प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०८१-०५-१५

  • A
  • A-
  • A+
Share

कैलाली, गोदावरी नगरपालिका-१ बनखेतस्थित सुरक्षा सामुदायिक वनमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ४१ वर्षीय प्रेम रोकाया सहित ४ जनालाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । 

 इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ८ सय ८० रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ
२०८२-०२-०४

काठमाडौं, काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगत समेत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने दोलखा भिमेश्वर नगरपालिका-७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रूपैयाँ  र ९ बुक तास सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बजारस्थित पर्वत होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ४० वर्षीय केशव राज जोशी समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ८ सय ३५ रूपैयाँ सहित पक्राउ गरेको हो ।  तनहुँ, व्यास नगरपालिका-११ रानीगाउँस्थित बिष्णु पौडेलले संचालन गरेको साथीभाई कटेजबाट जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८२-०२-०१

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-११ घर भएका २९ वर्षीय नरेन्द्र केसीको कोठामा जुवातास खेलिरहेको अवस्थामा नरेन्द्र समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८ सय ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-८ कोशीपारी बस्ने शिव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-८ बस्ने ३३ वर्षीय सविन श्रेष्ठ समेत १० जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६ सय ४५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।