प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०५-२०

  • A
  • A-
  • A+
Share

भक्तपुर, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-६ नगरकोट बेसीटोल बस्ने काठमाडौं शंकरापुर नगरपालिका-१ गागलफेदी घर भएका २९ वर्षीय निरोज लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

लामाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग खरीपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०६-१८

दाङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-५ चैनपुर बस्ने १९ वर्षीय किरण चौधरी समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई सोही गाउँपालिका-५ मंघरस्थित खाली घरमा बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । बर्दिया, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-३ बनगाई बस्ने दैलेख चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भएका २० वर्षीय प्रकाश परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रकाशले ती बालिकालाई सोही नगरपालिका-६ ठाडाफाटास्थित जयदुर्गा सामुदायिक वनमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । रोल्पा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माडी गाउँपालिका-२ खोलबाङ बस्ने ३२ वर्षीय बिर्सी विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई बिबाह गर्छु भनि ललाई फकाई आफ्नै घरमा लगेर बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।