प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८२-०३-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, बारा निजगढ नगरपालिका-८ घर भएका ३२ वर्षीय कृष्ण लामालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ टुसाल बस्ने मकवानपुर घर भएका बिकास लामा लो, बारा निजगढ नगरपालिका-७ घर भएका २९ वर्षीय सुगन्द लामा, १८ वर्षीय किशोर र मकवानपुर बकैया गाउँपालिका-२ घर भएका २३ वर्षीय निसान जिम्भा रहेका छन् । बिकासको बहिनीको जन्मदिन मनाउन भन्दै कृष्णलाई शुक्रबार राति बुढानिलकण्ठ नगरपालिका-५ टुसालस्थित बिकासको घरमा लगि कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पर्सा, आफ्नै श्रीमती २१ वर्षीया लालबीबी खातुनको हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-४ जगरनाथपुर बस्ने २३ वर्षीय सफिराजा मियाँलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लालबीबीको आफ्नै घरमा शनिबार शंकास्पद मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पटेर्वासगौलीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सफिराजालाई पक्राउ गरेको हो । उनी विरूद्ध ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०१-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्विया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका-३  घर भएका ३४ वर्षीय रामलाल राजवंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  रामलालले सर्विया पठाइदिन्छु भनी १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-०१

काठमाडौं, ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्क  बस्ने ३१ वर्षीय लोब्साङ बोम्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीमा पीडितलाई २०८२ साउन १२ गते खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परी हिरासतमा रहेका र २०८२ भदौ २४ गतेको आन्दोलनमा प्रहरी वृत्त बौद्धको हिरासतबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०८२-१२-३०

पर्सा, कालिकामाई गाउँपालिका-१ मुडली घर भएका २८ वर्षीय बिकाश कुमार चौरसियाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-११ डेरा गरी बस्ने रौतहट माधवनारायण नगरपालिका-१ घर भएका २६ वर्षीय संतोष साह, २४ वर्षीया सोनी कुमारी, बारा महागढीमाई नगरपालिका-७ बेनौली बस्ने १९ वर्षीय बिशाल साह र भारत उत्तर प्रदेश  थाना अलीगढ बस्ने २१ वर्षीय ओमबीर प्रजापति रहेका छन् । वीरगंज महानगरपालिका-११ रानीघाटस्थित घरमा बिकाश कुमारलाई फलामको छड तथा फलामको धारिलो गल प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका बिकाशको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।