प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२६

काठमाडौं, बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४७ वर्षीय राजु मिजारलाई  सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट विभिन्न मितिमा १२ वटा बैंकिङ कसुर मुद्दा र २ वटा चेक अनादर मुद्दा गरी जम्मा १४ वटा मुद्दामा ४३ लाख २३ हजार ५ सय ३४ रूपैयाँ ८० पैसा जरिवाना, क्षतीपुर्ति रकम १ लाख ७२ हजार ९ सय ४१ रूपैयाँ ३९ पैसा  र  ९० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०२-२६

सुनसरी, धरान उपमहानगरपालिका-१७ डाँडा घोपा बस्ने ३१ वर्षीय अनिल भन्ने करण खड्कालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ५० ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । मोरङ, रतुवामाई नगरपालिका-८ सुबेदी चोक बस्ने ३५ वर्षीय कर्ण बहादुर थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ३० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।झापा, दमक नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय १० मिलिग्राम सहित पाँचथर फाल्गुनन्द गाउँपालिका-७ बस्ने २५ वर्षीय सुजन नेम्वाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ बस्ने २१ वर्षीय प्रशान्त गुरूङ, २१ वर्षीय कौशल चौलागाई र सोही गाउँपालिका-४ बस्ने ३६ वर्षीय गणेश घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने सन्तोष थापा मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र नगद ६७ हजार ९ सय ५५ रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन २ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर भैंसेपाटी बस्ने रौतहट  घर भएका ३४ वर्षीय आकाश मगर र  ललितपुर सुन्धारा बस्ने अर्घाखाँची घर भएका २९ वर्षीय रवि मगर रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा बस्ने २५ वर्षीय जनक बहादुर रामजाली मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पटेर्वा सुगौली गाउँपालिका-४ घर भएका ४२ वर्षीय गौरी शंकर प्रसादलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ दक्षिण कुरहरियाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय प्रविन चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले प्रविनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । धनुषा, मिथिला बिहारी नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६७ ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने ३८ वर्षीय अबध किशोर मंडल समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले बेल्हीबाट मिथिलेश्वरतर्फ जाँदै गरेको मधेश प्र.२-०२-००८ प ४६४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०२-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१२ बस्ने स्याङ्जा घर भएका ६३ वर्षीय हुम बहादुर कुँवर, सोही महानगरपालिका-३ बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय लोकेन्द्र बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने सुनसरी घर भएका ४९ वर्षीय तोरण कुमार कार्की, ललितपुर महानगरपालिका-१३ बस्ने रामेछाप घर भएका ३७ वर्षीय रबिन्द्र खत्री, काठमाडौं टोखा बस्ने गोरखा घर भएका ४२ वर्षीय निरज गुरूङ र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने पर्सा घर भएका ४७ वर्षीया रिन्कु कुमारी रौनियार रहेका छन् ।पक्राउ मध्ये हुम बहादुरले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८८ लाख ७० हजार रूपैयाँ, लोकेन्द्रले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ, तोरण कुमारले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, रबिन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, निरजले आइसल्यान्ड पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ११ लाख ५६ हजार रूपैयाँ र रिन्कु कुमारीले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हुम बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट, लोकेन्द्रलाई काठमाडौं महानगरपालिका-७ बाट र तोरण कुमारलाई काठमाडौं महानगरपालिका-४ बाट सोमबार, रबिन्द्रलाई ललितपुर पुल्चोकबाट र निरजलाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार तथा रिन्कु कुमारीलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२६

काठमाडौं, लागूऔषध मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ४६ वर्षीय निर बहादुर गुरूङ र काठमाडौं टोखा नगरपालिका-११ भण्डारी टोल बस्ने ३२ वर्षीय सुरेन्द्र थापा रहेका  छन् ।  पक्राउ मध्ये जिल्ला अदालत काठमाडौंबाट लागूऔषध मुद्दामा ५ वर्ष कैद र नगद ५ हजार जरिवाना सजाय फैसला ठहर भएका निर बहादुर कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा रहेका थिए । साथै उक्त मुद्दामा सुरेन्द्र पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौं रहेका थिए । २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा कारागारबाट भागी फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर बहादुरलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट र सुरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-११ भण्डारी टोलबाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०२-२५

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ ट्याब्लेट, स्पास्मो ८ ट्याब्लेट र डिकोलिक १४ ट्याब्लेट सहित सुनसरी बराहाक्षेत्र नगरपालिका-३ बस्ने २२ वर्षीय अनिल राज धामीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६८६२ नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगपालिका-२३ डेरा गरी बस्ने सर्लाही घर भएका ४० वर्षीय दिनेश कुमार बैठा समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो जस्तो देखिने पदार्थ २१ ग्राम ४ सय ६० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले दिनेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०२-२५

काठमाडौं, टोखा नगरपालिका-१० टोकियो बजार टोल बस्ने सुनसरी धरान उपमहानगरपालिका-१५ घर भएका ३८ वर्षीय युगसाङ राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ६ सय ४० मिलिग्राम, डिजिटल तराजु १ थान, नगद १ लाख १५ हजार रूपैयाँ र भारतीय रूपैयाँ २ हजार २ सय सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग गोंगबुका खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ १ ग्राम ५७ मिलिग्राम सहित गौरीगंज गाउँपालिका-१ रङगेथान बस्ने २० वर्षीय जिवन राजवंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय राजु राजवंशी र ३० वर्षीय बिक्रम भन्ने अभिनास चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो ।उदयपुर, त्रियुगा नगरपालिका-११ ज्योतिनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक कार्की ढोली र सोही नगरपालिका-३ लच्का बस्ने ३० वर्षीय फिलेमान शाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले प्र.१-०५-००१ प ८५२७ नम्बरको स्कुटरमा सवार अभिषेक र को.प्र.०५-००२ प ३६४१ नम्बरको मोटरसाइकलमा सवार फिलेमानलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका-४ झ्यालबासबाट नियन्त्रित लागूऔषध फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुल र डाइजेपाम १३ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२९ बस्ने ३३ वर्षीय ओम प्रकाश गर्वुजा पुन र सोही महानगरपालिका-३० बस्ने ३७ वर्षीय मदन गुरूङ रहेका छन् । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले प्रदेश ०१-०२-०५५ प ३६६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ खोपीचारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २९ वर्षीय शेर सिंह रोका मगर  र सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय अबिन केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-२ पाखापानीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३६ एम्पुल, फेनारगन ३६ एम्पुल र बुप्रेनोर्फिन ३६ एम्पुल सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुजन विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जीतगढीकिल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु.१८ प ७८३५ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।सुनसरी, बराहक्षेत्र नगरपालिका-७ सृजना टोल बस्ने २५ वर्षीय रबि श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ७० मिलिग्राम र नगद ४५ हजार ९ सय रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  रूकुम पश्‍चिम, मुसिकोट नगरपालिका-५ सेरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १३ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भुमे गाउँपालिका-२ बस्ने हिमाल घर्ती र २८ वर्षीय राज बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिम समेतबाट खटिएको प्रहरीले रा.७ प ९६१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध स्पास्पेन ३३ ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ धापासी बस्ने ३० वर्षीय सन्तोष खाती र २६ वर्षीय सागर श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.प्र ०१-००१ ख ०११४ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-९ पिपिरीस्थित डोको कटेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ४० मिलिग्राम सहित खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने १९ वर्षीया अञ्जली सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उक्त कटेजमा बसिरहेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-२५

कैलाली, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय प्रदिप चन्द समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  धादिङ, ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धुनिवेशी नगरपालिका-४ रूपाखेती गाउँ बस्ने ३३ वर्षीय रामशरण रूपाखेतीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामशरणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी धादिङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खनियावास गाउँपालिका-१ नेक्सा बस्ने २८ वर्षीय वर्णबास तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वर्णबासले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको प्रहरीले उनलाई सोही गाउँपालिका-४ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०२-२४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार ४० ट्याब्लेट सहित धनुषा घर भएका ३७ वर्षीय अर्मान राईनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६४८९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ भगवती स्कुल छेउबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ५० ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने ३३ वर्षीय संजय कुमार सिंह र २७ वर्षीय त्रिमणी बज्रचार्य रहेका छन् । अस्थायी प्रहरी चौकी जोरसखुवा धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ मंगलबारे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ९० मिलिग्राम सहित कनकाई नगरपालिका-३ बस्ने ३२ वर्षीय रमेश मुसहर ऋषिदेवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-८ फूलबारी टोल बस्ने २१ वर्षीय सबिन धिमाल समेत २ जनालाई अवैध लागूऔषध  ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम र नगद २५ हजार ७ सय ४० रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले सबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, लालझाडी गाउँपालिका-१ डाँडा बिचुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने १९ वर्षीय कृष्ण रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित झापा शिवसताक्षी नगरपालिका-११ बस्ने ४७ वर्षीय अशोक कुमार बोगटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१५९ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, मनहरी गाउँपालिका-८ बेलुवा डेरा गरी बस्ने बारा घर भएकी २५ वर्षीया सेहेरा खातुनलाई अवैध लागूऔषध गाँजा करिब २२ किलो ८ सय ५२ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । मोरङ, उर्लाबारी नगरपालिका-७ गोलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम १ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय निश्चल गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल चालक केशवलाई १४ ग्राम ७ सय २० मिलिग्राम र मोटरसाइकलमा सवार निश्चललाई ९ ग्राम ४ सय मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ
२०८३-०२-२४

ललितपुर, बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने ललितपुर महानगरपालिका-२ सानेपा अरूणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरामीको संचालिका गोरखा सिरानचोक गाउँपालिका-३ घर भएकी सुमन थापा मगर भन्ने सुमन कुमाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सुमनले स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छा अनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०२-२४

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रूपैयाँ सहित भारत आन्ध्र प्रदेश प्रकासम घर भएका ५९ वर्षीय Bhima Srinivas लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।  रसुवा, गोसाईकुण्ड गाउँपालिका-६ धुन्चे बजारबाट स्रोत नखुलेको नगद १९ लाख ५२ हजार १ सय सहित सोही गाउँपालिका-३ वृद्दिम बस्ने ३६ वर्षीय मिङमार छिरिङ गुरूङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरीले स्याफ्रुबेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमोमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२४

पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पकाहा मैनपुर गाउँपालिका-१ बस्ने ५० वर्षीय काशी महतो चाई भन्ने काशी प्रसाद चौहानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पकाहा मैनपुर गाउँपालिका-१ बस्ने २६ वर्षीया रावडी भन्ने रीना देवीको २०५८ फागुन २६ गते हत्या गरी वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर कर्तव्य ज्यान ( ज्यान सम्बन्धी कसुर ) मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धा गरिरहेको छ । 

ज्यान मार्ने उद्योग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२४

रौतहट, ज्यान मार्ने उद्योग कसुर मुद्दाका फरार प्रतिवादी गुजरा नगरपालिका-२ मैढा टोल बस्ने ३६ वर्षीय राज किशोर साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर सव डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वन समुहको संयुक्त गस्ती टोलीलाई चन्द्रपुर नगरपालिका-६ लमहा खोला नजिकै राज किशोर लगायत ७/८ जना व्यक्तिहरूले गत १९ गते राति कुटपिट गरेको घटनामा जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनीहरूमध्ये राज किशोरलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय विर्ता वीरगंज पर्साको समन्वयमा पर्सा वीरगंज महानगरपालिका-४ नारायणी अस्पताल नजिकैबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०२-२३

काठमाडौं, काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ग्राम सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने ३० वर्षीय आयुष श्रेष्ठ, ४० वर्षीय सनि श्रेष्ठ, ३५ वर्षीया किभा श्रेष्ठ, बारा सिम्रौनगढ नगरपालिका-८ घर भएका २३ वर्षीय निराजन कुमार, २४ वर्षीय कैमुलाह खान, काठमाडौं महानगरपालिका-१९ बस्ने ३७ वर्षीय सुरेश शाही खड्गी, रौतहट बौधीमाई नगरपालिका-९ घर भएकी १९ वर्षीया सेजल जैसवाल, दोलखा कालिन्चोक गाउँपालिका-७ घर भएका २१ वर्षीय सागर शिवाकोटी, भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ बस्ने ३५ वर्षीय भगवान थापा मगर र सिराहा कर्जन्हा नगरपालिका-९ घर भएका २० वर्षीय चेत नारायण ठाकुर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।     यसैगरी काठमाडौ, बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४६ वर्षीया सन्जु तामाङलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१५ गाविस चोक बस्ने ३२ वर्षीय पुष्प बहादुर थापा समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ३० ट्याब्लेट सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले पुष्पको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय २० मिलिग्राम सहित मेचीनगर नगरपालिका-१० बस्ने ३२ वर्षीय सुरेन्द्र गुरूङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ किरातचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-२ बस्ने २४ वर्षीय मनिस ओडारी समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-८ क्याम्पसमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने १८ वर्षीय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-११ गाईचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित सोही नगरपालिका-११ बस्ने २० वर्षीय सानो भाई भन्ने कैलाश राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ‍उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  दाङ, राप्ती गाउँपालिका-१ भालुबाङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ७० मिलिग्राम सहित कपिलवस्तु शिवराज नगरपालिका-५ पर्चिया बस्ने ४२ वर्षीय साकिर खानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्राम सहित जानकी गाउँपालिका-७ बस्ने २३ वर्षीय नरेन्द्र चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, बरियारपट्टी गाउँपालिका-३ हबलदार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित औरही गाउँपालिका-१ दरहिया टोल बस्ने २६ वर्षीय कासिन्द्र ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०२-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएकी ३१ वर्षीया लक्ष्मी थापा कार्की र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३५ वर्षीया प्रिया बानिया रहेका छन् ।  पक्राउ मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५० हजार रूपैयाँ र प्रियाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लक्ष्मीलाई काठमाडौं महानगरपालिका-३ बाट र प्रियालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-२३

भोजपुर, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका-१ श्यामसिला बस्ने ६२ वर्षीय महेन्द्र बहादुर बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सल्यान, २८ वर्षीया  महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका-१ चामे बस्ने ६३ वर्षीय नर बहादुर डाँगीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

४४ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८३-०२-२२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ४४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार प्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ ३ जना गरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा ४ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ १२ जना गरी प्रहरी उपरीक्षक पदमा १३ जना, प्राविधिक प्रहरी  नायव उपरीक्षक पदमा १६ जना र प्राविधिक प्रहरी निरीक्षक पदमा १४ जना गरी कुल ४७ जनामध्ये ४४ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको हो । पदोन्नति भएका मध्ये १ जना प्राविधिक प्रहरी उपरीक्षक र २ जना प्राविधिक प्रहरी नायव उपरीक्षकहरू हाल तालिमको सिलसिलामा कोरियामा रहनुभएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो कार्यक्षेत्रमा प्रदर्शित लगनशीलता, इमानदारिता, व्यावसायिक निष्ठा र सेवाप्रतिको अटुट प्रतिबद्धताको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढि सिर्जनशील, थप जवाफदेही र संवेदनशील भई कार्यसम्पदान गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले शान्ति सुव्यवस्था कायम गर्ने एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने नेपाल प्रहरीको मुल दायित्वमा जनपद तथा प्राविधिक समूहको उत्तिकै महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट संगठनले सकारात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरेको बताउनुभयो । पदोन्नतिसँगै पदिय दायित्व र मर्यादाको घेरा पनि बढ्दै जाने हुनाले त्यसतर्फ सचेत भई काम गर्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठानिक मूल्य मान्यतालाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धि हुने गरी दायित्व बहन गर्न उहाँले निर्देशन दिनुभयो । परिवर्तित परिस्थितिसँगै थप चुनौती र प्रहरीसँग नागरिकको अपेक्षा पनि बढिरहेको उल्लेख गर्दै निष्पक्ष, व्यावसायिक र जनउत्तरदायी भई राज्यको असल प्रतिनिधिका रूपमा सांगठनिक छवि बढाउँदै कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।    सो अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीमा पूर्ण समर्पित भई संगठनको लक्ष्य प्राप्तीमा अझ उत्कृष्ट ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवम् जवानहरूको समेत उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०२-२२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित झापा दमक घर भएका ३० वर्षीय सुरज साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-७ मियाबारी बस्ने ४० वर्षीय शेर महमदलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ
२०८३-०२-२२

काठमाडौं, नागार्जुन नगरपालिका-३ तीनधाराबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट र ट्रामाडोल १ सय १० ट्याब्लेट सहित काठमाडौं तीनधारा बस्ने काभ्रे रोशी गाउँपालिका-११ घर भएका ३२ वर्षीय गुञ्जा तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा.५९ प ६५०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, रतुवामाई नगरपालिका-६ कादुपाडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय रोशन खत्री र सोही नगरपालिका-८ बस्ने २२ वर्षीय समिर कटुवाल रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१३ परस्पुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१२ चप्परचौडी बस्ने ३० वर्षीय सुशान्त विश्चकर्मा र नेपालगंज उपमहानगरपालिका-६ फुलटेग्रा बस्ने ३१ वर्षीय सोनु हल्वाई रहेका छन् । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उधौपुर्वाबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१० प ६३४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-३ नौवस्ताबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ अम्बापुर बस्ने २८ वर्षीय बिजय पोख्रेल समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ जानकी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम र नगद ११ हजार ३ सय १० रूपैयाँ सहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ धर्ना बस्ने २५ वर्षीय विपिन केसी, सोही उपमहानगरपालिका-५ रतनपुर बस्ने २५ वर्षीय पुष्कर भण्डारी, रोल्पा सुनिलस्मृती गाउँपालिका-५ काभ्रा बस्ने २९ वर्षीय किरन थापा र प्यूठान स्वर्गद्वारी नगरपालिका-३ भिङग्री बस्ने २८ वर्षीय उत्तम सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सप्तरी, सप्तकोशी नगरपालिका-१ हेडबाँधबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु १३ किलो २ सय २० ग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय भुपराज कार्कीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-६ चैनपुर बस्ने २१ वर्षीय बिकास थापा मगर समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले बिकासको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  रसुवा, उत्तरगया गाउँपालिका-१ सल्लेटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र डिजिटल तराजु १ थान सहित  नुवाकोट किस्पाङ गाउँपालिका-५ पहिरेबेशी बस्ने २६ वर्षीय आशिष लामालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मैलुङबाट खटिएको प्रहरीले उनको किराना पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सिराहा, धनगढीमाई नगरपालिका-१० जिरोमाइलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही नगरपालिका-८ कसहा बस्ने २३ वर्षीय धिरज कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सिराहा, गोलबजार नगरपालिका-६ गोलबजार टोल डेरा गरी बस्ने भारत उत्तरकाशी घर भएकी ३५ वर्षीया कमला देवीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ८ सय ९५ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २२ वर्षीया पुष्पा परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, झापा गाउँपालिका-५ सिलमडांगीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ४ मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-६ बस्ने १९ वर्षीय बिमल कार्की र दमक नगरपालिका-१ बस्ने २० वर्षीय सन्देश कुमाल रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट  खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र. १-०२-०४२ प ३२४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ बस्ने ३७ वर्षीय कमरूदीन मिया र उनकी श्रीमती २६ वर्षीया संजिला शेख मिया रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, रत्ननगर नगरपालिका-१५ माधवपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १८ एम्पुल, नोर्फिन १८ एम्पुल फेनारगन १८ एम्पुल, ट्रामाडोल २७ ट्याब्लेट, प्रोमेथ २९ ट्याबलेट, करिब १ सय ग्राम गाँजा र नगद १९ हजार ३ सय ३० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय अजित वाइबा समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पञ्चकन्याबाट खटिएको प्रहरीले अजितको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बागलुङ, बागलुङ नगरपालिका-१ मालढुङगाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित पर्वत कुश्मा नगरपालिका-१ मालढुङगा बस्ने २१ वर्षीय विवेक खत्री समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले ग. १४ प ९८६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-८ बस्ने ३३ वर्षीय रंजित राई र २० वर्षीया मिखी राई रहेका छन् । प्रहरी चौकी भोक्राहाबाट खटिएको प्रहरीले स. १० प ५९८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बारा, बिश्रामपुर गाउँपालिका-२ बरैनिया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ३ सय ९० सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा जगरनाथपुर गाउँपालिका-६ सन्ठी गाउँ बस्ने २० वर्षीय अजित मगिज्ञा र भारत मोतिहारी हरपुर पञ्यायत-६ बस्ने २१ वर्षीय राकेश कुमार साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०५ बीटि ३७५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोर, काठमाडौं महानगरपालिका-३१ बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका ३५ वर्षीय अस्कर हुमागाई,काठमाडौं महानगरपालिका-३ बस्ने मोरङ घर भएका ४५ वर्षीय पबित्रजंग बुढाथोकी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने दोलखा घर भएका ४१ वर्षीया बेलु माया तामाङ रहेका छन् । पक्राउ मध्ये अस्कर र किशोरले जापान पठाइदिन्छु भन्दै २५ जना पीडितहरूबाट ४० लाख ३० हजार रूपैयाँ, पबित्रजंगले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ र बेलु मायाले सर्विया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले किशोरलाई काठमाडौं महानगरपालिका-६ बाट र पबित्रजंगलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार तथा अस्करलाई काठमाडौं महानगरपालिका-३१ बाट र बेलु मायालाई काठमाडौं महानगरपालिका-७ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

गैर कानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान जस्ता देशहरूमा पठाउने ६ जना पक्राउ
२०८३-०२-२२

काठमाडौं, गैर कानुनी तवरले महिलाहरूलाई कुवेत, ओमान जस्ता देशहरूमा पठाउने कार्यम संलग्न रहको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने संखुवासभा घर भएका ४६ वर्षीय आशिष भन्ने केदार बहादुर खड्का, ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्सका संचालक काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बस्ने गुल्मी घर भएका ४४ वर्षीय राम बहादुर क्षेत्री, ग्लोरी वर्ल्ड होलिडेज ट्राभल्समा कार्यरत काठमाडौं महानगरपालिका-८ गुहेश्वरी बस्ने सिन्धुपाल्चोक घर भएका ४५ वर्षीय ईश्वर न्यौपाने, प्रविण टुर्स एण्ड ट्राभल्सका संचालक भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने सप्तरी घर भएका ४२ वर्षीय प्रकाश साह, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ पिपलबोट बस्ने मोरङ घर भएका ५२ वर्षीय कुमार उराउ र काठमाडौं महानगरपालिका-९ भिमसेनगोला बस्ने खोटाङ घर भएका ४७ वर्षीय पशुपति राई रहेका छन् । गैर कानुनी तवरले पीडित महिलाहरूलाई ललाई फकाई प्रलोभनमा पारी कुवेत, ओमान, युएई जस्ता देशहरूमा घरेलु कामदारको रूपमा पठाउने कार्यमा संलग्न व्यक्तिहरूले सिनामंगलमा भेला जम्मा भई विशेष योजना बनाइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले केदार बहादुर खड्काको घर तलासी गर्दा स्रोत नखुलेको नगद ३१ लाख ८० हजार रूपैयाँ समेत बरामद गरेको छ । नहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०२-२२

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ झोछे बस्ने भारत ओडिसा केन्द्रापाडा घर भएका १९ वर्षीय सुभम मोहन्तीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जाल फेसबुकमा नेपाल सर्भिस नामक फेसबुक आईडी तथा ह्वाट्सएप मार्फत प्राइभेट भिल्ला पार्टी (१८+) गर्ने भनि विभिन्न व्यक्तिहरूलाई पैसा अनुसारको केटी तथा मादक पदार्थ सहित काठमाडौंको विभिन्न स्थानमा रहेको घरमा लगी सुविधा दिने भन्ने पोष्ट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सिमकार्डको दुरूपयोग गरी ठगी गर्न दुई जना पक्राउ
२०८३-०२-२२

काठमाडौं, सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २६ वर्षीय रोशन पहाडी र ललितपुर, ललितपुर महानगरपालिका-१३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका-८ घर भएका २५ वर्षीय सुभाष ओझा रहेका छन् ।          काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोशनलाई भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट र सुभाषलाई ललितपुर महानगरपालिका-१४ एकान्तकुनाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मिति २०७०।०६।०२ मा कान्छी लामाको नाममा ९८१८०९१८७१ नम्बरको सिमकार्ड जारी भएको ।प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल क्रेडिट एण्ड कमर्स बैंक हाल कुमारी बैंकको मोबाइल बैकिङ सेवामा पीडितको प्रयोग भएको सिमकार्ड हराएपश्चात उक्त सिमकार्ड रोशनले लिएको, सिम पुन: एक्टिभ भएपछि पीडितको कुमारी बैंकको खातामा जम्मा भएको रकमको म्यासेज आउन थालेको, उनीहरूले कुमारी बैंकको मोबाइल बैंकिङ सेवा खोली उक्त रकम विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी विभिन्न ईसेवा खाता, खल्ती खाता, तथा विभिन्न ब्यक्तिहरुको खातामा ट्रान्सफर गरी उक्त रकम झिक्न लगाई रकम लिएको खुल्न आएको छ । साथै उनीहरूले मोबाइल बैंकिङको दुरूपयोग गरी २४ लाख ४७ हजार ५ सय २८ रूपैयाँ विभिन्न बैंक एकाउण्ट तथा वालेटहरूमा ट्रान्सफर गरी रकम हिनामिना गरेको समेत खुल्न आएको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०२-२२

रूकुम पश्चिम, त्रिवेणी गाउँपालिका-४ लामाखेत बस्ने बिमल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय नन्दराम बाठा समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिम्रुतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १ सय ५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ पुरानो थिमीस्थित चुलाढुंगे रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेण्टका सञ्चालक सोही ठाउँ बस्ने खोटाङ खोटेहाङ गाउँपालिका-४ घर भएका ४१ वर्षीय कुलदिप राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ६ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०२-२१

बाँके, राप्तीसोनारी गाउँपालिका-६ कुण्डा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ पनेरिया बस्ने ३५ वर्षीय दिपक थारू र सोही गाउँपालिका-६ मेहमानपुर बस्ने ३५ वर्षीय बिर बहादुर घर्ती मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट फत्तेपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८६ मिलिग्राम सहित धरान उपमहानगरपालिका-१७ बस्ने ३५ वर्षीय अमित राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१८ पटेर्वाबाट  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ९० मिलिग्राम र नगद ४७ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोहित चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-५ बस्ने संखुवासभा बाह्रबिसे गाउँपालिका-१ घर भएका ४२ वर्षीय भिम बहादुर दासलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २५ वर्षीय प्रवेश राई र ३० वर्षीय मनोज तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-१० भत्केको पाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट सहित दोलखा चरिकोट नगरपालिका-६ घर भएका २४ वर्षीय विशाल भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  दाङ,  तुलसीपुर उपमहानगरपालिका-१७ दुधरासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१९ कुटीचौर बस्ने २६ वर्षीय श्रवण रोकालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको    छ । अस्थायी प्रहरी पोष्ट बेलझुण्डीबाट खटिएको प्रहरीले बा.५८ प ८१४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-२ बयलकाडा टोल बस्ने २४ वर्षीय दिपिन राना र २१ वर्षीय बिशाल थापा रहेका छन् । नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-३ बराडा गाउँ बस्ने २४ वर्षीय प्रकाश चौधरी, २५ वर्षीय शिव चौधरी र २२ वर्षीय अविनास चौधरी रहेका छन् । प्रहरी चौकी पचुईबाट खटिएको प्रहरीले से.३ प १९८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका-२ घर भएका २६ वर्षीय निमा तामाङ, काठमाडौं महानगरपालिका-३२ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका २४ वर्षीय बिबेक साह, काठमाडौं चन्द्रागिरी नगरपालिका-१ बस्ने सप्तरी राजविराज नगरपालिका-८ घर भएका ५२ वर्षीय उज्वल कुमार थापा र काठमाडौं महानगरपालिका-९ बस्ने तेह्रथुम लालिगुराँस नगरपालिका-५ घर भएका ३५ वर्षीय खेम बहादुर बस्नेत रहेका छन् । पक्राउ मध्ये निमाले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख ८५ हजार रूपैयाँ, बिबेकले जर्जिया, माल्टा लगायतका देशहरू पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३५ हजार रूपैयाँ, उज्वलले हंगेरी र रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ९ लाख ६२ हजार रूपैयाँ र खेम बहादुरले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निमालाई काठमाडौं महानगरपालिका-६ बाट, बिबेकलाई काठमाडौं महानगरपालिका-१० बाट र उज्वललाई काठमाडौं महानगरपालिका-३१ बाट मंगलबार तथा खेम बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ मध्ये निमा र बिबेकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने उज्जवल र खेम बहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०२-२१

भक्तपुर, आफ्नै श्रीमती ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-१० छालिङ रोड डेरा गरी बस्ने काठमाडौं शंखरापुर नगरपालिका-६ नाङ्लेभारे घर भएका ३८ वर्षीय विदुर विश्वकर्मालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा विदुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा सलिनाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बाजुरा, बुढीनन्दा नगरपालिका-६ कोटिला बस्ने ३२ वर्षीय निर रावतको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय टेकेन्द्र रावतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । टेकेन्द्रले ढुंगा प्रहार गर्दा निरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-२१

काठमाडौं, जाजरकोट, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नलगाड नगरपालिका-३ कैना बस्ने ३९ वर्षीय काली बहादुर पुनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । काली बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोट समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-४ ननपुर बस्ने २५ वर्षीय राज कुमार कम्करलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राज कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ
२०८३-०२-२०

ललितपुर, ललितपुर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५० ग्राम र डिजिटल तराजु २ थान सहित बारा सिम्रौनगढ नगरपालिका-७ घर भएका २५ वर्षीय सेख असरफ अलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया डेरा गरी बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-६ महेन्द्रनगर घर भएकी ३६ वर्षीया ममता भट्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।मोरङ, सुनवर्षी नगरपालिका-१ गिरदलिया जोगिधापबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ अमरदह बस्ने ३६ वर्षीय रूष्तम मियाँलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट केचनाबाट खटिएको प्रहरीले बीआर ३७ एएच २८३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कृत्रिम व्यवसाय खडा गरी कर्जा दुरूपयोग गरेको कसुरमा संलग्न व्यक्ति पक्राउ
२०८३-०२-२०

काठमाडौं, कृत्रिम व्यवसाय खडा गरी पटक पटक कर्जा दुरूपयोग गरेको कसुरमा संलग्न रहेको अभियोगमा राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समितिका अध्यक्ष तथा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेस प्रा.लि. का सञ्चालक काठमाडौं महानगरपालिका-९ रातोपुल बस्ने ओम प्रसाद पाण्डेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटन ललितपुरबाट २०८२ मंसिर २८ गते पक्राउ पूर्जी जारी भएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले धनुषा छिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेस प्रा.लि. नामक कृत्रिम व्यवसाय खडा गरी Detail Project Plan (DPR) बिना तथा धितोको अस्वभाविक रूपमा बढी मुल्याङ्कन गरी/गराई कर्जा लिएको, प्रभु बैंकबाट जुन प्रयोजनको लागि कर्जा लिएको हो सो को अन्यत्र प्रयोग गरी/गराई पटक पटक कर्जाको दुरूपयोग गरेको खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वन्यजन्तुको अखेटोपहार हात्तीको दाह्रा सहित पाँच जना पक्राउ
२०८३-०२-२०

काठमाडौं, वन्यजन्तुको अखेटोपहार हात्तीको दाह्रा सहित ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-९ मनमैजु बस्ने २५ वर्षीय राजिव महर्जन, गोरखा घर भएका २६ वर्षीय टेक प्रसाद गुरूङ, काठमाडौं महानगरपालिका-१७ बसन्तपुर बस्ने २७ वर्षीय आयुष महर्जन, टोखा नगरपालिका-२ सपनतीर्थ बस्ने बैतडी घर भएका २४ वर्षीय पुरन बोहरा र तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने गोरखा घर भएका २० वर्षीय सन्त बहादुर भुजेल रहेका छन् ।  काठमाडौँ मनमैजु एरियामा राजिव महर्जन समेतका व्यक्तिहरूले अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसार पसार बिक्री वितरण तथा सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजिवको घर नजिक रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा हात्तीको दाह्रा २ थान र उनकै घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट फेला पारी राजिव, आयुष र टेक प्रसादलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा अन्य २ वटा हात्तीको दाह्राका टुक्राहरू पुरनसँग रहेको भन्ने खुल्न आएपश्चात उनलाई सपनतीर्थबाट पक्राउ गरी सोधपुछ गर्दा उक्त हात्तीको दाह्राका टुक्राहरु मनमैजु बस्ने सन्त बहादुरलाई दिएको भन्ने खुलेपछि सन्त बहादुरको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित कोठाबाट हात्तीको दाह्राका टुक्राहरू २ थान फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका मध्ये राजिव, आयुष र टेक प्रसादलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिमको कसुरमा एवम् पुरन र सन्त बहादुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । 

प्राप्त जिम्मेवारी इमानदारी एवम् निष्ठापूर्वक सम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०२-२०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी कर्मचारीहरूले नवीनतम सोच एवम् थप सिर्जनशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवम् निष्ठापूर्वक सम्पादन गर्नुपर्ने बताउनुभएको छ । हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले सांगठानिक शुद्धीकरण एवम् सुदृढीकरणलाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धिमा थप योगदान पुग्ने गरी जिम्मेवारी बहन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । शुन्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी योजनाबद्ध, पारदर्शी, समयसापेक्ष एवम् नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताउनुभयो । सबै प्रहरी कर्मचारीहरू चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको क्षमता विकासका साथै समस्या तथा गुनासोको उचित व्यवस्थापन गर्दै उदाहरणीय नेतृत्व प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । विगतमा भएका कमी कमजोरीलाई विश्‍लेषण गरी आवश्यक योजना, नीति बनाई आ-आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा  एवम् समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३२ जना पक्राउ
२०८३-०२-२०

काठमाडौं, नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो ५ किलोग्राम र पोलेन ८ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ छकडोल बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-१ घर भएका २७ वर्षीय रपेन्द्र श्रेष्ठ र धादिङ गजुरी गाउँपालिका-८ घर भएकी ३४ वर्षीय अमृता तामाङ रहेका छन् । प्रहरी चौकी भिमढुङ्गा समेतबाट खटिएको प्रहरीले बा.३४ प ८४०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ६० मिलिग्राम सहित झापा भद्रपुर नगरपालिका-४ बस्ने २९ वर्षीय आशिष रिजाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ६७९८ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ३ सय ४० मिलिग्राम सहित सिन्धुली फिकल गाउँपालिका-६ बस्ने २८ वर्षीय खेम बहादुर कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले माडरबाट सिराहातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल सहित चालक फरार भएको र मोटरसाइकलमा सवार खेम बहादुरलाई नियन्त्रणमा लिई जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला परेको हो । प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ बस्ने २७ वर्षीय बरूण गुरूङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय ६० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । भक्तपुर, सूर्यविनायक नगरपालिका-७ गुण्डु मोडर्न कलेज नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका-४ ददिकोट बस्ने २८ वर्षीय प्रदिप थापा र भक्तपुर ठिमीचोक बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० मेलम्ची घर भएका २९ वर्षीय विनोद घिमिरे रहेका छन् । अस्थायी प्रहरी पोष्ट गुण्डुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३० ट्याब्लेट, एसएलआरको गोली २ राउण्ड, खुकुरी १ थान र मोबाइल ६ थान सहित सोही नगरपालिका-८ सिपाडोल बस्ने २३ वर्षीय निरज खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२ नमस्ते चोक र सोही महानगरपालिका-१० एयरपोट पछाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६५ ग्राम २ सय ३० मिलिग्राम सहित ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने ३० वर्षीय मोहम्मद निरज, २९ वर्षीय रमन श्रेष्ठ, भरतपुर महानगरपालिका-१० भरतपुर विमानस्थल पछाडी डेरा गरी बस्ने गोरखा भच्चेक घर भएकी २५ वर्षीया अस्मिता भन्ने सिर्जना परियार, चितवन रत्ननगर डेरा गरी बस्ने गोरखा छोप्राक घर भएकी २३ वर्षीया सुष्मा गुरूङ र भरतपुर महानगरपालिका-११ बसेनी बस्ने २९ वर्षीय विजय गिरी रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५६ ग्राम सहित सोही ठाउँ बस्ने केशर बहादुर थापा मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-४ रामघाट लाङघाली चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३६ ग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय पुर्ण बहादुर थापा मगर, भरतपुर महानगरपालिका-४ बस्ने पर्सा वीरगंज घर भएका २३ वर्षीय बिशेष चौधरी र तनहुँ बन्दिपुर नगरपालिका-३ बस्ने २० वर्षीय पुजन राना मगर रहेका छन् । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले पुर्ण बहादुरको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । रूपन्देही, सैनामैना नगरपालिका-११ उत्तर बरौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय भिम पचभैया मगर र सैनामैना नगरपालिका-१० बस्ने ३० वर्षीय खिम कुमार पुलामी थापा रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले भिमको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७ सय ७ ट्याब्लेट सहित धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय प्रकाश विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट दमौलीतर्फ जाँदै गरेको ग.प्र.०३-००१ ख ००३३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुबेशीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १२ ट्याब्लेट साहित कालिका गाउँपालिका-१ राम्चे बस्ने २७ वर्षीय राजु तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवा र प्रहरी चौकी स्याफ्रुबेशीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, विर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा ५ किलो ९० ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने अर्जुनधारा नगरपालिका-७ बस्ने ३० वर्षीय बिनोद मगर र भोजपुर हतुवागढी गाउँपालिका- ४ खैरान बस्ने २० वर्षीय सागर राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्राम ७१ मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१० बस्ने ३२ वर्षीय सुरज राय र मोरङ विराटनगर महानगरपालिका-३ बस्ने ४२ वर्षीय बाबुराम दर्जी रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुरजलाई ६ ग्राम १ मिलिग्राम र बाबुरामलाई ८ ग्राम ७० मिलिग्राम सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ एस मोडबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५८ ट्याब्लेट र स्पास्मो १ सय २० ट्याब्लेट सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ साहुमारा बस्ने २५ वर्षीय धिरज खड्का, नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१४ मिलनटोल बस्ने १९ वर्षीय सबिन सारू मगर र २४ वर्षीय सुनिल बाचे मगर रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिबेणीबाट खटिएको प्रहरीले लु.९० प १६७० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार स्कुटर चालकको खोजी गरिरहेको छ । मोरङ, पथरीशनिश्चरे नगरपालिका-८ मङगलबारे डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय रबिन माझी समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी  प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ
२०८३-०२-२०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने बर्दिया मधुवन नगरपालिका-७ घर भएका ४२ वर्षीय राजेश क्षेत्री, काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्ने मकवानपुर बकैया गाउँपालिका-२ घर भएका ३८ वर्षीय तिर्थमान भोलन, काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोवर्धन नेपाली, काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने गोरखा पालुङटार नगरपालिका-६ घर भएका ३१ वर्षीय रोशन बाबु मल्ल, काठमाडौं महानगरपालिका-६ बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ४४ वर्षीय उपेन्द्र तामाङ, सुनसरी इटहरी उपमहानगरपालिका-१ घर भएका ४५ वर्षीय उज्वल थापा मगर, बर्दिया बढैयाताल गाउँपालिका-९ घर भएका ३२ वर्षीय प्रकाश सिंखडा, काठमाडौं महानगरपालिका-३ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २३ वर्षीया ज्योती गुरूङ र काठमाडौं महानगरपालिका-१० बस्ने पाल्पा पूर्वखोला गाउँपालिका-३ घर भएका ४५ वर्षीय राजिव न्यौपाने रहेका छन् । पक्राउ मध्ये राजेशले मौरिसस र सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, तिर्थमान र गोवर्धनले सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, रोशनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, उपेन्द्रले मौरिसर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, उज्वलले  क्यानडा पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५७ हजार रूपैयाँ, प्रकाशले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, ज्योतीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र राजिवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजेशलाई काठमाडौं महानगरपालिका-६ बाट, तिर्थमान र गोवर्धनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट, उज्वललाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट र प्रकाशलाई बाँके नेपालगंज उपमहानगरपालिका-१ बाट सोमबार तथा रोशनलाई काठमाडौं महानगरपालिका-१० बाट, उपेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट, ज्योतीलाई काठमाडौं महानगरपालिका-३ बाट र राजिवलाई काठमाडौं महानगरपालिका-२८ बाट मंगलबार पक्राउ गरेको हो । पक्राउ मध्ये राजेश, तिर्थमान र गोवर्धनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रोशन, उपेन्द्र, उज्वल, प्रकाश, ज्योती र राजिवलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०२-२०

बागलुङ, लमजुङ क्वहोलासोथार गाउँपालिका-९ घर भएका ६२ वर्षीय देउ बहादुर सार्कीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देउ बहादुरको श्रीमती तनहुँ माग्दे गाउँपालिका-७ पहेर घर भएकी २६ वर्षीया लक्ष्मी नेपाली, कास्की पोखरा महानगरपालिका-२६ जलधारे घर भएका ३८ वर्षीय राम आकाश विश्वकर्मा र कास्की मादी गाउँपालिका-३ याङ्गजाकोट घर भएका ५६ वर्षीय दमाई भनि चिनिने आसपुरे कामी रहेका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले जैमिनी नगरपालिका-१० राङखानी हाडीकोट सामुदायिक वनस्थित प्रतिक्षालयमा देउ बहादुरलाई ढुङ्गा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत बागलुङबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अपहरण सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ
२०८३-०२-२०

महोत्तरी, अपहरण सम्बन्धी कसुर मुद्दाका प्रतिवादी रौतहट गढीमाई नगरपालिका-७ बस्ने २३ वर्षीय नवराज अधिकारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । महोत्तरीबाट गत जेठ ७ गते दिउँसो अन्दाजी ८ वर्षीय बालकलाई ना.६४ प ७९९० नम्बरको मोटरसाइकलमा राखी अपहरण गरी लैजाँदै गरेको अवस्थामा स्थानीयले देखेपछी मोटरसाइकलमा सवार व्यक्तिहरूले बालकलाई सोही स्थानमा छाडी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा घटनामा संलग्न मध्ये अधिकारीलाई रौतहट गौर नगरपालिका-५ हस्पिटल चोकबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत महोत्तरीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

शंकास्पद गतिविधिमा संलग्न दुई जना चिनियाँ नागरिकहरू पक्राउ
२०८३-०२-२०

काठमाडौं, शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा २ जना चिनियाँ नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ बस्ने चीन फुजियान घर भएका ३३ वर्षीय WANG WEND र CHEN SHUANGGUI रहेका छन् ।  काठमाडौं महानगरपालिका-१ नक्साल नारायणचौर एरियामा चिनियाँ नागरिकहरू भिजिट भिषामा नेपाल आई भिषाको उद्देश्य विपरित शंकास्पद गतिविधि गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं नक्साल नारायणचौरस्थित आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको लाईभ हब एपमार्फत एकाउन्ट खोली विदेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने गरेको समेत खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको छ । 

होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०२-२०

भक्तपुर, होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक बुडोल बस्ने ओखलढुंगा लिखु गाउँपालिका-७ घर भएका ३८ वर्षीय कुल बहादुर बस्नेतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मध्यपुर थिमी एरियामा रहेका विभिन्न होटल तथा बर्गर हाउसमा आफूले खाएको विलको पैसा नतिरी व्यवसायीहरूलाई धाकधम्की दिई ठगी गर्न खोज्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर थिमी नगरपालिका-१ मनोहरापुलबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी अनुशिक्षण तालिम समुद्‌घाटन
२०८३-०२-१९

मोरङ, नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी अनुशिक्षण तालिम समुद्‍घाटन भएको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर बिश्वनाथ पौडेलको प्रमुख आतिथ्यता तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमबीच उक्त तालिमको समुद्‍घाटन भएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर बिश्वनाथ पौडेलले वित्तीय प्रणालीको पारदर्शीता, सुशासन तथा आर्थिक स्थायित्व कायम गर्न सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । यस्ता अपराधको अनुसन्धान तथा निगरानीमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति उत्पादन गरी वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीहरूलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सीप र अन्तर निकाय समन्वय अपरिहार्य रहेको   बताउनुभयो । प्रहरीले हुण्डी कारोबार, संगठित अपराध, मानव बेचबिखन तथा लागूऔषध ओसारपसार, आपराधिक लाभ, ठगी जस्ता अपराधहरूको सफल अनुसन्धान गर्न प्रमाण संकलन, वित्तीय विश्लेषण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय तथा सहकार्य गर्दै आइरहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानीसँग सम्बन्धित अपराध नियन्त्रण राष्ट्रिय सुरक्षा र आर्थिक सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले नेपाल प्रहरीले यस क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्दै आएको उल्लेख गर्नुभयो । साथै तालिमले सहभागी प्रहरी अधिकृतहरूको सैद्धान्तिक र व्यवहारिक ज्ञानमा अभिवृद्धि भई भविष्यमा यस्ता अपराधको प्रभावकारी नियन्त्रण तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले तालिमको महत्व सम्बन्धी जानकारी दिनुभएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले स्वागत मन्तव्य तथा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयाल, नेपाल राष्ट्र बैंकका निर्देशक शरण कुमार अधिकारी लगायतका पदाधिकारीहरू,  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुखहरू, प्रहरी अधिकृतहरू लगायत प्रशिक्षार्थीहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आम विनाशका हातहतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण प्रदान गरिने छ । वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्ने छ । ५ कार्य दिन अवधिको उक्त तालिममा कोशी प्रदेश अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाईका अनुसन्धान शाखामा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृतहरूको सहभागीता रहेको छ ।

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८३-०२-१९

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्दा सहित सुनसरी गढी गाउँपालिका-१ घर भएका ५० वर्षीय कमल नारायण विश्‍वासलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट नेपाली ११ लाख रूपैयाँ, अमेरिकी डलर १४ हजार ८ सय ५०, जापानिज येन ४१ हजार, स्विस फ्रैङ्क १ हजार, मलेसियन रिङ्गिट २३ हजार ६ सय ३२, श्रीलङ्कन रूपी ७ हजार ७ सय ७०, पाकिस्तानी रूपी ३ हजार ५ सय ४० र ओमानी रियाल २ हजार ९ सय ७० फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८३-०२-१९

काठमाडौं, सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-३ घर भएका २० वर्षीय एनोस तामाङ, २६ वर्षीय हेमन्त तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका-७ टुसारचौर बस्ने नुवाकोट ककनी गाउँपालिका-२ घर भएका १९ वर्षीय लाक्पा तामाङ र काठमाडौं महानगरपालिका-१२ नरदेवी बस्ने भारत पश्चिम बंगाल प्रान्त हुग्ली घर भएका ५० वर्षीय शुकुमार पात्र रहेका छन् । तारकेश्वर नगरपालिका-८ जरङ्खुमा गत ११ गते स्कुटरमा आएका अपरिचित व्यक्तिहरूले एक जना पीडित महिलाको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ७५ हजार ८ सय रूपयाँ र स्कुटर १ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८३-०२-१९

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा, सिरहा नगरपालिका-५ रमौल घर भएका २४ वर्षीय मोहम्मद आसिम सिद्दिकी र २२ वर्षीय मोहम्मद अरमान आलम रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.६४ प ६८७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका-५ घर भएका २८ वर्षीय बिशाल आले मगरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ४ सय मिलिग्राम सहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय आकाश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटिमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-२० बरबोटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने ३३ वर्षीय बिनोद राई र २७ वर्षीय बिशाल राई रहेका छन् । अस्थायी प्रहरी विट जोरसखुवाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ७०७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित बेल्डाडी गाउँपालिका-३ खैरीघाट बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको   56छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४० जना पक्राउ
२०८३-०२-१९

काठमाडौं, काठमाडौंका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय १ ग्राम सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघडी नगरपालिका-६ घर भएकी ३२ वर्षीया दिपा कुमारी बिष्ट, महोत्तरी एकडारा गाउँपालिका-४ घर भएका २६ वर्षीय अमर कुमार साह, चितवन भरतपुर महानगरपालिका-१६ घर भएका ३६ वर्षीय सुनिल लामा, भरतपुर महानगरपालिका-६ घर भएका ३८ वर्षीय जिवन कुमार लामा, इलाम चुलाचुली गाउँपालिका-४ घर भएकी ३५ वर्षीया संगिता बास्कोटा, काठमाडौं महानगरपालिका-२६ घर भएका ३७ वर्षीय प्रसान्त राना मगर, नुवाकोट शिवपुरी गाउँपालिका-२ घर भएका ३३ वर्षीय पेम्बा लामा, नवलपरासी पूर्व कावासोती नगरपालिका-२ घर भएका २९ वर्षीय सरोज गुरूङ, भारत दरभंगा फिर्मा पञ्चायत कचुवा-२ घर भएका २६ वर्षीय आकाश सिंह, सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएकी २० वर्षीया जिया राई र मकवानपुर थाहा नगरपालिका-९ घर भएकी २० वर्षीया स्वस्तिका तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१६ बसन्तनगर गुम्बास्थित टहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ६४ मिलिग्राम, मोबाइल ६ थान र नगद ५५ हजार २० रूपैयाँ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने नुवाकोट ककनी गाउँपालिका-३ घर भएका २८ वर्षीय रविन तामाङ, दोलखा गौरीशंकर गाउँपालिका-३ घर भएका २५ वर्षीय दारिन्जी शेर्पा र काठमाडौं तारकेश्‍वर नगरपालिका-११ कालो ट्याङ्की बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका २७ वर्षीय अर्जुन विक रहेका छन् । प्रहरी विट बसन्तनगर गुम्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१० बनपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-२ चौवन्नी खल्ला बस्ने २३ वर्षीय लोकेन्द्र राना समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको डिएल ३ एसएफभि २३२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, कचनकवल गाउँपालिका-६ बनियानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६९ ग्राम ६ सय मिलिग्राम सहित भारत किसनगंज दलेगाउँ पञ्चायत-१ बस्ने २० वर्षीय युबेद राजालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबाराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ६० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने कचनकवल गाउँपालिका-४ बनियानी घर भएका २३ वर्षीय हेमन्त विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, धनपालथान गाउँपालिका-३ बेतौनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित रंगेली नगरपालिका-१ ववियाविर्ता बस्ने ३० वर्षीय सुदिप भट्टराईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बेतौना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०४-००१ प २२९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ८ सय ६० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-७ बस्ने ३२ वर्षीय सुरज परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-६ झुमरे बस्ने २५ वर्षीय पबित्र डाँगी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १ सय ९० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय तुलसीपुरबाट खटिएको प्रहरीले पबित्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१३ मोहनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पाटन नगरपालिका-८ बस्ने ३३ वर्षीय ईन्द्र बहादुर बिष्ट र कञ्चनपुर लालझाडी गाउँपालिका-११ बस्ने २५ वर्षीय सुशिल थापा मगर रहेका छन् । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-६ बिसनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ९० मिलिग्रम सहित टीकापुर नगरपालिका-७ बस्ने २३ वर्षीय राजबिन महतो समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय रितेश थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपलिका-११ थानाभर्‍याङ बस्ने २३ वर्षीय समिर क्षेत्रीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम र नगद ४६ हजार १० रूपैयाँ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-२ बर्दहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ६० मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय द्वारिका प्रसाद थारू, २२ वर्षीय समिर विक र बैजनाथ गाउँपालिका-५ बनकटवा बस्ने २४ वर्षीय ओमकान्त थारू रहेका छन् ।  इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले द्वारिकाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको क.प्र.००२ प ७९५७ नम्बर र भे.१२ प ५५८४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी प्रहरीले सोही घर अगाडि भे.१० प ६११६ नम्बरको स्कुटरमा आउँदै गरेका कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने २८ वर्षीय राकेश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित फेला पारी पक्राउ गरेको छ । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित जानकी गाउँपालिका-५ बस्ने ३० वर्षीय बिष्णु यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २५ एम्पुल, डाईजेपाम २६ एम्पुल र फेनारगन २३ एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय धन काजी गुरूङ र १९ वर्षीय सुजवल थापा रहेका छन् । वडा प्रहरी कार्यालय बगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१७ सरबरेचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाइनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सरावाती तनापुर बस्ने २३ वर्षीय त्रिबुरारी सिंह र  भारत बहराईज नानपुरा बस्ने ५६ वर्षीय दिलिप कुमार सिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०२-१९

ललितपुर, चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१० घर भएका २१ वर्षीय अमन परियार, काठमाडौं थापाथली बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका १७ वर्षीय किशोर र महोत्तरी जलेश्वर नगरपालिका-१ घर भएका २१ वर्षीय रन्जन कापर रहेका छन् ।  ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित गणेश मन्दिर नजिकको घरबाट ल्यापटप र नगद गत बिहीबार चोरी भएको भन्ने सूचनाको आधारामा प्रहरी प्रभाग कुपण्डोलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरी भएको २ थान ल्यापटप सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

डाँका चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०२-१९

काभ्रे, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भुम्लु गाउँपालिका-३ बस्ने २३ वर्षीय सुमन क्षेत्री, २६ वर्षीय सादुराम भुजेल र रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-५ बस्ने २१ वर्षीय पासाङ लामा रहेका छन् । बनेपा नगरपालिका-१० पुलबजारस्थित अरनिको राजमार्गमा काठमाडौंबाट पनौती आउने बसमा सवार पीडितको झोलाबाट नगद ३२ हजार ५ सय रूपैयाँ चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न मध्ये उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर ‘डाँका गर्न नहुने’ मुद्दामा जिल्ला अदालत काभ्रेबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको सुन तथा चाँदीका गरगहना र नगद सहित एक जना पक्राउ
२०८३-०२-१९

सुर्खेत, करिब ३ करोड रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना, स्रोत नखुलेको नेपाली २ लाख १९ हजार ५ सय रूपैयाँ र भारतीय ८ लाख ११ हजार ८ सय रूपैयाँ सहित वीरेन्द्रनगर नगरपालिका-६ बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-१० घर भएका ६३ वर्षीय श्याम सुन्दर अग्रवाल (बालाजी) लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-६ तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रूपैयाँ र गरगहना धितो राखी ब्याजमा नगद दिने गरेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहना र नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Integrated Traffic Management System सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न
२०८३-०२-१८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित कार्यक्रमबीच काठमाडौं उपत्यकामा Integrated Traffic Management System सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले Traffic Police Mirror-2026 को लोकार्पण गर्नुभयो । साथै उहाँले उक्त Traffic Police Mirror निर्माणमा सहयोग पुर्‍याउनु हुने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले गोष्ठी अत्यन्त महत्वपूर्ण एवम् समय सापेक्ष प्रयासको रूपमा स्थापित भएको उल्लेख गर्दै गोष्ठीले नीति निर्माणकर्ता, कार्यान्वयन गर्ने निकाय, विज्ञ, सरोकारवाला संस्था तथा समुदायलाई एउटै मञ्चमा भेला भएर सामुहिक प्रयासमा सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापनको क्षेत्रमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्न सफल भएको   बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गरी अझ उच्चस्तरको समन्वयका साथ अगाडि बढ्ने प्रतिवद्धता र कार्यान्वयनको आवश्यकता रहेको  बताउनुभयो । सबै सरोकारवाला निकायहरूले वैज्ञानिक ट्राफिक व्यवस्थापन एवम् सडक सुरक्षालाई थप व्यवस्थित बनाउँदै नियम तथा कानुन कार्यान्वयनमा निष्पक्षता, पारदर्शीता एवम् प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने तर्फ उहाँले जोड दिनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले Traffic Police Mirror प्रकाशनको औचित्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा ट्राफिक विज्ञ सुनिल पौडेलले  Integrated Traffic Management System सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो भने Profession Holdings प्रा.लि. का निर्देशक राजेन्द्र प्रसाद त्रिपाठीले गोष्ठीको औचित्य सम्बन्धी आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित उक्त कार्यशाला गोष्ठीको आजै बिहान शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उद्‌घाटन गर्नुभएको थियो । गोष्ठीमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, यातायात व्यवस्था विभाग, सडक विभाग, सडक सुरक्षा परिषद्‍, सडक बोर्ड नेपाल, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, थापाथली ईन्जिनियरिङ क्याम्पस, Nepal Automobile Importers and Manufacturers Association (NAIMA), क्रिमशन टेकका प्रतिनिधिहरूले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।   तथ्यमा आधारित विश्लेषण, नीतिगत सुधार, प्रविधिको प्रभावकारी प्रयोग, बहु-निकाय समन्वय मार्फत दिगो समाधान तथा अन्तर्राष्ट्रिय अभ्यासको जानकारी लिने उद्देश्यले उक्त उच्चस्तरीय कार्यशाला आयोजना गरिएको हो । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप र जाम व्यवस्थापनका लागि दीर्घकालीन रणनीति, सडक दुर्घटना न्यूनीकरण तथा मृत्यु दर घटाउन बहु-आयामिक प्रभावकारीता, सवारी आयात, लाइसेन्स प्रणाली, स्क्र्याप नीति, Ride-sharing नियमन लगायत नीतिगत सुधार, Intelligent Traffic System (ITS), E-Challan, ANPR, CCTV जस्ता प्रविधिको विस्तार र समन्वित प्रयोग र NRSAP 2021-2030 को लक्ष्य प्राप्तिका लागि संस्थागत समन्वय र प्रतिबद्धता सुदृढ गर्नु यस कार्यशाला गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।गोष्ठीमा Integrated Traffic management system, Smart Intelligent Traffic, Face less Traffic management system, २० वर्षभन्दा पुराना सवारीको स्क्र्याप नीति कार्यान्वयन, वैज्ञानिक लाइसेन्स प्रणाली, Vehicle Fitness सुदृढीकरण तथा ब्ल्याक स्पट सुधार, सवारी आयात नीति पुनरावलोकन, Ride-sharing नियमन, Bluebook डिजिटल एकीकरण तथा बहु-निकाय समन्वय संयन्त्र स्थापना, Intelligent Traffic System (ITS) विस्तार, E-Challan तथा TVRS सुदृढीकरण र डेटा आधारित निर्णय प्रणाली विकास, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि, Post-Crash Response तथा Emergency Management प्रणाली सुदृढीकरण लगायतका विषयमा विस्तृत छलफल भएको थियो । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०२-१८

कैलाली, टीकापुर नगरपालिका-९ सुनफाँटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ राजीपुर बस्ने २३ वर्षीय चन्द्र नेपाली र २४ वर्षीय सुरेश नेपाली रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-४ स्कुल डाँडा बस्ने ३२ वर्षीय अभिषेक कार्की र बेलबारी नगरपालिका-२ बस्ने २९ वर्षीय नविन निरौला रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१७ प ९१७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०२-१८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ४६ वर्षीय कृष्ण कुमार खड्का, ललितपुर महालक्ष्मी  नगरपालिका-२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सुनसरी घर भएका ३० वर्षीय प्रवेश पराजुली, काठमाडौं महानगरपालिका-६ बस्ने ३९ वर्षीय प्रज्वल आचार्य र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने झापा घर भएकी ४७ वर्षीया निसा सिवा रहेका छन् । पक्राउ मध्ये कृष्ण कुमार र भागिरथीले क्रोएशिया, ग्रीस लगायतका देशहरू पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ५८ लाख ६८ हजार रूपैयाँ, प्रवेशले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १८ लाख ९० हजार रूपैयाँ, प्रज्वलले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख रूपैयाँ र निसाले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्ण कुमार र भागिरथीलाई ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलबाट सोमबार तथा प्रवेशलाई ललितपुर महानगरपालिका-१० बाट, प्रज्वललाई काठमाडौं महानगरपालिका-७ बाट र निसालाई काठमाडौं महानगरपालिका-१६ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध गतिविधिमा संलग्न १५ जना बंगलादेशी नागरिकहरू पक्राउ
२०८३-०२-१८

काठमाडौं, ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने २५ वर्षीय MD MAJIDUL ISLAM REDOY समेत १५ जना बंगलादेशी नागरिकहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं ठमेल एरियामा बंगलादेशी लगायतका विदेशी नागरिकहरूले भिजिट भिसामा नेपाल आई भिसाको उद्देश्य विपरीत शंकास्पद रूपमा बसेको भन्ने सूचना आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित होटल ACE को चौथो, पाँचौ, छैटौ तल्लाका कोठाहरू भाडामा लिई अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको फेक फेसबुक एकाउन्ट बनाई बंगलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने, ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको खुल्न आएको छ ।  उनीहरूलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०२-१८

झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१४ लालपानी बस्ने ३२ वर्षीय विश्वनाथ राजवंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्राम ६० मिलिग्राम र नगद ८ हजार रूपयाँ सहित काठमाडौं शंखरापुर नगरपालिका-८ बस्ने ३२ वर्षीय रोशन कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ गणेश मन्दिर टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नगद ६ हजार ६ सय  रूपैयाँ सहित बंगालचुली गाउँपालिका-४ बस्ने २३ वर्षीय बिकाश नेपाली समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रसुवा, उत्तरगया गाउँपालिका-२ सिम्लेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिनेश तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाँडागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३४ ग्राम ७ सय ९० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट बौधीमाई नगरपालिका-२ बस्ने २१ वर्षीय रोहित पटेल, बारा निजगढ नगरपालिका-९ बस्ने २१ वर्षीय सरर्युग साह र कलैया उपमहानगरपालिका-१४ बस्ने ३० वर्षीय राजन जैसवाल रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले सिम्रनगढबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३-००१ च ८८३१ नम्बरको बोलेरोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-४ सगरमाथाटोल बस्ने २९ वर्षीय अभिषेक चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम र नगद ७ हजार ६ सय ५० रूपयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ५० मिलिग्राम सहित रामधुनी नगरपालिका-३ भासी बस्ने १७ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.१६ प ८०९८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  ।यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-११ स्थित सिमरवना नहरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ८० ट्याब्लेट र डाईक्लोमाइन १ हजार १ सय ८० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय अभिषेक श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।पर्सा, जिराभवानी गाउँपालिका-४ सुपौली चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २६ ट्याब्लेट सहित पर्सागढी नगरपालिका-७ बागेश्वरी तित्रौना बस्ने २४ वर्षीय मन्दिप राउत कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सुपौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-१५ बुधौलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १४ मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-६ बस्ने १९ वर्षीय सुजल शाह र २३ वर्षीय जय कुमार साह रहेका छन् । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ७६३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जुम्ला, चन्दननाथ नगरपालिका-५ स्थित तिला नदीको छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम  सहित चन्दननाथ नगरपालिका-७ बस्ने ३० वर्षीय बिपुल महत समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, पथरी शनिश्चरे नगरपालिका-६ रामजानकी चाय टोलबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २१ वर्षीय लक्ष्मण चन्द्रवंशीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, कैलारी गाउँपालिका-३ सुर्मिनालाबाट अवैध लागूऔषध  ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय मिमुह चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०२-१८

कैलाली,  गौरीगंगा नगरपालिका-४ राजिपुर बझाङ्गी टोल बस्ने ४८ वर्षीय जगत धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा जगत समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७९ हजार २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । उदयपुर, त्रियुगा नगरपालिका-११ पिपल चोकस्थित होटल ड्रिमलेण्डमा जुवातास खेलिरहेको अवस्थामा लिम्चुङबुङ गाउँपालिका-२ बस्ने ४७ वर्षीय भलराज राई समेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ६ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८३-०२-१७

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अर्जुन बहादुर भुजेल र सोही महानगरपालिका-२६ लैनचौर घर भएका २७ वर्षीय संजय गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-६ रामहिटीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ४० एम्पुल, बुप्रेनोर्फिन १ सय ९ एम्पुल, फेनारगन १ सय ३४ एम्पुल र नगद १७ हजार ७ सय रूपैयाँ सहित कागेश्‍वरी मनोहरा नगरपालिका-५ थली बस्ने सिन्धुली घर भएका २९ वर्षीय सुजन लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा.प्र०२-०२८ प ४४७७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  दाङ, लमही नगरपालिका-३ टिकुलिगढ बस्ने ३२ वर्षीय विष्णु चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमही समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-१५ त्रिशुल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय ऋतिक साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिष्वागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ३१ वर्षीय दिनेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-६ विस्नापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित जानकी गाउँपालिका-४ मुनुवा बस्ने २० वर्षीय प्रासिस रावत समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित सोही नगरपालिका-७ बैद्य टोल बस्ने २१ वर्षीय खप्पु भन्ने खकेन्द्र साउदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम २ सय ४० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-६ घर भएका ४३ वर्षीय धर्मानन्द भट्ट समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले धर्मानन्दको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, लालझाडी गाउँपालिका-६ चन्देवबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पुर्चौडी नगरपालिका-८ बस्ने ३२ वर्षीय अर्जुन धानुक र कञ्चनपुर पुनर्वास नगरपालिका-२ मोतिबस्ती बस्ने २२ वर्षीय आशिष साउद रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट खटिएको प्रहरीले से.६ प ७५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-७ लक्ष्मी चोक बस्ने २७ वर्षीय कालु भन्ने सुब बहादुर दाहाललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय ९० ट्याब्लेट र नगद २७ हजार ५ सय रूपैयाँ सहित भारत अररिया बेलाहा बस्ने २० वर्षीय दयानन्द यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले बिआर ३८ एएफ २६४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   बाँके, बैजनाथ गाउँपालिका-१ च्यामाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित ३ जनालाइ शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने ३१ वर्षीय याम बहादुर राना, सोही नगरपालिका-१ चिसापानी बस्ने ३६ वर्षीय महेन्द्र मल्ल र २४ वर्षीय प्रदिप राना क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
२०८३-०२-१७

काठमाडौं,  ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र सम्पत्ति शुद्धीकरण मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी ललितपुर भैंसेपाटी बस्ने नवलपरासी पश्‍चिम सुनवल नगरपालिका-६ घर भएका तुल्सी अधिकारी पक्राउ परेकी छिन् । पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार राति नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ चैत्र ३ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-१७

म्याग्दी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धवलागिरी गाउँपालिका-७ बस्ने ५० वर्षीय धन बहादुर सिर्पालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुना ताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।डडेलधुरा, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अमरगढी नगरपालिका-१० बस्ने ४० वर्षीय मान बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८३-०२-१६

काठमाडौं, काठमाडौं महानगरपालिका-१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु जरङ्खु बस्ने रामेछाप घर भएका २३ वर्षीय प्रशान्त मगर र काठमाडौं कालधारा बस्ने नुवाकोट घर भएका २३ वर्षीय अनिल लामा रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले बा.३२ प ५६२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल र नगद २० हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने २९ वर्षीय बिशाल लामा र सोही नगरपालिका-५ जोरपाटी बस्ने २८ वर्षीय दावा लामा रहेका छन् । प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बझाङ, केदारस्युँ गाउँपालिका-९ झोता बजारस्थित अनिल होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित जयपृथ्वी नगरपालिका-१० बस्ने २२ वर्षीय प्रकाश श्रेष्ठ समेत २ जनालाई  शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट झोताबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिङ्गाड गाउँपालिका-३ मटेला बस्ने १९ वर्षीय आयुस जिसी, दैलेख भैरवी गाउँपालिका-२ बस्ने २३ वर्षीय सन्तोष थापा र दैलेख डुङ्गेश्वर गाउँपालिका-८ डाँडा पराजुल बस्ने २९ वर्षीय चन्द्र बहादुर आले रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सल्यान, बागचौर नगरपालिका-२ खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-७ कोटबारा बस्ने ३७ वर्षीय शोभाराम वलीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले दाङदेखि सल्यान पातिहाल्नातर्फ जाँदै गरेको भे.१ ज १७४२ नम्बरको गाडी जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक शोभारामलाई पक्राउ गरेको हो ।   मोरङ, उर्लाबारी नगरपालिका-७ बरगाछीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १२ हजार ७ सय १० रूपैयाँ सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय आशिष तामाङ र २८ वर्षीय राजकुमार राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बेलबारी नगरपालिका-१ सिसौली टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन ३ सय ६० ट्याब्लेट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राई, सोही नगरपालिका-१ बस्ने २५ वर्षीय बिकल राई र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सुदेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले रोमनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-७ बरगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सुनवर्षी नगरपालिका-८ घर भएका ४२ वर्षीय मोहमद नसिम मिँयालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा समेत तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ३४ ग्राम २ सय २० मिलिग्राम र डिजिटल तराजु १ थान फेला पारी बरामद गरेको छ । रूपन्देही, रोहिणी गाउँपालिका-४ सुइलिहवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३१ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन ३१ एम्पुल सहित नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१६ अमहवा बस्ने २२ वर्षीय अरमान फकिरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.२० प ३०२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमि नगरपालिका-५ कमेरोटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर कमेरोटार बस्ने बारा घर भएका १९ वर्षीय रोहित जैसवाल र सोही ठाउँ बस्ने बारा घर भएका २१ वर्षीय दिपक यादव रहेका छन् । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-८ थपुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ८० मिलिग्राम सहित ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने ३२ वर्षीय बिजय यादव, २८ वर्षीय संजय यादव, सोही नगरपालिका-८ थपुवा गाउँ बस्ने २१ वर्षीय संगम थारू र सोही नगरपालिका-११ भाडा पुरूवा बस्ने २० वर्षीय सन्तोष थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ६३२० नम्बर र भे.१४ प ४१२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-८ चौबिसकोठीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ३८ वर्षीय सुरेन्द्र बस्नेतलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, ईश्वरपुर नगरपालिका-८ रामपुरबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलो सहित लालबन्दी नगरपालिका-११ हिरापुरटोल बस्ने २७ वर्षीय थमबङ्ग लामालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले बा.प्र.-०२-०६२ प ७०७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । रूकुम पश्चिम, आठविसकोट नगरपालिका-१४ छेपारेबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १० किलो १ सय ६० ग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बस्ने ३६ वर्षीय राम बहादुर सार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आठविसकोटबाट खटिएको प्रहरीले जाजरकोट कालीमाटीबाट नेपालगंजतर्फ जाँदै गरेको लु.२ ख ५१९५ नम्बरको गाडी तलासी गर्दा उक्त पदार्थ फेला पारी चालक राम बहादुरलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-१६

ललितपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२२ भैँसीपाटी बस्ने भारत मोतिहारी घर भएका ५४ वर्षीय रमेश साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रमेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मोरङ, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-९ बस्ने ५५ वर्षीय राम बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३५ जना पक्राउ
२०८३-०२-१५

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ गोंगबु बस्ने कास्की घर भएका ३८ वर्षीय दिनेश विश्वकर्मा र सोही ठाउँ बस्ने प्युठान घर भएका ३१ वर्षीय धनश्याम परियार रहेका छन् । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    झापा, गौरीगंज गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ३ सय मिलिग्राम सहित भारत किशनगञ्ज सिङ्गीमारी पञ्चायत-४ बस्ने ३६ वर्षीया रूकमणी देवी समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने ३२ वर्षीय दुखु मियाँलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, बिर्तामोड नगरपालिका-४ कन्चनजङघा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा गाउँपालिका-५ घर भएका ३५ वर्षीय मिलन कुमार राजबंशी र उनकै श्रीमती कनकाई नगरपालिका-७ घर भएका २६ वर्षीया सरू कार्की डोली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुन्जे चोकबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ६ सय ट्याब्लेट सहित भक्तपुर सल्लाघारी बस्ने कैलाली घर भएका २६ वर्षीय दिपकराज भट्टलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, मध्यपुर थिमि नगरपालिका-९ बोडेबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ हजार ३ सय १० ट्याब्लेट र नगद १ लाख ५५ हजार २ सय रूपैयाँ सहित काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ काँडाघारी बस्ने दोलखा घर भएका २७ वर्षीय अरूण सुरेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.७६ प ५९८२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी भक्तपुर, मध्यपुर थिमि नगरपालिका-५ राधेराधे डेरा गरी बस्ने जुम्ला घर भएका ३४ वर्षीय धन प्रसाद भट्टलाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ३५ हजार ६ सय ट्याब्लेट, ट्रामाडोल १ हजार ८ सय ट्याब्लेट, स्पास्मो २ हजार ट्याब्लेट र नगद १ लाख ५१ हजार रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनको कोठा तालसी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बर्दिया, राजापुर नगरपालिका-१० कोठियाघाट पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित मधुवन नगरपालिका-३ भगरैया बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेट र स्पास्मो १ सय ५० ट्याब्लेट सहित ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय चन्दन कुमार बहदार, ३१ वर्षीय अमर राई, ३९ वर्षीय आईत सिह तामाङ, १९ वर्षीय समिर तामाङ, २० वर्षीय सुभराज राई र १७ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चन्दनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय ७० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय संजोग राई, २८ वर्षीय जित बहादुर राई र १८ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-७ सोमबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीया अरूणा विक समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१३ आदर्श नगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय आदित्य विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय एलिज श्रेष्ठ, १९ वर्षीया पुष्पा विक, २५ वर्षीय प्रज्वल बुढाथोकी, सोही उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय सरोज शंकर र बराहक्षेत्र नगरपालिका-५ बस्ने १९ वर्षीय घनश्याम दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय अक्षय चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, पुनर्वास नगरपालिका-११ अमरबस्ती मसानघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय राममोहन राना समेत ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले से.४ प ८९६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  नुवाकोट, विदुर नगरपालिका-९ बाघटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७४ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिकास तामाङ र सोही नगरपालिका-९ कोलनी बस्ने किस्पाङ गाउँपालिका-३ घर भएका ३६ वर्षीय किप्पा तामाङ रहेका छन् । नगर प्रहरी कार्यालय कोलनीबाट खटिएको प्रहरीले बिकासको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सिराहा, गोलबजार नगरपालिका-६ गुम्बा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० ग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय आशमान लामालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०२-१४

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-५ चिसेनी डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय बिजय तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ हल्दुखाल बस्ने २७ वर्षीय मनोज बहादुर सिंह, ४८ वर्षीय उदय भट्ट र २९ वर्षीया हिमा सिंह रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२००४ प ७७५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ अमरबस्ती बस्ने २२ वर्षीय अर्जुन मल्ल, सोही नगरपालिका-१० भिमबस्ती बस्ने २६ वर्षीय नविन सुनार र कृष्णपुर नगरपालिका-८ बस्ने ३० वर्षीय गणेश बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले बाग्मती प्रदेश०२-०२८ प ०९३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।नुवाकोट, विदुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ५२ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० गैरीखर्क बस्ने २४ वर्षीय युनिक तामाङ भन्ने सन्देश तामाङ र रसुवा कालिका गाउँपालिका-३ धारापानी बस्ने २१ वर्षीया युनिषा तामाङ भन्ने पुष्पा तामाङ रहेका छन् । प्रहरी चौकी सिमुटार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, रामधुनी नगरपालिका-६ बक्लौरी चोकस्थित मनोकामना मोबाइल सेन्टर पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २४ ट्याब्लेट, डाइक्लोमाइन ८ सय ४९ ट्याब्लेट, स्पास्पेन २५ ट्याब्लेट र नगद १ लाख २२ हजार ३ सय ९० रूपैयाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय एकराज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपहानगरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय निशान राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ६७ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा रिब्दीकोट गाउँपालिका-८ फेक घर भएका ३२ वर्षीय सुसान भन्ने सुसन रायमाझी र २२ वर्षीय उमेश रावत रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-१० शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१० खयरडाँगी बस्ने ३६ वर्षीय मनोज बराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।ललितपुर, गोदावरी नगरपालिका-३ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय उमेश श्रेष्ठ भन्ने संजिब श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४५ ग्राम सहित सोही उपमहानगरपालिका-९ बङ्ग्राकटान बस्ने २७ वर्षीय निराजन ठकुल्लालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न रहेका भारत पलिया बस्ने २८ वर्षीय रिङ्गल गुप्तालाई समेत नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०२-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने उदयपुर रौतामाई गाउँपालिका-४ घर भएका ४५ वर्षीय राम बहादुर आले मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिराहा लहान नगरपालिका-६ घर भएका ३२ वर्षीय आशिष कार्की, काठमाडौं टोखा नगरपालिका-४ बस्ने ७९ वर्षीय लोक बहादुर श्रेष्ठ, सोही नगरपालिका-३ बस्ने ४१ वर्षीया तुलसा पुन मगर, काठमाडौं महानगरपालिका-२९ बस्ने पाल्पा तानसेन नगरपालिका-७ घर भएका ४८ वर्षीय कृष्ण प्रसाद पोखरेल र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ बस्ने २९ वर्षीय प्रबिन श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये राम बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३९ लाख ५८ हजार रूपैयाँ, आशिषले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १३ लाख रूपैयाँ, लोक बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ, तुलसाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, कृष्ण प्रसादले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ र प्रबिनले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राम बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका-८ बाट सोमबार, आशिषलाई काठमाडौं महानगरपालिका-१२ बाट, लोक बहादुरलाई काठमाडौं टोखा नगरपालिका-४ बाट, तुलसालाई टोखा नगरपालिका-३ बाट तथा कृष्ण प्रसादलाई काठमाडौं महानगरपालिका-१० बाट मंगलबार र प्रबिनलाई चन्द्रागिरी नगरपालिका-११ बाट बुधबार पक्राउ गरेको हो । पक्राउ मध्ये राम बहादुर र आशिषलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने लोक बहादुर, तुलसा, कृष्ण प्रसाद र प्रबिनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०२-१३

भक्तपुर, सूर्यविनायक नगरपालिका-४ हर्षचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ ट्याब्लेट सहित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-३ घर भएका २२ वर्षीय विराट घलेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१४ खयरघारी बस्ने ४८ वर्षीया मित्रा देवी स्याङतानलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गत ६ महिनाको अवधिमा अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन तथा विपद् व्यवस्थापनमा भएका उल्लेखनीय कार्यहरू
२०८३-०२-१३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदबहाली पश्चात संगठनको क्षमता अभिवृद्धिका साथै सांगठानिक सुदृढीकरणमा भएका विभिन्न प्रयासहरू अन्तर्गत गत ६ महिनाको अवधिमा अपराध अनुसन्धान तथा कानुनी कारबाही, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा, विपद् व्यवस्थापन तथा सुरक्षा परिचालनका क्षेत्रहरूमा उल्लेखनीय प्रयासहरू भएका छन् । सो अवधिमा देशभरबाट ४ हजार ६ सय ६६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको छ । उक्त अवधिमा गाँजा २२ हजार ६ सय २० किलो, चरेस ४ सय ४३ किलो, खैरो हेरोइन १९ किलो, पोलेन १४ किलो, अफिम १६ किलो तथा नाइट्राभेट ३५ हजार ९ सय ३ ट्याब्लेट, डाइजेपाम २४ हजार ३ सय ८७ एम्पुल, फेनारगन ३५ हजार ४ सय ५७ एम्पुल, ब्रुप्रेनोर्फिन २३ हजार ६ सय ९६ एम्पुल, लुपिजेसिक ४२ एम्पुल, स्पास्मो ६९ हजार ८७८ ट्याब्लेट, ट्रामा ६ लाख ८२ हजार १ सय ५८ ट्याब्लेट, प्रोमेथाजाइन १ हजार ७४ ट्याब्लेट समेत बरामद भएको छ ।  सो अवधिमा ११ हजार १ सय ९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ४ हजार ४ सय ७० वर्ष कैद सजाय कार्यान्वयनमा आएको र १ अर्ब १० करोड ३८ लाख ९४ हजार ६ सय २५ रूपैयाँ बराबरको जरिवाना असुल उपर गरिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा ३ अर्ब ११ करोड ५२ लाख ६३ हजार ३ सय १० रूपैयाँ बिगो रकम दाबी सहित १ सय ३ जना प्रतिवादी विरूद्ध कानुनी कारबाही गरिएको छ । करिब १ अर्ब रूपैयाँ बराबरको सुन, चाँदी, भन्सार छली, हुण्डी, स्रोत नखुलेको रकम लगायतका राजश्व चुहावटका गतिविधिमा संलग्न ७ सय ५८ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिएको छ ।यसैगरी अवैध हातहतियार तथा विष्फोटक पदार्थ सहित १ सय २७ जनालाई पक्राउ गरिएको छ । जसबाट ६ सय १५ थान हतियार सहित ठूलो परिमाणमा गोली, बारूद, डेटोनेटर, PEK लगायतका विष्फोटक पदार्थहरू बरामद भएका छन् । साइबर अपराधका ५८ मुद्दा दर्ता गरी विद्युतीय माध्यमबाट ठगी भएको ८ करोड ८५ लाख ३१ हजार ६ सय ७० रूपैयाँ पीडितलाई फिर्ता दिलाइएको छ । मानव बेचविखन तथा ओसारपसार अपराधमा संलग्न ४१ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । सो अवधिमा देशभर ज्यान सम्बन्धी कसुरका ४ हजार २ सय ३७, आत्महत्या सम्बन्धी ३ हजार ४ सय १४, चोरी सम्बन्धी २ हजार ५९, संगठित तथा आर्थिक अपराध सम्बन्धी ४ हजार ५ सय ४०, सामजिक अपराध सम्बन्धी ५ हजार ४ सय ६५, महिला तथा बालबालिका सम्बन्धी १ हजार ९ सय ३५, सवारी सम्बन्धी १ हजार ४ सय ८० र विविध ७ हजार १ सय ४६ गरी कुल ३० हजार २ सय ७६ मुद्दा दर्ता गरी कानुनी कारबाही गरिएको छ । यस्तै सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धी ८२ हजार २ सय १७ वटा जनचेतनामूलक कार्यक्रम संचालन भएको छ । जसबाट ४५ लाख ५६ हजार ८ सय ९२ जना लाभान्वित भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार १ सय ३९ सवारी साधनलाई कारबाही गरी ४९ करोड ९१ हजार ४ सय ६३ रूपैयाँ राजश्व संकलन गरिएको छ । नेपालभरका राजमार्ग तथा सिमानाकामा गरी १९ वटा स्थानमा Traffic Communication App (TCA) संचालनमा रहेको, देशभरका ७७ वटै जिल्लाका २ सय २८ वटा युनिटमा Traffic Violation Record System (TVRS) संचालन भइरहेको साथै नागरिकको सुविधालाई मध्येनजर गरी देशव्यापी रूपमा Echallan (Digital Chit) लागु गरिएको छ । सो अवधिमा देशभर विभिन्न स्थानमा भएका ४ हजार २ सय ६ विपद्का घटनाहरूमा २३ हजार ४ सय ८४ जना प्रहरी परिचालित भई २ सय १३ जना नागरिकहरूको उद्धार समेत गरिएको छ । देशभर विभिन्न स्थानमा भएका बन्द, हडताल लगायतका बिरोध कार्यक्रमको सुरक्षार्थ ५९ हजार ६२ जना प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्थापन गरिएको छ । साथै नेपाल प्रहरीद्वारा काठमाडौं उपत्यका सहित देशभरका विभिन्न स्थानका सुकुम्बासी एवम् भूमिहीन नागरिकहरूको व्यवस्थापन कार्यमा आवश्यक सहजीकरण गरिएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०२-१३

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ४० मिलिग्राम सहित उदयपुर त्रियुगा नगरपालिका-१२ डिएम गेट बस्ने २६ वर्षीय राम शंकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उदयपुर गाईघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ५९८० नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ गिरी टोल बस्ने ४५ वर्षीय दमन गिरीलाई अवैध लागूऔषध चरेस जस्तो देखिन पदार्थ करिब ४ ग्राम १ सय ६० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा,  शिवसताक्षी नगरपालिका-९ शान्ति मार्ग टोलबाट अवैध लागूऔषध गाँजा ५ सय ८६ ग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीया आशा चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय १० मिलिग्राम सहित बिर्तामोड बजार बस्ने इलाम माईजोगमाई गाउँपालिका-१ इलाम घर भएका २४ वर्षीय फुर्वा तामाङलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय  मिलिग्राम सहित मेचीनगर नगरपालिका-१० धुलाबारी टोल बस्ने २७ वर्षीय गुलाम रसुल मियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१४ प ९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने इटहरी उपमहानगरपालिका-२ घर भएका २९ वर्षीय रविन प्रधान समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम सहित इटहरी उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय बिश्वराज राई समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-५ बसन्ता टोल बस्ने १९ वर्षीय प्रशान्त परियार समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-२ बर्दगोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने १९ वर्षीय रोशन विश्वकर्मा समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१८ स्थित न्यू कैलाली सुर्खेती स्टाफ होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम सहित खजुरा गाउँपालिका-४ घर भएकी ४० वर्षीया साबित्री कुमारी शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-७ जहदाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ चिसाङ बस्ने ३३ वर्षीय बीर बहादुर घिसिङ र सोही गाउँपालिका-७ कानेपोखरी बस्ने ३७ वर्षीय सन्तोष लिम्बु रहेका छन् । अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले प्र.१-०२-०४८ प १८८४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-३२ खुदीखोला बस्ने ३६ वर्षीय कबिमान थापालाई नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, फेनारगन २६ एम्पुल र बुप्रेनोर्फिन २५ एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१२ रानीपाकडबाट नियन्त्रित लागूऔषध फेनारगन ९८ एम्पुल, डाईजेपाम ९८ एम्पुल र बुप्रेनोर्फिन ९९ एम्पुल सहित रामग्राम नगरपालिका-२ हाटबजार टोल बस्ने २२ वर्षीय नागराज काहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धनुषा, बिदेह नगरपालिका-१ मैनाथपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले  भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०२-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका ४१ वर्षीय भीम लामा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने दैलेख गुराँस गाउँपालिका-३ घर भएका ३९ वर्षीय खड्कध्वज शाही रहेका छन् ।पक्राउ मध्ये भीमले युरोपका विभिन्न देशहरू पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ करोड ९३ लाख रूपैयाँ र खड्कध्वजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भीमलाई काठमाडौं महानगरपालिका-११ र खड्कध्वजलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

विद्युतीय चुरोट (भेप) सहित एक जना पक्राउ
२०८३-०२-१३

काठमाडौं, अवैध विद्युतीय चुरोट (भेप) सहित ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३१ वर्षीय नविन खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।नविनले काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित आरबि कम्प्लेक्सको भवनमा Smile your choice र Vapemandu Traders Pvt. Ltd. नामक पसल संचालन गरी भेप बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ । साथै प्रहरीले सोही कम्प्लेक्सको भवनमा भण्डारण गरी राखेको २९ हजार १ सय ४० थान भेप समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
२०८३-०२-१३

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित श्री सन्त तुलसी दास (फ्रुट सेन्टर) बाट स्रोत नखुलेको नगद १२ लाख १५ हजार १५ रूपैयाँ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फ्रुट सेन्टरका संचालक काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ५० वर्षीय शंकर साह, ललितपुर ईमाडोल बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका ३३ वर्षीय भिमसेन तिमल्सिना र सप्तरी घर भएका ४० वर्षीय प्रमोद कुमार यादव रहेका छन् ।  प्रहरी वृत्त कालिमाटी समेतबाट खटिको प्रहरीले फ्रुट सेन्टर तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदबहाली पश्चात भएका उल्लेखनीय कार्यहरू
२०८३-०२-१२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको पदबहाली पश्चात संगठनको क्षमता अभिवृद्धिका साथै सांगठानिक सुदृढीकरणमा विभिन्न प्रयासहरू भएका छन् । जसमध्ये प्रहरी कल्याण, कर्मचारी हित तथा मनोवल अभिवृद्धि, प्रविधि, डिजिटल प्रणाली तथा फरेन्सिक आधुनिकीकरण, नीतिगत, कानुनी तथा संगठनात्मक सुधार, संस्थागत क्षमता विस्तार,  समुदाय-केन्द्रित तथा सामाजिक सुरक्षा कार्यक्रम, पूर्वाधार विकास तथा सेवा विस्तारका क्षेत्रहरूमा उल्लेखनीय प्रयासहरू भएका छन् ।प्रहरी कल्याण, कर्मचारी हित तथा मनोवल अभिवृद्धितर्फ प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगी सम्मलाई आकस्मिक समस्या समाधानको लागि ५% ब्याजदरमा २ लाख रूपैयाँ आकस्मिक सहुलियत कर्जा उपलब्ध गराउने गरी कल्याण कोषको सेवा बिस्तार गरिएको, यस अवधिमा प्रहरी कल्याण कोषबाट ४,८४७ जना प्रहरी कर्मचारीलाई २,३८,७३,२३,९०५ रुपैयाँ बराबरको सहुलियत कर्जा, घर खरिद वा निर्माण कर्जा, शैक्षिक कर्जा, सवारी साधन खरिद कर्जा, निर्ब्याजी उपचार सापटी, आकस्मिक सहुलियत कर्जा उपलब्ध गराइएको छ । प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि,२०८० लाई संशोधन गरी समयानुकूल सेवा अभिवृद्धि र सेवा सुविधा बिस्तार गर्नुका साथै प्रहरी कल्याण कोषबाट प्रवाह हुने सेवाहरूलाई सरल, सहज र छरितो हुने गरी व्यवस्था मिलाइएको छ । यसैगरी प्रविधि, डिजिटल प्रणाली तथा फरेन्सिक आधुनिकीकरणतर्फ नेपाल प्रहरी प्रधान कार्यालयमा Artificial Intelligence And Advance Analytics Cell (AI-AAC) को स्थापना गरी सञ्चालन गरिएको, अभियुक्त र कसूरदारको अभिलेखीकरण (Recording) र ट्रयाकिङ (Tracking) प्रणाली सम्बन्धी SOP- स्वीकृत भई कार्यान्वयनमा आएको छ । यस अवधिमा ६७४७५३ जनालाई चारित्रिक प्रमाण पत्र वितरण गरिएको छ । हाल नेपाल प्रहरीमा संचालनमा रहेको प्रहरी मोबाइल एप मार्फत सर्वसाधारणले उजुरी तथा निवेदन दिन सक्ने व्यवस्था मिलाइएको, विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा प्रदेशका नाकाहरू सहित देशभरका विभिन्न स्थानमा १०४२ वटा CCTV क्यामेरा जडान भएको छ ।  नीतिगत, कानुनी तथा संगठनात्मक सुधारतर्फ सरूवा कार्यान्वयनलाई व्यवस्थित बनाउन बढुवा तथा पदस्थापन भएका प्रहरी कर्मचारीहरूलाई आफ्नो दरबन्दीमा हाजिर भएपश्चात मात्रै दर्ज्यानी चिह्न प्रदान गर्ने पद्दतीको शुरूवात गरिएको छ । संगठनको निष्पक्षता, पारदर्शीता र व्यावसायिक मर्यादालाई अक्षुण्ण राख्ने उद्देश्यले बाह्य प्रभाव पार्ने वा त्यस्तो प्रभावमा संलग्न प्रहरी कर्मचारीहरूको गतिविधी तीनपुस्ते रेकर्डमा अभिलेखीकरण गर्ने कार्यको संस्थागत रूपमा औपचारिक शुभारम्भ गरिएको छ । नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर समिति गठन भई छलफल अगाडि बढाइएको, कार्यसम्पादन र मूल्याङ्कन अभिलेख ढाँचा प्रतिवेदन,२०८२ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, नेपाल प्रहरी रणनीतिक सम्मेलन प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको, Training Need Analysis (TNA) कार्यविधि, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, नेपाल प्रहरीका लागि आवश्यक हातहतियार तथा खरखजना र भिड नियन्त्रणका लागि आवश्यक असवावका सामाग्रीहरूको आवश्यकताको मापदण्ड, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, जेन-जी (gen-Z) लगायतका युवा पुस्ताहरूको अभिरूची र जोखिमको विश्रलेषण प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, भिड नियन्त्रणको क्रममा Baton/Firearms को प्रयोग मापदण्ड, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, भीड नियन्त्रणको विशिष्टिकृत प्रशिक्षण क्षमता विकासको निमित्त मापदण्ड निर्माण गर्ने सम्बन्धी प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयनमा आएको, नेपाल प्रहरी रणनीतिक योजना २०८३-२०८५ स्वीकृत भई कार्यान्वयनमा आएको, नेपाल सरकारबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीका नेपाल प्रहरीसँग सम्बन्धित बुँदाहरू कार्यान्वयन भइरहेको, नेपाल प्रहरी ठाडो निवेदन उपर छलफल र मेलमिलाप सम्बन्धि कार्यविधि,२०८२ स्वीकृत भई कार्यान्वयनको लागि देशभरका प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ । संस्थागत क्षमता विस्तारतर्फ देशभरका विभिन्न १७ वटा प्रहरी कार्यालयका लागि ४८ हजार ९ सय २९ वर्ग मिटर जग्गा प्राप्ति भएको, कार्यसम्पादन मूल्यांकन मार्गनिर्देशनका आधारमा जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादनको स्तर मापन गर्ने पद्धतिको शुरूवात, नेपाल प्रहरीमा नयाँ UN (FPU) मिशन स्थापनाको लागि UNDPO मा प्रस्ताव पठाइएको र यसका लागि नियमित समन्वय गरिएको, नेपाल प्रहरीमा ड्रोन तथा एन्टी-ड्रोन इकाई स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाइएको, स्वदेश तथा विदेश तालिम अन्तर्गत ११५०० जना जनशक्तिलाई प्रशिक्षण प्रदान गरिएको छ ।समुदाय केन्द्रित तथा सामाजिक सुरक्षा कार्यक्रमतर्फ गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक छात्रवृत्तिका लागि मिति २०८२/१०/२० गते स्वर्गीय कृष्णबहादुर कार्कीको स्मृतिमा देवीस्थान माध्यमिक विद्यालय, मालिका गाउँपालिका वडा नं ७ घमिर गुल्मीमा रू. ५,००,००० बराबरको अक्षयकोष स्थापना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. १ मा र बाराको महागढीमाई नगरपालिका वडा नं १० मा न्यानो कपडा वितरण गरिएको, पर्साको वीरगंजस्थित मानवसेवा आश्रममा र कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं २ स्थित गुरूकुल, कैलास आश्रममा खाद्यान्न सामाग्री वितरण गरिएको छ । प्रहरीको सम्पर्कमा आउने बालबालिका र प्रहरी कर्मचारीका कम उमेरका बालबालिकाहरूको स्याहारका लागि १० वटा प्रहरी कार्यालयहरूमा प्रति जिल्ला रू. १,५०,००० रकम उपलब्ध गराइ बालमैत्री कक्ष स्थापना गरिएको छ । सो अवधिमा समुदाय प्रहरी साझेदारी अन्तर्गत ६,५१७ वटा कार्यक्रममार्फत ११,३३,९६२ जना नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।सो अवधिमा पूर्वाधार विकास तथा सेवा विस्तारतर्फ जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय  नवलपरासी पूर्व सहित इलाका प्रहरी कार्यालयहरू कोहलपुर, बरहथवा, बुटवल, गढवा, सिम्रौनगढ र वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु गरी ८ वटा प्रहरी कार्यालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्‌घाटन भएको छ ।

हिरासतमा मृत्यु प्रकरणमा १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस
२०८३-०२-१२

काठमाडौं, इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक देखि प्रहरी जवान सम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ । हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको हो ।  जसमध्ये १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाई सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत र १ जनालाई ग्रेड घटुवा गर्ने समितिले सिफारिस गरेको छ । साथै समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न, हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने डिउटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्ने सुझाव दिएको छ । कुनै पनि असामान्य गतिविधि तुरून्तै रिपोर्ट गर्ने प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न लगाउने, विशेषत: अन्तर्जातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाब उत्पन्न हुन सक्ने घटनाहरूमा आवश्यक तथ्य संकलन, पक्षहरू एवम् परिवारजनसँग समन्वय तथा अनुसन्धान सम्बन्धी निर्णयहरूमा कार्यलय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता सुनिश्चितता गर्न समितिले सुभाव दिएको छ । यसैगरी जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण तथा सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउँदै मुद्दा चलाउने कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन, घटना एवम् सूचना व्यवस्थापन तथा समन्वयलाई थप सुदृढ गर्न सचेत गराई प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण, हिरासत अवस्थाको नियमित मूल्याङकन तथा सुधारमुखी कार्य योजना कार्यान्वयन गर्न समेत समितिले सुझाव दिएको छ । 

अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८३-०२-१२

झापा, भद्रपुर नगरपालिका-५ देवी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय जहागि शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ७ सय १० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय बिष्णु कोरी र २६ वर्षीय सलिम सलमानी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०२-१२

काठमाडौं महानगरपालिका-१५ बुद्ध पार्क नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय २५ ग्राम २ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध फेनारगन २५ एम्पुल, डाईजेपाम २५ एम्पुल, नाइट्रोभेट १ सय ५ ट्याब्लेट, नगद ३० लाख १७ हजार २ सय ४५ रूपैयाँ र मोबाइल ८ थान सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय कुमार लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, वेलका नगरपालिका-९ कमलाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ लालबजार बस्ने २७ वर्षीय सन्देश मगर र सोही नगरपालिका-३ कालीखोला नेवार टोल बस्ने २५ वर्षीय पारश राई रहेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले चतराबाट रामपुरतर्फ आउँदै गरेको बा.३० प ६००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-५ कौवा खेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम  सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-९ बस्ने २७ वर्षीय प्रमोद गिरी र २२ वर्षीय राम बहादुर विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से.१ प ८३०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-९ भवानीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-७ लखनपुर बस्ने २३ वर्षीय अबिनाश थारू र २७ वर्षीय सुरेन्द्र गुरूङ रहेका छन् । अस्थायी प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-४ आन्द्रमोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ४२ वर्षीय रूद्र बहादुर थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको  छ । नवलपरासी पश्चिम, सरावल गाउँपालिका-७ भुजहवा पुर्वीटोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र आईपिपिएल १० एम्पुल सहित सोही गाउँपालिका-७ भुजहवा बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुजहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ एरीचोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ तातापानी बस्ने १९ वर्षीय सुदिप श्रेष्ठ २० वर्षीय कवि मगर रहेका छन् । नगर प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ बुलबुले स्कुल नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय प्रबिन विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय  सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडा डेरा गरी बस्ने महोत्तरी घर भएका २६  वर्षीय कुमार लामा समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम  र नगद ७ हजार २ सय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले कुमारको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको  बा.प्र -०३-००५ प ९२७४ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
२०८३-०२-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित WWICS Immigration Services Nepal Pvt. Ltd. का संचालक काठमाडौं महानगरपालिका-२६ बस्ने भारत पंजाव मोहाली घर भएका २६ वर्षीय अमित कुमार र काठमाडौं महानगरपालिका-३ बस्ने भारत हरियाणा फरिदावाद घर भएका ३९ वर्षीय राहुल कुमार, काठमाडौं तारकेश्वर नगरपालिका बस्ने चितवन कालिका नगरपालिका-६ घर भएकी २७ वर्षीया मुस्कान घिमिरे, ललितपुर, ललितपुर महानगरपालिका-२३ बस्ने मकवानपुर बकैया गाउँपालिका-९ घर भएका ३९ वर्षीय जनक बहादुर वाईबा, ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने सुनसरी रामधुनी नगरपालिका-५ घर भएका २७ वर्षीय मिलन घिमिरे, काठमाडौं महानगरपालिका-१५ बस्ने मोरङ बेलबारी नगरपालिका-३ घर भएका २७ वर्षीय कमल थापा र काठमाडौं महानगरपालिका-७ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएकी ४० वर्षीया नितु घिमिरे रहेका छन् । पक्राउ मध्ये अमित र राहुलले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १ करोड ५७ लाख ६५ हजार ४ सय रूपैयाँ, मुस्कानले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, जनकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ, मिलनले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ३५ हजार रूपैयाँ, कमलले बेलायत, रोमानिया लगायतका देशहरू फटाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २७ लाख ५० हजार रूपैयाँ र नितुले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमित र राहुललाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, मुस्कानलाई टोखा नगरपालिका-३ बाट, जनकलाई ललितपुर महानगरपालिका-२३ बाट र मिलनलाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट आइतबार तथा कमललाई काठमाडौं नागार्जुन नगरपालिका-१ बाट र नितुलाई काठमाडौं महानगरपालिका-७ बाट सोमबार पक्राउ गरेको हो । पक्राउ मध्ये अमित र राहुललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने मुस्कान, जनक, मिलन, कमल र नितुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०२-११

कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट, नगद २ लाख ९३ हजार ९ सय ४० रूपैयाँ र मोबाइल ३ थान सहित सोही ठाउँ डेरा गरी बस्ने ललितपुर घर भएका ४० वर्षीय सुनिल तुलाधारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-२ भानु चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २८ ट्याब्लेट र स्पास्मो १ सय २८ ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय निश्चल लिम्बु र सोही उपमहानगरपालिका-८ बस्ने ३५ वर्षीय सुक्रराज तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.३६ प ६४७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌बाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न
२०८३-०२-११

काठमाडौं, जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई आशीर्वचन समेत दिनुभयो ।  जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌लाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ रोपण समेत गर्नुभयो ।  अवलोकन पश्चात आयोजित कार्यक्रममा जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा निर्मित “शिव शम्भू” (भगवान शिवप्रति समर्पित) भजनको विमोचन गर्नुभयो ।  सो अवसरमा जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आशीर्वचन समेत दिनुभयो । सो क्रममा उहाँले सत्य, सेवा, सुरक्षणम्‌को मूल मन्त्रलाई आत्मसात् गरी नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीलाई आगामी दिनमा नागरिकको जीउ धनको सुरक्षा दिने कार्यमा अझ पूर्णसफलताको कामना समेत व्यक्त गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌को नेपाल प्रहरी प्रधान कार्यालयमा शुभ आगमनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई आत्मिक शान्ति, दिव्य प्रेरणा र अनुपम गौरवको अनुभूति गराएको चर्चा गर्दै सम्पूर्ण प्रहरी परिवारको तर्फबाट हार्दिक स्वागत, अभिनन्दन तथा अनन्त कृतज्ञता व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌बाट प्राप्त आशीर्वचनले राष्ट्रिय सेवामा समर्पित प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शक्ति प्रदान गर्नुका साथै प्रहरी कर्मचारीहरूको सेवाभाव, आत्मबल र मनोबलमा समेत नवऊर्जा सञ्चालित गराएको बताउँदै उहाँको दिव्य आशीर्वचन र सनातन दर्शनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई गहिरो प्रेरणा समेत प्राप्त भएको बताउनुभयो । यस कार्यक्रम मार्फत प्राप्त आध्यात्मिक चेतना, आत्मिक अनुशासन र धार्मिक मर्मले प्रहरी पोशाकमा सुसज्जित कर्मचारीहरूलाई सहि मार्गमा स्थिर राख्न समेत मद्दत गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।     प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी कानुनी धर्मको पालकका साथसाथै राष्ट्र सेवा, न्याय र जनसुरक्षाको साधक समेत भएको उल्लेख गर्दै पेशागत त्रुटी र मानसिक दबाबका बीच आध्यात्मिक चिन्तनले हामीलाई धैर्य, संयम, सकारात्मकता र नैतिक शक्तिको दिव्य ऊर्जा प्राप्त हुने बताउनुभयो । नेपाल प्रहरीको आदर्श वाक्य सत्य, सेवा, सुरक्षणम्‌को दिव्य एवम् मूल मार्गलाई आत्मसात् गर्दै नेपाल प्रहरी सदैव सत्य, न्याय, अनुशासन र धर्मको मार्गमा अडिग रही राष्ट्र सेवामा प्रतिबद्ध रहने उहाँले बताउनुभयो । साथै प्रहरी महानिरीक्षक कार्कीले जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌बाट विमोचित भजनले उहाँको आशीर्वादसँगै अझ दिव्यता र आध्यात्मिक गरिमा प्राप्त गरेको एवम् भजनले श्रद्धा, आत्मबोध र आध्यात्मिक चेतनातर्फ प्रेरित गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयका प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एवम् पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०२-११

बाँके, कोहलपुर नगरपालिका-९ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय समिर थारू र २७ वर्षीय बिशाल सुनारलाई रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले समिरको घर तलासी गर्दा उक्त लागूऔषध पेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-९ झण्डहवा बस्ने ४२ वर्षीय मोहम्मद असिन साइलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम र नगद ४१ हजार १ सय ५० रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२५ असन चोक बस्ने ४० वर्षीय अजय चित्रकार र काठमाडौं महानगरपालिका-२३ ओमबाहल टोल बस्ने ३७ वर्षीय सुशिल मानन्धर रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-५ बस्ने २३ वर्षीय तुलसी माझीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय १० मिलिग्राम, ५६ हजार ६ सय नेपली रूपैयाँ र १ हजार १ सय भारतीय रूपैयाँ सहित आइतबार राति प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २४ वर्षीय ज्ञानेश खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सल्यान, वनगाड कुपिण्डे नगरपालिका-१ अम्राबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २०२ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ६० वर्षीय रत कुमार ऐरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले वनगाड कुपिण्डे नगरपालिका-१ बस्ने ४५ वर्षीय रमेश परियारको घर तलासी गर्दा चरेस जस्तो देखिने पदार्थ १ सय ३६ ग्राम ९ सय ७० मिलिग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ स्थित शारदा सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २३ वर्षीय आशिष शाही र १९ वर्षीय ओमप्रकाश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २० वर्षीय सुमित त्यातलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र थ्रिनटथ्रि राईफलको गोली १ राउण्ड सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उनकै घर नजिकबाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पर्सा, पोखरिया नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय मिलिग्राम सहित सोही नगरपालिका-९ सिवबर्वा बस्ने २० वर्षीय बिशाल राउत कम्करलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-५ जिरो किमिबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ५९ ट्याब्लेट सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-९ नागढुङ्गा बस्ने २२ वर्षीय नबिन गुरूङ, सोही महानगरपालिका-५ प्रस्याङ बस्ने २३ वर्षीया अन्जली परियार र सोही महानगरपालिका-५ मलेपाटन बस्ने ४२ वर्षीय हेमन्त भट्टराई रहेका छन् । वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ग.१२ प ९९२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्राम ५ सय ७० मिलिग्राम सहित महोत्तरी भँगाहा नगरपालिका-४ बस्ने २३ वर्षीय राजन महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबासबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश-०३-००१ ज १४२० नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा महोत्तरी भँगाहा नगरपालिका-४ बस्ने ३३ वर्षीय राजाबाबु महत्तोको समेत संलग्नता रहेको खुल्न आएपश्चात उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरीले खुर्कोटबाट पक्राउ गरेको छ । कैलाली, कैलारी गाउँपालिका-५ सडकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुरी तेकुनिया बस्ने २८ वर्षीय विकाश कुमार र ३४ वर्षीय मन्जोत सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलियाला र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ सिएफ ५८८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ
२०८३-०२-१०

मोरङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा विराटनगर महानगरपालिका-४ स्थित होटल मनास्लु इनमा आइतबार आयोजित समारोहबीच लागूऔषध विरूद्धको महाअभियान (Mega Campaign Against  Narcotics-Mega CAN ) २०८३ कार्यक्रम शुभारम्भ भएको छ । मुख्यमन्त्री कार्कीले पानसमा दीप प्रज्जवलन गरी उक्त महाअभियानको शुभारम्भ गर्नुभएको हो ।  जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्देश्यका साथ लागूऔषध विरूद्धको सचेतनामुलक प्लेकार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, विभिन्न सरकारी कार्यालय, विभिन्न संघसंस्था, संचारकर्मी, स्काउट, विद्यार्थी, युवा वर्ग सहितको प्रभातफेरी र्‍याली जलजला चोक, गोल्छामोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरूको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागूऔषध विरूद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैल्याई युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्र मणि पराजुली, प्रतिनिधि सभाका सांसद सन्तोष राजबंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, नेपाल सरकार गृह मन्त्रालय निति, योजना अनुगमन तथा मुल्याङकन महाशाखाका सहसचिव एवम् लागूऔषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलावल्भ घिमिरे, एबिसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागूऔषध विरूद्धको ऐक्यबद्धता सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध मुक्त जिल्ला बनाउन सबैको सहकार्यका साथ सुरूवात गरेको यस महाअभियान लागूऔषध विरूद्ध सक्रिय हुँदै देशव्यापीरूपमा अघि बढ्न सफल हुने बताउनुभयो । समाजलाई अन्धकारतर्फ धकेल्दै आएको लागूऔषधको जालोलाई तोड्न यस अभियान महत्वपूर्ण हुने उल्लेख गर्दै लागूऔषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चार माध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने उहाँले बताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले महाअभियानको औचित्य, उद्देश्य तथा मोरङ जिल्लामा लागूऔषध दुर्ब्यसनको वर्तमान अवस्था र चुनौतीबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा कोशी अस्पतालकी डा.अजिता पौडेलले लागूऔषध दुर्ब्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गर्नुभएको थियो । कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटक सहित लागूऔषध विरूद्ध सचेतनामुलक सांगीतिक प्रस्तुतिहरूका साथै लागूऔषध दुर्व्यसन र प्रभाव सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, कोशी प्रदेशका प्रमुख सचिव, जिल्लास्थित नगरपालिकाका प्रमुखहरू, गाउँपालिकाका प्रमुखहरू, पूर्वी पृतना हेड क्वाटर इटहरीका उपरथी, उच्च अदालत विराटनगरका  न्यायाधीशहरू, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरू, बैंक, वित्तीय संस्था, बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी कार्यालय, संघसंस्था, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, खेलाडी, नागरिक समाज, बुद्दिजिवी लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०२-१०

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपनबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २८ एम्पुल, नोर्फिन २६ एम्पुल र नगद ५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय सोनाम राना मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित धादिङ नैबिसे घर भएका ४२ वर्षीय केदार तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँट जोशी चोकबाट अवैध लागूऔषध गाँजा ४ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय २७ ट्याब्लेट सहित काठमाडौं नरेफाँट बस्ने सर्लाही घर भएका २१ वर्षीय सन्देश श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध डाइजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र बुप्रेनोर्फिन २ सय एम्पुल सहित सोही नगरपालिका-८ लोहसडा बस्ने ३८ वर्षीय राम मिलन केवटलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले लु.२६ प ४४१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-८ भोलढोकाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु २७ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८२ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोवर कुलेखानी घर भएका २५ वर्षीय बिजय स्याङ्बो र ललितपुर महानगरपालिका-८ गुईटोल बस्ने मोरङ घर भएकी २० वर्षीया नीता शिवा  रहेका छन् । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, कोशी गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम २ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ नहर चोक बस्ने २९ वर्षीय आरीफ अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१० दमौराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय योगेन्द्र भुल र २६ वर्षीय अमित कुमार तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, वेलका नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-४ प्रगती टोल बस्ने २१ वर्षीय खगिन भन्ने खगेन्द्र मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ गौरीघाट बस्ने ३३ वर्षीय आशिष सिंह र बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ३१ वर्षीय विसन लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले राजबिराजबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९६७१ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०२-०९

काठमाडौं, काठमाडौं महानगरपालिका-६ रामहिटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित काठमाडौं कपन बस्ने दोलखा घर भएका ४० वर्षीय अमित जिरेललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय २० ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्‍वरी मनोहरा नगरपालिका-५ थली बस्ने ३१ वर्षीय बिबेक कार्की र ३४ वर्षीय संजय खड्का रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पिपिरा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय हेमराज बिसीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुर्खेत, गुर्भाकोट नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय प्रकाश परियार समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ चनौटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २५ वर्षीय हिमाल राना मगर, सोही नगरपालिका-१३ बस्ने २५ वर्षीय बिशाल खत्री र दैलेख गुराँस गाउँपालिका-८ बस्ने २७ वर्षीय बिशाल खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने १९ वर्षीय शिशिर जंग शाही र जानकी गाउँपालिका-२ बस्ने २७ वर्षीय सरोज राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले भे.७ प २२४३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१ घारापानी बस्ने ३७ वर्षीय बलराम न्यौपानेलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।   सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम ४ सय २० मिलिग्राम सहित सोलुखुम्बु सोलुदुधकण्ड नगरपालिका-२ बस्ने २६ वर्षीय विक्रम श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५५०० नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित सोही नगरपालिका-१ एकतानगर बस्ने १९ वर्षीय नरेश परियारलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २५ वर्षीय सुर्य नाथ, २८ वर्षीय रोहन बोहरा र २८ वर्षीय हिक्मत भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बझाङ, जयपृथ्वी नगरपालिका-१० बसपार्क बस्ने २५ वर्षीया साधना बोहरालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ सय १४ ग्राम ८ सय ४० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनको किराना पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०२-०८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने धादिङ घर भएका ३७ वर्षीय शरण थापा, काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ घर भएका ३७ वर्षीय विष्णु सिलवाल, झापा बिर्तामोड नगरपालिका-१० बस्ने ४५ वर्षीय उत्तम गुरूङ, काठमाडौं महानगरपालिका-३२ बस्ने २९ वर्षीया प्रियंका कुमारी चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने सुनसरी घर भएका ३१ वर्षीय अर्जुन कुमार चौधरी रहेका छन् ।पक्राउ मध्ये शरणले सिङ्गापुर पठाइदिन्छु भन्दै ४३ जना पीडितहरूबाट ५ करोड १ लाख १२ हजार रूपैयाँ, विष्णुले मकाउ पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ११ लाख रूपैयाँ, उत्तमले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपैयाँ,  प्रियंकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र अर्जुनले पोर्चुगल पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शरणलाई काठमाडौं महानगरपालिका-१० बाट, विष्णुलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट, उत्तमलाई काठमाडौं महानगरपालिका-६ बाट, प्रियंकालाई काठमाडौं महानगरपालिका-११ बाट र अर्जुनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-०८

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे मण्डनदेउपुर नगरपालिका-४ छेडा बस्ने सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दिपेन्द्र भुजेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २०८२ वैशाख ३० गते काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित नयाँपाटीमा बलिन्द्र प्रकाश राईलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा पुर्पक्षमा रही केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ आन्दोलनको क्रममा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काभ्रे मन्डनदेउपुर नगरपालिका-४ छेडाबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०२-०८

सुनसरी, बराहक्षेत्र नगरपालिका-१० प्रकाशपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने इलाम घर भएका २५ वर्षीय सनदिल योङहाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१० बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो १ सय ५० ग्राम र नगद २ हजार ६ सय २० रूपैयाँ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ थाक्रे गाउँपालिका-२ महादेववेशी बस्ने ५२ वर्षीय कामी तामाङ र मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ देउखेल भोर्ले बस्ने ३० वर्षीया उषा भन्ने बर्षा पुरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.२-०६२ प २०९९ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

एक महिनाको अवधिमा १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ
२०८३-०२-०८

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।  जसमध्ये उपत्यकाबाट १ सय ७१ जना, कोशी प्रदेशबाट २ सय ६ जना, मधेश प्रदेशबाट ७० जना, बागमती प्रदेशबाट १ सय ५४ जना, गण्डकी प्रदेशबाट ५६ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, कर्णाली प्रदेशबाट २१ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ६७ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट ४२ जना पक्राउ परेका हुन् ।    सो अवधिमा अवैध लागूऔषध गाँजा १ हजार ८ सय २० किलो ३ सय १८ ग्राम ३ सय ४० मिलिग्राम, चरेस १९ किलो १ सय ३८ ग्राम ९ सय ६४ मिलिग्राम, हेरोइन ४ किलो २३ ग्राम ५ सय २८ मिलिग्राम, अफिम ७ किलो ९ सय ७४ ग्राम ३ सय ८० मिलिग्रम, कोकिन ३३ ग्राम ६ सय २० मिलिग्राम, पोलेन ११ किलो ४ सय १९ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम २ हजार ८ सय ९५ एम्पुल, फेनारगन २ हजार ८ सय ४५ एम्पुल, बुप्रेनोर्फिन २ हजार ९ सय २९ एम्पुल, ट्रामाडोल २ लाख ३ हजार ३ सय ३८ ट्याब्लेट, नाइट्राभेट २ हजार ५ सय ४१ ट्याब्लेट, स्पास्मो २१ हजार ३ सय ९९ ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।    लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।

एक महिनाको अवधिमा २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरू पक्राउ
२०८३-०२-०८

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय ६६ जना, कोशी प्रदेशबाट ३ सय २६ जना, मधेश प्रदेशबाट ७ सय ३० जना, बागमती प्रदेशबाट १ सय ९९ जना, गण्डकी प्रदेशबाट २ सय ४ जना, लुम्बिनी प्रदेशबाट ३ सय ३० जना, कर्णाली प्रदेशबाट ६८ जना र सुदूरपश्चिम प्रदेशबाट ८४ जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार १ सय १० रूपैयाँ जरिवाना असुल उपर गरिएको छ । नेपाल प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको परिपेक्षमा फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ । कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान संचालन गरी कार्य गर्दै आइरहेको छ । 

एक महिनाको अवधिमा हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जना पक्राउ
२०८३-०२-०८

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट ३ जना, कोशी प्रदेशबाट १ जना, मधेश प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना र सुदूरपश्चिम प्रदेशबाट ३ जना पक्राउ परेका हुन् ।    पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल १ थान, पेस्तोल १ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल २ थान, भरूवा बन्दुक २१ थान,  बन्दुक १ थान र एयरगन २ थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ । साथै उनीहरूबाट चाईनिज पेस्तोलको गोली १ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको छ ।अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले सदैव क्रियाशील छ । तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारमा हातहतियार प्रयोग भएको देखिन्छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी देशभरिनै विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ । अवैध हतियार कतै लुकाईराखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन समेत नेपाल प्रहरी अनुरोध गर्दछ । 

करिब १ सय २५ किलो गाँजा सहित एक जना पक्राउ
२०८३-०२-०८

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ दुधौरा पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १ सय २५ किलोग्राम सहित  सोही उपमहानगरपालिका-१८ पसहा टोल बस्ने रौतहट चन्द्रपुर नगरपालिका-१ पौराही घर भएका २७ वर्षीय मान बहादुर स्याङतानलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ पिलुवाबाट डुमरवानातर्फ आउँदै गरेको आल्फाबेट नखुलेको ४३११ नम्बरको कारमा सवार व्यक्तिले ९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फाली फरार भएपश्चात गाँजा ओसारपसार गर्ने मध्येका मान बहादुरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हाल फरार कार र कारमा सवार व्यक्तिहरूको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०२-०८

    काठमाडौं, टोखा नगरपालिका-९ लक्ष्मीनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र नाइट्राजेपाम ४ सय २० ट्याब्लेट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली घ्याङलेख गाउँपालिका- ४ घर भएका २३ वर्षीय राजु घोले, ललितपुर बस्ने काभ्रे पाँचखाल नगरपालिका-६ घर भएका २२ वर्षीय कोशिस दनुवार, ललितपुर महानगरपालिका-१७ घर भएका १८ वर्षीय किशोर र रामेछाप मन्थली नगरपालिका-५ घर भएका २१ वर्षीय निशान बुढाथोकी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१० लठैया बस्ने १९ वर्षीय आदित चौधरी र २० वर्षीय संजय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.२ प ७४१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-४ फिर्केपुलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अन्नपुर्ण गाउँपालिका-८ दानसिंह बस्ने २९ वर्षीय हरि नेपाली र २५ वर्षीय सरण विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-२ अर्चलवोटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट सहित सोही महानगरपालिका-२३ पामे बस्ने २५ वर्षीय मौसम परियारलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय ५० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय रितेश केसी र ओखलढुङ्गा घर भएका २१ वर्षीय राजन मगर रहेका छन् । वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय  पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धनुषा, बिदेह नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ सय ट्याब्लेट र स्पास्मो १ सय ६८ ट्याब्लेट सहित सबैला नगरपालिका-१३ रघुनाथपर बस्ने ३२ वर्षीय नबिबुल रहमानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७ प ७६२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटबल उपमहानगरपालिका-३ गोलपार्कबाट नियन्त्रित लागूऔषध आईपिपिएल १८ एम्पुल, फेनारगन १८ एम्पुल र सेराज्याक १८ एम्पुल सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिष बस्नेतलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ तीन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ मिलिग्राम सहित उर्लावारी नगरपालिका-३ बस्ने २५ वर्षीय रोशन थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-२ पुनरबासस्थित रामाईलो चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय समिप राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ चर्तागाछीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट सहित दमक नगरपालिका-३ बस्ने २४ वर्षीय बिनोद कटुवाल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ कृष्णटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय आयुष सार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०२-०७

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने सुनसरी घर भएका ४० वर्षीय देवेन्द्र राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३४ ग्राम ७ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनलाई टोखा नगरपालिका-९ गोंगबुबाट २ ग्राम ८ सय १० मिलिग्राम र नगद २५ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित राई बसेको श्रमिक गेष्ट हाउसको २०२ नम्बरको कोठा तलासी गर्दा थप ३१ ग्राम ९ सय १० मिलिग्राम उक्त पदार्थ फेला परेको हो ।  यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-१ बस्ने ३८ वर्षीय मायोज भन्ने दिनेश महर्जनलाई नियन्त्रित लागूऔषध डाइजेपाम ६४७ एम्पुल, फेनारगन ६४७ एम्पुल, नोर्फिन ६४७ एम्पुल र नगद २० हजार ५० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने चितवन भरतपुर महानगरपालिका-१ घर भएका ५२ वर्षीय आकाश लामालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, कञ्चन गाउँपालिका-३ हरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ बस्ने ३१ वर्षीय उत्तम भन्ने इन्द्रजित चालिसे र सोही गाउँपालिका-३ बस्ने ३९ वर्षीय देव बहादुर थापा रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, खजुरा गाउँपालिका-६ सिमलघारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-६ सिमघारी बस्ने २३ वर्षीय धमेन्द्र विकलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-२० सुखरामपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय रामपाल बर्मा र २० वर्षीय बिशाल खटिक रहेका छन् । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले सुखरामपुरबाट मनिकापुरतर्फ जाँदै गरेको भे. १० प २०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ सन्देश चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय इन्द्र भुजेल, २३ वर्षीय रोनित राई र २२ वर्षीय सुरज मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौँडा उपमहानगरपालिका-६ खुमलटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने २१ वर्षीय रोनक खड्गी र सोही उपमहानगरपालिका-१८ हर्नामाडी बस्ने २९ वर्षीय रोशन मालबुले रहेका छन् । प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१७ पशुपति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय मिलिग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीया जानकी धामी, ३२ वर्षीय किरण राई, ३५ वर्षीय समिर राई र २४ वर्षीय विशाल राज धामी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ३० मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-१० बस्ने २६ वर्षीय रमेश उराउलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ७० मिलिग्राम सहित ओखलढुङ्गा चम्पादेवी नगरपालिका-५ बस्ने २५ वर्षीय रूद्र कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०१-००५ ख ९७६० नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   चितवन, भरतपुर महानगरपालिका-४ शिवघाट बस्ने ३३ वर्षीय सलिम अलिलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ८७ हजार ५ सय रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   झापा, भद्रपुर नगरपालिका-३ भाङबारी फलामेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राई रहेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, गोदावरी नगरपालिका-१२ ठेचोबाट अवैध लागूऔषध गाँजा २ सय ९० ग्राम सहित सोही ठाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-५ घर भएकी ४५ वर्षीया सम्झना तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय सुरज बोहरा समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०२-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा रामेछाप, रामेछाप नगरपालिका-८ घर भएका ३३ वर्षीय रमेश कुमार विश्वकर्मा, काठमाडौं महानगरपालिका-१० बस्ने गोरखा घर भएका ३५ वर्षीय चन्द्र बहादुर गुरूङ, काठमाडौं महानगरपालिका-२६ बस्ने गोरखा घर भएका ३० वर्षीय दिपेश गुरूङ, गोरखा घर भएका २४ वर्षीय सौगात गुरूङ, ललितपुर गोदावरी नगरपालिका-२२ बस्ने पाँचथर घर भएका ४८ वर्षीय सुर्य प्रकाश खेजुम र भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने काभ्रे घर भएका ३३ वर्षीया शान्ती श्रेष्ठ रहेका  छन् ।पक्राउ मध्ये रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख २५ हजार रूपैयाँ, चन्द्र बहादुरले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ९५ हजार रूपैयाँ, दिपेश र सौगातले टर्की पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८६ लाख २२ हजार ५ सय ७० रूपैयाँ, सुर्य प्रकाशले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ र शान्तीले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई कास्कीबाट, चन्द्र बहादुरलाई काठमाडौं महानगरपालिका-१० बाट र शान्तीलाई काठमाडौं महानगरपालिका-३० बाट बुधबार तथा दिपेश र सौगातलाई काठमाडौं महानगरपालिका-२६ बाट र सुर्यलाई ललितपुर गोदावरी नगरपालिका-२२ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई जना पक्राउ
२०८३-०२-०७

काठमाडौं, स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा तपस्या एचआर प्रालिका संचालक काठमाडौं महानगरपालिका-२६ बस्ने इलाम घर भएका ४८ वर्षीय मुकेश भण्डारी र बुढानिलकण्ठ नगरपालिका-३ बस्ने सिराहा घर भएका ४८ वर्षीय अजित श्रेष्ठ रहेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका अजितको साथबाट विभिन्न व्यक्तिहरूको राहदानी ३७ थान फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त राहदानीहरू मुकेशले रोमानिया देशको भिषा प्रोसेसिङका लागि भारत पठाएको खुल्न आएपछि मुकेशलाई समेत प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मुकेशले राहदानी विदेश लैजान वैदेशिक रोजगार विभागबाट अनुमति लिनु पर्नेमा विभागबाट अनुमति समेत नलिएको खुल्न आएको छ ।उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
२०८३-०२-०७

दाङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-१० बनगाउँ बस्ने २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भन्ने राजेन्द्र चौधरी रहेका छन् ।ओम, राजेन्द्र र सोही उपमहानगरपालिका-८ टिकरी बस्ने २४ वर्षीय राजेश चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरू मध्ये ओम र राजेन्द्रलाई पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार राजेशको खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध पोलेन सहित दुई जना पक्राउ
२०८३-०२-०६

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने वस्तु १२ किलोग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय विकास सुनार र सिन्धुली घर भएका ३२ वर्षीय बिनोद अधिकारी रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विकासको कोठाबाट १ किलोग्राम र बिनोदको कोठाबाट ११ किलोग्राम उक्त वस्तु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित एक जना पक्राउ
२०८३-०२-०६

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारबाट पेस्तोल  १ थान र म्याग्जिन १ थान सहित सोही नगरपालिका-६ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका २३ वर्षीय सन्दिप परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त स्थानमा बिग्रिएर चल्न नसक्ने अवस्थामा रहेको बा.४ ख ५२४१ नम्बरको गाडीको सिट मुनि सन्दिपले लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।उनलाई हातहतियार सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०२-०६

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ८० मिलिग्राम सहित भीमदत्त नगरपालिका-४ भगतपुर बस्ने २७ वर्षीय विद्यान बिष्ट समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-३ लंकापुरबाट नियन्त्रित लागूऔषध स्पास्मो ६ सय ५ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ पडेरिया बस्ने ३३ वर्षीय तिवारी भन्ने अमिरूल्लाह मुसलमान र सोही नगरपालिका-‍१० महिलावार बस्ने ३२ वर्षीय मोहित सिंह तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले लु.७९ प ६०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

परीक्षा अगावै प्रश्नपत्र सँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८३-०२-०६

काठमाडौं, सामाजिक सञ्जाल मार्फत परीक्षा अगावै प्रश्न पत्र सँगै उत्तर समेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीबन बस्ने गोरखा भीमसेन थापा गाउँपालिका-५ घर भएका २९ वर्षीय सन्तोष बन्जारा र नागार्जुन नगरपालिका-१ वनस्थली बस्ने गोरखा गण्डकी गाउँपालिका-३ घर भएका २० वर्षीय अश्विन अधिकारी रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरू हुनु भन्दा केही समय अगावै बाहिरीएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं रत्नपार्कबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०२-०६

सिराहा, विष्णुपुर गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-४ बस्ने ३२ वर्षीय राम उदगार यादव, सिरहा नगरपालिका-२२ बस्ने ३६ वर्षीय राम बिलेक्षण यादव र भारत मधुवनी पंचात ग्राम-५ बस्ने २१ वर्षीय चन्दन कामती रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख ३५३७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ बस्ने २० वर्षीय सौगात बस्नेत र पाँचथर हिलिहाङ गाउँपालिका-३ घर भएका २० वर्षीय आमिङ योङहाङ रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ सयपत्री टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय रोहित श्रेष्ठ र सोही नगरपालिका-३ बस्ने २६ वर्षीय सुनिल दास रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-१ भजनी बजारस्थित अछाम होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित कञ्चनपुर बेदकोट नगरपालिका-७ घर भएका ३० वर्षीय नरेन्द्र मार्कण्डलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले होटलको ४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपलिका-९ सुकुटी तालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय श्याम राना र सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय सुरेन्द्र राना रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय विकाश देउला र २६ वर्षीय विकल देउला रहेका छन् । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले विकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-४ चन्द्रसूर्य टोल बस्ने ४० वर्षीय राजु भन्ने देव कुमार राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदिप साही र गोदावरी नगरपालिका-१३ झरूवाराशी बस्ने २३ वर्षीय सिर्जन रम्तेल रहेका छन् । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, शुद्धोधन गाउँपालिका-६ बिमिहाबाट नियन्त्रित लागूऔषध स्पास्मो ९३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३१ वर्षीय कृष्ण कुमार गुप्तालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  पर्सा, पटेर्वासुगौली गाउँपालिका-४ भतौडाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु १ किलोग्राम सहित जिराभवानी गाउँपालिका-२ परसवा बस्ने ३८ वर्षीय लक्षण मुखियालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-०६

बाँके, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ बेलनपुर बस्ने २६ वर्षीय रैबर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । खानले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ छमनिया गाउँ बस्ने २२ वर्षीय फुलसिंह थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई बैजनाथ गाउँपालिका-५ बनकटुवा चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी रणनीतिक योजना सार्वजनिकीकरण
२०८३-०२-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरीको रणनीतिक योजना २०८३-०८५ सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भ गर्नुका साथै प्रहरी वरिष्ठ नायव निरीक्षक श्रीहरी केसीद्वारा लिखित ‘मिसन’ नामक पुस्तक विमोचन समेत गर्नुभयो ।नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर नेपाल प्रहरीले आगामी तीन वर्षका लागि तयार गरेको रणनीतिक योजना २०८३-०८५ तयार गरेको छ । रणनीतिक विषय (Strategic Theme) “नवप्रवर्तन, इमानदारिता र तत्परता मार्फत प्रहरी सेवाको रूपान्तरण (Transformation of Policing through innovation, integrity & responsiveness)’ तय गरिएको यस रणनीतिक योजनाको कार्यान्वयनको माध्यमबाट नागरिक केन्द्रित प्रहरी सेवा, प्रविधिमैत्री रूपान्तरण, मानव अधिकारप्रति प्रतिबद्धता र उच्च व्यावसायिकता मार्फत नेपाल प्रहरीलाई अझ सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । समुदायसँगको साझेदारीलाई मजबुत बनाउँदै प्रविधिको अधिकतम् प्रयोगमार्फत प्रहरी सेवालाई समयसापेक्ष, पारदर्शी र परिणाममुखी बनाउन यस योजनाले जोड दिएको छ । यस रणनीतिक योजनाद्वारा कुल ७ वटा रणनीतिक क्षेत्रहरू अन्तर्गत रहेर ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्यक्रमहरू सम्पन्न गरिनेछ । यस रणनीतिक योजनाको कार्यान्वयनद्वारा नीतिगत र कानुनी सुधार, समुदाय प्रहरी सहकार्य संस्थागत र सुदृढ, समस्या र पुर्वानुमानमा आधारित अपराध रोकथाम र नियन्त्रण प्रणाली, जनशक्तिको सेवा विशिष्टीकृत कार्य विवरण र कार्य सम्पादनमा आधारित वृत्ति विकास, अपराध अनुसन्धान र प्रहरी कार्यका विशिष्टीकरण र आधारभुत क्षमता स्थापना, प्रहरी प्रशासन र सेवा प्रवाहका प्रणालीहरूको कार्यदक्षता र कार्य प्रभावकारितामा सुधार, सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कनका वैज्ञानिक मापदण्डहरूको विकास र कार्यान्वयन लगायतका लक्ष्यहरू हासिल गर्ने अपेक्षा गरिएको छ । नीति, योजना र अन्तर्राष्ट्रिय समन्वय, शान्ति सुरक्षा, प्रहरी कारबाही र विपद् व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, मानवस्रोत विकास, भौतिक पूर्वाधार, स्रोत साधन तथा सहायता सेवाहरू, सूचना प्रविधि लगायतमा रणनीतिक योजनाका कार्यक्षेत्र रहेको छ ।  साथै नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भले नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ, सहज र पारदर्शी बनाउन महत्वपूर्ण योगदान पुग्ने एवम् सेवाग्राहीको निवेदन, उजुरी लिएन भन्ने गुनासोको अन्त्य हुने अपेक्षा गरिएको छ । नेपाल प्रहरीमा प्राप्त निवेदन, उजुरी तथा गुनासो व्यवस्थापन प्रक्रियालाई पारदर्शी र उत्तरदायी बनाउँदै सेवाग्राहीमैत्री सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउनुका साथै प्रहरी कार्यालयहरूबीच सूचना आदानप्रदानलाई एकीकृत गर्ने, तथ्याङ्क विश्लेषण तथा प्रतिवेदन प्रणाली विकास गर्ने एवम् डिजिटल अभिलेख व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउनु यस प्रणालीको मुख्य उद्देश्य रहेको छ ।समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले योजनाबद्ध विकासको माध्यमबाट नेपाल प्रहरीलाई पेशागत रूपमा उत्कृष्ट, व्यावसायिक, समयसापेक्ष एवम् आमनागरिकको अपेक्षा बमोजिमको सेवा प्रवाह गर्ने सक्षम संस्थाका रूपमा विकास गर्न नेपाल प्रहरी रणनीतिक योजना तयार गरिएको बताउनुभयो । विगतको कार्ययोजनाको प्रमुख उपलब्धिहरू तथा कार्यान्वयन पक्षमा देखिएका मूलभूत समस्याहरूलाई विश्लेषण गरी त्यस्ता समस्याहरूलाई यथोचित सम्बोधन गर्न रणनीतिक योजना तयार गरिएको उल्लेख गर्दै यस योजनालाई मूर्तरूप दिन सम्पूर्ण प्रहरी कर्मचारीहरूको सामुहिक भावना र चाहना जरूरी रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले परम्परागत अपराधहरू रूपान्तरण भएर संगठित स्वरूपमा गइरहेको साथै आर्थिक अपराधहरूको संख्यामा समेत वृद्धि भइरहेको अवस्थामा त्यसलाई सम्बोधन गर्न यो रणनीतिक योजना प्रभावकारी हुने उल्लेख गर्दै यसका लागि भौतिक पूर्वाधार तथा मानवस्रोतको विकास, आधुनिक प्रविधिको प्रयोग, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायहरूको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणाली मार्फत सेवाग्राहीहरूलाई प्रहरी सेवामा सरल र सहज पहुँच स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारी तथा आमनागरिकहरूलाई नेपाल प्रहरीको ‘मोबाइल एप’ प्रयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले प्रहरीको व्यस्त जीवनशैलीमा रहेर समेत साहित्यिक कृति सृजना गर्ने प्रहरी वरिष्ठ नायब निरीक्षक केसीले दुई दशक भन्दा लामो निरन्तर प्रहरी जीवनका आरोह अवरोहहरूलाई समेटी कलात्मक ढंगले सृजना गरेको यात्रा-संस्मरणात्मक कृतिले प्रहरी संगठनभित्र ज्ञान, अनुभव र अध्ययन संस्कृतिको विकासमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको रणनीतिक योजना २०८३-०८५ को पृष्ठभूमि, रणनीतिक योजना तर्जुमाका विधिहरू, नेपाल प्रहरी कार्ययोजना २०८०-०८२ को उपलब्धिहरू, रणनीतिक योजनाका लक्ष्यहरू (अल्पकालीन/दीर्घकालीन), रणनीतिक योजनाका क्षेत्रहरू, रणनीतिक योजनाको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन लगायतका विषयहरूमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०२-०५

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट सहित काठमाडौं बल्खु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ घर भएका २४ वर्षीय प्रकाश दर्जीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, उदयपुरगढी गाउँपालिका-४ तितिरेबोट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१७ बस्ने ४५ वर्षीया लिलादेवी राम र सोही नगरपालिका-८ बस्ने ४० वर्षीया अस्मिता राम रहेका छन् । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले ढुङग्रेबाट नेपालटारतर्फ आउँदै गरेको स.१ ज ५९० नम्बरको बोलेरोमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सप्तरी, सप्तकोशी नगरपालिका-१ फत्तेपुर जुटपानीबाट अवैध लागूऔषध गाँजा १३ किलो २ सय ५० ग्राम सहित सोही नगरपालिका-९ कमलपुर बस्ने २१ वर्षीय विजय कुमार यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ । झापा, कनकाई नगरपालिका-३ कालीस्थान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय चन्द्र बहादुर पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका-६ घर भएका ३७ वर्षीय नारायण जोशी, सुर्खेत बराहाताल गाउँपालिका-२ घर भएका ४३ वर्षीय गोपाल बिक्रम राना, भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ घर भएका ३२ वर्षीय नवराज पौड्याल र मनाङ नासोँ गाउँपालिका-६ घर भएका ५८ वर्षीय ङवाङ लामा रहेका छन् । पक्राउ मध्ये नारायणले कतार पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ४८ लाख रूपैयाँ, गोपालले इराक पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ, नवराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र ङवाङले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नारायणलाई धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ बाट आइतबार, गोपाललाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट र नवराजलाई काठमाडौं पुतलीसडकबाट सोमबार तथा ङवाङलाई काठमाडौं नागार्जुन नगरपालिका-८ बाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्की र Asia Pacific Group on Money Laundering का प्रतिनिधी बीच शिष्टाचार भेटघाट
२०८३-०२-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की र Asia Pacific Group on Money Laundering (APG) का Deputy Executive Secretary David Shannon तथा Policy Officer Kiah Sassal बीच मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरू बीच सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई राखिएको अवस्थाबाट बाहिर निस्कन नेपालले प्रस्तुत गरेको कार्ययोजनाको सन्दर्भमा प्रमुख कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा अन्य सरोकारवाला निकायहरूसँगको प्रभावकारी समन्वयमा नेपाल प्रहरीले गरिरहेको काम कारबाहीको अवस्था, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा आगामी कार्यदिशा सम्बन्धमा वृहत छलफल भएको थियो । साथै सो अवसरमा वित्तीय अपराध नियन्त्रणमा सूचना आदान प्रदान, आपसी सहयोग तथा समन्वय लगायतका विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा वित्तीय जानकारी इकाईका प्रमुख तथा पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०२-०५

काठमाडौं महानगरपालिका-८ पशुपति नजिकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५० ग्राम सहित ललितपुर बालकुमारी बस्ने सुर्खेत भेरीगंगा नगरपालिका-१२ घर भएका २५ वर्षीय खिमराज कठायतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ६० वर्षीया साईली तामाङलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, नोर्फिन ५ एम्पुल र फेनारगन ५ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने ३६ वर्षीय विशाल आङ्देम्बे र काभ्रे चौरीदेउराली गाउँपालिका-६ घर भएका २५ वर्षीय नवराज नेपाली रहेका छन् । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले विशालको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-८ सम्पाङ चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ट्याब्लेट र डिकोलिक २ हजार ट्याब्लेट सहित हरिनगरा गाउँपालिका-६ बस्ने २१ वर्षीय अंजक अंसारी समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछी धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने २७ वर्षीय हरिस राना र २८ वर्षीय फुलचरण रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा फुलचरणको घरबाट ८ ग्राम ८ सय ७० मिलिग्राम र हरिसको घरबाट ६ सय ५० मिलिग्राम उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६८ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-६ बस्ने २६ वर्षीय अखिलजन विक्रम शाह र कैलाली गोदावरी नगरपालिका-१० बस्ने १९ वर्षीय विकास साउद रहेका छन् । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ख २५९५ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-७ बस्ने २८ वर्षीय शिव कामी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.७ प ४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १९ वर्षीय लक्ष्मण रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-२ बस्ने २९ वर्षीय दिपक दमाईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रौतहट, चन्द्रपुर नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रपुर नगरपालिका-४ बस्ने ३६ वर्षीय सन्देश कुश्वार र सिन्धुली हरिहरपुरगढी गाउँपालिका-४ बस्ने ३० वर्षीय अरूण जंग राई रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले निजगढबाट चपुरतर्फ आउँदै गरेको बा.१७ प ७४३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ४० मिलिग्राम र नगद ३ हजार ५ सय रूपैयाँ सहित दमक नगरपालिका-१ बस्ने सुनसरी घर भएकी २७ वर्षीया विमला दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ इन्द्रेणीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय हरसिंह राजबंशी समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय मिलिग्राम सहित सोही नगरपालिका-६ भानुटोल बस्ने ३८ वर्षीय जिवन घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-००२ ह ७३१२ नम्बरको सिटी सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ कमलडाँडा बस्ने राक्सिराङ गाउँपालिका-३ घर भएका २२ वर्षीय प्रतिक ठकुरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र डाँका चोरी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-०४

काठमाडौं, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र डाँका चोरी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ गाउँपालिका-१३ बस्ने २५ वर्षीया सपना तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रसुवाबाट उक्त मुद्दामा जन्म कैद सजाय फैसला भई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवलस्थित महिला बन्दी सुधार गृहमा दाखिला भई कैद भुक्तान गरिरहेकी उनी गत शुक्रबार राति कारागार कार्यालयको महिला बन्दी सुधार गृहको कम्पाउण्डको पछाडी पट्टिको पर्खाल नाघी फरार भएकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नेपाल प्रहरी अनाश्रित गुल्म जगनाथदेवल सुन्धारा समेतको सहयोगमा उनलाई काठमाडौं असन चोकबाट पक्राउ गरेको हो । साथै उनलाई कारागारबाट भागे पश्चात लुकाई छिपाई राख्न सहयोग गर्ने काठमाडौं असन बस्ने भोजपुर, भोजपुर नगरपालिका-११ घर भएका ५५ वर्षीय मिन कुमार श्रेष्ठ र २७ वर्षीय समिर भन्ने सुवास श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ मध्ये सपनालाई कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ भने मिन कुमार र सुवासलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०२-०४

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ डेरा गरी बस्ने ललितपुर महाँकाल गाउँपालिका-६ घर भएका २३ वर्षीय सुजन लोप्‍चन समेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१४ बल्खुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २७ ग्राम १ सय ६० मिलिग्राम, नगद ६५ हजार रूपैयाँ र डिजिटल तराजु ३ थान सहित सोही ठाउँ बस्ने सप्तरी घर भएका २१ वर्षीय अनिल कुमार साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-५ शनिश्चरे रोड पाथीभरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने १९ वर्षीय अभिषेक राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०२-०४

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले परम्परागत पुलिसिङ भन्दा पनि नवीनतम सोच र कार्यशैली अपनाई नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी एवम् प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।  हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवम् इमानदार हुनुपर्ने उल्लेख गर्दै उत्कृष्ट व्यवहार, बोलीबचनलाई आत्मसात् गरी संगठनको छवि वृद्धि हुने गरी आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले बहन गर्न निर्देशन दिनुभयो । संगठनले अख्तियार गरेका नीतिनियम तथा मापदण्ड अनुरूप कार्य गर्दै व्यक्तिगत स्वार्थ भन्दा पनि भातृत्वभाव एवम् सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखेर कसैप्रति पूर्वाग्रह नराखी विभेदरहित एवम् कानुनसम्मत कार्य गर्न सरूवा भई कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रको सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी आवश्यकता अनुरूप सुरक्षा योजना एवम् रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सीमान्तकृत वर्ग प्रति थप संवेदनशील हुनुपर्ने र आपत्/विपद् एवम् दु:ख पीडामा प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीहरूको समस्यालाई उचित सम्बोधन गर्नेतर्फ उहाँले विशेष जोड दिनुभयो । प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने उल्लेख गर्दै गुनासो तथा उजुरीको लागि क्यूआर कोडको प्रयोग तथा एसएमएस मार्फत भए/गरेका प्रगतिहरू बारे जानकारी दिने व्यवस्था गर्नुपर्ने समेत उहाँले उल्लेख गर्नुभयो । हिरासत कक्षलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिनुपर्ने, प्रमाणमुखी एवम् वस्तुनिष्ठ अपराध अनुसन्धानमा जोड दिँदै अपराध न्यूनीकरणमा सचेतना सँगसँगै नागरिकसँग सहकार्य गर्नुपर्ने, सीमा अपराध, तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्नुपर्ने, दुर्घटना न्यूनीकरणमा थप सक्रिय हुनुपर्ने एवम् कनै पनि विपद्का घटनामा तत्काल खटिन सक्ने गरी पूर्व अभ्यासका साथ प्रहरी कर्मचारीहरू तयारी हालतमा रहनुपर्ने उहाँले बताउनुभयो ।    यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठ, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर विक र अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा  एवम् समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३३ जना पक्राउ
२०८३-०२-०४

काठमाडौं, तारकेश्वर नगरपालिका-६ जरङखु बस्ने नुवाकोट घर भएका २९ वर्षीय मुकेश लामा समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धर्मस्थलीबाट खटिएको प्रहरीले मुकेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  प्युठान, प्युठान नगरपालिका-८ गेजबाङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बस्ने ४३ वर्षीय शंकर थापा, सरूमारानी गाउँपालिका-१ बाङगेसाल बस्ने ३१ वर्षीय इद्रिस मिया र अर्घाखाँची छत्रदेव गाउँपालिका-२ अर्बुत बस्ने ३८ वर्षीय जुमदिन अलि रहेका छन् । अस्थायी प्रहरी पोष्ट बाग्दुलाबाट खटिएको प्रहरीले शंकरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र डाइक्लोमाइन ७५ ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-९ बस्ने १९ वर्षीय सनम लिम्बु र मोरङ बेलबारी नगरपालिका-११ बस्ने १९ वर्षीय दिपेन राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-२ बस्ने २३ वर्षीय विशेष लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम र नगद ८ हजार ६ सय रूपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  धनुषा, धनुषाधाम नगरपालिका-८ भिमान चोकबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ हजार ९ सय ट्याब्लेट, स्पासरेस्ट १ हजार ५ सय ९० ट्याब्लेट, ट्रमाडोल १ सय २९ ट्याब्लेट, स्पास्पेन ५ सय ट्याब्लेट र स्पास्मो ३ सय ट्याब्लेट सहित गणेशमान चारनाथ नगरपालिका-१ बस्ने ३४ वर्षीय सन्तोष कुमार विश्वकर्मालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी धनुषा, मिथिला नगरपालिका-१० लालगढ सुनौलो बस्तीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ९२ ट्याब्लेट, स्पासरेस्ट ८३ ट्याब्लेट र नगद १५ हजार ५ सय २० रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-७ घर भएका ३० वर्षीय विजय लिम्बु समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, व्यास नगरपालिका-४ मस्जिद टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित कास्की पोखरा महानगरपालिका-१८ बस्ने ४० वर्षीय रविन्द्र सुनार समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, मायादेवी गाउँपालिका-८ मतकोलवा डेरा गरी बस्ने नवलपरासी पश्चिम घर भएका २६ वर्षीय सुनिल कुमाललाई अवैध लागूऔषध गाँजा करिब ८ किलो ८ सय ४४ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८१ मिलिग्राम सहित सोही नगरपालिका-१ बेलहिया बस्ने ३२ वर्षीय बैजु प्रसाद कलवारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-४ कुमालटोलबाट अवैध लागूऔषध गाँजा करिब १ किलो १ सय ३५ ग्राम सहित सोही नगरपालिका-४ इँट्टाभट्टी बस्ने २४ वर्षीय दिपक थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  चितवन, राप्ती नगरपालिका-१ लोथरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ट्याब्लेट र नगद ६२ हजार ३ सय रूपैयाँ सहित मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने ४२ वर्षीय रामसिंह मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले मकवानपुरबाट भण्डारातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ३५९४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-९ बस्ने २२ वर्षीय रोहन चौधरी र सोही नगरपालिका-७ बस्ने २३ वर्षीय मनिष चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने २५ वर्षीय सनम राई समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट र डिकोलिक १ सय ४० ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट खटिएको प्रहरीले सनमको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो  । मोरङ, लेटाङ नगरपालिका-३ कृतिमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २८ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-११ बस्ने ३३ वर्षीय प्रेम बहादुर तामाङ र सोही नगरपालिका-४ बस्ने २० वर्षीय संजोग विशंखे रहेका छन् । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, सिरहा नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-३ बस्ने ३१ वर्षीय सरोज विक र सोही नगरपालिका-३ बस्ने २६ वर्षीय राजु लामा रहेका छन् । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले माडरबाट सिरहातर्फ जाँदै गरेको ज.४ प १३८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४७ ट्याब्लेट र स्पास्मो ११ ट्याब्लेट सहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय सन्दिप लामा समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.८७ प ६९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  दार्चुला, महाकाली नगरपालिका-४ बाङ्गाबगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ५० मिलिग्राम, चरेस जस्तो देखिने पदार्थ ३८ ग्राम १ सय ५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रबि कुँवर, नौगाड गाउँपालिका-१ दल्लेख बस्ने २२ वर्षीय देवेन्द्र चुनारा र व्यास गाउँपालिका-१ तिङकर बस्ने ३४ वर्षीय प्रलभ तिंकरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले रबिको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-९ माछागढ बस्ने ३२ वर्षीय हिम बहादुर रावतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतीपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०२-०३

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ६ सय ६० मिलिग्राम सहित कमल गाउँपालिका-६ त्रिवेणी चोक बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, दमक नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने कमल गाउँपालिका-१ घर भएका ३० वर्षीय सुर्य भन्ने बुद्धि साहुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मे.१ ह ५३४६ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक बुद्धिलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा अटो धनी सोही नगपालिका-९ बस्ने अर्जुनधारा नगरपालिका-११ घर भएका ३२ वर्षीय सन्देश भन्ने टिका बहादुर तामाङको कोठा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट फेला पारी टिका बहादुरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  पर्सा, वीरगंज महानगरपालिका-३१ कटगेनवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ३५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही महानगरपालिका-३२ परासवा टोल बस्ने २० वर्षीय राहुल सिंह समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली समेतबाट खटिएको प्रहरीले भेडियाहीबाट मिलन चोकतर्फ आउँदै गरेको ना.३९ प २५३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट नियन्त्रित लागूऔषध फेनारगन ६ एम्पुल र नोर्फिन ३ एम्पुल सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २६ वर्षीय निग्मा लामालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बाँके, बैजनाथ गाउँपालिका-१ मानखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २४ वर्षीय समिर शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुगु छायाँनाथ रारा नगरपालिका-१ घर भएका २९ वर्षीय नरेश शाही र झापा घर भएका ३३ वर्षीय अविषेक केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-२ हलगडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय कृष्ण राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी बिट हलगडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३९ हजार ५ सय ट्याब्लेट र नगद १ लाख ८९ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने २९ वर्षीय मनिष ठकुरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०२-०३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । समिले घरायसी विवादको क्रममा धारिलो हतियार चक्कु प्रहार गर्दा जाकिर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-०३

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी नवलपरासी पूर्व कावासोती नगरपालिका-३ घर भएका २४ वर्षीय निशान तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरबाट २०७९ पुस १ गतेको फैसलाले उक्त मुद्दामा जन्मकैद र सात लाख रूपैयाँ जरिवाना सजाय भई केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारामा कैद भुक्तान गरिरहेकामा २०८२ भदौ २४ गते आन्दोलनको क्रममा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट खटिएको प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका-५ बाट पक्राउ गरेको  हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८३-०२-०२

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बेसीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय ४० मिलिग्राम सहित ७ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बेसीगाउँ बस्ने २३ वर्षीय अनिल केसी, ४४ वर्षीय बसन्त तिमल्सिना, सोही नगरपालिका-८ बस्ने ३७ वर्षीय बिक्रम ठकुरी, २५ वर्षीय प्रज्वल मैनाली, ३५ वर्षीय देबेन्द्र अर्याल, काठमाडौं चुनिखेल बस्ने सोलुखुम्बु घर भएका ५० वर्षीय प्रशान्त राई र काठमाडौं गौशाला पिङगलस्थान बस्ने दोलखा घर भएका ४७ वर्षीय पेम्बा तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका-८ कुशल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार २ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ३ सय २० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय सुशन राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-४ महुबारीबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ८० ट्याब्लेट सहित सोही नगरपालिका-११ मसिना बस्ने ३३ वर्षीय बर्कत अलीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरीले भारतबाट खुनगाईतर्फ आउँदै गरेको लु.४७ प ३८११ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   झापा, कनकाई नगरपालिका-५ चाप्रमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ बस्ने २६ वर्षीय काले भन्ने जित बहादुर लिम्बु र दमक नगरपालिका-६ बस्ने २० वर्षीय प्रदिप रसायली रहेका छन् । अस्थायी प्रहरी बिट दुर्गापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, गोदावरी नगरपालिका-२ स्थित आर बि होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित होटलका संचालक सोही ठाउँ बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-७ घर भएका ३६ वर्षीय तिलक बहादुर वली समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-४ बस्ने ३० वर्षीय तेज बहादुर बिटालु र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने १९ वर्षीय सोहन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से.१ ह २२११ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि प्रहरीले अटो चालकलाई समेत नियन्त्रणमा लिएको छ ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २१ वर्षीय दिच्छु चौधरी समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले बा.६२ प २९७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय रोशन धामीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-३ मादेन डेरा गरी बस्ने ४० वर्षीया बिष्णु याखालाई अवैध लागूऔषध गाँजा करिब ९२ किलो सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानी समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गजरौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ गुलरिया बस्ने ३१ वर्षीय पारस जोशी, सोही नगरपालिका-६ मौरीफाटा बस्ने २३ वर्षीय भरत रोकाया र सोही नगरपालिका-७ कलुवापुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा २१ किलो ३ सय १० ग्राम सहित पर्सा बिन्दबासिनी गाउँपालिका-४ मधुवन बस्ने ६० वर्षीय लक्चन हजरालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
२०८३-०२-०१

काठमाडौं,  प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ शुक्रबार सार्वजनिक भएको छ ।   गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ ।यस गीतमा दिपक शर्माको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गायक समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुबेदी र बेनिसा पौडेलको स्वर रहेको उक्त गीतको भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापा लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ । किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको उक्त गीतको भिडियोमा पवन सोस्लिङको छायांकन तथा सरोज ओलीको भिडियो परिकल्पना रहेको छ । साथै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा यसअघि सार्वजनिक भएका “आमा म त खरानीबाट उठेर आए” (प्रहरी कर्मचारीहरूको जोखिमपूर्ण जिम्मेवारी र निस्वार्थ सेवाभावमा आधारित मर्मस्पर्शी गीत), “फूलको बास्ना सरी” (प्रहरीका दुःख, भावना र जनताप्रति खटिने चाहना समेटिएको गीत) लगायत दशैं, तिहार, बाल र कमर्सियल गीतहरू समेत सर्वसाधारणले निकै रूचाएका थिए । 

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०२-०१

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित सिराहा लहान नगरपालिका-२३ बस्ने २७ वर्षीय राकेश कुमार चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले लहानबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०१-००१ ख ०६४४ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय सुशिल कुमार राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब १ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ
२०८३-०२-०१

सप्तरी, खडक नगरपालिका-५ रंजितपुरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ४३ किलो सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका-५ बस्ने ४७ वर्षीय बल बहादुर लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी विसनपुरबाट खटिएको प्रहरीले धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाई लुकाई छिपाई राखेको १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महाप्रसाद र पिकअपमा सवार बल बहादुरलाई पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०२-०१

रूपन्देही, तिलोत्तमा नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१५ मधवलिया बस्ने २२ वर्षीय दिपेश थारू र सोही नगरपालिका-१४ बस्ने ३२ वर्षीय रबिन गुरूङ रहेका छन् । लागूऔषध नियन्यत्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले लु.७ प २०९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ शान्तिचौर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम, गाँजा १९ ग्राम ४ सय ७० मिलिग्राम र नगद १७ हजार ९ सय ५५ रूपैयाँ सहित सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर पुनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी नवलपरासी पश्चिम, सुनवल नगरपालिका-९ स्वाठीबाट नियन्त्रित लागूऔषध स्पास्मो ६४ ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही नगरपालिका-६ तिलकाना बस्ने ३४ वर्षीय खडक बहादुर रोका र २२ वर्षीय सुमन गन्धर्व रहेका छन् । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले लु.१८ प ७११९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ शिविर क्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्रासेन २३ ट्याब्लेट सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय रूपेश सार्की, २१ वर्षीय आयुष क्षेत्री र २४ वर्षीय जिवन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय १० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही नगरपालिका-७ बैदी बस्ने २० वर्षीय पुष्प साउद समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ३० वर्षीय कुबेर बनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले बा.७८ प १५१५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९० ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका-१४ बस्ने २५ वर्षीय पारस रानाभाटलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ प २९७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम, अफिम जस्तो देखिने पदार्थ करिब १६ ग्राम ३ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१५ घर भएकी २२ वर्षीया सजिना लामा पाख्रिन समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले सजिनाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।    सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित धरान उपमहानगरपालिका-११ बस्ने २२ वर्षीया दिपिका राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जाल मार्फत महिलालाई दु:ख हैरानी दिने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०२-०१

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलालाई दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रे रोशी गाउँपालिका-११ घर भएका २३ वर्षीय समिर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  टिकटक लगायतका सामाजिक सञ्जालमा पीडितको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याई दिन्छु भनि धाक धम्की दिई पीडितबाट आर्थिक लाभ लिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१३ कलंकीबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०२-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने काभ्रे भुल्लु नगरपालिका-१ घर भएका ५२ वर्षीय मधुसुदन पराजुली र काठमाडौं महानगरपालिका-२८ बस्ने पर्वत कुश्मा नगरपालिका-२ घर भएका ३२ वर्षीय प्रकाश बास्तोला रहेका छन् ।पक्राउ मध्ये मधुसुदनले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २३ लाख रूपैयाँ र प्रकाशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मधुसुदनलाई काठमाडौं महानगरपालिका-१२ बाट र प्रकाशलाई काठमाडौं महानगरपालिका-२८ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८३-०१-३१

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन ८३ ग्राम र डिजिटल तराजु १ थान सहित उदयपुर चौदण्डीगढी नगरपालिका-५ घर भएका ३१ वर्षीय केदार राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-४ कार्गीलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-६ लालपुर बस्ने २८ वर्षीय हिक्मत बहादुर साउदलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०१-३१

मोरङ, विराटनगर महानगरपालिका-३ बाट नियन्त्रित लागूऔषध डाइक्लोमाइन ३ हजार ९ सय ७० ट्याब्लेट र ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढीगंगा गाउँपालिका-२ गंगाचोक घर भएका २७ वर्षीय करन प्रधान र २१ वर्षीय अनिस परियार रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-१ र २ को सिमाना नजिक मुलाटाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय याम बहादुर बुढा र ३३ वर्षीय टोप बहादुर रोकाय रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने २४ वर्षीय बीर बहादुर थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय २० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट न्यू सिटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट ७ ट्याब्लेट सहित बर्दिया राजापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रमोद थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिन्धुली, दुधौली नगरपालिका- ४ बस्ने २५ वर्षीय राजु धामी दनुवारलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब २ किलो २ सय ७२ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धी नयाँबाटोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९९ ट्याब्लेट, अवैध लागूऔषध गाँजा १ सय ९० ग्राम र डिजिटल तराजु २ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय रोहन पाण्डे, सुनसरी घर भएका ३१ वर्षीय गौतम शर्मा र ललितपुर महानगरपालिका-२३ हात्तीवन बस्ने चितवन घर भएका ४३ वर्षीय अनिल कुँवर रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, लेकवेशी नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चु समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-९ बिहानी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय सुरेश गुरूङ समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-७ सहिदचोकबाट नियन्त्रित लागूऔषध एलएसडी १ हजार पिस र नगद ७ लाख ४० हजार रूपैयाँ सहित भारत केरला घर भएका २८ वर्षीय आयुस अजितलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नक्कली गहना धितो राखी ठगी गर्ने तीन जना पक्राउ
२०८३-०१-३१

काठमाडौं, नक्कली गहना धितो राखी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका-१ घर भएका ३८ वर्षीय कालीदास धतानी र भक्तपुर नगरपलिका-८ बस्ने झापा अर्जुनधारा नगरपालिका-३ घर भएका २७ वर्षीय अजित विश्वकर्मा रहेका छन् ।  ललितपुरका एक सुनचाँदी व्यवसायीलाई मेरो आमा बिरामी हुनु भएकोले उपचारको लागि रकम आवश्यक परेको र सुन धितो राखी रकम माग गरी नक्कली बिल बिजक बनाई विश्वास दिलाई सुनको लेप लगाएको नक्कली सुन राखी ५ लाख ऋण लिई ठगी गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना  समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८३-०१-३१

काठमाडौं, वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका-५ घर भएका ३६ वर्षीय सुवास लावती पक्राउ परेका छन् । एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ । वैदेशिक रोजगारीमामा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भनि पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भई ठगी गरेको मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २६ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल काठमाडौं बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-३१

काठमाडौं, नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ विजेश्वरी बस्ने ओखलढुंगा लिखु गाउँपालिका-७ घर भएका २३ वर्षीय निरज खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८१ मंसिर १८ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ९ महिना कैद सजाय र २० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय नयाँ बसपार्कबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ विजेश्वरीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

चोरीमा संलग्न दुई जना पक्राउ
२०८३-०१-३१

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ मितेरी पुल बस्ने सिन्धुपाल्चोक लिसंखुपाखा गाउँपालिका-१ घर भएका ४१ वर्षीय पुर्ण बहादुर विक र २८ वर्षीय सुकमान गदार रहेका छन् ।  काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कदेखि सार्बजनिक यातायात चढी बसुन्धारातर्फ जाने क्रममा अपरिचित व्यक्तिहरूको समूहले एक जना व्यक्तिको नगद ४५ हजार रूपैयाँ चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसरकाठमाडौं पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८३-०१-३१

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ फुलबारी टोल बस्ने ३८ वर्षीय जनक रोकायको घरमा जुवातास खेलिरहेको अवस्तामा जनक समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ६६ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।  कास्की, मादी गाउँपालिका-५ सुन पदेंलीस्थित पोखरा महानगरपालिका-२ अर्चलबोट बस्ने म्याग्दी घर भएकी ५० वर्षीया रूपा पुनले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा रूपा समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८७ हजार ८ सय ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०१-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौं टोखा नगरपालिका-१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय सम्भु गौतम र काठमाडौं महानगरपालिका-२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ३७ वर्षीय सनम गुरूङ रहेका छन् ।पक्राउ मध्ये सागरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५८ हजार रूपैयाँ, सम्भुले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख ९० हजार रूपैयाँ र सनमले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई काठमाडौं टोखा नगरपालिका-३ बाट सोमबार तथा सम्भुलाई टोखा नगरपालिका-२ बाट र सनमलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-३०

काठमाडौं, सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-३ आदर्श टोल बस्ने ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री भन्ने फरदिनान्द भ्यालेन्टाईन फेट्जलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  आफ्नै छोरीको कक्षा ११ र १२ पास भएको नक्कली ट्रान्सक्रिप्ट लगायतका कागजात बनाई सरकारी छाप दस्तखत कीर्ते गरेको मुद्दामा जिल्ला अदालत भक्तपुरको २०८२ वैशाख ३ गतेको फैसलाले १ वर्ष  कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०१-३०

पर्सा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको समग्र क्षमता विकासमा भौतिक पूर्वाधारहरूको प्रमुख भूमिका रहने उल्लेख गर्दै भौतिक पुर्वाधार विकासमा UNOPS ले निर्वाह गरेको सहयोगी भूमिकाको प्रशंसा गर्नुका साथै नवनिर्मित भवनले सेवाग्राही र प्रहरीको सम्बन्धलाई अझ मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो । विशिष्टिकृत भवनको सञ्चालनसँगै महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको न्यायमा पहुँच स्थापित गर्न थप सहज भएको बताउँदै भवनबाट प्रवाह हुने सेवाहरू छिटोछरितोका साथै प्रविधिमैत्री, निष्पक्ष एवम् पारदर्शी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू अत्यन्त संवेदनशील वर्ग हुने भएकोले उनीहरूलाई प्रदान गर्ने सेवा, सुरक्षा, सहायताका साथै उनीहरूको समस्या सम्बोधनको लागि प्रहरी कर्मचारीहरू पनि त्यतिनै संवेदनशील हुन जरूरी रहेको बताउनुभयो । सभ्य र सुरक्षित समाज निर्माणमा सबैको सामुहिक प्रयास तथा सहकार्य आवश्यक रहेको चर्चा गर्दै नागरिकबाट प्राप्त साथ, सहयोग, समर्थन र सद्‍भावले प्रहरीलाई अझ उत्प्रेरित भई कार्य गर्न ऊर्जा प्राप्त भएको बताउनुभयो ।    पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको   थियो । UNOPS को सहयोगमा कुल २ करोड १ लाख ७४ हजार ४ सय ६ रूपैयाँ ५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा वीरगंज महानगरपालिकाका उपप्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

१० जना नगर प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
२०८३-०१-३०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले काठमाडौं महानगरपालिका, महानगर प्रहरी बलका १० जना नगर प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा १० जना नगर प्रहरीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०१-३०

बारा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय सिम्रौनगढको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुने विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनबाट प्रवाह हुने सेवाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्न सक्षम हुने उल्लेख गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू थप प्रविधिमैत्री, निष्पक्ष, पारदर्शी र कानुन सम्मत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै लागूऔषध कारोबार तथा सीमाजन्य अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन निर्मम रूपमा प्रस्तुत भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल २ करोड ५१ लाख ४२ हजार ५ सय ३४ रूपैयाँ २८ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ
२०८३-०१-३०

काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम र नगद ५७ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर च्यामासिंह बस्ने दोलखा घर भएका २८ वर्षीय बिनोद खड्का र काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने गोरखा घर भएका २४ वर्षीय बिपन सिजापती रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.७९ प ७०८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ कञ्चनबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका प्रेम बहादुर स्याङताङ्गलाई अवैध लागूऔष पोलेन २ किलो १ सय ६४ ग्राम, नगद १ लाख ७७ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ । पर्सा, पोखरीया नगरपालिका-४ पोखरीया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २२ वर्षीय राजेश साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, दुहबी नगरपालिका-१२ सितापुरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने ३० वर्षीय बसन्त राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल मोटरसाइकल सहित फरार भएका चालकको खोजी गरिरहेको छ । यसैगरी सुनसरी, ईटहरी उपमहानगरपालिका-१८ रैहिपुर बस्ने ४८ वर्षीय सितल चौधरी र उनकै छोरा २३ वर्षीय सुशान्त चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ८१ हजार ३ सय ४० रूपैयाँ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.२३ प ६४१८ र मे.१ प ३९९५२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम सहित दमक नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-७ सिर्जना टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र स्पासरेस्ट ३ सय ट्याब्लेट सहित मोरङ पथरीशनिश्चरे नगरपालिका-१ बस्ने २५ वर्षीय दिपन लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय २० मिलिग्राम, स्रोत नखुलेको नगद ५ लाख १५ हजार ५ सय ५० रूपैयाँ र सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीय ऐकेन्द्र सुनार र सोही नगरपालिका-१४ बस्ने २० वर्षीय प्रशान्त सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ, नगद र गरगहना सहित पक्राउ गरेको हो ।  मकवानपुर,  हेटौंडा उपमहानगरपालिका-१० रानीदरबारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ सूर्यचोक डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका-३ जङ्गलसैया घर भएका २३ वर्षीय रोहन कुशवार समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय दाताराम रानालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनेहरा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरी समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२९ नयाँ तालचोक बस्ने २२ वर्षीया रूबिना खातुङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० ग्राम र नगद ११ लाख ४८ हजार रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिशुवा र लागूऔषध नियन्त्रण ब्यूरो शाख कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-१ बगर नहरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ ट्याब्लेट, नाईट्राभेट १७ ट्याब्लेट र नगद ४३ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ४५ वर्षीय प्रेम बहादुर गुरूङलाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   बर्दिया, गुलरीया नगरपालिका-७ महाकबी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० ग्राम  सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उतर प्रदेश खिरी तिकुनिया बस्ने ३५ वर्षीय तेजेन्द्र कुमार र २६ वर्षीय बिजय सिंह रहेका छन् ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय बर्दिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-२२ बुङ्गमती बस्ने ३० वर्षीय सुरोज राज तुलाधर र बाँके खजुरा गाउँपालिका-४ एफ गाउँ बस्ने ३७ वर्षीय दिपक नाथ योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, बन्दिपुर गाउँपालिका-४ डुम्रे बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित भानु नगरपालिका-१ नयाँबस्ती बस्ने २३ वर्षीय बिशेक परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-१० बोक्सेबाट नियन्त्रित लागूऔषध फेनारगन १ एम्पुल र बुप्रेनोर्फिन १ एम्पुल सहित सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय बिक्रम मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडाँ मैलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ८ सय ४० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-१ रौलेश्वर बस्ने २२ वर्षीय हरेन्द्र साउँदलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, कानेपोखरी गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु शेर्पालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमापलोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, कंचनरूप नगरपालिका-९ रूपनगर बस्ने ३० वर्षीया मनरेखा यादवलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम र गाँजा १ सय ४० ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ कोहलपुर चौराहाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८० ट्याब्लेट सहित सुर्खेत बस्ने कालिकोट रासकोट गाउँपालिका-६ रूप्सा घर भएका २३ वर्षीय बिनोद शाही समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ सल्यानी बंगलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ तातोपानी बस्ने २२ वर्षीय उपेन्द्र थापालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

मानव बेचबिखन तथा ओसारमा पसारमा संलग्न दुई जना पक्राउ
२०८३-०१-३०

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा र दाङ शान्तिनगर गाउँपालिका-३ बस्ने २६ वर्षीय लोकमान खत्री र स्याङ्जा पुतलीबजार नगरपालिका-४ बस्ने ४४ वर्षीय शिव बहादुर थापा रहेका छन् । मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले लोकमानलाई जिल्ला प्रहरी कार्यालय सल्यानको समन्वयमा र शिव बहादुरलाई कास्की पोखरा महानगरपालिका-१७ बाट पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा लोकमानले पीडितलाई भिसिट भिसामा बेलायत प्रवेश गराई उक्त भिसालाई वोर्किङ भिसामा परिवर्तन गरी राम्रो कम्पनीमा काम लगाई दिन्छु भनी ४ लाख रूपैयाँ लिएको, वोर्किङ भिसा आएन भनी पुन: अमेरिका पठाइदिन्छु भन्दै पीडितबाट पटक पटक गरी ६५ लाख २६ हजार ७ सय ८० रूपैयाँ लिएको, २०८१ भदौ १८ गते पीडितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, दुबईबाट भारत, भारतदेखि नेपाल, पुन: नेपालबाट कतार, स्पेन, ब्राजिल, पेरू, ईक्वयडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, हुण्डोरस, मेक्सिको हुँदै अवैध रूपमा अमेरिका पुर्‍याएको तथा अमेरिकी प्रहरीले पीडितलाई अवैध रूपमा अमेरिका प्रवेश गरेको कसुरमा पक्राउ गरी १४ महिना सम्म जेलमा राखि २०८३ वैशाख १८ गते डिपोर्ट गरी नेपाल पठाएको खुल्न आएको छ । यसैगरी शिव बहादुरले पीडितलाई अमेरिका पठाइदिन्छु भनी विश्वास दिलाई २०७८ वैशाख ११ गते दुबईको ग्राण्ड नोभा होटलमा पुर्‍याई करिब १ महिनासम्म राखि अमेरिकाको भिसा प्रकृया गर्नको लागि दुबईमा बस्ने एजेन्ट मार्फत पीडितबाट ८ लाख रूपैयाँ लिई भिजिट भिसा तयार गरी दुबईबाट हवाई मार्ग हुँदै बहराईन, टर्की, ब्राजिल, पेरूबाट कोलम्बिया लागि १ वर्ष सम्म अमेरिका लैजाने आश्वासन देखाई विभिन्न किसिमको शारिरक तथा मानसिक यातना दिई बन्धक बनाई राखेको खुल्न आएको छ । साथै पीडितले आफूलाई नेपाल फिर्ता पठाई दिनको लागि अनुरोध गर्दा नेपाल जानको लागि थप रकम बुझाउनु पर्छ भनी दबाब दिएकोले पीडितले पटकपटक गरी १ करोड ४२ लाख रूपैयाँ पठाएको तथा रकम पाएपछि पीडितलाई आफ्नो एजेन्टहरू मार्फत कोलम्बियाबाट पानामा जंगलको बाटो हुँदै मेक्सिको पूर्वी तापाचुला भन्ने बोर्डरमा पुर्‍याउन लगाई नेपाल फिर्ता हुनको लागि थप २० हजार डलर माग गर्न लगाएकोमा उक्त पैसा दिन नसके पछी पीडितलाई मेक्सिकोमै अलपत्र छाडी एजेन्टहरू सम्पर्कविहीन भएको खुल्न आएको छ । पीडितले अमेरिका बस्ने आफन्तसँग समन्वय गरी अमेरिकास्थित नेपाली राजदुतावासको सहयोगमा २०८३ वैशाख २ गते नेपाल फर्किन सफल भएका थिए ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-३०

काठमाडौं, ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. का प्रमुख कार्यकारी अधिकृत ललितपुर महानगरपालिका-५ मानभवन बस्ने काठमाडौं महानगरपालिका-१८ रक्तकाली घर भएका ६३ वर्षीय ज्योति प्रकाश पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुली कमलामाई नगरपालिका-६ बसपार्क नजिकबाट पक्राउ गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरण जमल काठमाडौंबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्न आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिई सञ्चालन भएको स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो । दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ कार्य गरी/गराई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसुरमा लोन रिकभरी कमिटिको अध्यक्ष समेतको हैसियतमा उक्त लिलामी प्रक्रियामा उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०१-३०

पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरू वीरगंज महानगरपालिका-२७ बस्ने ५० वर्षीया जगमती देवी कोईरी र ३२ वर्षीय जितेन्द्र प्रसाद कुशवाहालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।वीरगंज महानगरपालिका-२७ जसौली बस्ने ७० वर्षीय महिन्द्र महतो कोईरीको २०७६ साउन ३१ गते हत्या गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियगोमा पक्राउ
२०८३-०१-३०

बर्दिया, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका-६ गणतन्त्र टोल बस्ने २८  वर्षीय सुशिल सुनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुशिलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  रोल्पा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ बस्ने ३६ वर्षीय राजु केसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  सोलुखुम्बु, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महाकुलुङ गाउँपालिका-५ गुदेल बस्ने ३२ वर्षीय रसान्त कुलुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रसान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८३-०१-२९

ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र नगद ५ हजार ५ सय २५ रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर हरिसिद्धि बस्ने चितवन भरतपुर महानगरपालिका-२४ घर भएका २८ वर्षीय सुमन विक र २५ वर्षीय अविनव रावल रहका छन् । प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कस्थित जलजला रांसी होटलबाट अवध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम र नगद १९ हजार ३ सय ५० रूपैयाँ सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ सर्रा बस्ने २४ वर्षीय करण डाँगी, २३ वर्षीय भरत सुनार, सोही उपमहानगरपालिका-१८ फुर्सेकाली बस्ने १९ वर्षीया बिमला बुढा मगर र सोही उपमहानगरपालिका-१५ स्वर्गद्वारी टोल डेरा गरी बस्ने प्युठान घर भएका २१ वर्षीय देबका थापा क्षेत्री रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ नवबिहानी टोलस्थित घोराही बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय शकंर नेपालीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित बराहताल गाउँपालिका-९ फिनिकाँडा बस्ने १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०१-२९

मकवानपुर, बकैया गाउँपालिका-७ हर्दाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट ५ ट्याब्लेट सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय बिजय भोलन, २३ वर्षीय विशाल लोप्चन, सोही गाउँपालिका-३ बस्ने ३४ वर्षीय संजिव लामा र बारा घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरीले बिजयको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-५ नयाँ बस्ती बस्ने २० वर्षीय अनिल विक र बाँके कोहलपुर नगरपालिका-१२ चपरगौरी बस्ने १९ वर्षीय पवन पुन मगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले फुटाहाबाट मैनापोखरतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २६ वर्षीय दावा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, कानेपोखरी गाउँपालिका-५ माझी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-५ बस्ने २५ वर्षीय अकेस माझी, २९ वर्षीय अर्जुन माझी र १७ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ९० मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका-६ बस्ने २९ वर्षीय मुकेश महतोलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम ९ सय  मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-६ बस्ने २१ वर्षीय समिर राई र सोही नगरपालिका-४ बस्ने ३४ वर्षीय शक्ति राई रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२८ प ९०९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित सोही नगरपालिका-७ बस्ने २५ वर्षीय कार्तिक कुमार मण्डललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली समेतबाट खटिएको प्रहरीले  भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ४२ मिलिग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-७ बस्ने ३४ वर्षीय संजय साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, भजनी नगरपालिका-८ बदला चोकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-१ बस्ने २५ वर्षीय बिष्णु कठायत र सोही नगरपालिका-१० बस्ने १९ वर्षीय धर्मेन्द्र शाह रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-८ चमारीपुर बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-११ तुल्सी मार्ग डेरा गरी बस्ने लम्जुङ घर भएका २९ वर्षीय सागर थापा मगरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र टापेन्टाडोल १४ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१९ दुईखोली टोल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित रोल्पा माडी गाउँपालिका-४ तालावाङ बस्ने २० वर्षीय कमल डाँगी समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले भे.२ प ६७१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।नवलपरासी पश्चिम, सुनवल नगरपालिका-४ बेलारी बस्ने ५२ वर्षीय तारा बहादुर क्षेत्रीलाई अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी  कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०१-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-७ घर भएका ४७ वर्षीय शैलेन्द्र पाण्डे, काठमाडौं महानगरपालिका-४ बस्ने टोखा नगरपालिका-९ घर भएका ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका-९ बस्ने खोटाङ घर भएका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका-३० बस्ने नवलपरासी पूर्व घर भएका ५३ वर्षीय बासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका-९ बस्ने पाँचथर घर भएका ४७ वर्षीय धन बहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका-८ घर भएकी ३३ वर्षीया नौ माया आले मगर रहेका छन् । पक्राउ मध्ये शैलेन्द्रले सर्विया, स्लोभाकिया लगायतका देश पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जना पीडितहरूबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, धन बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र नौ मायाले साइप्रस पठाइदिन्छु भन्दै ६ लाख ४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शैलेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका-९ बाट बिहीबार, सुमना र बासुदेवलाई काठमाडौं महानगरपालिका-४ तथा विकासलाई काठमाडौं महानगरपालिका-७ बाट शुक्रबार, धन बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र नौ मायालाई नवलपरासी पूर्व देवचुली नगरपालिका-८ बाट सोमबार पक्राउ गरेको हो । पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, बासुदेव र धन बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौ मायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ 

चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०१-२९

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा खरिबोट बस्ने खडक नगरपालिका-१० घर भएका २४ वर्षीय समिर चौधरी, सोही महानगरपालिका-१० कुपण्डोल घर भएकी ४८ वर्षीया पूजा शर्मा जोशी र काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित कृष्णा डाईमण्ड नामक सुनचाँदी सञ्चालन गरी बस्ने भारत घर भएका ४५ वर्षीय श्रवण कुमार रहेका छन् ।  विभिन्न मितिमा ललितपुर महानगरपालिका-२ सानेपा डेरा गरी बस्ने मिन झा को कोठाबाट करिब १८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल र वविता छिनाल परियारको कोठाबाट करिब १५ लाख ३५ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुनका विभिन्न गरगहना र नगद २२ लाख रूपैयाँ समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा समिर गरगहना चोरी गर्ने, पूजा चोरीका गरगहना बिक्री गर्ने र श्रवण चोरी गरगहना खरीद तथा गाल्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।   उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चाँदी जस्तो देखिने धातु सहित एक जना पक्राउ
२०८३-०१-२९

भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीबाट करिब १ किलो ५ सय ७७ ग्राम तौलको चाँदी जस्तो देखिने धातु सहित काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ पुलबजार बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१० घर भएका ३२ वर्षीय राजु स्वेतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१२ प ४३६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी चालक राजुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०१-२८

झापा, मेचीनगर नगरपालिका-६  पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित इलाम माई नगरपालिका-२ बस्ने ३१ वर्षीय नबिन श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ खानीखोला नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १९ ट्याब्लेट सहित गोरखा, गोरखा नगरपालिका-१३ तिनकिलो बस्ने २५ वर्षीय अर्जुन आलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा.६२ प ७१०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

डाँका चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०१-२८

धनकुटा, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-६ बस्ने ३० वर्षीय धन बहादुर भन्ने दान बहादुर तामाङ, सोही नगरपालिका-१२ बस्ने ३३ वर्षीय सन्तोष भन्ने प्रेमलाल घिसिङ र सोही नगरपालिका-१० बस्ने ३८ वर्षीय राजु तामाङ रहेका छन् ।  धनकुटा नगरपालिका-७ मदन चोकस्थित एकान्त बाटोमा २ वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले गत शुक्रबार पीडित महिलालाई धाक धम्की दिई १ तोला २ आना बराबरको सुनको सिक्री डाँका चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई सुनसरी धरान उपमहानगरपालिका-८ वरगाछीस्थित एक होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने धातुको विभिन्न गरगहना, मोबाइल ६ थान, प्र.३-०२-०१३ प ८००१ नम्बर र बा.८२ प ९५६४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको   छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा Police Leadership and Staff Course समुद्‍घाटन
२०८३-०१-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course (PLSC Batch 02) को समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक कार्कीले पानसमा दीप प्रज्वलन गरी उक्त Police Leadership and Staff Course को समुद्‍घाटन गर्नुभएको हो ।समारोहमा प्रहरी महानिरीक्षक कार्कीले Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course प्रहरी संगठनको संस्थागत विकास तथा आधुनिकीकरण एवम् नेपाल प्रहरीको व्यावसायिक रूपान्तरणमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । समाजमा देखापरेका विभिन्न नवीनतम् चुनौतीहरूको सम्बोधनको लागि सक्षम नेतृत्व तयार गर्न समेत यो कोर्स महत्वपूर्ण हुने उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई पूर्ण समर्पण र अनुशासनका साथ यस कोर्स ग्रहण गर्न उहाँले आग्रह समेत गर्नुभयो ।   राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.महानन्द चालिसेले शुभकामना मन्तव्य तथा प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले स्वागत मन्तव्य एवम् Police Leadership and Staff Course सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, MPS का सल्लाहकार प्रा.डा राजिव बिक्रम राणा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम शुरू
२०८३-०१-२८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १७ औं समूहको सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । प्रहरी नायव उपरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान २० जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०१-२८

काठमाडौं, तारकेश्वर नगरपालिका-४ लोलाङ हरियाली बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ३२ ट्याब्लेट, डिजिटल तराजु १ थान र नगद ८६ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका २० वर्षीय सागर तामाङ समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सागरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१ कालुपाण्डेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने २२ वर्षीय परिन लामा र काठमाडौं मनामैजु बस्ने गोरखा घर भएका १९ वर्षीय रमेश सुर्खेती रहेका छन् । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-६ धर्मस्थली बस्ने रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएकी २३ वर्षीया मिना तामाङलाई अवैध लागूऔषध गाँजा ३ सय ३० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धर्मस्थलीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट अवैध लागूऔषध गाँजा ४ सय ग्राम सहित सोही ठाउँ बस्ने ५२ वर्षीय राजेन्द्र खड्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-८ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-१२ भैसही बस्ने १९ वर्षीय निर्मल थारू र २४ वर्षीय सरोज बिक रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको शिवरात्रीपुरबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ पितमारी बस्ने २० वर्षीय सुनिल सुनारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतको लौकाही बजारबाट गणेशपुरतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-६ शिवशक्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय प्रज्वल राई समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-५ बनकटवा बस्ने ३० वर्षीय गोबिन्द चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम र नगद ३ लाख ९५ हजार ८ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-३ धरान बस्ने ४३ वर्षीय राकेश परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित मेचीनगर नगरपालिका-६ भानुटोल बस्ने २४ वर्षीय नविन दर्नाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित बहदुरामाई नगरपालिका-६ गमहरिया टोल बस्ने २९ वर्षीय बिरजु साह तुरहालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.२१ प ३५८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-२८ समल टोल डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका-५ घर भएका २८ वर्षीय सुमन तामाङलाई नियन्त्रित लागूऔषध नोर्फिन ३३ एम्पुल, फेनारगन ३३ एम्पुल र डाईजेपाम ३३ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०१-२७

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ दोघरे बस्ने २० वर्षीय धन बहादुर खत्रीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले लु.प्र.०२-००२ प ४३८० नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ९० मिलिग्राम सहित जानकी गाउँपालिका-७ बस्ने ३० वर्षीय रामकृष्ण थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, जानकी गाउँपालिका-१ गुजरूवा चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-५ पथरैया बस्ने २६ वर्षीय असोक चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-७ बस्ने २३ वर्षीय भुवन ऐरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१३ बडैपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय विक्की कुवँरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-४ घ गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१ पशुपतीटोल बस्ने ३८ वर्षीय मो.मोविन कुरैसी र ३२ वर्षीय सलिम कुरैसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट आईबिआरडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका युपि ३१ एल ७८९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । रौतहट, चन्द्रपुर नगरपालिका-५ स्थित सगुन फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४३ ट्याब्लेट सहित फार्मेसीका संचालक सोही नगरपालिका-६ बस्ने ४८ वर्षीय सुरेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४२ ट्याब्लेट, स्पास्मो ११ ट्याब्लेट र नगद ४९ हजार रूपैयाँ सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२ छप्कैया बस्ने ३५ वर्षीय ओसिम ठकुराई, मकवानपुर हेटौँडा उपमहानगरपालिका-१० बस्ने ३७ वर्षीय राजु बानिया र बारा कलैया उपमहानगरपालिका-६ बस्ने ५२ वर्षीय अलिहदन मिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३७ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौँडा उपमहानगरपालिका-७ कमाने टोल बस्ने २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रमेश बमजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बा.८६ प २१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने ३३ वर्षीय पवन खड्का र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय रूमिलुङ राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, कनकाई नगरपालिका-३ सुरूङगा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय कुर्वान अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ बस्ने ३७ वर्षीय बिशाल लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-६ नमुना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीया सुस्मिता लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध स्पास्मो ९६ ट्याब्लेट र नाइट्राजेपाम १ सय ४३ ट्याब्लेट सहित धनुषा मिथिला नगरपालिका-३ लालभिती बस्ने २१ वर्षीय दिपक विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.१४ प २१०९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ गणेशमान चोकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय साइवक सारू मगर र सोही उपमहानगरपालिका-१६ बस्ने २२ वर्षीय पवन राई रहेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   बर्दिया, बाँसगढी नगरपालिका-५ बाँसगढीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-५ रामपुर बस्ने १६ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
२०८३-०१-२७

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड बस्ने ७२ वर्षीय कासीराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा कासीराम समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ४ सय २२ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ रामदर्शन टोल बस्ने ५५ वर्षीय धर्मदत्त गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्मदत्त समेत ९ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने ५० वर्षीय श्याम कुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ५ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०१-२६

काठमाडौं, टोखा नगरपालिका-३ ढलमलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ भत्केको पुल बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिजय तामाङ र २६ वर्षीया अञ्जना पाठक रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-९ बगैचा लाईनस्थित रत्न होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३६ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सन्देश तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने काभ्रे घर भएका २२ वर्षीय समिर दियाली र झापा बिर्तामोड नगरपालिका-६ नयाँ बसपार्क बस्ने २८ वर्षीय क्षितिज भण्डारी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उक्त होटलको ७ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बागमती प्रदेश०२-०२७ प ३२८१ र बागमती प्रदेश ०२-०४३ प ४८८२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१० गड्डाचौकी ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-३ चौमला बस्ने १९ वर्षीय आयुष नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१८ एक्लोडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७६ ट्याब्लेट र नाइट्राजेपाम १ सय ७९ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोलुखुम्बु घर भएका २४ वर्षीय एलस राई र नुवाकोट घर भएका २६ वर्षीय जयमान लामा रहेका छन् । प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय २० मिलिग्राम सहित नुवाकोट घर भएका १९ वर्षीया अंजली रोईलालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गारामनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९४ ट्याब्लेट र डाइक्लोमाइन २ सय ९५ ट्याब्लेट सहित दमक नगरपालिका-२६ बस्ने सुमन थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, कनकाई नगरपालिका-३ पिंगडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय मेघराज दियालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका-३० सिसुवा बस्ने ३४ वर्षीय बिदुर पौडेललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग.प्र.०१-००१ ख ०१२६ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-९ चिसापानी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-९ माछागढ बस्ने २७ वर्षीय मोहन थारू र २५ वर्षीय दिल बहादुर थारू रहेका छन् । प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरीले भे.६ प ९१३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ माछागढ बस्ने ४४ वर्षीय अमृत प्रसाद पौडेल र ३१ वर्षीय रूद्र बहादुर गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँ बस्ने २७ वर्षीय जुबेर हलुवाईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८३-०१-२६

काठमाडौं, तारकेश्‍वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने धादिङ घर भएका ३५ वर्षीय प्रेम तामाङको कोठा जुवातास खेलिरहेको अवस्थामा प्रेम समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४ हजार रूपैयाँ, ७ बुक तास र १७ थान कौडा सहित पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-१५ चापागाउँस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर ईमाडोल बस्ने भोजपुर घर भएका ४५ वर्षीय कृष्ण बराईली समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ३ सय रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८३-०१-२५

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेले साक्षात्कारको क्रममा सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो । प्रहरी नायव महानिरीक्षक काफ्लेले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै संगठनको हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझाव प्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताउनुभयो । साथै उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्दै विपद्‌बाट हुन सक्ने जोखिमहरू न्यूनीकरण गर्न नेपाल प्रहरी तयारी हालतमा रहेको समेत उहाँले जानकारी गराउनुभयो ।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्ले र सञ्चारकर्मीहरू बीच नव वर्ष २०८३ को शुभकामना आदान प्रदान समेत भएको थियो । सो अवसरमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलको टोलीले आईए ड्रिल, हतियार खोल जोड अभ्यास तथा बन्धक बनाइएका व्यक्तिहरूको उद्धारको नमुना अभ्यास प्रदर्शन गरेको थियो भने नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रको टोलीले अग्नी नियन्त्रण तथा उद्धार अभ्यास, विपद् सामाग्रीहरूको प्रदर्शनी तथा विपद् तयारी सम्बन्धमा जानकारी प्रदान गरेको थियो ।  विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०१-२५

    सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-१२ शिवनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कौशिला कालुङ् र सोही नगरपालिका-९ बस्ने ३९ वर्षीया निशा वली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले कौशिलाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित कञ्चनपुर पुर्नवास नगरपालिका-११ बस्ने १९ वर्षीय निशान ढकाल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-१ झगडपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश मल्ललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-४ गोबरीया बस्ने २९ वर्षीय अमित चौधरी, सोही नगरपालिका-१८ सालघाँरी बस्ने २७ वर्षीय शेखर चौधरी र शुक्लाफाँटा नगरपालिका-७ झण्डभोज बस्ने  २४ वर्षीय सुशिल डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-१ चम्पापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीसँगै आएका हाल फरार १ जनाको खोजी गरिरहेको छ ।    मोरङ, विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, डाईजेपाम ४ एम्पुल र लुपिजेसिक ४ एम्पुल सहित सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने ३१ वर्षीय कलाम मियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२७ डाडाकोनाकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५ एम्पुल, फेनारगन ५ एम्पुल र डाईजेपाम १ एम्पुल सहित सोही महानगरपालिका-२७ रिठ्ठेपानी बस्ने २३ वर्षीया सुस्मिता गुरूङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.१० प २४३१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१९ ब्रहमपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ ग्राम ४ सय ४० मिलिग्राम र नगद १९ हजार ९ सय ८० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३८ वर्षीय चक्र बहादुर जिमीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को.३९ प ३१२३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । ललितपुर, ललितपुर महानगरपालिका-९ सनराइजहोम स्नुकर हाउसबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-९ बस्ने २३ वर्षीय अनिस लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०१-२५

काठमाडौं, कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-९ भाजंगल बस्ने अछाम साँफेबगर नगरपालिका-४ घर भएका २५ वर्षीय महेन्द्र शाह, काठमाडौं कीर्तिपुर नगरपालिका-१० पाँगा दोबाटो बस्ने कैलाली बर्दगोरिया गाउँपालिका-४ घर भएका २३ वर्षीय रबिन्द्र धामी र काठमाडौं कीर्तिपुर नगरपालिका-८ सिनेमा हल बस्ने कैलाली घोडाघोडी नगरपालिका-१ घर भएका २२ वर्षीय रोशन बिष्ट रहेका छन् । कीर्तिपुर नगरपालिका-१० पोडेटोलस्थित चिया सागर नजिक सोही नगरपालिका-३ ढाल्पा बस्ने जिल्ला गुल्मी धुर्कोट गाउँपालिका-७ घर भएका २२ वर्षीय विपिन घिमिरेलाई बुधबार दिउँसो धारिलो हतियार प्रयोग गरी ज्यान लिने कसुरमा संलग्न उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०१-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने भारत मोतिहारी घर भएका २९ वर्षीय संजय कुमार, काठमाडौं महानगरपालिका-१६ बस्ने ५२ वर्षीय नगेन्द्र शाह, काठमाडौं महानगरपालिका-९ बस्ने बाँके खजुरा गाउँपालिका-२ घर भएका २४ वर्षीय मो. अलताव खाँ र काठमाडौं महानगरपालिका-२७ बस्ने सल्यान कुमाख गाउँपालिका-२ घर भएका १९ वर्षीय केशव सुनार रहेका छन् । पक्राउ मध्ये संजय र नगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख रूपैयाँ, मो. अलतावले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५१ लाख रूपैयाँ र केशवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले संजयलाई काठमाडौं महानगरपालिका-१३ र नगेन्द्रलेलाई काठमाडौं महानगरपालिका-९ बाट बुधबार तथा मो. अलतावलाई काठमाडौं महानगरपालिका-९ बाट र केशवलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-२५

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-५ लेलेस्थित ओमकार आयल ईन्डस्ट्रिज प्रालिका संचालक ललितपुर महानगरपालिका-१३ पाटन बस्ने ४३ वर्षीय बिजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ओमकार आयल ईन्डस्ट्रिज प्रालिबाट उत्पादन हुने छहारी /ओमकार ब्राण्डको Sun flower तेल तोकिएको मापदण्ड भन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले बिजयले भण्डारण गरेको विभिन्न ठाउँहरूबाट तेलका ९ सय ५ कार्टुनहरू बरामद गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ  । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा सम्मान
२०८३-०१-२४

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नैना एण्ड ईशान ज्वेलर्समा लुटपाट गर्न आएका व्यक्तिहरू विरूद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै ज्वेलर्समा कार्यरत काठमाडौं महानगरपालिका-२२ वटु बस्ने सञ्जिता शाक्यलाई सम्मान गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रम बीच प्रहरी महानिरीक्षक कार्कीले उहाँलाई कदर पत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।  काठमाडौं महानगरपालिका-२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दिउँसो २ जना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने उदेश्यका साथ आतंक सिर्जना गर्दा आफ्नो ज्यानको पर्वाह नगरी प्रदर्शन गरेको हिम्मत, आत्मविश्‍वास तथा निर्वाह गर्नुभएको नागरिक दायित्वको उच्च कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले त्यस्तो विषम् परिस्थितिमा समेत सम्मानित व्यक्ति सञ्जिता शाक्यले देखाउनु भएको अदम्य साहस, चेतना र जिम्मेवारीबोधको प्रशंसा गर्नुभयो । सभ्य र सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने उहाँले बताउनुभयो ।   उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सम्मानित व्यक्ति सञ्जिता शाक्यले घटनाको बारेमा आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । सञ्जिताले उक्त घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सिसिटिभी फुटेज समयमै उपलब्ध गराउन देखाएको तदारूकताले कुनै पनि अपराधिक घटनाको सफल अनुसन्धानमा प्रहरीका लागि शीघ्र जानकारी र प्रविधिको भूमिका महत्वपूर्ण रहन्छ भनेर आम नागरिकहरूलाई सुसुचित गराउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको छ । साथै उहाँले प्रदर्शन गरेको साहसले सम्भावित आपराधिक घटना नियन्त्रण हुन गई समाजमा सुरक्षा सचेतना तथा अपराध विरूद्ध प्रतिरोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको नेपाल प्रहरीले विश्‍वास लिएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०१-२४

चितवन, भरतपुर महानगरपालिका-९ स्थित काँडाघारी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-९ बस्ने २५ वर्षीय पुजन दराई, सोही महानगरपालिका-२७ बस्ने २६ वर्षीय प्रबेश गुरूङ र  २९ वर्षीय सन्तोष गुरूङ रहेका छन् । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका २६ वर्षीय नैनुदिन अन्सारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-४ मिलन चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ८६ ट्याब्लेट र स्पास्पेन ६ सय ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २७ वर्षीय बासुदेब खड्का र २५ वर्षीय दुर्गा बहादुर खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय पथरी समेतबाट खटिएको प्रहरीले बा.९७ प ६०७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-४ बस्ने २२ वर्षीय निकेस माझीसँग खरिद गरेको भन्ने खुल्नआएपछि निकेसलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  ताप्लेजुङ, फुङलिङ नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २० वर्षीय ज्ञानेन्द्र लिम्बु,  २० वर्षीय यमराज लिम्बु र २० वर्षीय जगत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले यमराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   बारा, निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलो ४ सय १० ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने २० वर्षीय धर्मराज रामलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले डम्बरपुरबाट तामागढीतर्फ आउँदै गरेको प्र.२-०३-०१६ प ३९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०१-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने सुनसरी घर भएका ३२ वर्षीय राज कुमार तामाङ, काठमाडौं महानगरपालिका-१४ बस्ने दाङ घर भएका ३१ वर्षीय प्रकाश केसी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रे घर भएका ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने पाँचथर घर भएका ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने स्याङ्जा घर भएका २८ वर्षीय नमुना भण्डारी रहेका छन् ।पक्राउ मध्ये राज कुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५५ हजार रूपैयाँ, प्रकाशले अमेरिका पठाइदिन्छु भन्दै १२ जना पीडितहरूबाट ९३ लाख रूपैयाँ, डिल्लीमानले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १४ लाख ७५ हजार रूपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख २५ हजार रूपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं किर्तीपुरबाट, प्रकाशलाई काठमाडौं महानगरपालिका-२९ बाट र डिल्लीमानलाई काठमाडौं महानगरपालिका-१४ बाट मंगलबार तथा श्रीहाङलाई ललितपुर गोदावरी नगरपालिका-४ बाट र नमुनालाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-२४

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे पाँचखाल नगरपालिका-७ बस्ने खोटाङ घर भएका ४३ वर्षीय धिरज भन्ने मोतिधन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला अदालत काठमाडौंको २०७६ असोज १ गतेको फैसलाले उक्त मुद्दामा जन्मकैद सजाय ठहर भई कैद भुक्तानको लागि केन्द्रीय कारागार भद्रबन्दी गृह सुन्धारामा रहेकोमा २०८२ भदौ २४ गते कारागारबाट फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-७ शिखरपुरबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।  

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०१-२४

दाङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदिमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । जुम्ला, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पातारासी गाउँपालिका-५ जफना गाउँ बस्ने ४१ वर्षीय दत्त बहादुर बुढालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दत्त बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लुटपाट तथा चोरीमा संलग्न दुई जना पक्राउ
२०८३-०१-२३

काठमाडौं, लुटपाट तथा चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बोडे बस्ने ३० वर्षीय बिकेस राजबाहक र काठमाडौं महानगरपालिका-१९ डल्लु बस्ने ३४ वर्षीय अरूण भुजेल रहेका छन् । काठमाडौं महानगरपालिका-२९ ईन्द्रचोकस्थित एक ज्वेलरीमा बिहीबार हतियार देखाई लुटपाट गर्ने प्रयास गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।   प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले २०८२ पुस २१ गते काठमाडौं महानगरपालिका-२५ मांसान गल्लीस्थित होलसेल पसलमा पेस्तोल देखाई २ तोलाको सुनको सिक्री, नगद ४ लाख रूपैयाँ, मोबाइल २ थान लगायतका सामान समेत लुटपाट गरेको खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट चाइनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, गोली १ राउण्ड, नक १ थान र  घटनामा प्रयोग भएको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०१-२३

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२२ बस्ने ३४ वर्षीय अलताब किंगरीयालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, व्यास नगरपालिका-२ उत्तरशीला बस्ने २९ वर्षीय पूर्ण बहादुर थापालाई अवैध लागूऔषध गाँजा ९ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०१-२३

काठमाडौं, गोकर्णश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नोर्फिन १८ एम्पुल, फेनारगन १८ एम्पुल र डाईजेपाम १८ एम्पुल सहित सोही ठाउँ बस्ने ३८ वर्षीय फुर्पा लामालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-११ चिल्ड्रेन पार्क नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९७ ट्याब्लेट सहित काठमाडौं बालाजु बस्ने गोरखा भीमसेनथापा गाउँपालिका-७ घर भएका २८ वर्षीय राजेश भुषाल समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-१० रामनगरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, फेनारगन १९ एम्पुल र आइपिपिएल २० एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३२ तल्लो गगनगौडा बस्ने ४० वर्षीय सुनिल परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बर्दघाटबाट बुटवलतर्फ आउँदै गरेको लु.१ ख ९४५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिराहा, धनगढीमाई नगरपालिका-१ मेदनीपुर सरस्वती खोला नजिकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम र डिजिटल तराजु १ थान सहित लहान नगरपालिका-१३ गणेशपुर बस्ने २७ वर्षीय विशेश्वर पासवानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, माडी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ४ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२६ दिव्यनगर बस्ने २६ वर्षीय सुदिप गुरूङ र सोही महानगरपालिका-१७ बनगाई बस्ने २९ वर्षीय आयुष महतो रहेका छन् । प्रहरी चौकी सोमेश्वरबाट खटिएको प्रहरीले ठोरीबाट बसन्तपुरतर्फ जाँदै गरेको ना.६५ प ७८५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ हर्वासी डेरा गरी बस्ने ३५ वर्षीय घनश्याम अधिकारीलाई अवैध लागूऔषध गाँजा करिब २ सय ६६ ग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डण्डाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-५ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ट्याब्लेट र स्पास्पेन १ हजार ३ सय ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३५ वर्षीय हरी बहादुर बिक समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देउराली र अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली शिव मन्दिर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय गणेश थापालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट लाटिकोईलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०१-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने बागलुङ काठेखोला गाउँपालिका-३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका-३ बस्ने ४३ वर्षीय निर बहादुर कार्की, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-२ घर भएका ३९ वर्षीय विजय कुमार यादव, काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने ३७ वर्षीय चिरन्जिवी अधिकारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रवेश गुरूङ रहेका छन् । पक्राउ मध्ये सन्दिपले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, निर बहादुरले क्रोएशिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट २ लाख २५ हजार रूपैयाँ, विजय कुमारले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २० हजार रूपैयाँ, चिरन्जिवीले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ र प्रवेशले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्दिप र विजय कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट तथा निर बहादुरलाई काठमाडौं महानगरपालिका-१३ बाट सोमबार, चिरन्जिवीलाई काठमाडौं महानगरपालिका-११ बाट र प्रवेशलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

चेक अनादर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०१-२३

काठमाडौं, चेक अनादर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने मकवानपुर बागमती गाउँपालिका-७ घर भएका ४७ वर्षीय पुर्ण बहादुर डिम्डुङ र काठमाडौं महानगरपालिका-३१ बस्ने भीमसेनगोला बस्ने तेह्रथुम फिदिम नगरपालिका-४ घर भएका ५८ वर्षीया सलिजा कान्दङवा रहेका   छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत मकवानपुरको २०८१ माघ १३ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका पुर्ण बहादुरलाई ललितपुर महानगरपालिका-१५ सातदोबाटोबाट सोमबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेकी सलिजालाई काठमाडौं महानगरपालिका-३१ भीमसेनगोलाबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये पुर्ण बहादुरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मकवानपुर र सलिजालाई जिल्ला अदालत पाँचथरमा पेश गरिएको छ । 

क्यासिनोमा जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १९ जना पक्राउ
२०८३-०१-२३

रूपन्देही, क्यासिनोमा जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा सिद्धार्थनगर नगरपालिका-६ गल्लामण्डी बस्ने २२ वर्षीय अभय कुमार गुप्ता समेत १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई सिद्धार्थ नगरपालिका-१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै/खेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ९५ हजार ५ सय रूपैयाँ, क्यासिनो क्वाइन ५० थान र मोबाइल १७ थान समेत बरामद गरेको   छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०१-२२

कैलाली, बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २५ वर्षीय सागर कलेल लाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१६ झनझनेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय  ७० मिलिग्राम र नगद २० हजार ८ सय ६५ रूपैयाँ सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१० बस्ने २८ वर्षीय सुनिल भुषाल समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थान बाट २३ जना पक्राउ
२०८३-०१-२२

चितवन, भरतपुर महानगरपालिका-११ कमलादेवीमाई टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित सोही महानगरपालिका-११ बर्मेलीटोल डेरा गरी बस्ने सोही महानगरपालिका-१५ फुलबारी घर भएका ३७ वर्षीय अन्सु श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-१५ शान्ति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ६० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ९ हजार ८ सय रूपैयाँ सहित सोही महानगरपालिका-१६ बस्ने ३२ वर्षीय रूपेश लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले बा.६२ प ८१२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय नरेश चौधरी, २२ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय भक्त राज राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-४ नर्सिङबगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ बस्ने २६ वर्षीय पारस राई र इलाम माई नगरपालिका-५ बस्ने २६ वर्षीय मनिष गिरी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ३० मिलिग्राम सहित बाह्रदशी गाउँपालिका-५ बस्ने २९ वर्षीय हरि प्रसाद न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ देवीस्थान बस्ने २४ वर्षीय गणेश भट्टराई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, देवानगंज गाउँपालिका-३ पाचौसिमरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्जु गाउँपालिका-५ बस्ने १९ वर्षीय सुशान चौधरी र २२ वर्षीय बिशाल चौधरी रहेका छन् । प्रहरी चौकी कप्तानगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१ -०२-०४६ प २९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१९ दिपेन्द्र चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र डिकोलिक १ सय ८ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१० बस्ने ३३ वर्षीय सुरज गुरूङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी वरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लालापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित बर्दिया बारबर्दिया नगरपालिका-१ बस्ने  २२ वर्षीय निरज थारू समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले भे.८ प ११७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, चौदण्डीगढी नगरपालिका-४ मेजर चौताराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र डाइक्लोमाइन १ सय ४० ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुनिल राई, ३२ वर्षीय बिपिन सुब्बा र ३२ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त स्थानबाट बिपिनले प्रयोग गरेको को.प्र.०५-००१ ह ०७९९ नम्बरको अटो समेत नियन्त्रणमा लिएको छ । तनहुँ, व्यास नगरपालिका-४ भोर्लेटार चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, बुप्रेनोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित सोही नगरपालिका-११ डिगाउँ बस्ने २७ वर्षीय ईनाम गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-६ विद्युत टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजापुर नगरपालिका-१० बस्ने २५ वर्षीय सर्वन कुमार परियार र २३ वर्षीय सन्देश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले से. ५ प ५३२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय बसन्त मोक्तान र ४० वर्षीय सुवास कुमार राई रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले सोही नगरपालिका-१ हिले बस्ने ३४ वर्षीय राजेश तामाङको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी कोठामा रहेका बसन्त र सुवासलाई पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार राजेशको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न चार जना पक्राउ
२०८३-०१-२२

काठमाडौं, साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-३ बस्ने ३० वर्षीय दिपक लिम्बु, सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने २१ वर्षीय  सौरव भुजेल, सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सजल राई र इनरूवा नगरपालिका-६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको नाम दुरुपयोग गरी पीडितलाई फोन सम्पर्क गरी डर त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भन्ने पीडितहरूको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरान सुनसरीको समन्वयमा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०१-२२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका-१ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-१ घर भएकी ३९ वर्षीया बिमला दोङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ३१ वर्षीय रोशन तामाङ छन् ।पक्राउ मध्ये शक्तिले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९५ हजार रूपैयाँ, बिमलाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १३ लाख ६० हजार रूपैयाँ र रोशनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बाट बिहीबार, बिमलालाई ललितपुर ग्वार्कोबाट शुक्रबार र रोशनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बाट शनिबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-२२

काठमाडौं, वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुर थिमि नगरपालिका-५ कमेरोटार बस्ने धादिङ धुनिवेशी नगरपालिका-९ घर भएका ४६ वर्षीया रोशना चापागाईलाई प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगार न्यायाधिकरणको २०८१ वैशाख ३० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद सजाय  र १ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०१-२१

बाँके, नेपालगंज उपमहानगरपालिका-५ फुलटेक्राबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६८ ग्राम ८ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने भारत उत्तर प्रदेश बहराईज रुपैडिया बाबागंज पुरानी बजार घर भएका ३२ वर्षीय मोहमद हामीद समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपी ४० बिएच ४७०८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०१-२१

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ पवित्रनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २० ट्याब्लेट सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नयाँ बसपार्क बस्ने झापा घर भएका ३३ वर्षीय सबिन बस्नेत, काठमाडौं सामाखुशी बस्ने मोरङ घर भएका २१ वर्षीय आयुष लिम्बु र काठमाडौं पवित्रानगर बस्ने दोलखा घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट र नगद १ हजार ४ सय रूपैयाँ सहित सोही नगरपालिका-१० चिलन्चो बस्ने २९ वर्षीय योगेन्द्र महर्जन समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब २१ किलोग्राम सहित २ मकवानपुर घर भएका १७ वर्षीय किशोर समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०३-००३ प ५७६४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   पाल्पा, तानसेन नगरपालिका-९ अम्लिहानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिगराम र नगद ११ हजार ६ सय १० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माथागढी गाउँपालिका-३ बस्ने ३३ वर्षीय प्रेम बहादुर राना र २६ वर्षीय आशिष राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र फेनारगन ५ एम्पुल सहित लमजुङ राइनास नगरपालिका-९ बगुवा बस्ने २९ वर्षीय सुमन तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख २६७१ नम्बरको माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-६ खैरेनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित लालझाडी गाउँपालिका-१ विछुवा खल्ला बस्ने २२ वर्षीय शिव कुमार रानालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-५ झिलमिलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राम बहादुर कठायत र ३३ वर्षीय हर्क बहादुर बुढा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१३ प ५३०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, टीकापुर नगरपालिका-७ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बिजयनगर बस्ने ३२ वर्षीय श्याम बहादुर चौधरी र जानकी गाउँपालिका-३ लायकपुर बस्ने २५ वर्षीय भानु गिरी रहेका छन् । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ भगत चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय राजाराम चौधरी र सोही उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय शंकर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, सुन्दरहरैँचा नगरपालिका-८ सिंहवाहिनी टोल बस्ने ८० वर्षीय चन्द्र बहादुर बिष्टलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।   सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ बस्ने २६ वर्षीय प्रकाश भुजेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिराहा, धनगढीमाई नगरपालिका-५ तेतिस विगहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका नगरपालिका-५ बस्ने २० वर्षीय भरत कुमार मण्डल र सोही नगरपालिका-१० बस्ने २१ वर्षीय जिवछ साफी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको स.९ प १०७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जना पक्राउ
२०८३-०१-२०

काठमाडौं, काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने काभ्रे घर भएका २० वर्षीय आशिष तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १ सय २९ ट्याब्लेट र नगद १६ हजार ६ सय ३५ रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेट सहित सोही नगरपालिका-६ नारायणटार बस्ने मकवानपुर घर भएका ३० वर्षीय अशोक लामा समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट नियन्त्रित लागूऔषध स्पास्मो ४९ ट्याब्लेट सहित भारत बिजनोर बस्ने ३० वर्षीय जमसेद आलमलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, कैलारी गाउँपालिका-५ मनिकापुरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय धिरज चौधरी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ४६३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने ३५ वर्षीय किसन बुडाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३० ‌बस्ने २९ वर्षीय कृष्ण आलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजीपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग.प्र.००१ ख ०२२९ नम्बरको माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   बाँके, बैजनाथ गाउँपालिका-३ नौवस्ता चौधरिया गाउँबाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ नौवस्ता बस्ने ३३ वर्षीय ईन्द्र बहादुर थारू र ४१ वर्षीय धुर्ब कुमार थारू रहेका छन् । इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।          झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २८ वर्षीय मिलन कार्की ढोलि, सोही नगरपालिका-१३ बस्ने २३ वर्षीय रोहन राजवंशी र सोही नगरपालिका-९ बस्ने ३५ वर्षीय मनिष उप्रेती रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-४ बालुबाडी नयाँ टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय समिर प्रसाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ९८१२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-८ चारकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-९ बस्ने २७ वर्षीय श्याम कुमार रजकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्टाबरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   ललितपुर, गोदावरी नगरपालिका-३ शान्तिवनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय उदय तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ८० मिलिग्राम सहित काठमाडौं नागर्जुन नगरपालिका-४ बस्ने खोटाङ घर भएका २० वर्षीय रोहन खत्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र. १-०२-००१ ज ४४१८ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०१-१९

नवलपरासी पूर्व, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, मेस लगायतका भवनहरूको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवन नागरिक र प्रहरीको साझा सम्पत्ति भएकोले यसको संरक्षण पनि नागरिक र प्रहरी दुबैको दायित्व भएको उल्लेख गर्दै शिष्ट बोलीबचन, अनुशासित र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखि ट्राफिक व्यवस्थापन सम्बन्धी जनचेतामूलक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिँदै नागरिकहरूलाई ट्राफिक नियमको पूर्णरूपमा पालना गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्ण प्रसाद लम्साल र नवलपरासी पूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा प्राविधिक प्रहरी नायव उपरीक्षक ई.चिरन्जिवी प्रताप महतोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गण्डकी प्रदेश सरकारको विनियोजित बजेटबाट कुल ३ करोड २ लाख १२ हजार ६ सय ७६ रूपैयाँको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।  उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०१-१९

झापा, बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने ३८ वर्षीय हरि प्रसाद ढकाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले मे.२ प २८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका-५ कैलाशघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-५ बस्ने मोरङ पथरीशनिश्चरे नगरपालिका-५ घर भएका २४ वर्षीय सागर दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले मे.१ ह २४४३ नम्बरको अटोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुर रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २८ वर्षीय सागर रसाईली समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-७ बस्ने २७ वर्षीय रोहित भण्डारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचीनगर नगरपालिका-६ गैरीगाउँबाट अवैध लागूऔषध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ भट्टराई चोक बस्ने सर्लाही घर भएका १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २० वर्षीय लक्ष्मण शाही र २६ वर्षीय प्रकाश रिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.५ प ४४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ शिवनगर टिकटक पुलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय रामस्वरूप राना समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध डाईजेपाम १६ एम्पुल, फेनारगन ११ एम्पुल र बुप्रेनोर्फिन १४ एम्पुल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २१ वर्षीय आशिष सुर्खेती र सोही नगरपालिका-३ मिलनचोक बस्ने २५ वर्षीय सन्देश राउत रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-५ बाँसगढी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही नगरपालिका-३ लखना बस्ने ३२ वर्षीय सुनिल थारूलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय १० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने १९ वर्षीय जनक राम रानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, धनुषाधाम नगरपालिका-९ धारापानीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय रोहित कुमार मण्डल र गणेशमान चारनाथ नगरपालिका-१ बस्ने २२ वर्षीय मुकेश साह रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केबर समेतबाट खटिएको प्रहरीले रोहितको घर तलासी उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ४ सय १० मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-५ बस्ने ३४ वर्षीय करन चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ३४९४ नम्बरको हाईसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ
२०८३-०१-१८

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका-१ छप्कैया घर भएका २० वर्षीय ईन्द्र जित शाह कलुवारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना .१ ज ७१७८ नम्बरको टाटा सुमोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-६ बिष्णुमती च्यसिङडोलबाट अवैध लागूऔषध पोलेन ८ सय २१ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने रूकुम पूर्व घर भएकी ३३ वर्षीया कमला गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३७ ग्राम सहित भारत अररिया जोगमणि नगर पन्चायत-५ बस्ने २२ वर्षीय निकेश कुमार शर्मालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८६६९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ८० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रदिप दाहाललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित अर्जुनधारा नगरपालिका-१ बस्ने २२ वर्षीय सुकराज उरावलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब १ सय ३७ किलोग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय गणेश कुमार यादव  र ४२ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले बिआर ३२ डि ५८९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित जोशिपुर गाउँपालिका-५ सिमराना बस्ने १६ वर्षीय किशोरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ मटियारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-७ हर्कटेबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ८० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम नगरपालिका-७ बस्ने २३ वर्षीय समिर गोले र माइजोगमाई गाउँपालिका-५ बस्ने २५ वर्षीय मनोज खत्री रहेका छन् । प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरीले फिक्कलबाट झापातर्फ जाँदै गरेको प्र.१-०१-०१५ प १२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, दुहवी नगरपालिका-१० चरैयाबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ९ सय ग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीय ददुवा पासवानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहवी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-२ पुनर्वास बस्ने २५ वर्षीय सजिब राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले सजिबको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ९ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ फोकल्याण्ड बस्ने ३० वर्षीय सुरज राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको को.२९ प २९४९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  चितवन, भरतपुर महानगरपालिका-११ भोजाडबाट नियन्त्रित लागूऔषध नोर्फिन ६ एम्पुल, फेनारगन ६ एम्पुल, डाइजेपाम ६ एम्पुल र नगद १ लाख ७९ हजार २ सय रूपैयाँ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-११ बस्ने २६ वर्षीय प्रकाश परियार, ३० वर्षीय अर्जुन कुमाल र २७ वर्षीय सुमन गुरूङ रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना.६५ प ९२९१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ आँपटारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८८ ट्याब्लेट सहित तनहुँ आँबुखैरेनी गाउँपालिका-३ घर भएका २२ वर्षीय कुशल गुरूङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    यसैगरी चितवन, राप्ती नगरपालिका-११ डुम्रेखाडी जङ्गलबाट अवैध लागूऔषध गाँजा ३ किलो १ सय ग्राम सहित सोही नगरपालिका-५ चौकी डाँडा बस्ने २९ वर्षीय सुरेश स्याङतानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.५६ प ११५७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१८ लामागाउँबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने स्याङ्जा घर भएका २६ वर्षीय सुबिन थापा मगर र सोही नगरपालिका-१८ धारापानी बस्ने २७ वर्षीय अर्जुन सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले सुबिनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-३ सामादैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय केशब बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-२ सिंहपाल बस्ने ४७ वर्षीय करन ओखेडा समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ह ८४४३ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक करन समेत उनीहरूलाई पक्राउ गरेको हो ।   जाजरकोट, शिवालय गाउँपालिका-१ छेडाचौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम सहित ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नलगाड नगरपालिका-७ बस्ने २० वर्षीय सौगात सुनार, २३ वर्षीय नरेन्द्र सुनार, २६ वर्षीय भुपेन्द्र सुनार र नलगाड नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका  छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.८ प ५५३१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   पर्सा, पोखरिया नगरपालिका-४ पोखरिया ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २७ वर्षीय साद आलमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ नयाँबस्ती बस्ने २० वर्षीय राजन घर्ती मगर र सोही उपमहानगरपालिका-६ सितानगर टोल बस्ने २१ वर्षीया मुना गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, सुन्दरहरैँचा नगरपालिका-९ ज्योती टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट र स्पास्मो ३५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिकल राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल तथा लागूऔषध सहित चार जना पक्राउ
२०८३-०१-१८

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-५ लगायत काठमाडौंको विभिन्न स्थानबाट पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन ३ थान, सोही पेस्तोलको गोली ४ राउण्ड, एसएलआर हतियारको गोली २ राउण्ड र नियन्त्रित लागूऔषध ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेट सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका-११ बस्ने २६ वर्षीय सुबास साही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार र लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०१-१८

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर बस्ने नुवाकोट घर भएका २० वर्षीय सुमन तामाङ, तारकेश्वर नगरपालिका-७ टुसारचौर बस्ने नुवाकोट घर भएका १९ वर्षीय सुजन लामा र तारकेश्वर नगरपालिका-३ बस्ने रसुवा घर भएका २५ वर्षीय बसन्त भन्ने पुष्प तामाङ रहेका छन् । २०८२ फागुन १० गते काठमाडौं महानगरपालिका-२६ मित्रनगर बिरेन्द्र ऐश्वर्य मार्गस्थित पार्किङमा राखेको बागमती प्रदेश ०२-०३४ प ७८७ नम्बरको मोटरसाइकल र वैशाख ३ गते काठमाडौं तारकेश्वर नगरपालिका-५ फुलबारी गेटस्थित पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०२१ प ४१७१ नम्बरको मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न रहेका सुमनलाई तारकेश्वर लोलाङबाट र सुजनलाई तारकेश्वर तिनपिप्लेबाट बुधबार तथा पुष्पलाई तारकेश्वर नगरपालिका-३ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३-०१-१८

कास्की, पोखरा महानगरपालिका-१९ गैरीखोला बस्ने ४४ वर्षीया बिना पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा बिना समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार २ सय ५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित पार्किङ गरिराखेको बा.५ ख ७३१५ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा भक्तपुर दुवाकोट बस्ने काभ्रे घर भएका ३० वर्षीय महेश पन्त समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित रोहित होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक सोही ठाउँ बस्ने ४२ वर्षीय कालुराम चौधरी समेत १० जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार २ सय ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

एक महिनाको अवधिमा ४ सय १७ जना बिचौलियाहरू पक्राउ
२०८३-०१-१७

काठमाडौं, नेपाल प्रहरीले विगत एक महिनाको अवधिमा देशभरबाट ४ सय १७ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट १ सय २३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५० जना, बागमती प्रदेशबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेका हुन् । पक्राउ मध्ये १ सय २१ जना व्यक्तिहरू उपर मुद्दा दर्ता गरिएको छ भने २ सय ९६ जना व्यक्तिहरूलाई छानविन पछि छाडिएको छ । समाजमा शान्ति सुव्यवस्था कायम राख्दै आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । वर्तमान परिपेक्षमा बिचौलिया रहित, नागरिक मैत्री, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाहलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूले सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरिदिने लगायतका प्रलोभनमा पारी दु:ख हैरानी दिने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
२०८३-०१-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने तेह्रथुम घर भएका ४० वर्षीय सुरज पंधाक लिम्बु, सोलुखुम्बु घर भएका ४६ वर्षीय कमल बहादुर पुलामी मगर, काठमाडौं महानगरपालिका-१२ बस्ने काभ्रे घर भएका ३९ वर्षीय बिनोद थापा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बस्ने सोलुखम्बु घर भएका २९ वर्षीय सागर शेर्पा, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका ५६ वर्षीय सूर्य प्रसाद कोइराला, काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे घर भएका २६ वर्षीय प्रल्हाद खत्री र ३३ वर्षीय सरोज गौतम रहेका छन् ।पक्राउ मध्ये सुरज र कमल बहादुरले जापान पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट १ करोड २ लाख रूपैयाँ,  बिनोदले कोरिया पठाइदिन्छु भन्दै २६ जना पीडितहरूबाट १ करोड ५० लाख रूपैयाँ, सागरले फ्रान्स पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २८ लाख रूपैयाँ, सूर्य प्रसादले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, प्रल्हादले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ र सरोजले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरजलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बाट, कमल बहादुरलाई काठमाडौं महानगरपालिका-३१ बाट, सागरलाई काठमाडौं जोरपाटीबाट, प्रल्हाद र सरोजलाई काठमाडौं महानगरपालिका-३२ बाट बुधबार तथा बिनोदलाई काठमाडौं महानगरपलिका-१२ र सूर्य प्रसादलाई काठमाडौं महानगरपालिका-७ बाट बिहीबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये सुरज र कमल बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने बिनोद, सागर, सूर्य प्रसाद, प्रल्हाद र सरोजलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-१७

काठमाडौं, सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्वर नगरपालिका-५ पैंयाटार बस्ने रसुवा घर भएका २५ वर्षीय विजय तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  विभिन्न मितिमा चन्द्रागिरी नगरपालिका-६ मातातीर्थ, सोही नगरपालिका-१३ नैकाप, सोही नगरपालिका-७ घुमाउनेस्थित ठाउँहरूमा बाटोमा हिँडिरहेका पीडित महिलाहरूको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई तारकेश्वर नगरपालिका-५ पैंयाटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको छ । 

आठ दिनको अवधिमा लागूऔषध कारोबारमा संलग्न १ हजार ४४ जना व्यक्तिहरू पक्राउ
२०८३-०१-१७

काठमाडौं, नेपाल प्रहरीले संचालन गरेको स्वीप अप्रेशन अन्तर्गत गत वैशाख ९ गतेदेखि १६ गतेसम्म विगत आठ दिनको अवधिमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार ४४ जना व्यक्तिहरू पक्राउ परेका छन् । जसमध्ये उपत्यकाबाट ४१ जना, कोशी प्रदेशबाट ५ सय ९३ जना, मधेश प्रदेशबाट ३० जना, बागमती प्रदेशबाट ५१ जना, गण्डकी प्रदेशबाट १ सय ४० जना, लुम्बिनी प्रदेशबाट ४२ जना, कर्णाली प्रदेशबाट ८७ जना र सुदूरपश्चिम प्रदेशबाट ६० जना पक्राउ परेका हुन् ।     सो अवधिमा अवैध लागूऔषध गाँजा १ सय ७६ किलो ५१ ग्राम १ सय ८० मिलिग्राम, चरेस १६ किलो ८ सय ९ ग्राम ४ सय मिलिग्राम, हेरोइन १ किलो ३ सय ७२ ग्राम ८ सय ६६ मिलिग्राम, पोलेन १ किलो १ सय ४२ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार २ सय २४ एम्पुल, फेनारगन १ हजार ४ सय १७ एम्पुल, बुप्रेनोर्फिन १ हजार ७६ एम्पुल, लुपिजेसिक ४१ एम्पुल, ट्रामाडोल ६२ हजार ९५ ट्याब्लेट, नाइट्राभेट २ सय ४२ ट्याब्लेट, स्पास्मो १ सय ३ ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।     लागूऔषध कारोबार लगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील छ । सबै प्रहरी कार्यालयहरूले विशेष स्वीप अप्रेशन संचालन गरी त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले लागूऔषध दुर्व्यसनीले समाज एवम् व्यक्तिगत जीवनमा पार्ने नकारात्मक असर सम्बन्धी समुदाय-प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूले स्वीप अप्रेशन संचालन गरी लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको   छ ।  

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०१-१७

कैलाली, लम्कीचुहा नगरपालिका-१० चुहा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय हिरा सिंह चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बाँसगढी नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-४ गन्धर्व बस्ती बस्ने ४३ वर्षीय अस्गर अली तेलीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको भे.४ प ६३८७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०१-१७

झापा, दमक नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३७ वर्षीय मन कुमार लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ बस्ने २५ वर्षीय बिनोद जोगीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, बिर्तामोड  नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम र नगद ४ हजार २ सय रूपैयाँ सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-२ बस्ने ३० वर्षीय सन्तोष राई, बाह्रदशी गाउँपालिका-६ बस्ने ३२ वर्षीय पुरण राई, ताप्लेजुङ फुङलिङ नगरपालिका-२ बस्ने ३० वर्षीय अशिम राई र कनकाई नगरपालिका-४ बस्ने २३ वर्षीय संदिप श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-९ शान्ति चोक बस्ने ३३ वर्षीय हरी श्रेष्ठलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम र डिजिटल तराजु १ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र नगद २८ हजार ३ सय रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने ४१ वर्षीय किरण भन्ने श्याम कुमार तामाङ र कनकाई नगरपालिका-१ बस्ने ३८ वर्षीय पुकार बराल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३७ वर्षीय मन कुमार लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम सहित सोही नगरपालिका-११ बडैपुर बस्ने २९ वर्षीय रबिन बिष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले युके ०३ टिए ७७२७ नम्बरको कार तलासी गर्दा उक्त पदार्थ फेला पारी चालक रबिनलाई पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बाणी बस्ने २३ वर्षीय मनिष थापा र बेलडाँडी गाउँपालिका-५ झिलमिला बस्ने २५ वर्षीय मनोज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-५ लब्ली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय बिरेन्द्र कुमाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-१ बस्ने ४४ वर्षीय सुरेन्द्र चौधरी, ३० वर्षीय भुवन कठरिया र २१ वर्षीय प्रसन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय संजय रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-५ गुलरियाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ बस्ने २० वर्षीय करन विक र २६ वर्षीय चन्दरे टमट्टा रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१२ प ९०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित सोही गाउँपालिका-२ फुटाह बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइली मिलन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय खेमराज कठायत र २४ वर्षीय हिमाल जंग शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-१० बाट Methylenedioxymethamphetamine (MDMA) सिन्थेटिक ड्रग्स जस्तो देखिने पदार्थ २ सय ८ ग्राम २ सय मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुस्ता गाउँपालिका-५ बस्ने ३३ वर्षीय इस्तकार हुसैन र  बर्दघाट नगरपालिका-१० बस्ने ६१ वर्षीय धनलाल चापागाई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०१-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाल्पा रैनादेवी छहरा गाउँपालिका-६ घर भएका ४५ वर्षीय हिमहरी अर्याललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  हिमहरीले स्लोभाकिया पठाइदिन्छु भनी ५ जना पीडितहरूबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

सार्वजनिक शान्ति विरूद्धको कसुरमा संलग्न पक्राउ
२०८३-०१-१७

काठमाडौं, सार्वजनिक शान्ति विरूद्धको कसुरमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-६ बस्ने झापा अर्जुनधारा नगरपालिका-११ घर भएका ४५ वर्षीय देवी प्रसाद संग्रौलालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल तथा निग्रानी अनलाईन टिभि मार्फत विभिन्न जिल्लाहरूको भ्रमण गरी ताँहा रहेका विभिन्न वित्तिय संस्थाबाट ऋण लिएको मानिसहरूलाई भेला जम्मा गरी/गराई बैंक तथा वित्तिय संस्थाले रकम माग गरेमा, वित्तिय संस्थाबाट कुनै पनि कर्मचारीहरू घरमा आएमा लखेट्नु, भौतिक आक्रमण गर्नु, कालोमोसो दल्नु भन्ने व्यहोराको विभिन्न किसिमका भड्किलो अभिव्यक्तिहरू दिई अफवाह फैलाई सार्वजनिक शान्ति भङ्ग गर्ने समेतका कार्यमा संलग्न देवी प्रसादलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ एयरपोर्ट गेटबाट पक्राउ गरेको हो । उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-१७

काठमाडौं, जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी बाग्लुङ गल्कोट नगरपालिका-९ मल्म घर भई नवलपरासी पुर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने ३१ वर्षीय संजय विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  २०८० मंसिर ५ गते तनहुँ भिमाद घर भई कास्की पोखरा महानगरपालिका-८ नागढु‌ङ्गा बस्ने ३९ वर्षीया सुकु विकलाई पोखराको होटलमा लगि जबरजस्ती करणी गरी हत्या गरी फरार भएको घटनामा विकलाई प्रहरीले २०८१ साउन १ गते पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीबाट २०८२ जेठ २६ गते उक्त मुद्दामा जन्म कैदको फैसला भई कारागारमा चलान भएकोमा २०८२ भाद्र २४ गतेको आन्दोलनमा जिल्ला कारागार कास्कीबाट भागी फरार रहेको उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । साथै २०८२ चैत २२ गते नवलपरासी पूर्व देवचुली नगरपालिका-१६ टाँडीकोट बस्ने ७५ वर्षीय जिवनराम थनेत र ७० वर्षीया गुलाबसिनिया थनेतलाई घरेलु हतियारले प्रहार गरी गम्भीर घाइते बनाई उनीहरूको साथबाट सुनका गरगहना लगायतका धनमाल लुटपाट भएको र घाइते मध्ये जिवनरामको उपचारको क्रममा मृत्यु भएको घटनामा समेत संजयको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ ।

विद्युतीय कारोबार अन्तर्गत कसुर गरेको अभियोगमा पक्राउ
२०८३-०१-१७

काठमाडौं, e-Government Procurement System मा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको अभियोगमा आशिष निर्माण सेवा प्रालिका संचालक काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार बस्ने चितवन रत्ननगर नगरपालिका-१२ ठेगाना भएका ७० वर्षीय ऋषि केश गौलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ पुरानो वानेश्वरबाट पक्राउ गरेको   हो । प्रारम्भिक अनुसन्धानको क्रममा ऋषि केशले सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP (e-Government Procurement) प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई ठेक्काहरूको विवरण हेरफेर (ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन) गरेको खुल्न आएको छ ।  उनी उपर संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान कार्य भइरहेको छ । साथै उक्त मुद्दामा हालसम्म १० जना निर्माण व्यवसायीहरु समेत गरी जम्मा १३ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०१-१६

झापा, अर्जुनधारा नगरपालिका-११ चियाबगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम २ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने ३४ वर्षीय उमेश तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१० प ९२९३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पाँचथर, फिदिम नगरपालिका-१ शनिबारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ घर भएका २३ वर्षीय अशोक गुरूङ र २३ वर्षीय राजु तामाङ रहेका छन । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-३ बस्ने २४ वर्षीय प्रताप राई, त्रियुगा नगरपालिका-१२ बस्ने २४ वर्षीय मोहमद इस्माइल र मोरङ कटहरी गाउँपालिका-४ बस्ने २२ वर्षीय बिबेक कुमार मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ नगरकोट बस्ने ३२ वर्षीय सन्देश लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ मनोहराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका-५ बस्ने २९ वर्षीय मोहन परियार समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१० चण्डिका टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-१५ बस्ने १९ वर्षीय प्रितम कुमार थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-२५ याम्दीबाट सोही ठाउँ बस्ने २० वर्षीय मंगल गुरूङलाई अवैध लागूऔषध गाँजा करिब १ सय ५० ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  बारा, सिम्रौमनगढ नगरपालिका-३ भट्टीवैरीयाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने १९ वर्षीय राधेश्याम पटेल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी श्रीनगर वैरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०१-१६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने दैलेख नौमुले गाउँपालिका-८ घर भएका २९ वर्षीया ज्वाला कुमारी चन्द, कास्की पोखरा महानगरपालिका-१२ घर भएका ३९ वर्षीया भीम कुमारी गुरूङ र काठमाडौं टोखा नगरपालिका-८ बस्ने गोरखा सिरानचोक गाउँपालिका-६ घर भएका ३७ वर्षीय भगवानराज मल्ल ठकुरी रहेका छन् ।पक्राउ मध्ये ज्वालाले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३४ हजार रूपैयाँ, भीम कुमारीले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ र भगवानराजले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालालाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार, भीम कुमारीलाई काठमाडौं महानगरपालिका-२६ बाट र भगवानराजलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न १० जना पक्राउ
२०८३-०१-१६

सुनसरी, अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, सोही उपमहानगरपालिका-१ बस्ने ३३ वर्षीय सुजित साह, सोही उपमहानगरपालिका-१६ बस्ने ४१ वर्षीय अशोक लिम्बु, सोही उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय भवानी दाहाल र सोही उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय प्रज्जवल राई रहेका छन् । धरान उपमहानगरपालिका-१३ लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा (1x bet) खेल्दै/खेलाउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्दै/खेलाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १५ थान मोबाइल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-१६

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने तनहुँ घर भएका ३९ वर्षीय सन्तोष रानाभाटलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।                                काठमाडौं महानगरपालिका-३१ सचेतना मार्ग, काठमाडौं महानगरपालिका-५ कालोपुल र टोखा नगरपालिका-३ जागरण टोलस्थित घरहरूबाट विभिन्न मितिमा सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल समेत चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट ८ सय ७८ ग्राम तौलको सुन जस्तो देखिने पहेलो रङको विभिन्न गरगहना, ३ सय १७ ग्राम तौलको चाँदी जस्तो देखिने विभिन्न गरगहना, विभिन्न दरका विदेशी मुद्राहरू लगायतका सरसामान समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-१६

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३० वर्षीय विशाल कुमार तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ अर्यालगाउँ बस्ने काठमाडौं महानगरपालिका-१ नक्साल घर भएका १८ वर्षीय सागर पाण्डेको २०७३ भदौ ७ गते खुकुरी प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काठमाडौं महानगरपालिका-१३ बल्खुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०१-१६

रूपन्देही, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोहिणी गाउँपालिका-६ बोधबारे बस्ने ३६ वर्षीय शिपक भन्ने निर कमल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-१७ कानपारा बस्ने १९ वर्षीय दिपेन्द्र मल्लाहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । दिपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  झापा, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम चुलाचुली गाउँपालिका-१ राईटोल बस्ने ३३ वर्षीय धनराज राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धनराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३-०१-१६

भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने बिदुर भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय हिराकाजी निरौला समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-२ बिजयनगर बस्ने ४५ वर्षीय आशाराम चौधरीको घर गोठमा जुवातास खेलिरहेको अवस्थामा आशाराम समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९ सय ५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०१-१५

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध फेनारगन १० एम्पुल, डाइजेपाम ९ एम्पुल र नोर्फिन ९ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक घर भएका ३४ वर्षीय राजेश लामा र सोही नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय राम तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-५ लगनखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट सहित सोही महानगरपालिका-१२ लगनखेल थटी टोल बस्ने २९ वर्षीय रोजेश देउलालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल डेरा गरी बस्ने सप्तरी घर भएका २९ वर्षीय गौतम कुमार चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र नाइट्राजेपाम ३० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका ३० वर्षीय दिपु गोले र सोही नगरपालिका-१ बस्ने झापा घर भएका ३२ वर्षीय विनय उदास रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले दिपुको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   भक्तपुर, सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ३ एम्पुल, नोर्फिन १ सय ३ एम्पुल, फेनारगन १ सय ३ एम्पुल, ट्रामाडोल ८ सय ५० ट्याब्लेट, नाइट्राभेट २ सय १० ट्याब्लेट र नगद २८ हजार २ सय ५० रूपैयाँ सहित सूर्यविनायक दार्जलिङ हाइट बस्ने सिन्धुली घर भएका ३० वर्षीय प्रकाश पाख्रिनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले बा.प्र.०२-०६४ प ४९८५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१५ चोरसाँघुबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८७ एम्पुल, फेनारगन ८७ एम्पुल र नोर्फिन ८७ एम्पुल सहित सोही ठाउँ बस्ने ५५ वर्षीय हेमकमल केसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-२७ तालचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय १५ एम्पुल, फेनारगन १ सय १५ एम्पुल र बुप्रेनोर्फिन १ सय १५ एम्पुल सहित सोही नगरपालिका-२७ रिठ्ठेपानी बस्ने सिन्धुली घर भएका २९ वर्षीय भरत घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरीले कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  साथै प्रहरीले उनले प्रयोग ग.७ प ७२४१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर,  लालझाडी गाउँपालिका-५ गडबिजलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ४ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बाणी बस्ने ३२ वर्षीय केशव भण्डारी र लालझाडी गाउँपालिका-५ बस्ने सन्तोस विकलाई सोमबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम सहित तिलोत्तमा नगरपालिका-१४ नन्दनगर बस्ने २५ वर्षीय रवि विकलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-३ सखुवागाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ५० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२५ प ५०५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०१-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट राजपुर नगरपालिका-६ घर भएका २४ वर्षीय दिपक कुमार जयसवाल र सर्लाही हरिपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय मोहन कुमार थापा रहेका छन् ।  पक्राउ मध्ये दिपकले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र मोहनले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई काठमाडौं नागार्जुन नगरपालिका-८ बाट सोमबार र मोहनलाई काठमाडौं महानगरपालिका-६ बाट आइतबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०१-१५

काठमाडौं, सस्तो दरमा अमेरिकी डलर सट्टा गरिदिने भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपलिका-३ घर भएका ३८ वर्षीय सञ्जय बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  भक्तपुर चाँगुनारायण नगरपालिका-४ स्थित चिहानडाँडामा गत वैशाख ४ गते पीडितलाई बोलाई सस्तो दरमा अमेरिकन डलर सट्टा गरिदिने भनि प्रलोभनमा पारी ३ लाख १० हजार रूपैयाँ ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई  काठमाडौं महानगरपलिका-४ महाराजगंजबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ
२०८३-०१-१५

काठमाडौं, नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गरेको अभियोगमा ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा बस्ने उदयपुर घर भएका ३८ वर्षीय मिलन कुमार तामाङ, काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने २६ वर्षीय योग बहादुर तामाङ, ३६ वर्षीय भविन्द्र कुमार तामाङ, चितवन रत्ननगर गाउँपालिका-५ बस्ने ३४ वर्षीय प्रबिन महतो, रौतहट गुजरा नगरपालिका-१ बस्ने २८ वर्षीया मुना धामी र चितवन कालिका नगरपालिका-५ बस्ने ३८ वर्षीय सत्य नारायण चौधरी रहेका छन् ।  काठमाडौंको विभिन्न स्थानमा वडा एरियामा केही व्यक्तिहरुले सक्कली जस्तै देखिने नक्कली मुद्रा सजिलै साट्न/प्रयोग गर्न सकिने भनी विश्वासमा पारी सक्कली मुद्रा भन्दा दुई गुणा बढी मुद्रामा सटही गरिदिने भनि पीडितलाई झुक्यानमा पारी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कीर्तिपुर नगरपालिका-६ पाण्डेछापबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

मृगको छाला सहित दुई जना पक्राउ
२०८३-०१-१५

काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट अवैध वन्यजन्तु मृगको जस्तो देखिने छाला ३ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका भैरवी महांकाल बस्ने झापा मेचीनगर नगरपालिका-११ धाइजन घर भएका २८ वर्षीय बिजय उप्रेती र २७ वर्षीय बिशाल उप्रेती रहेका छन् ।  काठमाडौं सिनामंगलस्थित वन्यजन्तुको छाला समेतका सामग्रीहरू बिक्रीवितरण भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८३-०१-१५

  कैलाली, धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने ३८ वर्षीय धर्बेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्बेन्द्र समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ३ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१५ टुटुङगा बसपार्कस्थित सोही महानगरपालिका-१३ मियापाटन बस्ने ४१ वर्षीया चन्द्रा गुरूङले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रा समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३ सय २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०१-१४

मोरङ, विराटनगर महानगरपालिका-९ पतञ्जली रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ९१ ग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ घर भएका २५ वर्षीय बाबु मिया र भारत बिहार अररिया जोबनी थाना-६ साहपुर घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुर्खेत,  वीरेन्द्रनगर नगरपालिका-८ कालिन्चोकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ सय ६६ ग्राम सहित जाजरकोट जुनिचाँदे गाउँपालिका-११ बस्ने १९ वर्षीय भगीराम जैसीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  सिन्धुली, कमलामाई नगरपालिका-६ रातमाटाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नगद ८ हजार ३ सय ६५ रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३९ वर्षीय शंकर खड्का र सोही नगरपालिका-५ बस्ने ३८ वर्षीय चन्द्र बहादुर थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट नियन्त्रित लागूऔषध डाइजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नोर्फिन १ एम्पुल सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २८ वर्षीय रूफस लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०६-००७ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०१-१४

स्याङ्जा, पुतलीबजार नगरपालिका-१ ट्याक्सी चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय फारूक अली र सोही नगरपालिका-४ घर भएका २५ वर्षीय निशान थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फारूकको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-६ गोलबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ३० मिलिग्राम र नगद ३८ हजार ३ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय शेखर कुमार साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, कालिका नगरपालिका-१ सूर्यपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३३ मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९५ ट्याब्लेट र एनारगन १ सय ९३ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने १९ वर्षीय साहिल तामाङ र सोही नगरपालिका-४ बस्ने २९ वर्षीया सबिना पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० लेखनाथ चोक बस्ने ३० वर्षीया बिबिसा चापागाई र सोही नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय दिपक उप्रेती रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।   बर्दिया, राजापुर नगरपालिका-४ आनन्त चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सागर परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने ३१ वर्षीय अनिल प्रधानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानका लागि अन्य ५ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३२ गगनगौडा बस्ने तनहुँ घर भएका २७ वर्षीय अनिल नेपाली र तनहुँ व्यास नगरपालिका-१२ बस्ने आँबुखैरेनी गाउँपालिका-१ घर भएका ३० वर्षीय मदन घिमिरे रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध पोलेन ८ ग्राम सहित ललितपुर महानगरपालिका-१३ बस्ने २० वर्षीय शिब श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नाइट्राजेपाम २० ट्याब्लेट सहित मोरङ पथरी शनिश्चरे गाउँपालिका-६ बस्ने २ जना १७ वर्षीय किशोरहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०१-१३

झापा, भद्रपुर नगरपालिका-५ गौशालाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ ट्याब्लेट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ, फुङलिङ नगरपालिका-१ बस्ने २२ वर्षीय प्रताप मादेन र  सोही नगरपालिका-५ ताप्लेजुङ बजार बस्ने २४ वर्षीय अनुप लामगदे रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ लागूऔषध सहित पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-८ सिगाना बिमिरबोटबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४५ एम्पुल, नोर्फिन ४२ एम्पुल र फेनारगन ४४ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय रञ्जन घर्ती क्षेत्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुकुम्वासी/भूमिहीनहरूको उचित व्यवस्थापनमा नेपाल प्रहरी
२०८३-०१-१३

काठमाडौं, नेपाल सरकारले सुरू गरेको सुकुम्वासी/भूमिहीन व्यवस्थापन प्रक्रियामा उनीहरूको उज्जवल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि नेपाल प्रहरी मानवीय संवेदनशीलता सहित परिचालित भएको छ ।  नेपाल सरकारले सुरू गरेको महत्वपूर्ण पहल अन्तर्गत अग्रपंक्तिमा रहेर नेपाल प्रहरीले अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै काठमाडौं उपत्यकाका थापाथली, गैरीगाउँ, मनोहरा खोला किनार लगायतका विभिन्न स्थानमा रहेका अव्यवस्थित रूपमा रहेको सुकुम्वासी बस्तीको व्यवस्थापनको कार्य गरिरहेको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक इश्वर कार्कीले अव्यवस्थित रूपमा रहेको सुकुम्वासी बस्तीको व्यवस्थापन कार्यको स्थलगत अवलोकन गर्नुभई त्यसबारे जानकारी समेत लिनुभएको थियो ।   वास्तविक सुकुम्वासी/भूमिहीनहरूको पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्ने कार्यमा नेपाल प्रहरीले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको छ । संभावित प्रतिवाद र अवरोधलाई ध्यानमा राख्दै नेपाल प्रहरीले सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राखि उच्च सतर्कताका साथ प्रभावकारी रूपमा परिचालन भइरहेको छ । परिचालित प्रहरीले नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखि उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण एवम् व्यवस्थापन गर्ने कार्यमा आवश्यक सहयोग गरिरहेको छ ।   केही स्वार्थी तथा टाठा बाठा व्यक्तिहरूको कारण वास्तविक सुकुम्वासी/भूमिहीनहरू अवसरबाट वञ्चित हुने तथा राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको तथा सुकुम्वासी/भूमिहीनहरूको नाम र हक/अधिकारको दुरूपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेको प्रति नेपाल प्रहरी सचेत भई त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत क्रियाशील छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवास सहितको भविष्य सुनिश्चित गर्ने कार्यमा नेपाल प्रहरी सदैव प्रतिवद्ध रहँदै आएको छ । वास्तविक सुकुम्वासी/भूमिहीनहरू एक जुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमै सहि सूचना दिई आपसी सहयोग गरिदिनुहुन समेत नेपाल प्रहरी अनुरोध गर्दछ ।” 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०१-१३

बाँके, नेपालगंज उपमहानगरपालिका-२२ शान्तिचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२२ बस्ने २८ वर्षीय दिनेश बास्खोर, ३५ वर्षीय नुर मोहम्मद किंगरिया र २९ वर्षीय फिरोज साई रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले भे.४ प ३९६८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । महोत्तरी, बर्दिवास नगरपालिका-१४ लच्चकाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ५८ ट्याब्लेट, स्पास्मो ४२ ट्याब्लेट र नगद १६ हजार ४ सय २५ रूपैयाँ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ भप्सी टोल बस्ने ३३ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका-१४ बस्ने २६ वर्षीय अनिष पुर्वाछाने मगर र ३२ वर्षीय रोशन भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-३ मोहनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित भारत उत्तर प्रदेश रननगर खिरी बनविरपुर बस्ने ३४ वर्षीय गुरमुख सिंहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ सिइ ५३४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, धनकुटा नगरपालिका-७ श्रीवानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ग्राम सहित सोही ठाउँ बस्ने ४७ वर्षीय यम बहादुर भण्डारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलोग्राम सहित साँगुरीगढी गाउँपालिका-८ बस्ने ३६ वर्षीय आश कुमार राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०४-००२ प ०१७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।यसैगरी  सुनसरी, इटहरी उपमहानगरपालिका-११ डेरा गरी बस्ने भारत बिहार नरपतगंज घर भएका २९ वर्षीय मो. सहनेवाजकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५० हजार ५ सय ४० ट्याब्लेट र डाइक्लोमाइन ९ हजार ५ सय २० ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१-०२-०५० प ७१२२ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ साठ्ठिबिघा बस्ने २७ वर्षीय टाँसी गुरूङ र सोही नगरपालिका-६ बर्मेली टोल बस्ने दमक नगरपालिका-२ घर भएका ३२ वर्षीय बिशाल थापा रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९७ प १६४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी  पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-१ बिलाईतीबारीबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-४ बस्ने ३३ वर्षीय बिक्रम चौधरी र २८ वर्षीय साजन माझी रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.९ प ३९१७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ भट्टराई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीया लक्ष्मी राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले  उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३४ ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने २३ वर्षीय अस्मिन तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, लेटाङ नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ७० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्जु बुर्जा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८३-०१-१२

काठमाडौं, काठमाडौं महानगरपालिका-३२ जडीबुटीस्थित मनहरा किनार नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट र नगद ६८ हजार २ सय रूपैयाँ सहित काठमाडौं जडीबुटी बस्ने दोलखा मेलुङ गाउँपालिका-४ घर भएका १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय बिशाल कुँवरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ सिम्ताली चोकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ सय ३८ ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने जाजरकोट घर भएका १८ वर्षीय किशोरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरी उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी प्रहरीले सोही नगरपालिका-४ भैरवस्थान बस्ने २० वर्षीय विपिन शाहीको घर तलासी गर्दा चरेस जस्तो देखिने पदार्थ ५ ग्राम १० मिलिग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ । कपिलवस्तु, बुद्धभुमि नगरपालिका-९ सातबास बस्ने ४२ वर्षीय कृष्ण विकलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १८ किलो २ सय ५५ ग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम र नगद ११ हजार ८ सय २० रूपैयाँ सहित दुहवी नगरपालिका-९ छाताबेली बस्ने ३४ वर्षीय मो. साविर मियालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले को.६ प ७७८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपलिका-१५ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका-२ खलीबाङ बस्ने २० वर्षीय भास्कर कुँवर र २३ वर्षीय भरत डाँगी रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३३ जना पक्राउ
२०८३-०१-१२

काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम ३ सय मिलिग्राम सहित मोरङ विराटनगर महानगरपालिका-१ घर भएका ३७ वर्षीय समिर श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१४ बल्खु चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ९८ ट्याब्लेट र नगद १६ हजार ५ सय रूपैयाँ सहित काठमाडौं बल्खु बस्ने काभ्रे चौरीदेउराली घर भएका २० वर्षीय अविशेख पहरी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । जाजरकोट, भेरी नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने सोही नगरपालिका-२ घर भएका २४ वर्षीय प्रेम खड्कालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-११ कालापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम र नगद २ हजार १ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विवेक राई र २७ वर्षीय उदित राई रहेका छन् । प्रहरी चौकी आइतबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, भद्रपुर नगरपालिका-५ मेचीबिट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-७ अन्जली मोड बस्ने २८ वर्षीय कन्चन राजबंशीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ भन्सार मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित मेचीनगर नगरपालिका-१० नमुना टोल बस्ने २६ वर्षीय गुलाम रसुल मियालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ सुन्दरपुर बस्ने २१ वर्षीय रोहित शर्मा र सोही नगरपालिका-४ सुकुम्बासी टोल बस्ने ४३ वर्षीय दिपक श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, शिवसताक्षी नगरपालिका-१ डाँडागाउँ बस्ने २६ वर्षीय सुदिप बिशुङ्खेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९ ट्याब्लेट र डिकोलिक १ सय ५ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ३० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० अन्जलीमोड बस्ने ३२ वर्षीय राजु कुमार राजबंशी, अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बस्ने २० वर्षीय सलुन रसाईली र बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २७ वर्षीय पारस प्रसाई रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेदकोट नगरपालिका-८ गाउजी अमर सामुदायिक बनको गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २० वर्षीय प्रेम कार्की र  भीमदत्त नगरपालिका-३ बस्ने २३ वर्षीय बिशाल बिष्ट रहेका छन् । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३१ वर्षीय राम धानुकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ गोबरैया नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीया अमृता खत्रीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-१५ गोब्रैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय भविन्द्र रोका र २३ वर्षीय दिलिप थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी रूपन्देही, सैनामैना नगरपालिका-५ बुद्धनगर बस्ने २३ वर्षीय एलिश थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८० मिलिग्राम सहित बेलबारी नगरपालिका-४ बस्ने ३४ वर्षीय मन कुमार राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूकुम पश्चिम, त्रिबेणी गाउँपालिका-२ बिसौनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट सहित सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय बिनोद पुनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिम्रुतुबाट खटिएको प्रहरीले नेपालगंजबाट रूकुम पश्चिमतर्फ आउँदै गरेको ना.४ ख ७७१० नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-५ सितलपुर गुलरी पाखास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय मिलिग्राम र नगद ४ हजार ३ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय अंकित परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.१ प ७०४२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-६ नयाँबस्ती घर भएका २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ७० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने सुर्खेत घर भएका २३ वर्षीय सन्तोष पोख्रेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-५ प्रस्र्‍याङ नौलो घुम्ती डेरा गरी बस्ने बाग्लुङ घर भएका २५ वर्षीय विपिन नेपालीलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय १७ एम्पुल, फेनारगन १ सय १७ एम्पुल र डाईजेपाम १ सय १७ एम्पुल सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, घोडाघोडी नगरपालिका-१० पहलमानपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय शंकर भट्ट समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-५ कान्छी बजार बस्ने २५ वर्षीय जिबन भण्डारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित इनरूवा नगरपालिका-७ बस्ने २२ वर्षीय श्रवण कुमार उरावलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   धनुषा, गणेशमान चारनाथ नगरपालिका-२ राधापुरबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ५० ट्याब्लेट र स्पास्मो २४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय दिपेश महरालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पेस्तोल सहित दुई जना पक्राउ
२०८३-०१-१२

काठमाडौं, शंखरापुर नगरपालिका-५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्ड सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-३ घर भएका ३५ वर्षीय राम भन्ने जिवन जिम्बा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।  उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जिवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात प्रहरीले जवाफी फायर गर्दा घाइते भएका जिवनको सुस्मा कोईराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०१-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने पाल्पा घर भएका ३० वर्षीय मिलन तिमल्सिना, काभ्रे बनेपा बस्ने काभ्रे रोशी गाउँपालिका-११ घर भएकी २४ वर्षीया सिर्जना श्रेष्ठ, काठमाडौं महानगरपालिका-१६ बस्ने नवलपरासी पूर्व घर भएका २६ वर्षीय अकिन बस्ताकोटी, गोरखा घर भएकी २२ वर्षीया निशा विक, काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने लमजुङ घर भएका ३८ वर्षीय राजेन्द्र अधिकारी र काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ बस्ने ३४ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।पक्राउ मध्ये मिलनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ,  सिर्जनाले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, अकिनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ, निशाले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ, राजेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र सागरले सिङ्गापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिलन र सिर्जनालाई काठमाडौं महानगरपालिका-१२ बाट, अकिनलाई काठमाडौं महानगरपालिका-१६ बाट, निशालाई काठमाडौं महानगरपालिका-२ बाट, राजेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका-१ बाट र सागरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट  पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०१-१२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-१ साङ्ला बस्ने ४८ वर्षीय रोहितलाल श्रेष्ठ र काठमाडौं महानगरपालिका-२८ बस्ने मोरङ विराटनगर महानगरपालिका-१० घर भएका मणी निरौला रहेका छन् ।  सर्वोच्च अदालतको २०८० असोज १५ गतेको फैसलाले उक्त मुद्दामा १३ लाख ३३ हजार ३ सय ३३ रूपैयाँ जरिवाना र २ वर्ष कैद सजाय ठहर भई फरार रहेका रोहितलाललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ महाराजगञ्जबाट शुक्रबार पक्राउ गरेको हो । यसैगरी उच्च अदालत पाटनको २०७९ असार १ गतेको फैसलाले सोही मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ८० हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र ८ दिन कैद सजाय ठहर भई फरार रहेका मणीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०१-११

सुर्खेत, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको शैक्षिक तथा प्रशासनिक भवन एवम् कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास भवनको शुक्रबार आयोजित कार्यक्रमबीच उद्‌घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै प्रदेश प्रहरी कार्यालय तथा नेपाल पुलिस स्कुल परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरू, शिक्षक र विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्नुभयो । आफ्नो घरपरिवार छोडी नागरिकको जीउधनको सुरक्षार्थ अहोरात्र खटिने प्रहरी कर्मचारीका सन्ततिहरू तथा सो क्षेत्रमा बसोबास गर्ने महानुभावहरूका सन्ततिहरूलाई सहज, सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले यस विद्यालयको निर्माण गरिएको उहाँले बताउनुभयो ।     प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित विद्यालय भवन केबल भौतिक संरचना मात्र नभई स-साना बालबालिकाहरूले सुनौलो भविष्य नियाल्ने ढोकाको साथै आदर्श चरित्र निर्माण, सकारात्मक सोच र असल जीवनको मार्ग निर्देशन गर्ने थलो समेत भएको बताउनुभयो । प्रहरी कर्मचारीका सन्ततिहरूले विद्यालयबाट प्राप्त गर्ने सहज तथा गुणस्तरीय शिक्षाको माध्यमबाट प्रहरी कर्मचारीहरूको उत्प्रेरणा तथा समग्र कार्यक्षमतामा समेत बढोत्तरी हुने उल्लेख गर्दै निकट भविष्यमा विद्यालयको निरन्तर उन्नति तथा प्रगतिको लागि सरोकारवाला सबै पक्षहरूबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक राजिव बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य सुनिल देवकोटाले विद्यालयको शैक्षिक गतिविधि सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो भने प्राविधिक प्रहरी नायव उपरीक्षक शम्भु प्रसाद कोइरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट साँस्कृतिक प्रस्तुती समेत गरिएको थियो ।नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको आन्तरिक स्रोतबाट कुल ११ करोड २४ लाख ८४ हजार ५ सय ८८ रूपैयाँ ४८ पैसाको लागतमा नेपाल पुलिस स्कुलको भवन तथा नेपाल सरकारको नियमित बजेटबाट कुल ५ करोड ४४ लाख ८३ हजार ६ सय ८९ रूपैयाँ १३ पैसाको लागतमा सिनियर प्रहरी अधिकृत निवास भवनको निर्माण कार्य सम्पन्न भएको हो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न विद्यालयका प्राचार्य तथा प्रतिनिधिहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८३-०१-११

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्राम सहित बर्दिया गुलरिया नगरपालिका-१ बस्ने २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ४१६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  तनहुँ, देवघाट गाउँपालिका-५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई अवैध लागूऔषध गाँजा २ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४८ ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनको घरबाट जरायोको सिङ्ग जस्तो देखिने वस्तु २ थान र गैंडाको छाला जस्तो देखिने वस्तु १ थान समेत बरामद गरेको छ । झापा, हल्दीबारी गाउँपालिका-३ बाङ्गे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रतीक तामाङ समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-११

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ असन बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-८ क्यानखोला घर भएका २१ वर्षीय सविन नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-१९ न्यूरोड रामघाटस्थित गल्लीमा बुधबार राति पीडितलाई कुटपिट गरी लुटपाट समेत गर्नुका साथै काठमाडौं महानगरपालिका-२६ गोङ्गबु चोकस्थित ग्लोबल आईएमई बैंकको एटिएम मेसिन बिहीबार बिहान तोडफोड गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३९ जना पक्राउ
२०८३-०१-११

काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र नगद २० हजार रूपैयाँ सहित सोही महानगरपालिका-८ तिलगंगा बस्ने महोत्तरी पिपरा गाउँपालिका-२ घर भएका ३८ वर्षीय सरोज यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ मनमैजुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-५ घर भएका ३६ वर्षीय सबिन राज गुणी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१५ जनजाती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम र नगद ९ हजार १ सय ४० रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सुन्दर बुढा र सोही उपमहानगरपालिका-१५ मनकामना टोल बस्ने २८ वर्षीय संजय खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सुन्दरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी दाङ, गढवा गाउँपालिका-१ धानखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय गोविन्द घर्ति मगरलाई बिहीबार बेलुकी प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम फेला पारी बरामद गरेको छ । साथै प्रहरीले उनले प्रयोग गरेको बा.८५ प १९५१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । ललितपुर, ललितपुर महानगरपालिका-१५ बोधीग्रामबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट सहित सोही महानगरपालिका-२६ ढोलाहिटी बस्ने २० वर्षीय प्रशान्त मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१४ नखिपोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका-१४ नखिपोट बस्ने बारा घर भएका ३० वर्षीय सरण आले मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध नोर्फिन ४१ एम्पुल, डाईजेपाम ३९ एम्पुल र फेनारगन ३९ एम्पुल सहित सोही नगरपालिका-७ चागाथली बस्ने ३० वर्षीय विजय खड्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले बा.६७ प १५४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । डडेलधुरा, अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित पुल हाउसबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६६ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोशन गैरे र सोही नगरपालिका-४ बस्ने ४२ वर्षीय राम बहादुर पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले रोशनले संचालन गरेको उक्त पुल हाउसमा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-४ तुलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३३ वर्षीय नविन सुवेदी र ३० वर्षीय सुवास थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-४ बस्ने ४७ वर्षीय जान अलि बेडुवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ६० मिलिग्राम र नगद ९ हजार रूपैयाँ सहित सोही नगरपालिका-७ मेघा टोल बस्ने २४ वर्षीय सुमन मुखियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका-४ चौधरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८९ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-११ बस्ने ३१ वर्षीय मदन मिश्रलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाचँथर फिदिम नगरपालिका-१ बस्ने २४ वर्षीय भिमराज खजुम, २९ वर्षीय राजमान राई र सोही नगरपालिका-७ बस्ने २३ वर्षीय लक्ष्मण लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । काभ्रे, धुलिखेल नगरपालिका-१२ पिप्लेबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो २१ ग्राम र पोलेन २ सय १० ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६० वर्षीय बलराम तामाङ र ५९ वर्षीया रञ्जु तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूको घर तालसी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  इलाम, इलाम नगरपालिका-९ गोलबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम  र नगद १ लाख ८ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुधिर अधिकारी र उनकै श्रीमती २७ वर्षीया पार्वता चौहान अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनीहरूको घर तालसी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-८ गैरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय तुफान विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट वरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित बराक्षेत्र नगरपालिका-३ बस्ने ३४ वर्षीय जिवन कार्की समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-११ फुलबारी डेरा गरी बस्ने लमजुङ घर भएका २७ वर्षीया मन्दिरा थापा मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ५ ग्राम ३ सय ३० मिलिग्राम र नगद ९ लाख रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९० ट्याब्लेट सहित  सुन्दरहरैँचा नगरपालिका-२ बस्ने २० वर्षीय सुदिप उराउलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-१३ भरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय धन बहादुर रोकालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय राजन हमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने २८ वर्षीय जिवन बहादुर खड्का समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-५ देउकलीयाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ७० ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ साडेपानी बस्ने १९ वर्षीय पुर्ण बहादुर बिष्ट र १९ वर्षीय सुरज नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१० बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २१ ग्राम ४ सय ७०  मिलिग्राम सहित सोही नगरपालिका-९ सिसैया बस्ने ७० वर्षीय भिम बहादुर ऐरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित कृष्णपुर नगरपालिका-५ गुलारिया बस्ने ३२ वर्षीय हर्क बहादुर देउवा समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-११

काठमाडौं, अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा इलाम फाकफोकथुम गाउँपालिका-६ बस्ने २७ वर्षीय सुजन लिम्बु भन्ने सुशन थेगिम लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनले सामाजिक सञ्जाल टिकटकमा पीडितसँग कुराकानी गरी विभिन्न प्रलोभनमा पारी अमेरिकी डलर, गरगहना लगायतका विभिन्न उपहार डिएचएल मार्फत पठाएको, उक्त सामान काठमाडौंको एयरपोर्टमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेको र सो सामान बुझ्नको लागि कस्टम चार्ज, कर बापतको रकम भुक्तानी गर्नुपर्छ भनी विभिन्न बैंक खातामा २ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-११

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने नुवाकोट बिदुर नगरपालिका-४ घर भएका २३ वर्षीय बिकेश शाही भन्ने विज्ञान परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित कोठाबाट गत पुस २७ गते सुनका विभिन्न गरगहना, मोबाइल र नगद १ लाख ६२ हजार रूपैयाँ चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय बौद्धबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०१-१०

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्राम सहित कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने २० वर्षीय अरूण चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.०१-००२ ख १३३७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरी डेरा गरी बस्ने ४७ वर्षीय दिपक श्रेष्ठलाई नियन्त्रित लागूऔषध फेनारगन ७ सय एम्पुल, डाईजेपाम ७ सय एम्पुल र नोर्फिन ७ सय एम्पुल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । मोरङ, उर्लाबारी नगरपालिका-९ बस्ने बल बहादुर श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट, डाइक्लोमाइन ४ सय ५६ ट्याब्लेट र स्पास्पेन २३ ट्याब्लेट सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-४ गोदावरीस्थित डिएन रूद्र प्लाजा होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २५ वर्षीय दिपक सुबेदी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-८ बस्ने २३ वर्षीय प्रकाश ठगुन्ना, सोही नगरपालिका-१० बस्ने २७  वर्षीय दिपक भट्ट र सोही नगरपालिका-११ बस्ने ३० वर्षीय अर्जुन ऐर रहेका छन् । प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ श्रीलंका मुक्त कमैया टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय आशा चौधरी र गोदावरी नगरपालिका-५ बस्ने ३० वर्षीय घुम्न राना रहेका छन् । प्रहरी चौकी कैलाली गाउँबाट खटिएको प्रहरीले आशाको घर  तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय पवन नेपाली र २० वर्षीय निशान्त कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पवनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।उदयपुर, बेलका नगरपालिका-८ कोठुबाट अवैध लागूऔषध गाँजा करिब २७ किलोग्राम सहित सोही नगरपालिका-८ माजटोल बस्ने २५ वर्षीय अशोक राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले प्र.०१-००१ ह १८८१ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अशोकलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-१०

ललितपुर, सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी बस्ने ३२ वर्षीय रिक्की डंगोललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-११ स्थित चिल्ड्रेनपार्क शंखमुलमा गत सोमबार पीडित महिलाको सुनको सिक्री लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई लुटपाट भएको २.७ तोला तौलको सुनको सिक्री सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.९० प ६२७८ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुन:निर्मित कार्यालय भवन उद्‌घाटन
२०८३-०१-१०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुन:निर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त भवनको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई कदरपत्र एवम् प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सभ्य र सुरक्षित समाज निर्माणमा प्रहरीको आवश्यकता महसुस गरेर पुन:निर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था एवम् महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्दै  पुन:निर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी र नागरिकबीचको सुसम्बन्धले मात्र सुरक्षित समाज निर्माणको लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै पुन:निर्माण मार्फत नागरिकको तहबाट प्राप्त मायाले प्रहरीलाई थप हौसला प्राप्त भएको र यसको निरन्तरताको समेत अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरूले सेवा प्रदान गर्ने शैलीमा सकारात्मक परिवर्तन गर्दै बोली वचन र व्यवहारलाई सम्मानजनक बनाउनुपर्ने बताउँदै प्रहरी पेशा होइन प्रहरी सेवा हो भन्ने भावका साथ नागरिकको कानुन सम्मत अपेक्षा पूरा गर्न पुन:निर्मित भवनबाट थप प्रेरणा मिल्ने र नागरिक केन्द्रीत सेवा प्रवाहमा समेत थप प्रभावकारिता आउने विश्वास व्यक्त गर्नुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल र काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष खेम राज तिवारीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुन:निर्माण समितिका अध्यक्ष राकेश सिंहले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, स्थानीय समाजसेवीहरू लागयतको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०१-१०

काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित मकवानपुर थाहा नगरपालिका-८ घर भएका २७ वर्षीय किरण थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं महानगरपालिका-३१ संगम चोकस्थित शाहा बोईज होस्टेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३४ ग्राम ८ सय ६० मिलिग्राम, नगद १ लाख ५ हजार रूपैयाँ र डिजिटल तराजु १ थान सहित सोही होस्टेलमा बस्ने सिराहा घर भएका २२ वर्षीय आषिश राय अमादलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो २ सय २० ग्राम सहित भारतीय नागरिक २६ वर्षीय FAEEM ALI लाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको उडानद्वारा बैङककबाट काठमाडौं आगमन भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको  हो ।  बारा, प्रसौनी गाउँपालिका-१ प्रसौनी टोलबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ७ सय ७० ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका-२२ अम्लेखगंज बस्ने २५ वर्षीय सुकमान गोले र २८ वर्षीय कुमार गोले रहेका छन् । इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले प्र.२-०३-००७ प ५९९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र नाइट्राजेपाम ७ ट्याब्लेट सहित लम्कीचुहा नगरपालिका-२ बस्ने २९ वर्षीय दमन बडुवाल समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ शिवनगरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय मिलिग्राम सहित डोटी बोगटान फुड्सिल गाउँपालिका-४ बस्ने २४ वर्षीय पृथ्वी बम समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, गोदावरी नगरपालिका-२ पात्लेछापबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय सरोज सिलवाललाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-४ बागडोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम र नगद ३ हजार २ सय रूपैयाँ सोही ठाउँ बस्ने मकवानपुर घर भएका ३२ वर्षीय बिरेन्द्र गोलेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.५४ प ५०४० नम्बरको स्कुटर समेत बरामद गरेको छ ।यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७ सय ५० ट्याब्लेट सहित महालक्ष्मी ननगरपालिका-९ लामाटार बस्ने २४ वर्षीय पुरूषोत्तम चौलागाईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम सहित इनरूवा नगरपालिका-२ बस्ने २२ वर्षीय सैफ अली सिदिकीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुगु छाँयानाथ नगरपालिका-१ छत्यालबारा  घर भएका २८ वर्षीय सुजल मल्ल र २६ वर्षीय अर्जुन कुमार मल्ल रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५७  मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-४ सिमलघारी बस्ने २४ वर्षीय गौरब खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्दपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   दाङ, तुलसीपुर उपमहानगरपालिका-४ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ बनकट्टी बस्ने २० वर्षीय बिकाश बुढा मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले तुलसीपुरबाट गोठीखोलातर्फ जाँदै गरेको रा.४ प ६६९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ४० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ ।  मोरङ, विराटनगर महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-५ बस्ने ३२ वर्षीय समिर चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५५ मिलिग्राम सहित चौदण्डीगढी नगरपालिका-७ बस्ने ३३ वर्षीय आर्जु राई समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले फत्तेपुरबाट पैतालिस चोकतर्फ आउँदै गरेको स.१० प ७८०१ नम्बरको मोटरसाइकलमा सवारी उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो । कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा चोकस्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय १० मिलिग्राम र नगद ५१ हजार ६ सय रूपैयाँ सहित भारत सिद्धार्थनगर उत्तर प्रदेश डेबरुवा थाना बस्ने २२ वर्षीय मनिशा खनाल (गुप्ता) समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको यूपी ५५ एम ७३१५ नम्बरको कार समेत प्रहरीले बरामद गरेको छ । सुर्खेत, गुर्भाकोट नगरपालिका-१२ काठनगर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम र नगद ४ हजार रूपैयाँ सहित सोही नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष थापा समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गुमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको  क.प्र.०२ ००१ प ९११५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । बाँके, खजुरा गाउँपालिका-७ घर भई सोही गाउँपालिका-५ उडारापुर बस्ने २६ वर्षीय अजिजुल रहमान खानलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७५ ग्राम, डिजिटल तराजु १ थान, नगद ७९ हजार रूपैयाँ लगायतका विभिन्न सरसामान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उनको घरबाट नक्कली पेस्तोल जस्तो देखिने बस्तु १ थान, नक ४ थान, छाप ४ थान, सुनको जस्तो देखिने तिलहरी १ थान, मुन्द्रा ४ थान, सिक्री १ थान विभिन्न बैंकका चेकहरू १३ थान, डिजिटल तराजु १ थान, पेस्तोलको जस्तो देखिने गोली २ थान, भे.८ प २१४५ नम्बरको मोटरसाइकल, प्र.३-०२००० प ८१९४ नम्बर मोटरसाइकल, यूपी ६० एडब्लु २७२७ नम्बरको गाडी समेत बरामद गरेको छ । चितवन, भरतपुर महानगरपालिका-२९ चौकी डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९५ किलो ९ सय ६५ ग्राम सहित कालिका नगरपालिका-३ पदमपुर बस्ने २७ वर्षीय देब चन्द्र स्याङ्तानलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले बिआर ०१ पिई ६९४३ नम्बरको पिकअपमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले हाल फरार पिकअप चालकको खोजी गरिरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०१-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने मकवानपुर घर भएका ३२ वर्षीय शक्ति लामा, काठमाडौं चन्द्रागिरी बस्ने उदयपुर घर भएका ४९ वर्षीय विष्णु बुढाथोकी र काठमाडौं कीर्तिपुर नगरपालिका-१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका छन् ।पक्राउ मध्ये शक्तिले अजरवैजान र फिजी पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २६ लाख ६३ हजार ७ सय १० रूपैयाँ,  विष्णुले ब्रुनाई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ र सुस्मिताले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडित १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विष्णुलाई काठमाडौं महानगरपालिका-९ बाट मंगलबार, सुस्मितालाई कीर्तिपुर नगरपालिका-१० बाट र शक्तिलाई काठमाडौं महानगरपालिका-१५ डल्लुबाट बुधबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी कार्यसम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०१-०९

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट बोली वचन एवम् व्यवहारलाई आत्मसात् गरी  नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कुनै पनि कमी कमजोरी नहुने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले सरकारद्वारा लागु गरिएका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी  आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राखि सोही अनुरूप आवश्यक सुरक्षा रणनीति अपनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । लागूऔषध उत्पादन, ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्ताहरूलाई लक्षित गरी सुधारात्मक कार्यक्रमहरू गर्न प्रहरी थप क्रियाशील हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न उहाँले निर्देशन दिनुभयो । गुण्डागर्दी विरूद्ध थप निर्मम रूपमा प्रस्तुत हुनपर्नेमा जोड दिँदै फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउलाई तदारूकताका साथ दायित्वबोध गरी अझ सक्रिय रूपमा कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले परिवर्तनलाई आत्मसात् गरी सोही अनुरूप समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता तथा प्रभावकारिता अझ वृद्धि गर्न जरूरी रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तर सम्म प्रहरीको छवि वृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गरी कार्य गर्न सबै प्रहरी कर्मचारीहरू कटिवद्ध हुनुपर्ने बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखि नागरिक सुनुवाई कार्यक्रमहरू मार्फत उचित सूचनाहरू प्रवाह गरी नागरिकहरूले महसुस गर्न सक्ने गरी प्रहरीले सेवा दिनुपर्ने उहाँले बताउनुभयो । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्तीको लागि सबै प्रहरी कर्मचारीहरू प्रतिवद्ध हुनुपर्ने बताउँदै गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ
२०८३-०१-०९

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ सिर्जना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ३२ ग्राम ५ सय ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका-९ घर भएका २८ वर्षीय मनिक तामाङ, महोत्तरी बर्दिबास नगरपालिका-८ घर भएका ३४ वर्षीय मनोज लामा र सिराहा मिर्चैया नगरपालिका-५ घर भएका ३४ वर्षीय अनिल साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ रोरा पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय तिलक राज बजगाईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हलुका सवारी चालक तालिम सुरू
२०८३-०१-०९

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा काठमाडौं महानगरपालिका, महानगर प्रहरी बलका नगर प्रहरी कर्मचारीहरूका लागि हलुका सवारी चालक उन्नत तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन    गर्नुभयो । सो अवसरमा उहाँले प्रशिक्षार्थीहरूलाई नयाँ प्रविधिका सवारी साधनहरूको बारेमा ज्ञान तथा सिप दिलाई दक्ष एवम् कुशल चालकको रूपमा विकास गर्न तालिम उपयोगी हुने बताउनुभयो ।कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा १० जना नगर प्रहरीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ
२०८३-०१-०९

झापा, दमक नगरपालिका-८ किरात चोक बस्ने २२ वर्षीय एलिस राज खरेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ३० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २५ वर्षीय संजोग राई, २५ वर्षीय रूपेश दर्जी र ३७ वर्षीय अमृत दर्जी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले बा.४० प ३९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ५० वर्षीया खैरून खातुनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१३ देवी मार्ग बस्ने २५ वर्षीय काले भन्ने बुद्ध राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ५० ट्याब्लेट, स्पास्पेन ७ सय ५० ट्याब्लेट र डिकोलिक १ सय ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी चौकी जोर संखुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कपिलवस्तु, वाणगंगा नगरपालिका-३ चम्कीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित सोही नगरपालिका-४ डुगा बस्ने ३४ वर्षीय किशोर भन्ने जंग बहादुर दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १४ किलो ४ सय २७ ग्राम सहित ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागलुङ निसीखोला गाउँपालिका-९  बस्ने ३७ वर्षीया दिलकुमारी घर्ती मगर, सोही गाउँपालिका-६ बस्ने ३७ वर्षीया मनिषा घर्ती मगर, रूकुम पूर्व भुमे गाउँपालिका-१ बस्ने ४० वर्षीया दिलकुमारी घर्ती र बागलुङ निसीखोला गाउँपालिका-६ बस्ने ३४ वर्षीय नकुल घर्ती मगर रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         ललितपुर, ललितपुर महानगरपालिका-२ साचल सुन्दरी टोलबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ४० ट्याब्लेट, नाइट्राजेपाम ७ सय ४९ ट्याब्लेट, टापेन्टाडोल १२ ट्याब्लेट र नगद ८३ हजार ४ सय रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२ सानेपा बस्ने धादिङ घर भएका २५ वर्षीय अनिल लामा, रामेछाप घर भएका ३२ वर्षीय श्याम श्रेष्ठ र ललितपुर महानगरपालिका-३ धोबिघाट बस्ने ३८ वर्षीय सुदिप राना रहेका छन् । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषदध सहित पक्राउ गरेको हो ।   यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रामेछाप घर भएका २३ वर्षीय राजु श्रेष्ठ र  सोही ठाउँ बस्ने २२ वर्षीया ईशा सैजु रहेका छन् । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, रतुवामाई नगरपालिका-५ सुनवर्षीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सुनवर्षी नगरपालिका-३ बस्ने ४० वर्षीय शान्त बहादुर तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले सुनवर्षीबाट गोबिन्दपुरतर्फ जाँदै गरेको मे.९ प ९५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, गोलबजार नगरपालिका-२ टुडकीया टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २० किलो ४ सय ग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीया गीता कुमारी साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  लमजुङ, राईनास नगरपालिका-६ पाँचभाइ चौतारा बस्ने २१ वर्षीय बवुल मियालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १०  ट्याब्लेट र एनारगन १० ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट धमिलिकुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित कैलाली लम्किचुहा नगरपालिका-४ बस्ने २२ वर्षीय लोकेश परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जुमनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-६ बस्ने २५ वर्षीया बिटिया भन्ने सुमिता खटिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले  पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो  शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनको घुम्ती पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिहरू पक्राउ
२०८३-०१-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-२ बस्ने काठमाडौं महानगरपालिका-१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ राधेराधे बस्ने मोरङ बेलबारी नगरपालिका-२ घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठ रहेका छन् ।   पक्राउ मध्ये बिनिताले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ र बेनुले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिनितालाई कीर्तिपुर नगरपालिका-२ बाट मंगलबार र बेनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ राधेराधेबाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०१-०८

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ हेम्पाडाँडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८ सय १४ एम्पुल, फेनारगन ५ सय ३२ एम्पुल, नोर्फिन ९ सय ४० एम्पुल र नगद ६८ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भएका २३ वर्षीय मिङमार बम्जन र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएकी १८ वर्षीया किशोरी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  यसैगरी काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध फेनारगन ४० एम्पुल, ब्रुप्रेनोर्फिन ४७ एम्पुल  र डाईजेपाम ३८ एम्पुल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर बस्ने अर्घाखाँची घर भएका ३० वर्षीय अजय परियार र ३० वर्षीय निश्चल मानन्धर रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा.७० प ७६१२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२९ बाट नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, नोर्फिन २५ एम्पुल र फेनारगन २५ एम्पुल सहित सोही महानगरपालिका-२९ मैतीदेवी बस्ने ३५ वर्षीय बिक्की लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, रतुवामाई नगरपालिका-१ हटिया डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ सोनापुर बस्ने २१ वर्षीय मो. आविद मियालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडि ५३९० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   मकवानपुर, मनहरी गाउँपालिका-९ च्यानडाँडाबाट अवैध लागूऔषध गाँजा १७ किलो ५ सय ४६ ग्राम सहित राक्सिराङ गाउँपालिका-२ बस्ने २३ वर्षीय सुबास मोक्तानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भावरबाट खरंगातर्फ आउँदै गरेको बा.प्र.०३-००५ प ७०८० नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-६ क्लब चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६४ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब ७ सय ५० ग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय सुजित पाख्रिन र ३७ वर्षीय सुमन पाख्रिन रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम र ट्रामाडोल ६० ट्याब्लेट सहित सल्यान शारदा नगरपालिका-७ बस्ने २३ वर्षीय भुवन रेउलेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित शान्तिनगर गाउँपालिका-५ बस्ने २९ वर्षीय उद्धव शाहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फक्राउ गरेको हो ।  तनहुँ, ब्यास नगरपालिका-४ चुरेखोल्सीबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, बुप्रेनोर्फिन १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित ब्यास नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले ग.१० प १६१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ जोरसखुवा पुण्य मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार १ सय ट्याब्लेट र स्पास्पेन १४ हजार ५० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय राहुल आचार्य र सोही उपमहानगरपालिका-११ गोदावरी चोक बस्ने १९ वर्षीय रोहित रिजाल रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ बरगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ बस्ने ३५ वर्षीय निश्चल बस्नेतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले को.८ प ६३८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०१-०८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने रौतहट बौधीमाई नगरपालिका-७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका-३२ बस्ने भोजपुर, भोजपुर नगरपालिका-७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी, भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने सप्तरी सुरूङ्गा नगरपालिका-५ घर भएका ५३ वर्षीय राम तुला मिया र ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भएकी ५५ वर्षीया सुनिता खत्री रहेका छन् ।पक्राउ मध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, केदार बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २५ हजार रूपैयाँ तथा राम तुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले केदार बहादुरलाई काठमाडौं महानगरपालिका-१३ बाट सोमबार, मिथिलेशलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार तथा राम तुला र सुनितालाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बाट शनिबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सामाजिक संजालमा धम्कीपूर्ण अभिव्यक्ति दिने व्यक्ति पक्राउ
२०८३-०१-०८

काठमाडौं, सामाजिक संजालमा धम्कीपूर्ण अभिव्यक्ति दिने कार्यमा संलग्न रहेको अभियोगमा बझाङ थलरा गाउँपालिका-४ मयल ठेगाना भएका २० वर्षीय सानु भाइ भन्ने साजन बिष्टलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा बिष्टले आफ्नो फेसबुक आइडी सानू भाइ नामक एकाउन्टबाट पुर्व प्रधानमन्त्री केपी ओली, पुर्व गृहमन्त्री रमेश लेखक, पुर्व मन्त्री दिपक खड्कालाई तुरून्त रिहा गर अन्यथा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुने छ जसका लागि एके-४७ जस्ता अत्याधुनिक हतियारहरू काठमाडौंमा भित्रिसकेको छ भनि पोष्ट गरी सर्वसाधारण जनमानसमा त्रास फैलाउने र आफुले भनेका कुराहरू नमानेमा हालको प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्यान मार्ने धम्कीपूर्ण भिडियो समेत सार्वजनिक गरेको खुल्न आएको छ । उनलाई विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-०८

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिका संचालक काठमाडौं पेप्सीकोला बस्ने इलाम सूर्योदय नगरपालिका-१२ तीनघरे घर भएका २३ वर्षीय निर्दोष सापकोटालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा सापकोटाले सामाजिक संजाल फेसबुक, टिकटक र इन्स्ट्राग्राममा स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिको पेजबाट वैदेशिक भ्रमणको लागि थाईल्याण्ड जान सम्पर्क गर्नु भनि विज्ञापन राखि थाईल्याण्डमा जान भिषा, हवाई टिकट, होटल बुकिङ, गाईड समेतको सुबिधा छ, सो भ्रमण प्याकेज १ हप्ताको हुन्छ भनि जानको लागि लाग्ने रकम उक्त प्रालिको नाममा रकम पठाउन लगाई विभिन्न किसिमको बरबहानाहरू बनाई टार्ने झुलाउने कार्य गरी ठगी गरेको खुल्न आएको छ ।  साथै उनले नक्कली टिकट र भिसा बनाई झुक्यानमा पार्ने गरेको र हाल सम्म २६ जना पीडितहरूबाट १६ लाख ६० हजार रूपैयाँ ठगी गरेको समेत खुल्न आएको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०१-०७

कैलाली, गोदावरी नगरपालिका-१ अत्तरिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम ११ मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-३ पुलबजार बस्ने २७ वर्षीय सागर दासलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा ६ किलो १२ ग्राम सहित ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य बेतिया-३३ बस्ने ३५ वर्षीय सफि आलम, ३० वर्षीय मुकिम मिया, ३३ वर्षीय बिनय ठाकुर र २८ वर्षीय एकवाल मिया रहेका छन् । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले वीरगंजबाट रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-७ टेडिया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने ४० वर्षीय जियालाल रानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । इलाम, माई नगरपालिका-४ सुखानी पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ४४ वर्षीय सन्तोष कुमार गोलेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१८ खर्कट्टी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५६ ग्राम ८ सय मिलिग्राम सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने अनिता रोका मगर, उनकै श्रीमान ४४ वर्षीय नविन कुमार रोका मगर, सोही उपमहानगरपालिका-१८ नयाँबस्ती टोल बस्ने ५० वर्षीय खड्क बहादुर पुन र सोही उपमहानगरपालिका-१४ बस्ने ४३ वर्षीया कविता घर्ती रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले खड्क बहादुरले प्रयोग गरेको लु.प्र.०२-००२ प २३७१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । झापा, अर्जुनधारा नगरपालिका-११ बिर्तामोड बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित काठमाडौ चन्द्रागिरी नगरपालिका-५ बस्ने १९ वर्षीय सुमित विश्वकर्मा समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
२०८३-०१-०७

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध कोकिन ३३ ग्राम, खैरो हेरोइन ७९ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार ६ सय ट्याब्लेट सहित ११ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उक्त ब्यूरोबाट खटिएको प्रहरीले गोरखा पालुङटार नगरपालिका-९ ठेगाना भएका २७ वर्षीय सुनिल लामा, झापा मेचीनगर नगरपालिका-९ ठेगाना भएका ३१ वर्षीय विवेक गौतम, भारत भुपालपुरा थाना-२९ ठेगाना भएका २७ वर्षीय हर्षित डाँगी र भारत राजस्थान जयपुर आदर्शनगर थाना ठेगाना भएका ३९ वर्षीय मानिक गुलाटीलाई अवैध लागूऔषध कोकिन ३३ ग्राम सहित पक्राउ गरेको हो । यसैगरी इलाम देउमाई नगरपालिका-७ ठेगाना भएका २८ वर्षीय सुजन पाख्रिन, झापा झापा गाउँपालिका-४ ठेगाना भएका मिन कुमार चाहार र झापा शिवसताक्षी नगरपालिका-४ ठेगाना भएका ४० वर्षीय आशिष भन्ने भगवती राईलाई अवैध लागूऔषध खैरो हेरोइन ७९ ग्राम सहित पक्राउ गरेको हो । यस्तै नुवाकोट विदुर नगरपालिका-८ ठेगाना भएका २८ वर्षीय अनिल तामाङ, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-२ ठेगाना भएका २२ वर्षीय प्रदिप थापा मगर, नुवाकोट लिखु गाउँपालिका-४ ठेगाना भएका २३ वर्षीय सरोज राई र मनाङ घर भएका २६ वर्षीय सुमन गुरूङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार ६ सय ट्याब्लेट सहित पक्राउ गरेको हो ।    सुनसरी, कोशी गाउँपालिका-२ सरदार टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ७५ किलो ३ सय ३० ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-२ बस्ने ७० वर्षीय लक्ष्मी सरदार, उनकै बुहारी ४२ वर्षीया देवकी सरदार र भारत विहार राज्य अररिया तिन खम्बा बेलहा बस्ने २६ वर्षीय सहवाज आलम रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले देवकीको घरमा रहेको पसलबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-८ लिंक रोडस्थित समर होटलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० हजार ट्याब्लेट सहित भारत विहार मोतिहारी थाना सिकटा भेलाही बस्ने २० वर्षीय सागर कुमार पटेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले होटलको कोठा नम्बर १०५ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । धादिङ, गल्छी गाउँपालिका-७ गल्छी बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु १७ किलो ४ सय १० ग्राम र चरेस जस्तो देखिने वस्तु २ किलो ५० ग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गल्छी गाउँपालिका-७ बस्ने ३२ वर्षीय संगम श्रेष्ठ, बाँके कोहलपुर नगरपालिका-१० बस्ने २० वर्षीय छोटु अन्सारी र बाँके कोहलपुर नगरपालिका-१० बस्ने ३५ वर्षीय साहिद अलि रहेका छन् । प्रहरी चौकी बैरेनी र प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र नाईट्राजेपाम २० ट्याब्लेट सहित जानकी गाउँपालिका-२ बडरिया बस्ने २६ वर्षीय राजन ठकुल्लालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.५ प ७४५५ नम्बरको मोटरसाइकल चालक राजनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको   हो ।यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित गौरीगंगा नगरपालिका-११ सिबपुर बस्ने २० वर्षीय लख्खन चौधरी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१० प ७२६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित जोशिपुर गाउँपालिका-७ घैला बौनिया बस्ने ३० वर्षीय तेज बहादुर मौनीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी र प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ थपालीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकास शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम २५ मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-५ बस्ने ३७ वर्षीय अजय कुमार लिम्बु, ६२ वर्षीया खदी देवी मुखिया र ३३ वर्षीया सपना कपाली रहेका छन् । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० दर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-६ ओझाखाली बस्ने ३२ वर्षीय इश्वर डगौरा र बेदकोट नगरपालिका-५ बिचफाँटा बस्ने २५ वर्षीय आकाश डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०२-००३ प २३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-५ खजुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ ग्राम ३ सय ३० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-२ बस्ने २८ वर्षीय सुवाश पाण्डेलाई गए राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ खानीखोलाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६५ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आँबुखैरेनी गाउँपालिका-२ नारीघाट बस्ने २७ वर्षीय राहुल खाती सुनार र सोही गाउँपालिका-३ थुम्की चौतारा बस्ने २५ वर्षीय शोभा गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ ट्याब्लेट र डाइक्लोमाइन ८१ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरीशनिश्चरे नगरपालिका-७ लामाटोल डेरा गरी बस्ने सोही नगरपालिका-७ घर भएका २४ वर्षीय रूपन राई र सोही नगरपालिका-६ बस्ने २१ वर्षीय शिशिर बस्नेत रहेका  छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । जुम्ला, चन्दननाथ नगरपालिका-५ कृष्ण मन्दिर नजिक सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम र नगद ३३ हजार रूपैयाँ सहित सोही नगरपालिका-५ कार्कीवाडा बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-२० स्थित आयल निगम नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २९ मिलिग्राम सहित राप्तीसोनारी गाउँपालिका-२ बस्ने ३४ वर्षीय पूर्ण बहादुर विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी बाँके, जानकी गाउँपालिका-६ ओडारपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका-२० बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जानकी गाउँपालिका-६ बस्ने २९ वर्षीय राहुल बर्माको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम फेला पारी राहुल तथा लागूऔषध खरिद गर्न आएका नेपालगंज उपमहानगरपालिका-२० बस्ने ४२ वर्षीय जाकिर कुर्मी र ३० वर्षीय साहरूख खान बेहनालाई समेत प्रहरीले पक्राउ गरेको छ । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१४ भवानीपुरबाट अवैध लागऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने ३३ वर्षीय अकबर अलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ
२०८३-०१-०७

कास्की, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने भारत घर भएका ३१ वर्षीय अमिर उल्ला मिया, पोखरा महानगरपालिका-१७ बस्ने मोरङ घर भएकी २१ वर्षीया महिला र पोखरा महानगरपालिका- ८ बस्ने सिन्धुली घर भएकी ३१ वर्षीया महिला रहेका छन् । पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा पीडितहरूलाई विभिन्न प्रलोभन देखाई खानबस्न सुविधा सहित राम्रो तलबमा होटलको काममा लगाई दिन्छु भनी अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०१-०६

काठमाडौं, काठमाडौं महानगरपालिका-१२ टेकुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-१९ बसन्तपुर बस्ने काभ्रे घर भएका २५ वर्षीय मिलन लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ सैनिक मोड बस्ने २३ वर्षीय हरि प्रसाद राजबंशीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-५ पैसठ्ठी बिघाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ च गाउँ बस्ने २० वर्षीय रोहन तामाङ र सोही नगरपालिका-८ खड्डा बस्ने २२ वर्षीय बिरेन्द्र राना रहेका छन् । सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले प्रदेश ३-०९२ प १११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५ ट्याब्लेट सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-३ बस्ने २४ वर्षीय बिजय गिरी, सोही नगरपालिका-७ च गाउँ बस्ने २१ वर्षीय अमन तामाङ र चितवन भरतपुर महानगरपालिका-१४ शिवनगर बस्ने २४ वर्षीय रोहन विक रहेका छन् । प्रहरी चौकी भुडाँबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१३ प २६८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय अनिल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय  धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बनपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-३ बैवाह बस्ने २२ वर्षीय सुनिल चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।ललितपुर, गोदावरी नगरपालिका-१२ दुरीखेल ठेचोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने मकवानपुर घर भएका २८ वर्षीय विवक तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ठाकुरबाबा नगरपालिका-५ बस्ने ३६ वर्षीय पवन श्रेष्ठ र ३० वर्षीय प्रविन कुमार थारू रहेका छन् । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । जाजरकोट, छेडागाड नगरपालिका-५ थलबजारबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ८ किलो २ सय २५ ग्राम सहित बाँके राप्ती सोनारी गाउँपालिका-१ कुसुम बस्ने ३७ वर्षीय दिपक कुमाल समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बडावन समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, रतुवामाई नगरपालिका-७ गढीझारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय अमिल लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, कल्याणपुर नगरपालिका-११ कल्याणपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्राम र नगद १७ हजार ६ सय ५० रूपैयाँ सहित सोही नगरपालिका-४ बैरिया डरौल टोल बस्ने २५ वर्षीय अन्जय रायलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नुवाकोट, लिखु गाउँपालिका-६ छहरेबजारस्थित यस्मोर फेमली होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय ८० मिलिग्राम सहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विदुर नगरपालिका-१० बस्ने ३२ वर्षीय सुमन तामाङ, किस्पाङ गाउँपालिका-१ बस्ने २८ वर्षीय तुलसिङ तामाङ, रसुवा उत्तरगया गाउँपालिका-१ बस्ने २२ वर्षीय चित्र बहादुर तामाङ, सोही गाउँपालिका-४ बस्ने २४ वर्षीय सुवास तामाङ र रसुवा धारापानी बस्ने २४ वर्षीय सुमन मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट गुर्जेभन्ज्याङ समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित डोटी शिखर नगरपालिका-२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २५ ग्राम ३ सय ८० मिलिग्राम सहित भारत बिहार राधोपुरग्राम पञ्चायत बस्ने ४५ वर्षीय शंकर जैसवाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६३५६ नम्बरको हाईसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०१-०५

बाँके, नेपालगंज उपमहानगरपालिका-११ कहारन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीया रोशनी राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-९ चामुन्डाबाट अवैध लागूऔषध पोलेन ८० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय चेत बहादुर विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका-९ चामुन्डाबाट पोलेन ५ सय १८ ग्राम र नगद १३ हजार १ सय ३० रूपैयाँ सहित मकवानपुर थाहा नगरपालिका-१२ जगडाँडा घर भएका ३० वर्षीय सुरेन्द्र गोलेलाई समेत प्रहरीले पक्राउ गरेको छ ।   यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१० गुर्सिङ्गलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र स्पास्मो ५ ट्याब्लेट सहित २ जनालाई  शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० ज्वागल बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय रमेश चालिसे र काठमाडौं कपन बस्ने काभ्रे घर भएका २२ वर्षीय योगेश लामा रहेका छन् । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-४ बैवाह बस्ने १९ वर्षीय बासुदेब महरालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय स्याङ आङदेम्बेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट  बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, शिवसताक्षी नगरपालिका-७ चन्द्रडागी बस्ने ३२ वर्षीय गंगा बहादुर मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय २० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   चितवन, रत्ननगर नगरपालिका-१३ पञ्चरत्न टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४ ट्याब्लेट सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय रबिन लामिछाने मगर र २६ वर्षीय अमृत लामिछाने मगर रहेका छन् । प्रहरी चौकी पञ्चकन्याबाट खटिएको प्रहरीले रबिनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५९ किलोग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सुपौल बलुवा बजार-६ बस्ने २२ वर्षीय सुबोध कुमार, सुपौल बलुवा बजार-२ बस्ने २२ वर्षीय रोहित कुमार र सुपौल बजार-१ बस्ने ४० वर्षीय मोहमद जमशेर रहेका छन् । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबि २२४१ नम्बरको स्कार्पियोमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८३-०१-०५

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ संगमचोकस्थित सिन्धुली घर भएका ४२ वर्षीय कृष्ण बहादुर थापाले संचालन गरेको थापा रेष्टुरेन्ट एण्ड खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ७ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ८ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी, काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं मुलपानी बस्ने ओखलढुङ्गा घर भएका ४२ वर्षीय तिलक बहादुर तामाङ समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ८ सय ८० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०१-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा घर भएका २४ वर्षीय आङ मिङमार शेर्पा, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने काभ्रे घर भएकी ४२ वर्षीया सुनिता सिङतान (लामा) र काठमाडौं महानगरपालिका-४ बस्ने सिन्धुली घर भएकी ३३ वर्षीया बाल कुमारी माझी रहेका छन् ।पक्राउ मध्ये आङ मिङमारले लक्जम्बर्ग पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ, सुनिताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७६ हजार रूपैयाँ र बाल कुमारीले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आङ मिङमारलाई काठमाडौं महानगरपालिका-२ बाट, सुनितालाई काठमाडौं महानगरपालिका-२८ बाट र बाल कुमारीलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-०५

काठमाडौं, कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार २ जना प्रतिवादीहरू प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धी बस्ने मकवानपुर घर भएका ४२ वर्षीय सन्तोष भन्ने यज्ञकुमार सापकोटा र महालक्ष्मी नगरपालिका-२ बालकुमारी बस्ने सोलुखुम्बु घर भएका ३५ वर्षीय होम बहादुर राई रहेका छन् । जिल्ला अदालत काठमाडौंको २०७८ भदौ २९ गतेको फैसलाले उक्त मुद्दामा यज्ञकुमारलाई जन्मकैद सजाय ठहर भएको तथा जिल्ला अदालत सोलुखुम्बुको २०७८ असार २२ गतेको फैसलाले उक्त मुद्दामा होम बहादुरलाई जन्मकैद सजाय ठहर भई दुबै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तानको क्रममा रहेकोमा २०८२ भदौ २४ गते कारागारबाट भागी फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले यज्ञकुमारलाई ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट बिहीबार र होम बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-२ बालकुमारीबाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ
२०८३-०१-०४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम सहित इलाम सन्दकपुर गाउँपालिका-२ बस्ने २२ वर्षीय प्रोमिश राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-००२ ख ०९४६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० ग्राम ५ सय २० मिलिग्राम सहित झापा गाउँपालिका-६ बस्ने २२ वर्षीय साफिक उल मिया समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले झापाबाट सुरूङ्गातर्फ आउँदै गरेको बिआर ३७ आर १८६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित पटेर्वा सुगौली गाउँपालिका-५ बस्ने २४ वर्षीय गौरी शंकर राउतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०१-०४

काठमाडौं, टोखा नगरपालिका-८ बानियाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ३० मिलिग्राम सहित काठमाडौं नयाँ बसपार्क बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका २५ वर्षीय रोहित महरा समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-१० भत्केकोपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९८ ट्याब्लेट र स्पास्पेन ५ ट्याब्लेट सहित चाँगुनारायण नगरपालिका-८ रातोपाटी बस्ने मकवानपुर घर भएका २७ वर्षीय राजु थिङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-७ बस्ने ३४ वर्षीय माहादेव राना र २६ वर्षीय सुकविन्द्र राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट खटिएको प्रहरीले से.७ प २९२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित गोदावरी नगरपालिका-१ बस्ने २१ वर्षीय राज विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-६ बडैया बस्ने २२ वर्षीय राज कुमार घर्तीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।  यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय २० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २७ वर्षीय दिकसन पन्तलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, रत्ननगर नगरपालिका-११ बटर टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६ सय १० ट्याब्लेट र एनारगन १ हजार ८ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुशान्त गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी विट जिरौनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-११ हात्तीसुडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय अमृत राना र सोही उपमहानगरपालिका-११ देबिनगर बस्ने ३२ वर्षीय सुरज गौचनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-३ सुरूङगाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-६ घर भएका २७ वर्षीया संगिता अधिकारी, २६ वर्षीया अस्मिता मङराती, इलाम फाकफोकथुम गाउँपालिका-४ बस्ने ४७ वर्षीय धन बहादुर खवास, झापा अर्जुनधारा नगरपालिका-६ बस्ने २० वर्षीय दिपेश सेन्चुरी र २० वर्षीय रोहन विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, कनकाई नगरपालिका-३ टप्पु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने १९ वर्षीय प्रसान्त कुमाल र सोही नगरपालिका-७ दुर्गापुर बस्ने पाँचथर घर भएका ३२ वर्षीय रोशन सुवेदी रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, विराटनगर महानगरपालिका-११ स्थित पारस अस्पतालको गेट अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ बस्ने ४० वर्षीया लालमन मुखिया र भारत बिहार अररिया घर भएका ४४ वर्षीय मो.सरिफ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ६० मिलिग्राम सहित मकवानपुर हैटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३३ वर्षीय प्रयास लामा समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट लमजुङतर्फ जाँदै गरेको ना.६ ख ४१३२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङ, राप्ती गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ भालुबाङ बस्ने रोल्पा घर भएका २२ वर्षीय आकाश पुन र रोल्पा सुनिलस्मृती गाउँपालिका-१ घर २२ वर्षीय उमेश घर्तीमगर रहेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले आकाशलाई १ ग्राम १ सय ८० मिलिग्राम र उमेशलाई १ ग्राम ४ सय ६० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०१-०४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर भएका २९ वर्षीय अनन्त कोईराला, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने इलाम घर भएका ४७ वर्षीय जगत बहादुर खड्का, काठमाडौं महानगरपालिका-२६ बस्ने तारकेश्वर नगरपालिका-६ घर भएका ५४ वर्षीय ज्ञानु श्रेष्ठ र भक्तपुर, भक्तपुर नगरपालिका-१५ बस्ने रामेछाप घर भएका २२ वर्षीय बिकास श्रेष्ठ रहेका छन् ।पक्राउ मध्ये अनन्तले फिनल्याण्ड पठाइदिन्छु भनी १ जना पीडितबाट ३१ लाख १५ हजार ८७ रूपैयाँ, जगतले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३९ हजार रूपैयाँ, ज्ञानुले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र बिकासले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगतलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार तथा अनन्तलाई काठमाडौं महानगरपालिका-२९ बाट, ज्ञानुलाई काठमाडौं महानगरपालिका-२६ बाट र बिकासलाई भक्तपुर नगरपालिका-१० बाट बिहीबार पक्राउ गरेको हो ।पक्राउ मध्ये अनन्तलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने जगत, ज्ञानु र बिकासलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८३-०१-०४

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ जडीबुटी बस्ने सिन्धुपाल्लोक घर भएका ६० वर्षीय पालसङ तामाङ र काठमाडौं मुलपानी बस्ने सिन्धुपाल्चोक घर भएका ४७ वर्षीय पदम लाल श्रेष्ठ रहेका छन् । अमेरिकन डलर देखाई सस्तो दरमा सट्टा गरिदिने भनि प्रलोभनमा पारी पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-४ चाँगुनारायण मन्दिर नजिक जंगलमा नगद १० लाख रूपैयाँ लिएर आउन भनि सम्पर्क गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई चाँगुनारायण नगरपालिका-४ बाट  पक्राउ गरेको हो । उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

डाँका चोरीमा संलग्न चार जना पक्राउ
२०८३-०१-०४

काठमाडौं, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ३४ वर्षीय शंकर बहादुर तामाङ, तारकेश्वर नगरपालिका-८ गैरीगाउँ बस्ने ५० वर्षीय राजु तामाङ, तारकेश्वर नगरपालिका-४ बस्ने ३३ वर्षीय गुणराज खनाल र तारकेश्वर नगरपालिका-५ बस्ने ४३ वर्षीय प्रेम तामाङ रहेका छन् । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने पीडित महिलालाई कुटपिट गरी कानमा लगाएको सुनको रिङ तानेको घटनामा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०१-०३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ७ सय ग्राम सहित धादिङ थाक्रे गाउँपालिका-१ बस्ने १९ वर्षीय सुमन तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५९९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-१ जैकुटी पार्टी प्यालेस नजिकबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३४ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१६ बस्ने ३० वर्षीय जस बहादुर थापा र सोही नगरपालिका-१४ बस्ने ३० वर्षीय सन्तोष थापा सुनारी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०१-०३

काठमाडौं महानगरपालिका-१२ टेकु ब्रह्मटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने काठमाडौं महानगरपालिका-१९ बसन्तपुर बस्ने २७ वर्षीय प्रितम महर्जनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-३ कालिन्द्र सामुदायिक वनस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय १० ट्याब्लेट र स्पास्पेन १ हजार ६ सय ९ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने २७ वर्षीय राज राई र २७ वर्षीय खुसे राई रहेका छन् । अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले पकलीबाट उदयपुरतर्फ जाँदै गरेको स.१० प ४५१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० न्युरेनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित बागमती गाउँपालिका-७ बस्ने २४ वर्षीय संजिब लोप्चनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय शाहिल भन्ने प्रवेश शाही र ३५ वर्षीय भिम बहादुर थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-३ कृष्णगल्लीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६७ ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१ कुपण्डोल बस्ने चितवन घर भएका २० वर्षीय सिद्धार्थ भुजेल र ललितपुर महानगरपालिका-९ च्यासल बस्ने गोरखा घर भएका २० वर्षीय विशाल दर्जी रहेका छन् । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१ एलएन चोक डेरा गरी बस्ने बैतडी घर भएका २६ वर्षीय बिशाल चन्दलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५८ ट्याब्लेट सहित भानु नगरपालिका-७ खोरीयापानी बस्ने २७ वर्षीय अमृत गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा.२ ख१४३८ नम्बरको माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम ५ सय ५० मिलिग्राम सहित काठमाडौं महानगरपालिका-२६ बस्ने ३१ वर्षीय सयल थापा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, शिवराज नगरपालिका-६ बिरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४५ मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका-५ चन्द्रौटा बस्ने २० वर्षीय शाहिल खान र सोही नगरपालिका-३ मदवा बस्ने १९ वर्षीया भिमा सुनार रहेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटा र प्रहरी चौकी बिरपुरबाट खटिएको प्रहरीले कृष्णनगरबाट चन्द्रौटातर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८३-०१-०३

ललितपुर, ललितपुर महानगरपालिका-४ बागडोलबाट सुन तथा चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमन देउलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । साथै उक्त चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-२३ बस्ने अर्पिता ज्वेलर्सका संचालक भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्तीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  गत चैत २६ गते दिउँसो उक्त स्थानबाट करिब ७९ लाख १२ हजार ५ सय २ रूपैयाँ बराबरको गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमनलाई ललितपुर महानगरपालिका-४ बाट र स्वपनलाई उनकै पसलबाट पक्राउ गरेको हो । साथै प्रहरीले स्वपनको पसलबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको छ ।उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०१-०३

काठमाडौं,  ठगी सम्बन्धी कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-७ बस्ने ६२ वर्षीय शान्ति रमण पंगेनी र ५८ वर्षीय टिका पंगेनी रहेका छन् ।  जिल्ला अदालत कास्कीबाट २०८२ चैत ५ गते ठगी सम्बन्धी कसुर मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-७ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-०२

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौँ नागार्जुन नगरपालिका-२ पानधारा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर भएका ४२ वर्षीय ईन्द्र बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-२ पानधाराबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०१-०२

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ८ किलो ५ सय ६० ग्राम सहित भारतीय नागरिक २२ वर्षीय अक्षय कुमारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । थाई एयरको उडानद्वारा बैंङककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ भुरेलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय भुवन केसीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, बर्दगोरिया गाउँपालिका-१ टिनबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भजनी नगरपालिका-६ बसाहा बस्ने  २२ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय श्रवण कुमार चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-२ राजीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय रोशन जनालालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, शुक्लागण्डकी नगरपालिका-३ कवासेटारबाट नियन्त्रित लागूऔषध नोर्फिन १५ एम्पुल, डाइजेपाम १९ एम्पुल र फेनारगन १३ एम्पुल सहित सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय मार्क श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि २ जनालाई नियन्त्रणमा लिएको छ ।  कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल, नोर्फिन ४ एम्पुल र अवैध लागूऔषध गाँजा १ सय ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ बस्ने ४२ वर्षीय मनोज आले मगर र सोही महानगरपालिका-१४ चाउथे बस्ने २८ वर्षीय सन्देश गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-२७ चिबहालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट सहित गोदावरी नगरपालिका-१३ लेले बस्ने २२ वर्षीय शिवा भण्डारी समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले बा.८४ प १९१३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८३-०१-०२

उदयपुर, उदयपुरगढी गाउँपालिका-६ चिपचपे बस्ने ३५ वर्षीय गुन्सुरे राईलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । गुन्सुरेले भरूवा बन्दुक प्रहार गर्दा छिमेकी २० वर्षीय अरूण राई र अरूणकै श्रीमती घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । घाइते अरूणको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । स्याङ्जा, विरूवा गाउँपालिका-७ चित्लाङ बस्ने ४६ वर्षीय केश बहादुर गुरूङलाई एकनाले भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । केश बहादुरको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०१-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका २२ वर्षीय सुदिप कालेकोटेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ किलो ३ सय २० ग्राम सहित भारतीय नागरिक ३१ वर्षीय अजय सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । क्याथे प्यासेफिक एयरको उडानद्वारा हङकङबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त गाँजा सहित पक्राउ गरेको हो ।   झापा, दमक नगरपालिका-४ चियादोकानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम  र नगद १३ हजार रूपैयाँ सहित सोही नगरपालिका-९ बस्ने २८ वर्षीय मनिश श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-९ चियाबगान माछाखाँडी बस्ने ३० वर्षीय पपे भन्ने राजु सुनुवारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-१५ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र डिकोलिक ८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय विधित विश्वकर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट, ट्रामाडोल ४ ट्याब्लेट र डिकोलिक ८ ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय विकास विश्वकर्मा र २८ वर्षीय विश्व राई रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-७ बस्ने ३५ वर्षीय शिव विश्वकर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ८० ट्याब्लेट, डाइक्लोमाइन १ हजार ५ सय ९० ट्याब्लेट र नगद ६ हजार ८ सय रूपैयाँ सहित भोजपुर, भोजपुर नगरपालिका-७ बस्ने २१ वर्षीय युजिन श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-८ कुनवार चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र बुप्रेनोर्फिन ५ सय एम्पुल सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पालिनन्दन गाउँपालिका-६ पडरी बस्ने २३ वर्षीय रामदिप पछिमा थारू र २५ वर्षीय रामबचन यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले युपि ५६ एडब्लु ०९२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-५ थसीखेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ५० मिलिग्राम, नगद ८ हजार ५ रूपैयाँ, विदेशी मुद्राहरू र डिजिटल तराजु १ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका ३७ वर्षीय दिलिप कुमार गिरी र सुनसरी घर भएका ३७ वर्षीय अजय गुरूङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिलिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-०१

काठमाडौं, ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्क  बस्ने ३१ वर्षीय लोब्साङ बोम्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीमा पीडितलाई २०८२ साउन १२ गते खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परी हिरासतमा रहेका र २०८२ भदौ २४ गतेको आन्दोलनमा प्रहरी वृत्त बौद्धको हिरासतबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०१-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्विया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका-३  घर भएका ३४ वर्षीय रामलाल राजवंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  रामलालले सर्विया पठाइदिन्छु भनी १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

अवैध लागूऔषध सहित १३ जना पक्राउ
२०८२-१२-३०

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय २४ ग्राम ५ सय ६० मिलिग्राम र अफिम ५२ ग्राम सहित १० जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको छ । उक्त ब्यूरोबाट खटिएको प्रहरीले झापा गौरीगंज गाउँपालिका-३ घर भएका २४ वर्षीय सुरज दाहाल, रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर भएका २६ वर्षीय ईश्वर खत्री र काठमाडौं महानगरपालिका-३० घर भएका ४५ वर्षीय अर्विन प्रधानलाई खैरो हेरोइन ३१ ग्राम ८ सय मिलिग्राम सहित पक्राउ गरेको हो । यसैगरी दोलखा शैलुङ गाउँपालिका-२ घर भएका ३६ वर्षीय सुकमान तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भएका २९ वर्षीय पवन लामा, कास्की घर भएका ४८ वर्षीय रोहित बहादुर राना र पर्सा ठोरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय विशाल विकलाई खैरो हेरोइन ९८ ग्राम ७ सय ६० मिलिग्राम सहित पक्राउ गरेको हो । यसैगरी उदयपुर कटारी नगरपालिका-६ घर भएका ३७ वर्षीय चेत बहादुर राउत र गोरखा गण्डकी गाउँपालिका-३ घर भएका २८ वर्षीय अजय परियारलाई खैरो हेरोइन १० ग्राम तथा अफिम ५२ ग्राम सहित पक्राउ गरेको हो । यस्तै रौतहट वृन्दावन नगरपालिका-८ घर भएका ४३ वर्षीय सुवोध कुमार सिंहलाई खैरो हेरोइन ८४ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका मध्ये सुकमान, पवन, चेतबहादुर, अजय र सुवोध कुमारले यसअघि लागूऔषध मुद्दामा कैद भुक्तान गरिसकेको समेत खुल्न आएको छ । यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो ९ सय ६० ग्राम सहित भारतीय नागरिक ३७ वर्षीय IMRAN AHAMED लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रीलंकन एयरलाइन्सको उडानद्वारा कोलम्बोबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित पक्राउ गरेको हो ।काभ्रे, धुलिखेल नगरपालिका-९ काभ्रेभन्ज्याङबाट अवैध लागूऔषध पोलेन २ सय ८ ग्राम र गाँजा २ सय ६० ग्राम सहित रोशी गाउँपालिका-११ बस्ने ४५ वर्षीय संजिव लामालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङबाट खटिएको प्रहरीले मंगलटारबाट बनेपातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-००७ प ४३८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित बैतडी सुर्नया गाउँपालिका-३ बस्ने २३ वर्षीय अबिनाश कुँवरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८२-१२-३०

पर्सा, कालिकामाई गाउँपालिका-१ मुडली घर भएका २८ वर्षीय बिकाश कुमार चौरसियाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-११ डेरा गरी बस्ने रौतहट माधवनारायण नगरपालिका-१ घर भएका २६ वर्षीय संतोष साह, २४ वर्षीया सोनी कुमारी, बारा महागढीमाई नगरपालिका-७ बेनौली बस्ने १९ वर्षीय बिशाल साह र भारत उत्तर प्रदेश  थाना अलीगढ बस्ने २१ वर्षीय ओमबीर प्रजापति रहेका छन् । वीरगंज महानगरपालिका-११ रानीघाटस्थित घरमा बिकाश कुमारलाई फलामको छड तथा फलामको धारिलो गल प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका बिकाशको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-१२-३०

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-१० बस्ने २४ वर्षीय सुदिप रैदासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडिहा बजारबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित डुडुवा गाउँपालिका-५ बस्ने ३२ वर्षीय हिरा लाल सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ट्याब्लेट सहित रोल्पा थबाङ गाउँपालिका-९ बस्ने २७ वर्षीय किरण बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, मकवानपुरगढी गाउँपालिका-६ सोल्टीमोडबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय सुजन लामा समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धादिङ मकवानपुरबाट खटिएको प्रहरीले बुढीचौरबाट हेटौंडातर्फ आउँदै गरेको ना.३५ प ३७३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । झापा, गौरीगंज गाउँपालिका-३ गौरीगंज बजारस्थित चौतारी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम र गाँजा ६ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ गौरीगंज बुधवारे लाईन बस्ने २० वर्षीय रमेश डोम र गौरादह नगरपालिका-८ जुरोपानी बस्ने २१ वर्षीय पुजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, गौरादह नगरपालिका-१ चैतु चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-१ बस्ने १९ वर्षीय साने भन्ने सुरेन्द्र टुडु, २३ वर्षीय सन्तोष ताजपुरिया र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, धनगढीमाई नगरपालिका-१० जिरोमाइल चोकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलो १ सय १० ग्राम सहित धनगढीमाई नगरपालिका-९ चैनपुर बस्ने ३३ वर्षीय राजेश दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले धनगढी जिरोमाईल बजारबाट सुखीपुरतर्फ जाँदै गरेको को.२ ह ७१९४ नम्बरको अटोमा स.२ प ९१६९ नम्बरको मोटरसाइकल टोचन गरी लैजाँदै गरेको अवस्थामा अटो तलासी गर्दा अटो भित्र बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी अटो चालक राजेशलाई पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ  । दाङ, घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने २९ वर्षीय निर्झर केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ३० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घर नजिकै झाडीबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, बेदकोट नगरपालिका-७ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम सहित बेदकोट नगरपालिका-७ भासी बस्ने डडेल्धुरा घर भएका २४ वर्षीय कैलाश कुमार जोशी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-३ तिलकपुर बस्ने ४४ वर्षीय रमेश दमाईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, ईनरूवा नगरपालिका-४ बस चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६५ मिलिग्राम सहित मोरङ केराबारी नगरपालिका-५ बस्ने ३२ वर्षीय बिमल भन्ने खगेन्द्र मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मे.२ प ९८७९ नम्बरको मोटरसाइकल चालक खगेन्द्रलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८२-१२-३०

कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय नरेन्द्र चन्द समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक सोही नगरपालिका-१८ बस्ने ४० वर्षीय पदम राज पन्तले संचालन गरेको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा पदम समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४ सय ४२ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी चालक उन्नत तालिम सुरू
२०८२-१२-२९

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने ३१ औं समूहको सवारी चालक (हेभी) उन्नत तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक ई. अञ्जनराज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १४ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-१२-२९

काठमाडौं, काठमाडौं महानगरपालिका-९ स्थित एयरपोर्ट गेष्ट हाउसबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतीय नागरिक ३९ वर्षीय MOHSIN SALAUDDIN KHAN र ३१ वर्षीय MOHAMMED RAHIL MOHAMMED TAHIR GANGU रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले उक्त गाँजा सहित पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल र बुप्रेनोर्फिन ५४ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-१६ बस्ने ३६ वर्षीय दिनेश विकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ४४६६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय राकेश तामाङ र ३५ वर्षीय राम कुमार रसाईली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को.२७ प ६८८६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१२ चपरगौडी बस्ने १९ वर्षीय प्रितम टमाटालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-११ पर्गती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय जीवन चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट अम्बिकाटोलबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरीधामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित कैलारी गाउँपालिका-५ बस्ने २५ वर्षीय संजय चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित कैलारी गाउँपालिका-३ बस्ने ४२ वर्षीय श्याम बहादुर चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-८ सुबाहलबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ६ एम्पुल, बुप्रेनोर्फिन ६ एम्पुल, नाइट्राभेट २६ ट्याब्लेट, ट्रामाडोल ५० ट्याब्लेट र नगद १७ हजार ८ सय रूपैयाँ सहित सोही महानगरपालिका-८ बस्ने ३४ वर्षीय आकाश खड्गीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-११ मंगलबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ५६ ट्याब्लेट र नगद ३ लाख ५० हजार ३ सय १० रूपैयाँ सहित सोही महानगरपालिका-११ वासहीटी बस्ने मोरङ घर भएका ३९ वर्षीय गोविन्द प्रसाद माझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले बा.३४ प १५०४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-४ सितलहाईटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट, स्पास्मो ८ ट्याब्लेट, डिकोलिक ८ ट्याब्लेट र नगद ५ हजार ५ सय ८० रूपैयाँ सहित ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र तोलाङग्रे, २८ वर्षीय बलराम तोलाङग्रे, २८ वर्षीय बलराम थापा, सोही नगरपालिका-५ टिकाथली बस्ने सिराहा घर भएका ३० वर्षीय रोसन कुमार सिंह र सोही नगरपालिका-४ सितलहाईट बस्ने सिन्धुली घर भएका २७ वर्षीय गणेश परियार रहेका छन् । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम २ सय ३० मिलिग्राम सहित धनकुटा, धनकुटा नगरपालिका-६ बस्ने २६ वर्षीय झुमक बहादुर भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-१४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने प्युठान घर भएका ३३ वर्षीय सन्तोष जिसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने तनहुँ घर भएका ३० वर्षीय बिपिन अधिकारीलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २२ मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । साथै थप अनुसन्धानको लागि १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० सिमाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ३२ वर्षीय बिकी बिश्वकर्मा र सोही उपमहानगरपालिका-१२ भोर्ले बस्ने ३० वर्षीय बुद्द स्याङतान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-००५ प ८५१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने ४८ वर्षीय कुल प्रसाद भट्टराईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ सय ८६ किलो गाँजा सहित दुई जना पक्राउ
२०८२-१२-२९

धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय ८६ किलो ४ सय ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका-५ बस्ने १९ वर्षीय होम बहादुर विक रहेका छन् ।इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८२-१२-२९

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने २७ वर्षीय शिशिर केसी समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ७ सय ९० रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । म्याग्दी, बेनी नगरपालिका-६ डम्बरा बस्ने ५५ वर्षीय तेज बहादुर खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार २ सय ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-१२-२८

नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो ६ सय ८८ ग्राम सहित सोही ठाउँ बस्ने ६० वर्षीया बेली बनियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।   ललितपुर, गोदावरी नगरपालिका-५ लेलेबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ लेले घर भएका ४० वर्षीय किरण कुमार परियार,  ३१ वर्षीय निर्मल घलान र ५९ वर्षीय राज कुमार सुन्दास रहेका छन् । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय सुशान ठाकुरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-६ रझेनाबाट अवैध लागूऔषध ट्रामाडोल १ सय ८८ ट्याब्लेट र नाइट्राजेपाम १ सय ७८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय पवन कुमार केसीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नाइट्राजेपाम ५० ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय समिर घर्ति र २६ वर्षीय रमेश गन्दर्भ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, सुखीपुर नगरपालिका-८ महदेवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुशिल कुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले  उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ६ ट्याब्लेट सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय अविशेक शर्मा, सोही उपमहानगरपालिका-३ बस्ने २० वर्षीय देव शर्मा र बझाङ जयपृथ्वी नगरपालिका-१० घर भएका २७ वर्षीय सन्जिव रिजाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, कावासोती नगरपालिका-१ कोईलापानीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६३ ट्याब्लेट र एनारगन ६६ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय सुनिल विक र सोही नगरपालिका-१ बस्ने २३ वर्षीय अनिल सुनार रहेका छन् । अस्थायी प्रहरी पोष्ट शंखदेवबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा बरियारपट्टी गाउँपालिका-४ बस्ने २४ वर्षीय उदित नारायण राय अमात, मोरङ बेलबारी नगरपालिका-१० बस्ने ३७ वर्षीय पदम बहादुर जोगी र झापा मेचीनगर नगरपालिका-२ बस्ने २४ वर्षीय निकास आले रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले लाहानबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश०१-००१ ख ०६२८ नम्बरको हायसमा सवार उदितलाई ५ सय ३० मिलिग्राम, इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्रदेश०१-००२ ज ७५९९ नम्बरको ट्याक्सीमा सवार पदमलाई १२ ग्राम ६ सय मिलिग्राम र काँकडभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९६६० नम्बरको हायसमा सवार निकासलाई ३३ ग्राम ८ सय ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभार कार्यमा सहयोग पुर्‍याउने व्यक्तित्वहरू सम्मानित
२०८२-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जेन-जी आन्दोलन पश्चात प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभार कार्यमा सहयोग पुर्‍याउने Rotary President Action Group का पदाधिकारीहरूलाई सम्मान गर्नुभएको छ ।  प्रहरी महानिरीक्षक कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित विशेष समारोहमा रोटरी क्लबका पदाधिकारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको हो । गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा क्षति पुगेका काठमाडौं र ललितपुर जिल्लाका ९ वटा प्रहरी कार्यालय भवनहरूको पुन:संभार कार्यमा Rotary President Action Group को तर्फबाट प्राप्त निस्वार्थ एवम् सह्रानीय सहयोगको कदर स्वरूप उक्त सम्मान गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो ।   समारोहमा प्रहरी महानिरीक्षक कार्कीले रोटरी क्लबले समाजको विभिन्न क्षेत्रहरूमा गरेको योगदानको प्रशंसा गर्दै क्लबले प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभारमा पुर्‍याएको योगदानले प्रहरी कर्मचारीहरूलाई अझ जनसेवामा समर्पित भई कार्य गर्न थप प्रेरणा प्राप्त भएको बताउनुभयो । प्रहरी पेशा मात्र नभई स्वार्थ रहित सेवा समेत भएको चर्चा गर्दै नागरिकको दु:ख, पीडा एवम् समस्यालाई धैर्यतापूर्वक सम्बोधन गर्दै सबैलाई विभेद रहित सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरू दत्तचित्त हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सके मात्र गैर कानुनी क्रियाकलाप गरे ढिलो चाँडो कानुनी दायरामा पुगिन्छ भन्ने सन्देश समाजमा प्रवाह भई समाजलाई अपराधमुक्त बनाउनुका साथै शान्त एवम् समृद्ध समाज निर्माणमा समेत सहयोग पुग्ने बताउनुभयो । नागरिकको साथ र सहयोगबाट नै प्रहरी आफ्नो व्यक्तिगत समस्याहरू बिर्सिएर समाजको लागि समर्पित हुन प्रेरित हुने उल्लेख गर्दै आगामी दिनमा समेत यस किसिमको साथ र सहयोगको निरन्तर अपेक्षा लिएको उहाँले बताउनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा Rotary President Action Group का संयोजक राजाराम फुयाँलले प्रहरी कार्यालय भवन पुन:संभारमा Rotary President Action Group ले पुर्‍याएको सहयोग सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो भने District Governor Elect Of Rotary District Nepal का विष्णु बहादुर कार्कीले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।   कार्यक्रममा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, Rotary President Action Group का पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-१२-२७

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४३ ट्याब्लेट र स्पास्पेन ४३ ट्याब्लेट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय उज्जल कार्की र कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय मिन कुमार चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ९७२६ नम्बरको हायसमा सवार उज्वललाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४३ ट्याब्लेट र स्पास्पेन ४३ ट्याब्लट तथा धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ७७९५ नम्बरको हायसमा सवार मिन कुमारलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० घुईयाघाट बस्ने ३४ वर्षीय जगदिश राना समेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८२-१२-२७

सुनसरी, कोशी गाउँपालिका-८ भण्टावारीबाट स्रोत नखुलेको नगद ६ लाख ४८ हजार ७ सय १० नेपाली रूपैयाँ र १२ हजार ९ सय ५० भारतीय रूपैयाँ सहित २ शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका-५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमाननगर-१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-१२-२७

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० बाट अवैध लागूऔऋध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५९ ग्राम ५ सय मिलिग्राम, नगद १ लाख ७२ हजार ७ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २७ वर्षीय रामचन्द्र पुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, महानगरपालिका-३२ स्थित जडीबुटी न्यू आसियाना गेष्ट हाउस र गौशालास्थित लालिगुरास गेष्ट हाउसबाट अवैध लागऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३५ ग्राम र नगद ५७ हजार रूपैयाँ सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा जनकपुरधाम उपमहानगरपालिका-१३ घर भएका २६ वर्षीय रोशन कुमार साह, ३२ वर्षीया मिना कुमारी श्रेष्ठ र ललितपुर ग्वार्को बस्ने धनुषा घर भएका २४ वर्षीय दिपक कुमार महासेठ रहेका छन् । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।    ललितपुर, बागमती गाउँपालिका-३ भट्टेडाँडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८० ट्याब्लेट सहित सर्लाही कविलासी नगरपालिका-१ घर भएका २२ वर्षीय बलराम कुमार साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०४९ प ६२४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   झापा, झापा गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-२ हिमाली टोल बस्ने २४ वर्षीय संगित शेर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित बर्दगोरिया गाउँपालिका-१ बस्ने २५ वर्षीय अरूण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय भजनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध डाइजेपाम २७ एम्पुल, प्रोमेथाजाइन २७ एम्पुल र बुप्रेनोर्फिन २७ एम्पुल सहित पर्वत कुश्मा नगरपालिका-५ बस्ने २० वर्षीय मोहन बहादुर माझी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ५५ एम्पुल, फेनारगन ५६ एम्पुल र बुप्रेनोर्फिन ५७ एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-२ पोखरा बसपार्क बस्ने ३४ वर्षीय गणेश खत्री र सोही महानगरपालिका-१२ बस्ने ३५ वर्षीय सुरेन्द्र थापा रहेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बर्दघाटबाट चितवनतर्फ आउँदै गरेको ना.४१ प ४३१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-४ तुलापुर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहति फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २९ वर्षीय बिशाल खाँण ठकुरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२-००१ ख ००५४ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहागनरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट र डिकोलिक १ सय २० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीय सुबास राईलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी चौकी रेल्बेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । धादिङ, गल्छी गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा ३१ किलो ४ सय ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ किरानचोक बस्ने २५ वर्षीय हरि तामाङ र २५ वर्षीय आकाश तामाङ रहेका छन् । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले काठमाडौंबाट कपिलवस्तुतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०८७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१२-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं नगरपालिका-१० बस्ने काभ्रे घर भएकी ४७ वर्षीया कुमारी मगर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१२-२७

काठमाडौं, जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी काभ्रे धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर महाकाली टोल बस्ने पनौती नगरपालिका-२ घर भएका ४० वर्षीय उमेश सापकोटालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत दाङबाट जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-९ पँलासेबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ पठाइएको छ ।

अपराधिक षडयन्त्र तथा अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१२-२७

काठमाडौं,अपराधिक षडयन्त्र तथा अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सिन्धुपाल्चोक घर भएका ५६ वर्षीय गोपाल श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रूपन्देहीबाट अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिक-२८ बागबजारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देही पठाइएको छ ।