्षीय समिर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका हरगोबिन्द र समिरलाई ३ किलो ६ सय ४० ग्राम तथा इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका अहमद सम्पदलाई ३ किलो ६ सय ५५ ग्राम उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-६ बस्ने २१ वर्षीय अशोल राजवंशी र २२ वर्षीय रिचार्ड श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित डडेल्धुरा अमरगढी नगरपालिका-९ बस्ने २१ वर्षीय प्रकाश साउँदलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-११ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम सहित राजापुर नगरपालिका-१० कोठियाघाट बस्ने १९ वर्षीय कृष्ण विकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-४ खैरेनी बस्ने १९ वर्षीय प्रेम श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनि समेतबाट खटिएको प्रहरीले भारतको बलइगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध स्पास्मो ९७ ट्याब्लेट सहित सोही नगरपालिका-८ बिष्णुडोल बस्ने रामेछाप घर भएका १९ वर्षीय तेज रसाईलीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । गुल्मी, कालिगण्डकी गाउँपालिका-२ राक्सेबाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ एम्पुल, फेनारगन २० एम्पुल र बुप्रेनोर्फिन २५ एम्पुल सहित बाग्लुङ, बाग्लुङ नगरपालिका-२ रूद्रपिपल बस्ने ३२ वर्षीय मनोज प्रधानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पुर्तिघाट गुल्मीबाट खटिएको प्रहरीले ध.१ प ५५८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ७० मिलिग्राम सहित सबैला नगरपालिका-१३ कीर्तिपुर टोल बस्ने २० वर्षीय आकाश यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ लोकनगर बस्ने २६ वर्षीया दिल कुमारी थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-१९ तोपापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सर्वण रोका मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी दाङ, लमही नगरपालिका-४ लमही अस्पताल नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय २० मिलिग्राम र नगद १९ हजार २ सय रूपैयाँ सहित राजपुर गाउँपालिका-७ लैबरूवा बस्ने २९ वर्षीय मदन पुनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०७-०८

कास्की, पोखरा महानगरपालिका-५ बस्ने ४५ वर्षीय अनिल पराजुलीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-१८ सराङकोट घर भई सोही महानगरपालिका-५ मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-५ चिल्डेल पार्क नजिकै अनिल शनिबार बिहान अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले अनिललाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा किशोर तिमिल्सिना र अनिल बिच सामान्य बादबिबाद हुँदा चक्कु प्रहार भएको भन्ने खुल्न आए पश्चात तिमिल्सिनालाई घटनामा प्रयोग भएको १ थान चक्कु सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८२-०७-०७

मोरङ, उर्लावारी नगरपालिका-७ डेरा गरी बस्ने झापा गौरदह नगरपलिका-६ घर भएका ४३ वर्षीय मोहनसिंह बरहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ८ सय ९० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-३ तमौलीपुर बस्ने २४ वर्षीय आसबिक थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका-३ बस्ने ३५ वर्षीय मो. अजमल मिकरानी र ६० वर्षीय मो. एजाजुल हक मिकरानी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले बिआर ३० ए एल ४७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ
२०८२-०७-०७

तनहुँ, भानु नगरपालिका-४ सेपाबगैचा बस्ने ८० वर्षीय विष्णुमान श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार १ सय ४५ रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-४ कालिका टोलस्थित निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने २२ वर्षीय सुरज परियार समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार १ सय ५० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-४ लक्ष्मीपुर बस्ने राजेश कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-४ बस्ने ३२ वर्षीय श्रीधर पाण्डे समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ९ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । सप्तरी, कञ्चनरूप नगरपालिका-४ बकाल बस्ने ४६ वर्षीय किरण कुमार चौधरीको माछा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार १० रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ सय २८ किलो गाँजा सहित तीन जना पक्राउ
२०८२-०७-०५

सुनसरी, कोशी गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १ सय २३ किलो १५ ग्राम सहित भारत सुपौल तिरगंज ग्राम बस्ने २० वर्षीय मोहमद ईम्तियाज मियालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरीले प्र.१-०२-००३ ह ८७०५ नम्बरको सिटि रिक्सालाई जाँच गर्ने क्रममा ४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी सिटिमा सवार मियालाई पक्राउ गरेको हो । हाल फरार सिटि चालकको प्रहरीले खोजी गरिरहेको छ । सर्लाही, कौडेना गाउँपालिका-२ फूलपरासीबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ३ सय ग्राम सहित सोही गाउँपालिका-१ सुन्दरपुर बस्ने ३० वर्षीय लोजा बैठा समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले सुखचैनाबाट फूलपरासीतर्फ जाँदै गरेको बीआर ०७ एजी ८१०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०७-०५

इलाम, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ धजेडाँडा बस्ने ५२ वर्षीय टेकनाथ कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको  छ । टेकनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो । प्युठान, ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मल्लरानी गाउँपालिका-२ कौछे बस्ने ५५ वर्षीय खुमनाथ शर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खुमनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठान समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८२-०७-०५

मोरङ, ग्रामथान गाउँपालिका-३ सिद्राहा बाँसबारी चोकमा जुवा (कौडा) खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका-३ बस्ने ६७ वर्षीय अरूण गुप्ता समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ४० रूपैयाँ र कौडा १५ थान सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१६ माथिल्लो दिप बस्ने ६० वर्षीय बालकृष्ण गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बालकृष्ण समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९५ हजार ६ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ पुष्पलाल चोकस्थित पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१५ बस्ने ३८ वर्षीय प्रकाश धनाडी समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ९ सय ७५ रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०७-०४

 रौतहट, यमुनामाई गाउँपालिका-५ बमनहरबाट नियन्त्रित लागूऔषध फेनारगन ५ सय १ एम्पुल, डाइजेपाम ५ सय एम्पुल, नोर्फिन ३ सय ९८ एम्पुल र बुप्रेनुर्फिन १ सय १ एम्पुल सहित म्याग्दी घर भएका ६३ वर्षीया दिलमाया विक भन्ने ईनमायाँ विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरीले गौरबाट चपुरतर्फ जाँदै गरेको ना.५ ख ५०६३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१६ बालग्रामबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ८० ट्याब्लेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने २३ वर्षीय आकाश राई र २२ वर्षीय अभिनाश भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले को.३८ प २०६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत भिमनगर पन्चायत-११ बस्ने २० वर्षीय नवि हुसेन र सप्तरी राजविराज नगरपालिका-६ बस्ने १९ वर्षीय मोहमद खुसिद रहेका छन् । इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १०९ जना पक्राउ
२०८२-०७-०४

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित नेवा चुली रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रिसोर्टका संचालक सोही ठाउँ बस्ने ३१ वर्षीय राकेश श्रेष्ठ समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३१ हजार रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-११ बस्ने ५६ वर्षीय एक बहादुर भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा एक बहादुर समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ७ सय २० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।   यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० ओदान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सोही नगरपालिका-५ बस्ने ५३ वर्षीय वासु रिमाल समेत १० जनालाई गएराति प्रहरीले प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय १० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२ मोहरिया टोल बस्ने दिपक विकको घरमा जुवातास  खेलिरहेको अवस्थामा दिपक समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७३ हजार ४ सय ४५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-२६ बिजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२६ बुढिबजार बस्ने ४४ वर्षीय हेम बहादुर रानाभाट समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार २ सय ५ रूपैयाँ र १४ थान कौडा सहित पक्राउ गरेको हो । भक्तपुर, भक्तपुर नगरपालिका-४ बुल्छामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४७ वर्षीय दयाराम सायजु समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख २३ हजार ९ सय ६० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।  दाङ, राप्ती गाउँपालिका-२ लालमटियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय नरेश बुढा समेत १४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ७ सय ९५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   बर्दिया, ठाकुरबाबा नगरपालिका-४ खैलार बस्ने टोप बहादुर थापाको घर जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बग्नाह भुरिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ७ सय २५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।  स्याङ्जा, गल्याङ नगरपालिका-१ मालुङ्गा बस्ने ५० वर्षीय गणेश बस्यालको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९७ हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, बेदकोट नगरपालिका-३ दैजीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय हिक्मत सिँह रावल समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार २ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित पक्राउ
२०८२-०७-०४

भोजपुर, टेम्केमैयुङ गाउँपालिका-३ हर्कटे सामुदायिक वनबाट भरूवा बन्दुक १ थान, खुकुरी १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा सहित सोही गाउँपालिका-४ चखेवा बस्ने ४० वर्षीय सचिन सिंह राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । अर्घाखाँची, शितगंगा नगरपालिका-१० बाघखोर बस्ने ४५ वर्षीय हेम बहादुर नेपालीको घरबाट भरूवा बन्दुक १ थान, फलामको टुक्रा १७ थान र बारूद करिब १५ ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिद्धाराबाट खटिएको प्रहरीले हेम बहादुरको घर तलासी गर्ने क्रममा उक्त भरूवा बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त भरूवा बन्दुक सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश नेपालीको भन्ने खुल्न आए पश्‍चात दिनेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०७-०३

सुनसरी, रामधुनी नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुमन कुमार चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले सुमन कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।यसैगरी सुनसरी, ईनरुवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम ६ सय ९० मिलिग्राम र नगद १६ हजार रूपैयाँ सहित इटहरी उपमहानगरपालिका-१८ बस्ने ३४ वर्षीय राजु चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २३ हजार ८ सय ८० ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका-५ बस्ने १९ वर्षीय पुशपेन्द्र राज पाण्डे र भारत बिहार पुर्वी चम्पारण थाना रक्सौल प्रसौनी तपसी टोल बस्ने १९ वर्षीय सचिन कुमार रहेका छन् । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नमुनाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल घर भएका १९ वर्षीय सुगम साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ आलुमन्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने २३ वर्षीय सन्देश प्रेमी पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-३ श्रीजंग टोल बस्ने ४६ वर्षीय बाल कुमार राई र इलाम घर भएकी २२ वर्षीया मनिषा राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प ३२३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ९२ जना पक्राउ
२०८२-०७-०३

संखुवासभा, खाँदबारी नगरपालिका-१ बसपार्क बस्ने ५७ वर्षीय जित कुमार राईले संचालन गरेको खुसुमा होटलमा जुवातास खेलिरहेको अवस्थामा जित कुमार समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ९ सय ३५ रूपैयाँ, १६ थान कौडा र ४ बुक तास सहित पक्राउ गरेको हो ।  ललितपुर, महालक्ष्मी नगरपालिका-१ रातामकै चोकस्थित काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ घर भएका ४८ वर्षीय जिवन थापाले संचालन गरेको स्वाद रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा जिवन समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ७५ हजार १ सय ८५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ३३ वर्षीय सुरेश नापितको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद ४ लाख ९४ हजार ५ सय रूपैयाँ र १९ बुक तास सहित पक्राउ गरेको हो । काभ्रे, बनेपा नगरपालिका-१२ बाँसडोलस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बस्ने ३२ वर्षीय सुमन थापा समेत १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ७ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  सिन्धुली, गोलन्जोर गाउँपालिका-३ ग्वालटारस्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ४८ वर्षीय ढाल बहादुर कार्की समेत २४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८९ हजार १ सय ६१ रूपैयाँ र १ सय ६४ पत्ती तास सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ४९ वर्षीय सुरेश शिल्पकारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार ४ सय ५५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।   दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५४ वर्षीय हिमराज खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा हिमराज समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार १ सय ९५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१५ चौधरीया गाउँ बस्ने ५६ वर्षीय लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मी प्रसाद समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८८ हजार ६ सय ३५ रूपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।   जुम्ला, चन्दननाथ नगरपालिका-१ स्थित घरबाट जुवातास खेलिरहेको अवस्थामा सिंजा गाउँपालिका-५ बस्ने ३६ वर्षीय कुष्ण आरसि लगायत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७९ हजार २ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०८२-०७-०३

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा सोमबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले सोही कार्यालयको प्रांगणमा रहेको प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो ।  यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ लाई पुरस्कृत समेत गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाईन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाईन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए । प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक कृष्ण बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमूखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत  संचारकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‌घाटन
२०८२-०७-०२

नवलपरासी पूर्व, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कावासोतीको आइतबार एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको चर्चा गर्दै आज उद्‌घाटन भएको प्रहरी पेट्रोल पम्पले प्रहरी कर्मचारी तथा स्थानीय नागरिकहरूलाई गुणस्तरीय इन्धन उपलब्ध गराउनुको साथै नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा समेत थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाई राख्न आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख विष्णु प्रसाद भुसाल एवम् नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी भविश्चर पाण्डेले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  साथै उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक चिरञ्जिवी महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रहरी कल्याण कोषको कुल १० करोड ९८ लाख ८ हजार ९ सय ६६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यतामा २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन
२०८२-०७-०२

चितवन, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७९औं समूहका प्रशिक्षार्थीहरूद्वारा तयार पारिएको “स्मृतिकुन्ज” पुस्तक समेत विमोचन गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रशिक्षणको अवधिमा मेहनत, लगन र त्यागबाट आर्जन गरेको आधारभूत ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा कुनै पनि लोभ, लालच, भय र त्रासबाट मुक्त रही अन्यायमा परेका पीडित र संकटमा परेका नागरिकको सेवा गर्दै राष्ट्र सेवामा प्रखर रूपमा प्रस्तुत हुन उहाँले दीक्षित प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले जस्तो सुकै परिस्थितिमा पनि नेपाल प्रहरीले अग्रपंक्तिमा रही उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुको कुनै विकल्प नभएको उल्लेख गर्दै कठिन घडीमा पनि आम नागरिकलाई सेवा र सुरक्षा दिलाउनुका साथै विगतका त्रुटिहरूको विश्लेषण गर्दै विचलित नभई कानुन बमोजिम गर्नुपर्ने कारवाहीमा व्यावसायिक दृढताका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सुरक्षा एक अनुभूति भएको र आम नागरिकले प्रहरी प्रति बनाएको धारणाले सुरक्षामा गहिरो अर्थ राख्ने उल्लेख गर्दै प्रहरीको कर्म र धर्म नै नागरिक सेवा र सुरक्षा हो भन्ने वास्तविकतालाई मनन गरी असल आचरण र बोली वचन सहित पूर्ण व्यावसायिक भई जनअपेक्षा अनुरूप कर्तव्य निर्वाह गर्नु पर्ने उहाँले बताउनुभयो ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुभएको थियो ।तालिम संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८१ कात्तिक ९ गतेदेखि संचालित उक्त तालिममा ५३ जना महिला सहित कुल ३ सय ७७ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।  उक्त समारोहमा चितवन जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश दयाराम ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका पदाधिकारीहरू विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, प्रशिक्षार्थीहरुका अभिभावक तथा परिवारजनहरू, समाजसेवी, संचारकर्मीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८२-०७-०२

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ५८ ग्राम सहित सोही नगरपालिका-९ दिपज्योती मंगलटोल बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएका ४८ वर्षीय मान बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।कपिलवस्तु, बाणगंगा नगरपालिका-२ गबडियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ गजेहडा बस्ने ३५ वर्षीय रविन अर्याल, सोही नगरपालिका-२ बैजलपुर बस्ने २५ वर्षीय रमेश थारू र ३१ वर्षीय सन्तोष थापा रहेका छन् । इलाका प्रहरी कार्यालय पिपरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१७ घारीपाटनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम र नगद ९४ हजार ६ सय १० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २५ वर्षीय नबराज चापागाई थापा र धादिङ ज्वालामुखी गाउँपालिका-५ बस्ने २५ वर्षीय प्रकाश काप्री रहेका छन् । वडा प्रहरी कर्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, सैनामैना नगरपालिका-१० शितलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलोत्तमा नगरपालिका-७ भलवारी बस्ने ३२ वर्षीय सागर थापा र बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने ३१ वर्षीय आशिक थापा रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले लु.प्र.०१-००४ प ८४११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८२-०७-०२

सल्यान, शारदा नगरपालिका-१ श्रीनगर बस्ने ५० वर्षीय लोक बहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा लोक बहादुर समेत ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ६ सय २५ रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो ।नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ सुर्वणाचोकस्थित घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४२ वर्षीय बसन्त राज घिमिरे समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ९ सय ६० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०७-०१

ललितपुर, ललितपुर महानगरपालिका-२० नटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, बुप्रेनोर्फिन १२ एम्पुल र प्रोमेथाजाइन १२ एम्पुल सहित सोही ठाउँ बस्ने ४४ वर्षीय सुवास शाक्यलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-८ सिमानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-७ बस्ने २७ वर्षीय धुव्र कुमार थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतको शिवरात्रीपुरदेखि नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित पक्राउ
२०८२-०७-०१

मकवानपुर, मनहरी गाउँपालिका-६ हाङ्गलम बस्ने ४७ वर्षीय गोपीराम प्रजालाई भरूवा बन्दुक २ थान, अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र जनावरको जस्तो देखिने हड्डीको टुक्रा ९ थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिकै करेसा बारीमा रहेको कर्कलो घारीमा लुकाई छिपाई राखेको उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो । हुम्ला, सिमकोट गाउँपालिका-७ चुकेडी भिर भन्ने स्थानबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही गाउँपालिका-७ डाँडाफाया बस्ने ६८ वर्षीय अंग बहादुर शाही र ६३ वर्षीय लोक बहादुर शाही रहेका छन् । इलाका प्रहरी कार्यालय मुचुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण
२०८२-०६-३०

काठमाडौं, ३१ असोज, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७०औं प्रहरी दिवस २०८२ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले विशेष बढुवा प्राप्त गर्नुहुने प्रहरी वृत्त महाराजगंज काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक हेम बहादुर बिक र जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ दाङमा कार्यरत प्रहरी हवल्दार संगिता अधिकारीलाई दर्ज्यानी चिन्हद्वार सुशोभित गर्नुभयो । राष्ट्र र प्रहरी संगठनको मान, प्रतिष्ठा र गौरव बढाउनुका साथै कर्तव्य निर्वाहको क्रममा प्रदर्शन गरेको अदम्य साहस र उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गरी नीति निर्माण समितिको सिफारिसमा उनीहरूलाई १ तह विशेष बढुवा सिफारिस गरिएको थियो । साथै उहाँले प्रथम महिला प्रहरी सम्मेलन,२०८२ को सन्दर्भमा प्रकाशित " Coffee Table Book " को लोकार्पण समेत गर्नुभयो ।  सोही अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी निरीक्षक अच्युत गिरी, प्रहरी निरीक्षक रबि घिमिरे, प्रहरी निरीक्षक सरस्वती कार्की, प्रहरी वरिष्ठ नायव निरीक्षक लेखनाथ आचार्य, प्रहरी वरिष्ठ नायव निरीक्षक रमेश कार्की, प्रहरी नायव निरीक्षक पदम शेर्पा, प्रहरी सहायक निरीक्षक अमिर श्रेष्ठ र प्रहरी सहायक हवल्दार कुमार बस्नेतलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक राजेश सिलवाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी नायव निरीक्षक अशोक कार्की, उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ र प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर खड्का तथा उत्कृष्ट व्यावसायिक आचरणतर्फ प्रहरी उपरीक्षक बासुदेव पाठकलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक खापुङ्ले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी निरीक्षक संजीब बोगटी, प्रहरी सहायक निरीक्षक उत्तम बहादुर भुजेल, प्रहरी सहायक निरीक्षक दिपक पुन, प्रहरी हवल्दार अख्तर मिया र प्रहरी जवान रोशना थापा, उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायव उपरीक्षक मधु कुमार थापा, प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्का, प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, प्रहरी निरीक्षक शेर बहादुर बस्नेत, प्रहरी निरीक्षक अजय जंग थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक विजय राज खनाल, प्रहरी नायव निरीक्षक गौरव कुमार दास र प्रहरी सहायक हवल्दार दिपक राईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।  यसैगरी प्रहरी महानिरीक्षक खापुङ्ले उत्कृष्ट आन्तरिक तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी निरीक्षक जमुना जोशी, प्रहरी जवान गणेश राना मगर र प्रहरी जवान दुर्गा थापा, उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कारतर्फ प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्त, प्रहरी उपरीक्षक हरि डंगोल, प्रहरी नायव उपरीक्षक मोहन सिंह धामी, प्रहरी निरीक्षक ई. रितोष राय, प्रहरी वरिष्ठ नायव निरीक्षक शान्ति शाक्य, प्रहरी नायव निरीक्षक सन्तोष लामा, प्रहरी सहायक निरीक्षक राम बहादुर परियार(दमाई), प्रहरी सहायक निरीक्षक विद्या घले, प्रहरी हवल्दार भरत कुँवर र प्रहरी सहायक हवल्दार सुजन कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी  उत्कृष्ट प्रहरी खेल प्रशिक्षक/खेलाडी पुरस्कारतर्फ प्रहरी जवान शान्तिकला तामाङ, उत्कृष्ट प्रहरी विद्यालय शिक्षक पुरस्कारतर्फ नेपाल प्रहरी विद्यालय धरान सुनसरीमा कार्यरत सागर कार्कीलाई सम्मानपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठिका २ जना आजीवन सदस्यहरूलाई उहाँले कदरपत्र प्रदान गर्नुभयो ।  यसैगरी प्रहरी महानिरीक्षक खापुङ्ले  नेपाल प्रहरीको काम, कारवाही तथा अनुसन्धानमा सहयोग पुर्‍याउनुहुने काठमाडौं नरेफाँटका द्रोणजंग श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ भक्तपुर गठ्ठाघरका राजेश मान केसी र प्रहरी वरिष्ठ नायव निरीक्षक बिष्णु थापालाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने मोरङ विराटनगर महानगरपालिका-६ का तोरण कार्की र धनकुटा पाख्रिवास-८ का समन्त भद्र थापालाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले नेपाल प्रहरीलाई भौतिक संरचना लगायत निर्माणमा महत्वपूर्ण सहयोग गर्ने संस्था तथा सर्वसाधारणलाई समेत कदरपत्र प्रदान गर्नुभयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले आफ्नो स्थापनाकाल देखि नै कानुनी राज्यको मान्यता अनुरूप जनमुखी प्रहरी सेवाको प्रवर्धन गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहँदै आएको बताउनुभयो । प्रहरी संगठन प्रति आम नागरिकको विश्वास प्रहरी संगठनको लागि उर्जा शक्ति र मनोबल समेतको स्रोत भएको चर्चा गर्दै नागरिक केन्द्रीत पारदर्शी, स्वच्छ, छिटो, छरितो, प्रभावकारी र सेवाग्राहीमैत्री सेवा प्रवाहबाट मात्र प्रहरी प्रतिको विश्वासमा अभिवृद्धि सम्भव रहेको हुँदा उहाँहरुको गुनासो र पिरमर्का सम्बोधनमा कुनै किसिमको विलम्ब नहोस् भन्नेतर्फ संगठनका सबै सदस्यहरू सजग हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रतिको नागरिकको विश्वास र स्नेह प्रगाढ रहेको तथ्य नेपाल प्रहरीको भौतिक विकासमा आम जनसमुदायबाट प्राप्त भएको सहयोगले पुष्टि गरेको चर्चा गर्दै यो स्नेह, विश्वास र भरोसाको जगेर्ना गर्दै सबै प्रहरी कर्मचारीहरू नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । साथै प्रचलित कानुनको कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र सम्बर्द्धनलाई उच्च प्राथमिकतामा राखी आम नागरिकका संविधान प्रदत्त हक अधिकारको संरक्षणमा सदैव सचेत रहन समेत उहाँले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   

हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता - गृहमन्त्री ओमप्रकाश अर्याल
२०८२-०६-३०

काठमाडौं, ३१ असोज, गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रति जनताको अपेक्षाको बढोत्तरी सँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता रहेको बताउनुभएको छ । साथै उहाँले उक्त आवश्यकता पूर्तिको लागि परम्परागत पद्धतिलाई अक्षुण राख्दै आधुनिक प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड समेत दिनुभयो । ७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त कुरा बताउनुभएको हो ।  समारोहमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गर्नुभयो । सो अवसरमा गृहमन्त्री अर्यालले सुनसरी इनरूवा नगरपालिका-१ का अमर प्रहरी स्वर्गीय प्रहरी हवल्दार बेदराज भण्डारीकी छोरी वेनिका भण्डारी र मोरङ रतुवामाई नगरपालिका-५ का अमर प्रहरी स्वर्गीय प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको छोरा निखिल ठाकुरलाई अच्युत-मिना अमर प्रहरी पुरस्कार तथा बैतडी शिवनाथ गाँउपालिका-२ का अमर प्रहरी जवान शेर सिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाँउपालिका-५ का अमर प्रहरी जवान राम बहादुर साउदको छोरी नविना साउदलाई अच्युत-मिना अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो । साथै उहाँले नुवाकोट विदुर नगरपालिका-११ का अशक्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका-६ का अमर प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई मोति कला मिथिला अमर प्रहरी छात्रवृत्ति प्रदान गर्नुभयो ।   सो अवसरमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०८२” को लोकार्पण एवम् नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण समेटिएको “प्रहरी स्मारिका, २०८२” को लोकार्पण समेत गर्नुभयो । ‍  समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री अर्यालले अभाव, प्रभाव र दबाबको बाबजुद हरेक विषम परिस्थितिलाई प्रहरी संगठनले दृढतापूर्वक सामना गर्दै राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक वहन गर्दै आएको चर्चा गर्दै आमनागरिक र राज्यले सामना गरेका हरेक विषम परिस्थितिमा निस्वार्थ सेवाभावका साथ प्रभावकारी कार्यसम्पादन गरेको बताउनुभयो । निष्पक्ष अनुसन्धान र प्रचलित कानुनको कार्यान्वयन कानुनी राज्यका आधार भएको र निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनको साथै राज्यमा दण्डहीनताको अन्त्य समेत गर्ने उल्लेख गर्दै नेपाल प्रहरीले कुनै स्वार्थ तथा शक्तिको प्रभाव र दबाबमा नपरी आचरण, व्यवहार र सेवा प्रवाहका विविध पक्षमा सुधार गर्दै निष्पक्ष अनुसन्धानमा केन्द्रीत हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । गृहमन्त्री अर्यालले वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू, प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू बढ्दै गएको र अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको उल्लेख गर्दै त्यस्ता अपराधहरूको नियन्त्रण, रोकथाम तथा सफल अनुसन्धान गर्न नेपाल प्रहरी हरदम तयार हुनुपर्ने बताउनुभयो । साथै बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नागरिकको चाहना अनुरूप उच्च मनोबलका साथ प्रभावकारी कार्यसम्पादन गर्न उहाँले प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभयो । नेपाल प्रहरीलाई साधन स्रोतले सुसज्जित बनाई सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह मन्त्रालय सदैव कटिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी परिवारलाई शुभकामना दिँदै गृहमन्त्री अर्यालले शहादत प्राप्त अमर प्रहरी कर्मचारीहरूको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।  सोही अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग र नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले अमर प्रहरीका परिवारहरूलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।   समारोहमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्द, पूर्व आयुक्त एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बराल, गृहसचिव रामेश्वर दंगाल, सशस्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरू, अन्य बिशिष्ट अतिथि महानुभावहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् उपस्थित प्रहरी अधिकृत तथा जवानहरूले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।  समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी नेपालको संविधान प्रचलित ऐन कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो कर्तव्य र उत्तरदायित्व प्रति सांगठनिक रूपमा पूर्णत निष्ठावान रहदै आएको बताउनुभयो । हालको राजनीतिक परिवर्तनको परिस्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिहरूको सामना गर्दै आमनागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्र बिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले राज्यले निर्देशित गरेका नीति तथा आफ्नो आधारभूत दायित्वबाट नेपाल प्रहरी कहिले विमुख नभएको र विमुख हुने कल्पना समेत गर्न नसकिने उल्लेख गर्दै सांगठनिक सुदृढीकरण, आधुनिकीकरण र स्रोत साधनको उपलब्धता प्रहरीको मनोबल र सशक्तिकरणसँग जोडिएको हुँदा यी विषयहरू नेपाल सरकार र तालुक गृह मन्त्रालयबाट उच्च प्राथमिकता साथ सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीलाई आजको स्थिति सम्म आइपुग्न हाम्रा सत् प्रयासहरूमा प्रत्यक्ष वा परोक्ष रूपबाट सहयोग पुर्‍याउनुहुने अग्रज प्रहरी कर्मचारीहरू, विभिन्न संघ संस्थाहरू तथा सर्वसाधारण नागरिकहरू प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-३०

काठमाडौं, ३१ असोज सुनसरी, धरान उपमहानगरपालिका-३ बाबाधाम मार्ग बस्ने २२ वर्षीय नाम्जा शेर्पालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  बारा, प्रसौनी गाउँपालिका-३ नौतनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १९ ग्राम ७ सय ८० मिलिग्राम सहित पर्सा पटेर्वा सुगौली गाउँपालिका-३ सानो देउती बस्ने ४२ वर्षीय रामाशंकर दासलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले वीरगंजबाट प्रसौनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-७ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय निर्मल पौडेललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले बसपार्कबाट जिरोप्वाईन्टतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-०५८ प ४३८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ
२०८२-०६-३०

काठमाडौं, ३१ असोजलमजुङ, सुन्दरबजार नगरपालिका-६ मिलनचोक बस्ने ५३ वर्षीय रूक बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा रूक बहादुर समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय ५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, लम्कीचुहा नगरपालिका-५ चौरीस्थित गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३२ वर्षीय लक्ष्मण गिरी समेत १७ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी उनीहरूलाई नगद २ लाख ५४ हजार २ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।दाङ, तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ बस्ने ५८ वर्षीय कुबेर रेउलेको घरमा जुवातास खेलिरहेको अवस्थामा कुबेर समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ५ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ खजुरा बस्ने ५१ वर्षीय रूद्र प्रसाद खनालको घरमा जुवातास खेलिरहेको अवस्थामा रूद्र प्रसाद समेत ७ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ९ सय ४० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८२-०६-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० आनन्द टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ५ सय २० मिलिग्राम, नगद ३१ हजार रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय संजिब राज थिङ र सोही उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीया मनिषा थिङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले संजिबको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७३ प ५४९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०६-२९

बाँके, नेपालगंज उपमहानगरपालिका-१८ वाटरपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय टपन राना र खजुरा गाउँपालिका-२ बस्ने २५ वर्षीय पवन रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम ७ सय ग्राम २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५९ वर्षीया सविता विक र सोही नगरपालिका-३ बस्ने ३५ वर्षीय सजिव बहादुर घले रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले सविताको किराना पसलमा तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले लु.२३प ७४५१ नम्बरको स्कुटर समेत बरामद गरेको छ । सिराहा, कर्जन्हा नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम १ सय १० मिलिग्राम सहित बर्दिया बारबर्दिया नगरपालिका-५ बस्ने ३४ वर्षीय राम कुमार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय मिर्चैया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-२९

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-७ पालिया बस्ने २२ वर्षीया गीता दमाईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित इलाम माई नगरपालिका-८ बस्ने २५ वर्षीय कालन लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय आसिफ आलमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ तुलसीपुर चोक डेरा गरी बस्ने सल्यान शारदा नगरपालिका-६ हलचौर घर  भएका २२ वर्षीय दिपक रेउलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८२-०६-२९

काभ्रे, पनौती नगरपालिका-९ नौबिसेफाटस्थित सुदर्शन पौडेलले संचालन गरेको फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय प्रकाश सापकोटा समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय ४५ रूपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित बिर बहादुर बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय सुरेन्द्र विष्ट समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पटका सहित एक जना पक्राउ
२०८२-०६-२९

काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट विभिन्न प्रकारका पटका तथा आतिसवाजी १ हजार २ सय ७१ प्याकेट, नगद २ लाख नेपाली रूपैयाँ र २५ हाजर ५ सय भारतीय रूपैयाँ सहित सोही महानगरपालिका-१३ बस्ने भारत चुरू राजस्थान  घर भएका ४८ वर्षीय सुनिल कुमारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित सुनिलले भाडामा लिई संचालन गरेको गोदामबाट उक्त पटका फेला पारी पक्राउ गरेको हो ।  उनलाई विष्फोटक पदार्थ सम्बन्धी कसूर र राजस्व छली सम्बन्धी कसूर मुद्दामा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

नक्कली पेस्तोल देखाई लुटपाट गर्ने व्यक्ति पक्राउ
२०८२-०६-२८

कास्की, नक्कली पेस्तोल देखाई लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका-२० भलाम बस्ने पर्वत मोदी गाउँपालिका-१  घर भएका २४ वर्षीय सुजन विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका-१२ शितलादेवी बस्ने पीडितलाई पेस्तोल देखाई लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई नक्कली पेस्तोल (खेलौना) १ थान सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.१३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०६-२८

महोत्तरी, मनराशिसवा नगरपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित सोनमा गाउँपालिका-१ बस्ने ३१ वर्षीय रामभरोश यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी समेतबाट खटिएको प्रहरीले सरपल्लोबाट भोल्हीतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी महोत्तरी, बर्दिबास नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब १० किलो ४ सय ८२ ग्राम सहित सर्लाही हरिवन नगरपालिका-४ बस्ने २३ वर्षीय डेनिस घिसिङ समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-११ बस्ने २८ वर्षीया रन्जिता राय अमातलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ट्याब्लेट, नाईट्राभेट ४ सय १० ट्याब्लेट र स्पास्मो ३२ ट्याब्लेट सहित जाजरकोट भेरी नगरपालिका-३ स्याला बस्ने २२ वर्षीय राजन बिक समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने ३३ वर्षीय फिरोज मोहमद र उदयपुर त्रियुगा नगरपालिका-७ बस्ने १९ वर्षीय दिपक मगर रहेका छन् । अस्थायी प्रहरी चौकी  रेल्वेबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ जाँदै गरेको प्र.१-०५-००१ ह ०१४७ नम्बरको अटोमा उक्त लागूऔषध फेला पारी चालक फिरोज र अटोमा सवार दिपकलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-२८

सुर्खेत, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर घर भएका ४० वर्षीय सुजेन्द्र स्याङ्तानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुजेन्द्रले ती महिलालाई वीरेन्द्रनगर नगरपालिका-४ स्थित एरिचोकमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उदयपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-१० गिजिनचौर थुम्की बस्ने २५ वर्षीय भिम बहादुर थापा मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८२-०६-२८

  कञ्चनपुर, बेदकोट नगरपालिका-९ कोल्डस्टोरस्थित कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ७० वर्षीय बिक्रम रावत समेत ९ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ९ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-८ बस्ने ४५ वर्षीय प्रमोद जैसवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रमोद समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ५ सय ३० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०६-२७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ११ किलो २ सय ७५ ग्राम सहित ३ जना भारतीय नागरिहरू आइतबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ५० वर्षीय SALEEM IBRAHIM ANSARI, २४ वर्षीय REHAN MOHD AJAZ SHAIKH र ३२ वर्षीया ZAINAB BASHEER रहेका छन् । एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूको लगेजबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ शान्तिचोक बस्ने २२ वर्षीय दशरथ राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४१ ट्याब्लेट र डाईजेपाम ४९ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-१० धुलाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र नगद १७ हजार ५ सय रूपैयाँ सहित सोही नगरपालिका-१५ बस्ने ३६ वर्षीय कुमोलाल राजबंशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-११ बस्ने ३१ वर्षीय दिल प्रसाद थारू र बर्दिया बाँसगढी नगरपालिका-१ बबई बस्ने २१ वर्षीय सुशील विक रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मृगु, छायाँनाथ रारा नगरपालिका-१ स्थित खुद्रा पसल संचालन गरी बस्ने सोही नगरपालिका-११ घर भएका २९ वर्षीय मन बहादुर ऐडीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६६ ग्राम २ सय ७० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको उनको पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  धनुषा, बिदेह नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय ९० मिलिग्राम सहित सर्लाही ईश्वरपुर नगरपालिका-३ भक्तिपुर बस्ने २९ वर्षीय नन्दु सहनीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, गढी गाउँपालिका-४ छिटाहा नहरस्थित सडकबाट अवैध लागूऔषध गाँजा २६ किलोग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय विशाल राई समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुबहीबाट खटिएको प्रहरीले स.२ प ७१४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०६-२७

काठमाडौं, आफ्नै श्रीमती ४० वर्षीया बिमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोक डेरा गरी संखुवासभा खाँदबारी नगरपालिका-६ घर भएका ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय १९ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-०६-२६

धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९ खटौतीबाट अवैध लागूऔषध गाँजा करिब २ सय १९ किलो २१ ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका-४ बस्ने २८ वर्षीय दिननाथ यादब र कालिकामाई गाउँपालिका-१ बस्ने ५३ वर्षीय कमल राउत कुर्मी रहेका छन् । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले बिआर ०१ जिबि ८६५३ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा क्याबिन पछाडि ढालामा फल्स बटन बनाई ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८२-०६-२६

दाङ, घोराही उपमहानगरपालिका-१२ हापुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका- ७ पर्सेनी बस्ने २४ वर्षीय पियुस जिसी र सोही उपमहानगरपालिका-६ बस्ने २० वर्षीय एलिक्स केसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले रा.७ प ४२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-९ घर भई सोही उपमहानगरपालिका-१५ बुद्धि ग्यारेज बस्ने ५३ वर्षीय खुम बहादुर खत्रीबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात घोराही उपमहानगरपालिका-१५ नवज्योती टोलबाट खुम बहादुरलाई ट्रामाडोल १ हजार ४० ट्याब्लेट र नगद ५ हजार ४ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.२ प ५०७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । संखुवासभा, मकालु गाउँपालिका-५ नुमबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २८ ग्राम  र डिजिटल तराजु १ थान सहित भोटखोला गाउँपालिका-४ बस्ने २८ वर्षीय सुरेश तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नुमबाट खटिएको प्रहरीले खाँदबारीबाट भोटखोलातर्फ जाँदै गरेको को.१ ज ३१६९ नम्बरको बोलेरो जाँच गर्ने क्रममा चालकको सिट मुनि लुकाईछिपाई राखेको उक्त पदार्थ फेला पारी चालक सुरेशलाई पक्राउ गरेको हो । मोरङ, सुन्दरहरैँचा नगरपालिका-१० त्रिवेणी चोक बस्ने एलिस भन्ने प्रेम खड्कालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४९ ट्याब्लेट र डिकोलिक ५ सय ट्याब्लेट सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ पुरानो चोहर्वा बस्ने २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका-७ फुलकाहाकट्टी बस्ने २४ वर्षीय बिष्णु देव यादव रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले गोलचक्ररबाट गुम्बा चोकतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ प ३०२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रौतहट, गुजरा नगरपालिका-२ कटानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम ३ मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ बौद्ध बस्ने २० वर्षीय कोमन गुरूङ र सिन्धुली मरिण गाउँपालिका-५ बस्ने २१ वर्षीय मनिष घलान रहेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, कटारी नगरपलिका-३ कान्छीबजारबाट नियन्त्रित लागूऔषध स्पास्मो १४ ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २२ वर्षीय रत्नलाल गिरी, सोही नगरपालिका-३ बस्ने २७ वर्षीय बिजय तामाङ र २० वर्षीय अर्जुन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । झापा, दमक नगरपालिका-३ स्थित वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए३, हट नम्बर ३५३ बस्ने साजन थापा समेत ८ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले साजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी आठै जनालाई पक्राउ गरेको हो ।   दैलेख, डुङ्गेश्वर गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित नारायण नगरपालिका-७ बस्ने १९ वर्षीय उदय बहादुर बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी चुप्राबाट खटिएको प्रहरीले सुर्खेतबाट दैलेख बजारतर्फ आउँदै गरेको बा. प्र ०१-०३२ ज ७५८८ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-१० दाजुभाइ चोकबाट नियन्त्रित लागूऔषध डिकोलिक २ सय २० ट्याब्लेट र स्पास्मो ५० ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २२ वर्षीय निश्चल चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खुनियाधार बकुलाचापबाट खटिएको प्रहरीले भोक्राहाबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्रदेश १-०२-०५० प ३८८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ७ सय ट्याब्लेट र डाइक्लोमाइन २ हजार ५ सय १० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ गुम्बा लाईन बस्ने १९ वर्षीय नलन तामाङ र २१ वर्षीय प्रकाश लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.२८ प २४१० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
२०८२-०६-२६

कञ्चनपुर, भीमदत्त नगरपालिका-१२ पिपरैयास्थित सोही नगरपालिका-१३ बस्ने ३५ वर्षीय सुरेन्द्र बोहराको पसलमा जुवातास खेलिरहेको अवस्थामा सुरेन्द्र समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ४ सय ९१ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेज बस्ने राममाया घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने ३६ वर्षीय प्रेम प्रकाश वली समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ६ सय ५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-२५

सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्क चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ९७ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय कृष्ण कुमार मेहतालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ जैसपुर बस्ने २० वर्षीय रियासद अन्सारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धादिङ, धुनिवेशी नगरपालिका-६ धार्केबाट अवैध लागूऔषध पोल्याण्ड करिब २ किलोग्राम र नगद ४० हजार ४ सय ६५ रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-८ बाघबैले बस्ने २२ वर्षीय सोनाम तामाङ र २६ वर्षीय राज कुमार लोप्चन रहेका छन् । इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले बा.प्र.०२.०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
२०८२-०६-२५

भक्तपुर, भक्तपुर नगरपालिका-२ दुधपाटीस्थित ४२ वर्षीय अनिल कोजुले संचालन गरेको दरबार स्केट हाउसमा जुवातास खेलिरहेको अवस्थामा अनिल समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ६ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-२ पात्लेछाप बस्ने ३६ वर्षीय रोशन तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा रोशन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ९ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइली बस्ने ५५ वर्षीय सशिधर जैसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सशिधर समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ६० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-४ डि गाउँस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-५ बस्ने ४० वर्षीय कृष्ण चौधरी समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चार जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०६-२४

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज २३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ । साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।   दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । संगठन प्रति पुर्‍याएको योगदान, जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई आफ्नो अनुभव, विवेक र नेतृत्वबाट समग्र संगठनको विकास र संगठनको वृहत्तर हितका लागि सामूहिक भावनाका साथ कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीको विकल्प भनेको अझ सुधारिएको नेपाल प्रहरी नै भएको उल्लेख गर्दै विगतमा भएका कमी कमजोरीको विश्लेषण गरी अझ परिष्कृत र नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।   समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले नेपालको संविधान र विद्यमान ऐन कानुनको परिधि भित्र रही देशमा शान्ति सुव्यवस्था एवम् कानुन कार्यान्वयन गर्न अझ धेरै उत्प्रेरित भई व्यावसायिक निष्ठाका साथ इमानदार एवम् कर्तव्यनिष्ठ भई आ-आफ्ना जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०६-२४

सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ चतरा बस्ने ३१ वर्षीय सनम श्रेष्ठ र कञ्चनपुर भीमदत्त नगरपालिका-६ बस्ने २० वर्षीया निरा चुनारा रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूकुम पश्‍चिम, त्रिवेणी गाउँपालिका-३ खारनेटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय शिशिर डाँगी र २१ वर्षीय जीवन खड्का रहेका छन् । प्रहरी चौकी झुल्नेटाबाट खटिएको प्रहरीले शिशिरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यसैगरी, रूकुम पश्‍चिम, त्रिवेणी गाउँपालिका-६ बिसौनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने २२ वर्षीय रमेश कार्की, सोही गाउँपालिका-२ बस्ने २० वर्षीय दिपु बोहोरा र सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय कमल पुन रहेका छन् । प्रहरी चौकी झुल्नेटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ बडराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय शम्शेर शेखलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१७ समाजसेवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम र नगद २ हजार ५ रूपैयाँ सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ सुनपुर बस्ने २१ वर्षीय सुदर्शन पुन, सोही उपमहानगरपालिका-१५ बुद्धिग्यारेज बस्ने २५ वर्षीय शैलेश शाह, सोही उपमहानगरपालिका-१७ चौघेरा बस्ने २५ वर्षीय आलोक योगी र २३ वर्षीय स्टारजन रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०६-२४

काठमाडौं, टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । रड प्रहारबाट गम्भीर घाइते भएका रामको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

संरक्षित वन्यजन्तु सालकको खपटा र छाला जस्तो देखिने आखेटोपहार सहित दुई जना पक्राउ
२०८२-०६-२३

काठमाडौं, तारकेश्वर नगरपालिका-८ शिव मन्दिर चोकबाट २ किलोग्राम तौलको संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छाला सहितको खपटा जस्तो देखिने आखेटोपहार २ थान सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-३ बस्ने २१ वर्षीय लिजोङ्ग तामाङ र बेलकोटगढी नगरपालिका-१ बस्ने  ३९ वर्षीय श्याम ढुंगाना रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान  तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०६-२३

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ट्याब्लेट सहित रौतहट परोहा नगरपालिका-९ पटेल टोल बस्ने १९ वर्षीय अविनाश पटेल समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०६१२ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-२ बस्ने १९ वर्षीय पुष्पा जोशी र २२ वर्षीय सुरज रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।चितवन, माडी नगरपालिका-१ वनकट्टाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट सहित सोही नगरपालिका-३ रतनी बस्ने २६ वर्षीय सुनिल महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले भरतपुरबाट माडीतर्फ आउँदै गरेको बा .प्र. ०३- ००४ प ४७१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-४ बस्ने ४१ वर्षीय उपेन्द्र सिंह पाण्डे सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलेइ गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली,धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय अविशेक सिजापतिलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित घोडाघोडी नगरपालिका-१ नारायणपुर बस्ने २२ वर्षीय लक्ष्मी प्रसाद सापकोटा समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरीले कार्यालय भजनी र प्रहरी चौकी जनकपुर कैलालीबाट खटिएको प्रहरीले से.२ प ४०८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी,कोशी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१० बस्ने २६ वर्षीय सरोज विश्वकर्मा र २१ वर्षीय सनम माझी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
२०८२-०६-२३

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाईपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सोही ठाउँ बस्ने २८ वर्षीय विज्ञान श्रेष्ठ समेत १४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ लाख ६३ हजार ८ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  दैलेख, नारायण नगरपालिका-१ दैलेख बजार डेरा गरी बस्ने नौमुले गाउँपालिका-८ चौराठा घर भएका ३६ वर्षीय टोप बहादुर राना मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ८ सय ४० रूपैयाँ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

३७ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
२०८२-०६-२२

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३७ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २८औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अञ्जनराज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन १५ गतेबाट संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा ३७ जना प्रहरी जवानहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८२-०६-२२

काठमाडौं महानगरपालिका-६ महांकाल पानी ट्याङ्की बस्ने संखुवासभा घर भएका २८ वर्षीय श्याम शेर्पालाई नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, नोर्फिन २९ एम्पुल र फेनारगन २९ एम्पुल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट महांकालबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित सिबिर क्याम्प बेलडांगी झापामा शरणार्थीको रूपमा बसोबास गर्ने ३० वर्षीय मिलन माझीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम र नगद ५ हजार ५० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-१२ बिक्रीगाउँ बस्ने २१ वर्षीय आशिष चौधरी र  बाँके कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने १९ वर्षीय दिपेश थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, बागमती नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १४ ट्याब्लेट, स्पास्मो २ सय ट्याब्लेट र नगद २ हजार ५ सय ३० रूपैया सहित सोही ठाउँ बस्ने २८ वर्षीय जिवन घिसिङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले बा.प्र.०२-०३० प ५५७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०६-२१

धनुषा, गणेशमान चारनाथ नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा मिर्चौया नगरपालिका-७ बस्ने २४ वर्षीय निराजन यादव र सप्तरी राजबिराज नगरपालिका-१ बस्ने ३१ वर्षीय रोहन कुमार सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केवर समेतबाट खटिएको प्रहरीले सिराहा बन्दिपुरबाट बिरेन्द्रबजारतर्फ आउँदै गरेको बा.प्र.०३-००२ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, सुन्दरहरैँचा नगरपालिका-१० संगमचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९२ ट्याब्लेट सहित सोही नगरपालिका-१२ बस्ने २१ वर्षीय अमृत चौधरी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  बिराटचौकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ प्रगती टोल बस्ने २३ वर्षीय चन्दन राय र मोरङ रतुवामाई नगरपालिका-३ महादेवा बस्ने ३४ वर्षीय बिमल कामत रहेका छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले पिण्डलघुटुबाट तुलाचन चोकतर्फ आउँदै गरेको मे.३ प ३५४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-२०

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-२ चारघरे बस्ने १९ वर्षीय संजय सदालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । संजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यसैगरी उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-९ लिम्पाटार बस्ने १९ वर्षीय भोजराज परियारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भोजराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-२०

दाङ, लमही नगरपालिका-९ अमिलियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४ ट्याब्लेट र नाईट्राजेपाम ४८ ट्याब्लेट सहित तुलसीपुर नगरपालिका-८ बस्ने सल्यान बागचौर नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले नेपालगंजबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.८ प ४८०७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-६ तिलकाना बस्ने ३१ वर्षीय खड्क बहादुर रोकालाई अवैध लागूऔषध गाँजा ५७ ग्राम ७ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६० क्याप्सुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८२-०६-२०

कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-१९

दार्चुला, दुहुँ गाउँपालिका-५ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ८० ग्राम सहित सोही गाउँपालिका-१ बस्ने ५६ वर्षीय हर्क बहादुर बमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपलिका-२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय यलसन चौधरी र सोही उपमहानगरपालिका-५ डेरा गरी बस्ने घोडाघोडी नगरपालिका-११ घर भएका १९ वर्षीय पर्शुराम कठरिया रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ प २५६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०६-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम सहित मनहरी गाउँपालिका-३ बस्ने २० वर्षीय रूपेश पौडेल समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको म.प्र.०३-००१ ज ०६७० नम्बरको ईभि गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ सनोटकोलेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश खड्का, ३८ वर्षीय दिपेश घिमिरे र ३४ वर्षीय रामहरी अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ च ११२८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दिपेश खड्का तथा गाडीमा सवार दिपेश घिमिरे र रामहरीलाई पक्राउ गरेको हो ।  बर्दिया, राजापुर नगरपालिका-४ सरस्वती सामुदायिक वनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित सोही नगरपालिका अस्पताल टोल बस्ने २१ वर्षीय राहुल लोनियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-१८

झापा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-७ तुम्देन चोक बस्ने ३५ वर्षीय राकेश भन्ने युक्फोदेन शेर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उदयपुर, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-६ सोमबारे बस्ने २६ वर्षीय न्युजन राई र २२ वर्षीय भोज कुमार पाण्डेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०६-१७

काठमाडौं, गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team को अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोत साधन र तालिमको कमिका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको चर्चा गर्नुभयो । सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन उहाँले उपस्थित कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।   नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले विपद् घटना तथा प्रहरी परिचालन, मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य योजना, प्रभावकारी प्रतिकार्यका आवश्कता र भावी योजना लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गद्वारा टिका तथा प्रसाद प्रदान
२०८२-०६-१७

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले बडा दसैं २०८२ को अवसरमा शुक्रबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक खापुङ्गले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गले टिका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि विहान ९ बजे देखि दिउँसो १२ बजेसम्मको समय तोकिएको थियो । टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो । टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-१७

सुनसरी, बराहक्षेत्र नगरपालिका-३ रमाईलो चोकस्थित प्लटिङ एरियाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३५ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेट सहित सोही नगरपालिका-१० बस्ने २२ वर्षीय समिर चन्द्रवंशीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१० भुटहाखालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपेश कुमार मेहतालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले भोक्राहाबाट प्रकाशपुरतर्फ आउँदै गरेको को.१६ प ३९९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-४ बस्ने २२ वर्षीय रवी चौधरी र ३३ वर्षीय सुरेश विक रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट बडा दसैं मौलो पूजा सम्पन्न
२०८२-०६-१५

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले बडा दसैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक खापुङ्गले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।   

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-०६-१४

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देविनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६१ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने २६ वर्षीय मातृका अधिकारी र तिलोत्तमा नगरपालिका-७ बस्ने ३२ वर्षीयको दिपक मल्ल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले प्र.३-०२-००४प८५९१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, बकैया गाउँपालिका-४ तुलसीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय रोजित लामिछानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-३ दाङपुरूवा बस्ने २० वर्षीय शिव चौधरी र २१ वर्षीय सन्तोष कुमार थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, इलाम नगरपालिका-८ तिल्केनी मोडस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय विशाल आचार्यलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  इलामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०६-१३

बाँके, नेपालगंज उपमहानगरपालिका-१७ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ६० मिलिग्राम सहित भारत पिलिभित पुरनपुर घर बताउने २५ वर्षीय मोहम्मद नाजिम कुरेसी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय रविन माझी समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा उक्त पदार्थ राक्सिराङ गाउँपालिका-५ बस्ने २२ वर्षीय सोनम लामासँग खरिद गरी ल्याएको खुल्न आएपश्चात प्रहरीले सोनमलाई समेत पक्राउ गरेको छ । यसैगरी, मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो २ ग्राम सहित पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने २५ वर्षीय धर्बेन्द्र महतोलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ख ०३२३ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।दाङ, घोराही उपमहानगरपालिका-८ सौडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय १० मिलिग्राम, ३ थान मोवाइल र नगद २० हजार २ सय १० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० जलौरा बस्ने २५ वर्षीय निर्मल डाँगी र सोही उपमहानगरपालिका-१० बुधौरा चोक बस्ने २५ वर्षीय शरद घर्ती मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले रा.४ प ५२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, राजापुर नगरपालिका-४ सत्तिघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली टीकापुर नगरपालिका-७ बेलुवा बस्ने ३३ वर्षीय रन्जित चौधरी र भजनी नगरपालिका-३ बस्ने १९ वर्षीय मेजर सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय राजापुरबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ३० मिलिग्राम सहित चितवन रत्ननगर नगरपालिका-८ बागमारा बस्ने २७ वर्षीय कैलाश कार्की समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कपिलवस्तु, शिवराज नगरपालिका-६ धर्मनगरबाट अवैध लागूऔषध गाँजा ८ किलो ७ सय ६० ग्राम र नगद ८ हजार २ सय २४ रूपैयाँ सहित सोही ठाउँ बस्ने ६० वर्षीय गोपाल कुर्मी चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिरपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय ७५ किलोग्राम गाँजा सहित एक जना पक्राउ
२०८२-०६-१३

सुनसरी, धरान उपमहानगरपालिका-४ बुद्ध बिहारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ७५ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय बिबसन राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । भेडेटारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानसमेतबाट खटिएको प्रहरीले गाँजा ल्याउँदै गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा बोरा फाली भागे पश्चात  उनीहरू मध्ये बिबसनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहसचिव रामेश्वर दंगालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०६-१२

काठमाडौं, गृहसचिव रामेश्वर दंगालले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव दंगाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहसचिव दंगालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । मुलुकमा देखा पर्ने जस्तोसुकै जटिल परिस्थितीको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहसचिव दंगालले गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा क्षति भएका प्रहरीका संरचनाहरू तथा विस्थापित भएका प्रहरीहरूलाई पुनर्स्थापित गर्ने कार्यमा आम नागरिक समुदायबाट स्वस्फूर्त रूपमा भएका सहयोगहरू सराहनीय रहेको र यसले नेपाल प्रहरी प्रति जनताको आशा एवम् भरोसा उजागर गरेको उल्लेख गर्दै प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न अझ व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्ने बताउनुभयो । नजिकिँदै गरेको चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गरी प्रहरी परिचालन गर्नुका साथै आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी संगठनको समयानुकुल संस्थागत विकास, सुदृढीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने कार्यमा गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले देशको संविधान र ऐन कानुनले तोकेको अधिकार क्षेत्र, मानव अधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको परिधिभित्र रहँदै नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको बताउनुभयो । गृहसचिवज्यूबाट व्यक्त भएका समयसापेक्ष र व्यावसायिक निर्देशनलाई नेपाल प्रहरीका सकल दर्जाले हृदयंगम गरी कार्यक्षेत्रमा लागु गर्ने उहाँले बताउनुभयो । प्रहरीको क्षमतामा राज्यको प्रभावकारिता प्रतिबिम्बित हुने वास्तविकतालाई मनन गर्दै संगठन र यसमा आबद्ध जनशक्तिको क्षमता, दक्षता एवम् मनोबल अभिवृद्धिसँगै स्रोत साधनको उपलब्धतामा गृहसचिवज्यूबाट निरन्तर पहल हुने विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका कर्मठ सदस्यहरूले देशले बेहोरेको कठिन परिस्थितिहरूमा विचलित नभई राज्यप्रतिको जिम्मेवारी पूरा गरेको र भविष्यमा पनि अझ समर्पण भावका साथ दायित्व निर्वाह गरिरहने  बताउनुभयो । हालको परिस्थिति र आगामी दिनहरूमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरू र असहज परिस्थितिहरूको सामना गर्न, आम नागरिकलाई शान्ति सुरक्षा, अमन चयनको प्रत्याभूति दिलाउन र आफ्नो निस्वार्थ सेवामार्फत नागरिक भरोसाको केन्द्रबिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम र प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले अपराध अनुसन्धानलाई प्रमाणमूखी र वैज्ञानिक बनाई न्यायिक प्रकृयामा निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्यसम्पादन गर्न नेपाल प्रहरी योजनाबद्ध ढंगले अगाडि बढिरहेको उल्लेख गर्दै हाल चुनौतीका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानव बेचबिखन, साइबर एवम् विद्युतीय अपराधहरू, अवैध हातहतियारका ओसारपसार र आर्थिक अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।निरीक्षण भ्रमणको क्रममा गृहसचिव रामेश्वर दंगाल समक्ष प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी मनोबल, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-१२

उदयपुर, कटारी नगरपालिका-३ भुगोल पार्कस्थित बाटोबाट नियन्त्रित लागूऔषध स्पास्मो १० ट्याब्लेट, टापेन्टाडोल १८ ट्याब्लेट र नगद १९ हजार ८ सय ९० रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय रबिन खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दिबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४५ एम्पुल, नोर्फिन ४५ एम्पुल र फेनारगन ४५ एम्पुल सहित बाग्लुङ काठेखोला गाउँपालिका-४ जिउँ बस्ने २२ वर्षीय राजु गन्धर्बलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट राम्दिबाट खटिएको प्रहरीले बुटवलदेखि पोखरातर्फ आउँदै गरेको म.प्र ०३-००१ ख ८३५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय रोहन साउदलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-११

उदयपुर, उदयपुरगढी गाउँपालिका-७ कमानबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ८ सय ५२ ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१७ बस्ने ४५ वर्षीया लिला देवी राम र सोही नगरपालिका-८ बस्ने ४० वर्षीया अस्मिता राम रहेका छन् । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कोठिया गाउँ बस्ने २४ वर्षीय रोहित थारू र २२ वर्षीय रूपेश थारू रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-११

बाजुरा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढीगंगा नगरपालिका-५ बस्ने ३० वर्षीय पारस शाहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पारसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाँटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पाल्पा, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रम्भा गाउँपालिका-४ बस्ने २६ वर्षीय विवेक बहादुर पाण्डे र रूपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-६ घर भएका २६ वर्षीय अप्रिल घर्ती मगर रहेका छन् । उनीहरूले ती महिलालाई तानसेन नगरपालिका-४ होलाङ्दिस्थित होटल मनकामनामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकवेशी नगरपालिका-१० बस्ने १९ वर्षीय ललित खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ललितले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीमा १ हजार ५ सय ९४ जनाका लागि नयाँ भर्ना आव्हान
२०८२-०६-१०

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार ५ सय ९४ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार ५ सय ५३ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ४१ जनाका लागि दरखास्त आव्हान गरिएको हो । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ हजामतर्फ ११ जना, कुचीकारतर्फ १५ जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीतर्फ हजाम र कुचीकार पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने        छ । प्रहरी कार्यालय सहयोगीतर्फ खेलाडी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-१०

स्याङ्जा, पुतली बजार नगरपालिका-‍१ शहिदचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९० एम्पुल, फेनारगन ९० एम्पुल र नोर्फिन ९० एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका-५ बस्ने ३२ वर्षीय अशोक बाचे मगर र कास्की पोखरा महानगरपालिका-२३ बस्ने २७ वर्षीय नविन परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ४६८५ नम्बरको ट्याक्सीमा उक्त लागूऔषध फेला पारी चालक अशोक र ट्याक्सीमा सवार नविनलाई पक्राउ गरेको हो । सिराहा, मिर्चैया नगरपालिका-५ मिर्चैया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९८ ग्राम १० मिलिग्राम सहित सप्तरी राजबिराज नगरपालिका-७ बस्ने ४० वर्षीय दुर्गेश कुमार झा लाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय मिर्चैया समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८२-०६-०९

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३७औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा उहाँले विपद् उद्दारकर्मीको रूपमा खटिँदा विपद्को जोखिमलाई मनन गरी तालिममा सिकाइएका व्यावहारिक एवम् सैद्धान्तिक ज्ञानलाई उच्चतम प्रयोग गरी आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम कुमार दानीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै साउन ११ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान २७ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८२-०६-०९

काठमाडौं, ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी धनुषा जनकपुरधाम उपमहानगरपालिका-१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१४ घर भएकी ऐश्वर्या दाहाल पक्राउ परेकी छिन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-०९

बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-६ दमौली बस्ने २० वर्षीयक प्रताप चौधरी र बाँके नेपालगंज उपमहानगरपालिका-४ बसपार्क बस्ने बाँके राप्ती सोनारी गाउँपालिका-४ घर भएका २० वर्षीय सन्दिप परियार रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रौतहट, चन्द्रपुऱ नगरपालिका-६ देउराली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित सोही नगरपालिका-७ बस्ने ५३ वर्षीय दिपेन्द्र कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले ना.३३ प ९५३३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई कालो पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ५० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बस्ने १९ वर्षीय भुवन नाथलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०६-०९

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत वेष्ट बंगाल सिक्किम बरदाङ बस्ने ३० वर्षीय मनोज राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।  सिराहा, सिरहा नगरपालिका-१७ पटेर्वा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले स.४ प ७१९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-३ लखना बस्ने ३१ वर्षीय शिव प्रसाद थारू, ३० वर्षीया प्रतिभा थारू र ३१ वर्षीया रामरती थारू रहेका छन् । उक्त स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ ट्याब्लेट र नाइट्राजेपाम १८ ट्याब्लेट सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-६ गाइडर बस्ने १८ वर्षीय किशोर, २५ वर्षीय नारायण खड्का र १९ वर्षीय सुरेन्द्र वली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले लु.प्र.०२-००१ प ४१३९ नम्बरको स्कुटर र बा.७६ प ७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०६-०९

सुनसरी, इटहरी उपमहानगरपालिका-१६ उब्दी बस्ने ४२ वर्षीय राम कुमार चौधरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय लाले चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राम कुमारले लेनदेनको विषयलाई कुटपिट गर्दा लाले गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका राम कुमारको विराट टिचिङ अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्य भएको हो । नवलपरासी पूर्व, आफ्नै श्रीमती ३७ वर्षीया संगिता पौडेल पाण्डेको हत्या गरेको अभियोगमा कावासोती नगरपालिका-८ सगरमाथा टोल बस्ने ४२ वर्षीय सूर्य प्रसाद पाण्डेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूर्य प्रसादले घरायसी विवादको क्रममा चक्कु प्रहार गर्दा संगिता गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले संगितालाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०६-०८

झापा, बिर्तामोड नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय मुस्ताज मुस्लिम र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय समिर खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने २६ वर्षीय बिरेन्द्र लिङ्देनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ३३ वर्षीय हर्क बहादुर कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बझाङ, जयपृथ्बी नगरपालिका-७ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो १ सय ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छबिसपाथिभेरा गाउँपालिका-२ बस्ने २२ वर्षीय ज्ञानेन्द्र मण्डेल र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम र नगद ४५ हजार २ सय ७० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका-४ बस्ने २६ वर्षीय राजेन्द्र क्षेत्री र सोही नगरपालिका-४ बस्ने २६ वर्षीय बिमल पोख्रेल रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय राजिव सुनार र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१३ बस्ने ३० वर्षीय विक्रम भन्ने ओम बहादुर सार्कीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट सहकारी चोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हातहतियार सहित तीन जना पक्राउ
२०८२-०६-०८

कैलाली, गौरीगंगा नगरपालिका-१ बाट पेस्तोल २ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले समिरलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली २८ राउण्ड तथा आभाषलाई पेस्तोल १ थान सहित पक्राउ गरेको हो । साथै घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  गोरखा, पालुङटार नगरपालिका-३ मैबल बस्ने ६३ वर्षीय राम बहादुर राना मगरलाई एकनाले भरूवा बन्दुक २ थान,  बारूद जस्तो देखिने पदार्थ र फलामको गज ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ
२०८२-०६-०८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलको आगमन भन्सार एरीयाबाट सुन जस्तो देखिने पदार्थ करिब ८ सय ३५ ग्राम सहित भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेका छन् । ईण्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई आगमन भन्सार एरीयामा चेकजाँच पश्चात उक्त स्थानमा खटिएको प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगि भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको पदार्थ फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०६-०७

नवलपरासी पश्‍चिम, प्रतापपुर गाउँपालिका-१ सिसहानियाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ३२ एम्पुल, बुप्रेनोर्फिन १ सय ३२ एम्पुल र प्रोमेथाजाइन १ सय ३२ एम्पुल सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२९ बस्ने २१ वर्षीय रोहित सेन्चुरी, १७ वर्षीया किशोरी र ३९ वर्षीय बादल बस्याल रहेका छन् । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-३ तिलकपुर बस्ने ६० वर्षीय राम सिंह साउद र उनकै छोरा २८ वर्षीय हेमन्त साउदलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ सय १८ ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भासी र नौलाखेतबाट खटिएको प्रहरीले राम सिंहको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय ३६ किलोग्राम गाँजा सहित मिनिट्रक चालक पक्राउ
२०८२-०६-०७

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई  सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाईछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी मिनिट्रक चालक रमेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-०६-०७

मकवानपुर, मनहरी गाउँपालिका-७ रिभर साईडबाट अवैध लागूऔषध गाँजा १५ किलो ६ सय ग्राम सहित सोही गाउँपालिका-७ बस्ने ४० वर्षीय बिक्की भन्ने केदार स्याङ्तानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले सडक छेउमा रोकी राखेको ना.१ ह ६३८९ नम्बरको अटो तलासी गर्दा उक्त गाँजा फेला पारी अटो नजिकै रहेका स्याङ्तानलाई पक्राउ गरेको हो । सप्तरी, कन्चनरूप नगरपालिका-१० धनकट्टाबाट अवैध लागूऔषध गाँजा ८ किलो ३ सय ७५ ग्राम सहित उदयपुर बेलका नगरपालिका-६ बस्ने ४९ वर्षीय बम बहादुर माझीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।सुर्खेत, गुर्भाकोट नगरपालिका-८ भेरीपुल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश विक समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेहेलकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट मेहलकुनातर्फ आउँदै गरेको बा.प्र.०८००१ ज ०१२७ नम्बरको इभि भ्यान तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक प्रकाश समेत उनीहरूलाई पक्राउ गरेको हो ।कैलाली, टीकापुर नगरपालिका-७ सत्ती बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय हिक्मत ठकुल्लालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्‍कीचुहा नगरपालिका-६ बाकमाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय गोबिन्द घर्ती मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०६-०६

रूपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, बुप्रेनोर्फिन ५० एम्पुल र प्रोमेथाजाइन ५० एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ भिलरहवा बस्ने २३ वर्षीय अक्ष्य कुमार हरिजन र सोही गाउँपालिका-२ पकडी बस्ने २२ वर्षीय गुलाब हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले भैरहवाबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु.१० प ५८४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ७२ एम्पुल र प्रोमेथाजाइन ९० एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ जानकी टोल बस्ने २३ वर्षीय आशिष नेपाली र २४ वर्षीय अर्जुन दमाई रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, लम्कीचुहा नगरपालिका-४ कौवापुर पूर्णिमा सामुदायिक वन नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय खडक सिजाली मगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-२ दुर्गा टोल बस्ने १९ वर्षीय शाहरूख कुरैसीलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ६ सय ३० ट्याब्लेट र स्पास्मो ३ हजार ९ सय ४२ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोल सहित एक जना पक्राउ
२०८२-०६-०६

काठमाडौं महानगरपालिका-१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-८ घर भएका ३० वर्षीय हिरा बहादुर मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बा.प्र.०१-००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८२-०६-०५

बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ रत्नराजमार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय २० ट्याब्लेट सहित जुम्ला चन्दनाथ नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ अदौराकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ अदौरा बस्ने २३ वर्षीय प्रभाकर धोबी र बाणगंगा नगरपालिका-११ बरहवा बस्ने १९ वर्षीय सागर पासी रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले प्रभाकरलाई ५ सय ३० मिलिग्राम र सागरलाई १ ग्राम ५ सय ७० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय दिपेन्द्र खत्री समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-०५

तनहुँ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-३ तुरतुरेस्थित श्रेष्ठ मेडिकलमा कार्यरत सिराहा लहान नगरपालिका-१२ घर भएका ४१ वर्षीय सुमित शाहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुमितले ती बालिकालाई सोही मेडिकलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पाल्पा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-५ रानाटोल बस्ने २० वर्षीय अशिल श्रेष्ठ र सोही नगपालिका-४ दधरान बस्ने २० वर्षीय प्रबेस मल्ललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०६-०४

रूपन्देही, सैनामैना नगरपालिका-११ बनकट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ९० मिलिग्राम सहित कञ्चन गाउँपालिका-१ मन्दिर डाँडा बस्ने २७ वर्षीय रेशम श्रीसलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । झापा, झापा गाउँपालिका-४ पेच्कर बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय फिरोज आलमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-६ 'ङ' गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने १९ वर्षीया संगिता राना, लम्कीचुहा नगरपालिका-९ बस्ने २० वर्षीया रेनुका चौधरी र कञ्चनपुर बेलौरी नगरपालिका-४ बस्ने १८ वर्षीया किशोरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-२७ जसौली गाउँबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-७ बस्ने ५० वर्षीय देवेन्द्र राउत र बहुदरमाई नगरपालिका-२ सिरसियारी बैरिया टोल बस्ने ४० वर्षीय अशोक यादव रहेका छन् । अस्थायी प्रहरी पोष्ट उदयपुरघुर्मी समेतबाट खटिएको प्रहरीले बडनिहारबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एन ०४९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-६ बस्ने ३० वर्षीय गणेश श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिवास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९७ ग्राम १ सय ६० मिलिग्राम सहित सिराहा मिर्चैया नगरपालिका-६ बस्ने २४ वर्षीय रोहित महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख १८९८ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०६-०३

कपिलवस्तु, वाणगंगा नगरपालिका-८ ढोडेकोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया सिता भन्ने सकुन्तला मानन्धर र सोही नगरपालिका-७ कोईली बनगाई बस्ने ३४ वर्षीय सन्तोष भन्ने नर बहादुर पुन रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले सकुन्तलाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोलीखोला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय २० मिलिग्राम सहित कालिकोट पलाँता गाउँपालिका-८ बस्ने ३० वर्षीय दन्त बहादुर रोकायलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र ०२-००१ ज ०६२४ नम्बरको भ्यानमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम सहित सिराहा लहान नगरपालिका-२२ सिसबनी बस्ने २६ वर्षीय जेनिस चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०७-००१ ख ००१९ नम्बरको हाईसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-०३

काठमाडौं, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हिराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  धादिङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेनीघाट रोराङ गाउँपालिका-३ ओरवाङ बस्ने ३२ वर्षीय जगत कोईरालालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जगतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०६-०२

काठमाडौं, गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र संक्रमणकालहरूमा अविचलित रहँदै देश र जनताको स्वार्थ र आकांक्षालाई केन्द्रबिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो ।गृहमन्त्री अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम् र चेतनशील पुस्ता जेन-जी ले गरेको ऐतिहासिक आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने र यसका उपलब्धीहरूको संरक्षणका लागि रचनात्मक योगदान पुर्‍याउने कुरामा आफू र नेपाल सरकार विश्वस्त रहेको बताउनुभयो । अत्यन्त सीमित स्रोत साधनहरूको उपलब्धताका बीच नेपाल प्रहरीले पनि हालैको आन्दोलनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भन्नुभयो, ‘ आन्दोलनको क्रममा नेपाल प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए संकट अझै बढ्ने र राज्यले अझ ठूलो र अकल्पनीय क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको थियो । म यस ऐतिहासिक घडिमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको उच्च कदर र सम्मान गर्दछु । आन्तरिक सुरक्षामा नेपाल प्रहरीको प्रमुख दायित्व नै जनधनको सुरक्षा गर्नु हो । पूर्व सरकारविरूद्धको जनआक्रोशका बीच कानुन कार्यान्वयन र शान्ति सुव्यवस्था कायम गर्ने निकायको रूपमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमतापूर्ण व्यवहारले राज्य, नागरिक र निकायहरूमा हुन सक्ने ठूलो क्षतिलाई न्यूनीकरण गरेको मैले महसुस गरेको छु । यसका लागि नेपाल प्रहरीका कुनै पनि कर्मचारीले ग्लानि महसुस गर्नुपर्ने कुनै कारण छैन । यहाँहरू सदैव जनताको मनमा हुनुहुन्छ, ढुकढुकीमा हुनुहुन्छ र आफ्नो जिम्मेवारीलाई अझ दृढ रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’गृहमन्त्री अर्यालले नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आम जनताको दैनिकीमा अत्यन्त ठूलो र नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने अवसर प्राप्त हुने बताउनुहुँदै कानुन बमोजिम कर्तव्य पालनाको क्रममा उच्च मनोबल बनाउनुपर्ने तथा कार्यक्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । आम जनताहरूमा प्रहरी सेवाको आवश्यकता र महत्व कति रहेको भन्ने कुरा हालै भएको आगजनी र तोडफोड भएका प्रहरी इकाइहरूको पुनर्स्थापना, प्रहरी कर्मचारीहरूको सम्मान र मनोबल बढाउनका लागि समुदायले लिएको अग्रसरताबाट पुष्टि भएको बताउँदै नेपाल सरकार एवम् गृहमन्त्रालयबाट नेपाल प्रहरी संगठनको सुदृढिकरण र प्रहरी कर्मचारीहरूको मनोबल बढाउनुका लागि ठोस प्रयासहरू हुने उहाँले उल्लेख गर्नुभयो । प्रहरीप्रति राज्य र नागरिकहरूका असीमित अपेक्षा रहेको र प्रहरीले साधनस्रोतहरूको सीमितताबाट नागरिकहरूका असीमित आकांक्षाहरू सम्बोधन गर्दै आइरहेको तथा आगामी दिनमा सांगठनिक सुधारका लागि प्रहरीको नेतृत्व एवम् सबै प्रहरी कर्मचारीहरूको पहलकदमी हुनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।         कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले जस्तो सुकै कठिन परिस्थितिहरूका बीचपनि नेपाल प्रहरीका कर्मठ सदस्यहरूले आम जनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पुरा गर्दै आएको बताउनुभयो । गृहमन्त्रीज्यूबाट व्यक्त भएका सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशनले नेपाल प्रहरी प्रधान कार्यालय तथा देश भरी छरिएर रहेका प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल र उत्साह वृद्धि हुनुका साथै आगामी कार्यदिशा थप प्रभावकारी र परिणाममूखी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले हालको स्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुने सुरक्षा चुनौतीहरू एवम् असहज परिस्थितिहरूको सामना गर्दै आम नागरिकहरूलाई शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउँदै नागरिक भरोसाको केन्द्रबिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिवद्ध रहेको बताउनुभयो । नेपालको संविधान, प्रचलित ऐन कानुन तथा मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको काम कर्तव्य र दायित्व प्रति नेपाल प्रहरी पूर्णत निष्ठावान रहि आफ्नो जिम्मेवारी बहन गर्दै आएको बताउँदै नेपालको फौजदारी कानुनी प्रणालीमा आधारित रहि अपराध अनुसन्धानलाई परिणाममूखी र वैज्ञानिक बनाई न्यायिक प्रकृयामा निष्पक्ष र पूर्ण व्यावसायिक रहि कार्यसम्पादन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले देशको राजधानी लगायत ठुला शहर तथा महानगरहरूमा अर्बान पुलिसिङ्का लागि दक्ष जनशक्ति, आधुनिक प्रविधि तथा उपकरण र केही कानुनी अधिकारहरूले सुसज्जित हुन नितान्त जरूरी रहेको उल्लेख गर्दै समग्र नेपाल प्रहरीको आधुनिकीकरणमा हुने विलम्बले आम नागरिकमा राज्यका संरचनाहरू प्रतिको भरोसा प्रभावित हुने र देशको आन्तरिक सुरक्षाको मेरूदण्ड कमजोर हुने बताउनुभयो । राज्यले सुम्पेको जिम्मेवारी बहन गर्ने आफ्नो मूलभूत दायित्वबाट नेपाल प्रहरी कहिलै बिमुख नभएको एवम् जनअपेक्षा अनुरूपको सेवा प्रवाहको लागि आवश्यक भौतिक स्रोत साधन र पूर्वाधार तथा नवीनतम् प्रविधिका साथसाथै वर्तमान परिपेक्षमा प्रहरी कर्मचारीहरूको हौसला र मनोबल अभिवृद्धिलाई अत्यन्त महत्वका साथ सम्बोधन गर्नुपर्ने संवेदशील घडीलाई तालुक मन्त्रालयबाट उच्च प्राथमिकताका साथ सम्बोधन हुने अपेक्षा राखेका उहाँले बताउनुभयो । युवा पुस्ताले चाहना गरेको परिवर्तनको लहरमा आफ्नो स्वार्थ सिद्ध गर्न, राज्यको ऐतिहासिक धरोहरहरू, महत्वपूर्ण प्रतिष्ठानहरू, निजि तथा सार्वजनिक सम्पत्तिहरू, व्यापारीक प्रतिष्ठानहरू लगायतमा पुर्‍याइएको क्षतिमा संलग्नहरूको पहिचान एवम् अनुसन्धान गरी कानुन बमोजिम कारवाहीको दायरामा ल्याई आम नागरिकको मनमा कानूनी राज्य र कानूनको शासनको प्रत्याभूति दिलाउन हामी सफल हुनेछौ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री अर्याल समक्ष प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी मनोबल, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०६-०२

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित उदयपुर चौदण्डीगढी नगरपालिका-२ बस्ने ३५ वर्षीय शेर बहादुर खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-८ कोठियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय अरबिन्द थारूलाई  बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बाजुरा, बडीमालिका नगरपालिका-९ बाउलीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो ५ सय ६० ग्राम सहित बुढीनन्दा नगरपालिका-१० बस्ने २८ वर्षीय बिरेन्द्र थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला परेका छन् । सुनसरी, ईनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७४ मिलिग्राम र नियन्त्रित लागूऔषध  ट्रामाडोल ४ सय ४० ट्याब्लेट सहित रामधुनी नगरपालिका-५ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-०६-०१

भोजपुर, हतुवागढी गाउँपालिका-९ ज्यामिरे भञ्ज्याङबाट अवैध लागूऔषध गाँजा १२ किलोग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हतुवागढी गाउँपालिका-१ घर भई झापा शिवसताक्षी नगरपालिका-७ बस्ने २९ वर्षीय रूद्र बहादुर कामी, मोरङ उर्लावारी नगरपालिका-५ बस्ने ३८ वर्षीय संतोष विश्वकर्मा र झापा कन्काई नगरपालिका-४ बस्ने २८ वर्षीय राजेश चौहान रहेका छन् । प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले को.३७ प ४५७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । बारा, बिश्रामपुर गाउँपालिका-१ खेखरियाबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय बिनोद पंडित कुमहार भन्ने मुसा पंडित कुमहारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ शक्तिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय अर्पण चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ४ सय ७५ किलो गाँजा सहित २ जना पक्राउ
२०८२-०६-०१

धनुषा, विदेह नगरपालिका-३ जोगियाराबाट अवैध लागूऔषध गाँजा ४ सय ७५ किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-१ बस्ने २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । वीरेन्द्रबजारबाट आउँदै गरेको प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागूऔषध गाँजा ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले गणेशमान चारनाथ नगरपालिका-४ वीरेन्द्रबजारस्थित सडकमा रोकी राखेको अवस्थामा उक्त गाडी फेला पारी चालक बिराज र सहचालक १८ वर्षीय किशोरलाई नियन्त्रण लिएको थियो । साथै थप अनुसन्धानको उनीहरूले धरानबाट उक्त गाडीमा लागूऔषध गाँजा ल्याई विदेह नगरपालिका-३ जोगियारास्थित ईट्टा भट्टामा राखेको भन्ने खुल्न आएपश्चात उक्त स्थानबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०६-०१

मोरङ, विराटनगर महानगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाईकोमाइन ८ हजार ६ सय ट्याब्लेट र ट्रामाडोल ३ हजार १ सय ५० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ताप्लेजुङ घर भएका २० वर्षीय सुन्दर शेर्पा र भारत विहार अमिडा गाम्रपंचायत-१० घर भएका २०  वर्षीय महमद असरफ रहेका छन् । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  काभ्रे, बनेपा नगरपालिका-८ तिनधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित सोही नगरपालिका-७ तरकारी बजार बस्ने पर्सा घर भएका २२ वर्षीय मौजित अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।