प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७९-०३-०५

  • A
  • A-
  • A+
Share

नवलपरासी(पूर्व), विनयीत्रिवेणी गाउँपालिका-१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय विन्दु कुमार श्रेष्ठ समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त प्यालेसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ  इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ टुडा बस्ने ३८ वर्षीय फन बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा फन बाहदुर लगायत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार