प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

२०८१-०६-२२

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-१३ श्रिलंकास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा बैतडी सुर्नया गाउँपालिका-२ बस्ने ३४ वर्षीय करन बिष्ट समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८९ हजार ९ सय २० रूपैयाँ, २ वटा मोटरसाइकल र ६ गड्डी तास  सहित पक्राउ गरेको हो । 

लमजुङ, बेसिशहर नगरपालिका-७ पुरानो बैंक चोक बस्ने खजिन्द्र गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बेसिशहर नगरपालिका-८ बस्ने ३३ वर्षीय अक्सर अलिख मिया समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ८ सय ८० रूपैया सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-७ कालापानीस्थित मान सिंह ठगुन्नाको धामी कटेजमा जुवातास खेलिरहेको अवस्थामा शुक्लाफाँटा नगरपालिका-७ बस्ने २४ वर्षीय बिपिन सिंह समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ४ सय ६० रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।