अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
२०८१-०७-०५
- A
- A-
- A+
सर्लाही, लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित भारत सितामडी थाना बेला बथौडा ग्राम पंचायत मुजलिया बस्ने २० वर्षीय शंकर रामलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दीबाट जब्दीतर्फ जाँदै गरेको बीआर ३० टि ४०२५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त गाँजा फेला पारी चालक शंकरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।