प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

२०८२-०१-३१

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-११ घर भएका २९ वर्षीय नरेन्द्र केसीको कोठामा जुवातास खेलिरहेको अवस्थामा नरेन्द्र समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८ सय ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।

 काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-८ कोशीपारी बस्ने शिव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-८ बस्ने ३३ वर्षीय सविन श्रेष्ठ समेत १० जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६ सय ४५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।