प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

२०८१-०५-१०

  • A
  • A-
  • A+
Share

सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा १५ किलोग्राम सहित धनकुटा, धनकुटा नगरपालिका-७ बस्ने २२ वर्षीय सन्देश राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को.१ ख २०९६ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार राईलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजा करिब २१ किलोग्राम सहित सोही गाउँपालिका-८ बस्ने २७ वर्षीय रमेश तामाङ समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६८२३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित बाटोबाट अवैध लागूऔषध गाँजा ९ किलो ८ सय ६६ ग्राम सहित भारत बिहार बैसाली हाजीपुर पंचायत-८ सराय बस्ने २८ वर्षीय मिठु कुमारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले वीरगंजबाट रक्सौलतर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

मोरङ, बिराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ३९ मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-६ बस्ने २७ वर्षीय मनिष कुमार साह, भारत घर भएका २५ वर्षीय गुड्डु कुमार र २७ वर्षीय मोहमद अन्सार आलम रहेका छ्न् । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले रानीबाट बिराटनगरतर्फ आउँदै गरेको प्र.१-०२-००४ ह ०८३१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

सिराहा, मिर्चैया नगरपालिका-७ जिवा टोलस्थित प्रदिप साहको कुखुरा फर्मबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम र १ थान डिजिटल तराजु सहित कर्जन्हा नगरपालिका-१० प्रयागपुर टोल बस्ने २५ वर्षीय रामाशंकर शर्मालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०७-१६

कञ्चनपुर, बेलौरी नगरपालिका-९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय मोहन राज भट्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ ३ सय ६० ग्राम सहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी  प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.४ ख ४१०१ नम्बरको बसलाई  जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-५ हलचोक चौतारा नजिक डेरा गरी बस्ने धादिङ सिरानचोक गाउँपालिका-४ घर भएकी ३७ वर्षीया चमेली ग्याल्वा तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ग्राम र पोल्याण्ड २ किलो २ सय ग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-२ भानु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-५ सतिसाले बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बरगाछीबाट भानुचोकतर्फ आउँदै गरेको बा.८० प १२२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टिकापुर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २२ वर्षीय निर्मल शाही, २२ वर्षीय भरत कुँवर, २३ वर्षीय दमन ढुंगाना, २१ वर्षीय सचिन भण्डारी र सोही नगरपालिका-२ बस्ने २३ वर्षीय निराजन रावल रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०७-१५

बाँके, डुडुवा गाउँपालिका-५ कम्दी बस्ने ३२ वर्षीय रामचन्द्र बर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय ८० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकट्टी कम्दीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ चाँदनी खाजा घर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख दुल्लु नगरपालिका-५ बस्ने १९ वर्षीय गणेश नेपाली र  भारत बहराइच थाना रूपैडिया बस्ने २७ वर्षीय सिरताज घोसी रहेका छन् ।  इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित सन्ध्या होटल अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही उपमहानगरपालिका-१५ मिलनचोक बस्ने २९ वर्षीय बलराज घिमिरेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.२ ह १६०९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक घिमिरेलाई पक्राउ गरेको हो ।  अछाम, साँफेबगर नगरपालिका-३  टोटासाल बस्ने ५८ वर्षीय पुरन कुँवरलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनले संचालन गरेको मिलन किराना पसलबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८१-०७-१४

काठमाडौं, कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ६० मिलिग्राम, गाँजा १ किलो २ सय ४ ग्राम, गाँजाको धुलो ३१ ग्राम ३ सय मिलिग्राम र अफिम १२ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ढोकासी बस्ने २२ वर्षीय बिशेष खड्गी र ललितपुर महानगरपालिका-३ धोबिघाट बस्ने बिजन महर्जन रहेका छन् । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बिजनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ कृष्णनगर बसपार्कबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ १ सय ५१ ग्राम २ सय १० मिलिग्राम सहित सोही नगरपालिका बस्ने ३२ वर्षीय लवकुश भुजलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध खरिद गर्न आएका बुद्धभुमी नगरपालिका-२ बस्ने २८ वर्षीय महेश थारू र बाणगंगा नगरपालिका-१ बस्ने २४ वर्षीय बिपुल थारूलाई लु.९६ प ५६६५ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।  कैलाली, जानकी गाउँपालिका-७ मोतिनगरबाट अवैध लागूऔषध गाँजाको धुलो ८० ग्राम सहित सोही गाउँपालिका-७ सन्तपुर बस्ने २२ वर्षीय बिक्रम विश्‍वकर्मा समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजाको धुलो सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुर्नवास नगरपालिका-३ आईबिआरडि बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १८ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३१ वर्षीय अमित कुमार वर्णवार र कञ्चनपुर बेलौरी नगरपालिका-२ टेडुवा बस्ने ४० वर्षीया सिता देवी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट आईबिआरडिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टस्थित सडकबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ना.६ ख ७२२७ नम्बरको बसमा सवार बारा माहागढीमाई नगरपालिका-७ तेलकुवा टोल बस्ने २० वर्षीय ओमबाबु कुशवाहालाई नुर्फिन ४ सय ७३ एम्पुल, फेनारगन ५ सय १६ एम्पुल, डाईजेपाम ४ सय ९२ एम्पुल तथा २० वर्षीय सैलेश यादवलाई फेनारगन ४ सय ९४ एम्पुल, नुर्फिन ५ सय २७ एम्पुल, डाईजेपाम ४ सय ९४ एम्पुल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-०७-१३

कैलाली, टीकापुर नगरपालिका-९ खग्रौला चेक पोष्टस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ६ सय ८० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय उपेन्द्र साउदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ३४१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ साथी होटल पछाडि गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-२ बस्ने २४ वर्षीय उमेश चौधरी र भारत लखिमपुर पलिया बस्ने २५ वर्षीय प्रदिप मौरे रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-७ बैदी बस्ने १९ वर्षीय पंकज ओडलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, भेरीगंगा नगरपालिका-४ सानो हर्रे रत्न राजमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ७० मिलिग्राम सहित दैलेख दुल्लु नगरपालिका-१३ बस्ने २९ वर्षीय नारायण बहादुर शाही समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय २४ ग्राम २ सय ६० मिलिग्राम सहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ४१ वर्षीय दामोदर लुईटेल समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले काँकटभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७४४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०७-१३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३१ ग्राम सहित धादिङ गल्छी गाउँपालिका-७ बस्ने २८ वर्षीय कुमार थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ४७९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, भद्रपुर नगरपालिका-५ मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३२ मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१२ बस्ने २० वर्षीय अनिष चौधरी र २३ वर्षीय जिबछ चौधरी रहेका छन् । प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०७-१२

सुनसरी, इटहरी उपमहानगरपालिका-७ बजरंगबली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम ५ सय ३० मिलिग्राम, नगद १० हजार २ सय ४० रूपैयाँ र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका-१४ बस्ने ३४ वर्षीय जोतिष चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पचरूखी बालग्राम सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-५ लालबोजीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१० दमौरा बस्ने २९ वर्षीय दुर्गेश चौधरी र कञ्चनपुर कृष्णपुर नगरपालिका-५ गुलरीया बस्ने ३० वर्षीय सन्जु चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।