प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

२०८१-०६-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भएका ४२ वर्षीय राम शरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका-६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङ समेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका-२ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०२-२९

बर्दिया, ठाकुरबाबा नगरपालिका-२ रानीपुर बस्ने ३८ वर्षीय बिनोद तिवारीको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो  । डोल्पा, ठूलीभेरी नगरपालिका-३ दुनै बजार बस्ने ५१ वर्षीय पञ्च बुढाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा पञ्च समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ८ सय रूपैयाँ र कौडा ४६ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।