प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

२०८१-०५-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने रोल्पा माडी गाउँपालिका-१ जवाड घर भएका २९ वर्षीय रण बहादुर घर्ती र काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने डडेल्धुरा नवदुर्गा गाउँपालिका-४ घर भएका ३४ वर्षीय कर्ण सिंह साउद रहेका छन् । 

पक्राउ मध्ये रण बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ८ जना पीडितबाट १ करोड ६५ लाख रूपैयाँ र कर्ण सिंहले इटाली पठाइदिन्छु भन्दै ८ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रण बहादुरलाई काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट र कर्ण सिंहलाई काठमाडौं महानगरपालिका-२८ बागबजारबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०१-१८

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर बस्ने नुवाकोट घर भएका २० वर्षीय सुमन तामाङ, तारकेश्वर नगरपालिका-७ टुसारचौर बस्ने नुवाकोट घर भएका १९ वर्षीय सुजन लामा र तारकेश्वर नगरपालिका-३ बस्ने रसुवा घर भएका २५ वर्षीय बसन्त भन्ने पुष्प तामाङ रहेका छन् । २०८२ फागुन १० गते काठमाडौं महानगरपालिका-२६ मित्रनगर बिरेन्द्र ऐश्वर्य मार्गस्थित पार्किङमा राखेको बागमती प्रदेश ०२-०३४ प ७८७ नम्बरको मोटरसाइकल र वैशाख ३ गते काठमाडौं तारकेश्वर नगरपालिका-५ फुलबारी गेटस्थित पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०२१ प ४१७१ नम्बरको मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न रहेका सुमनलाई तारकेश्वर लोलाङबाट र सुजनलाई तारकेश्वर तिनपिप्लेबाट बुधबार तथा पुष्पलाई तारकेश्वर नगरपालिका-३ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।