विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न
२०८१-०५-३०
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा संचालित ३४औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम आइतबार सम्पन्न भएको छ ।
उक्त अवसरमा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारा देवि थापाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ६ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान १६ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।