प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने चार जना पक्राउ

२०८१-०५-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका-११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका-२९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन् । 

उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानिलकण्ठ नगरपालिका-१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्‍यामर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
मोटरसाइकल चोरीमा संलग्न रही फरार रहेका व्यक्ति पक्राउ
२०८३-०५-२३

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रही फरार रहेका काठमाडौं महानगरपालिका-१४ बस्ने धादिङ गजुरी गाउँपालिका-७ घर भएका २१ वर्षीय दावा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-९ स्युचाटारस्थित पार्किङ गरी राखेको बा.प्र.०२-०२२ प ३०९७ नम्बरको मोटरसाइकल २०८१ कार्तिक २९ गते चोरी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

नक्कली टिकटक आइडी बनाई अनलाईन ठगीमा संलग्न तीन जना पक्राउ
२०८३-०५-२३

काठमाडौं, नक्कली टिकटक आइडी बनाई अनलाईन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने सर्लाही लालबन्दी नगरपालिका-५ घर भएका २१ वर्षीय सन्दिप कुमार सिंह कुशुवाह, सप्तरी राजविराज नगरपालिका-९ घर भएका २१ वर्षीय सुमित दास र काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २२ वर्षीय दिपुश सिंह रहेका छन् ।  उनीहरूले CERTIFIED EV SELLER प्रोफाइल नामको फेक टिकटकबाट सस्तो दरमा ईभी स्कुटर, मोटरसाइकलको  विभिन्न पार्टसहरू घरमै पुऱ्याई दिने भनी विज्ञापन पोष्ट गरी अग्रिम भुक्तानीको लागि रकम पठाउन प्राप्त गरेको पश्‍चात सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लिखत सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०५-२३

काठमाडौं, लिखित सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई  शुक्रबार प्रहरीले पक्राउ गरेको  छ ।पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ नयाँठिमी बस्ने सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका १९ वर्षीय सन्जिब भुषाल, काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने रौतहट कटहरिया नगरपालिका-३ घर भएका १९ वर्षीय शेख तबरेज र काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने स्याङ्जा भिरकोट नगरपालिका-४ घर भएका २७ वर्षीय समित रेग्मी रहेका छन् ।  एयर अरेबियाको उडानबाट शारजाह, युएई हुँदै भिजिट भिषामा श्रीलंका जान लागेका उनीहरूको साथबाट वैदेशिक रोजगार विभागबाट जारी भएको व्यक्तिगत श्रम स्विकृती नक्कली रहेको खुल्न आएको छ ।  उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-२३

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भएका २६ वर्षीय भुवन भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-५ बाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।