प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

२०८१-०५-३०

  • A
  • A-
  • A+
Share

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

मोरङ, ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५५ वर्षीय अहिलाल माझी समेत ९ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ लाख ५१ हजार ५ सय रूपैयाँ, १६ थान कौडा, १२ बुक तास, मोबाइल १५ थान लगायतका सरसामान सहित पक्राउ गरेको हो । 

बर्दिया, बाँसगढी नगरपालिका-९ चिसापानीस्थित कुशल वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दैलेख भगवती माई गाउँपालिका-२ घर भएका ३६ वर्षीय जय बहादुर सुनार समेत ४ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २ सय ७० रूपैयाँ र २१ बुक तास सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेका ४ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।