प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०५-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका-९ घर भई कास्की पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेललाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । 

पौडेलले ती महिलालाई काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित प्यासिफिक गेष्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाखगुल्मी, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ बडिगाड गाउँपालिका-९ खहरे बस्ने १९ वर्षीय हिरा कामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हिराले ती बालिकालाई रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडामा शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । तनहुँ, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१ अल्छिबिसौना बस्ने ७२ वर्षीय केशवराज पौडेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । केशवराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।