नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०२-३०
- A
- A-
- A+
सर्लाही, हरिपुर नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध १५ पीस प्रोमेथोजाइन इन्जेक्सन, १५ पीस डाइजेल्याब, १५ पिस नोफिल ईन्जेक्सन र ७ ट्याब्लेट नाइट्राभेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-५ बस्ने २४ वर्षीय सुबाष सुनुवार र सोही महानगरपालिका-८ बस्ने ३१ वर्षीय बिमल गुरुङ रहेका छन् । मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बा.३ ख ३०५३ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गारिरहेको छ ।