प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

२०८२-१२-१४

  • A
  • A-
  • A+
Share

ललितपुर, जबरजस्ती करणी मुद्दामा फरार रहेका २ जना प्रतिवादीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका-७ बस्ने मुगु घर भएका ५२ वर्षीय कर्ण बहादुर मल्ल र झापा भद्रपुर नगरपालिका-८ बस्ने रामेछाप घर भएका ३१ वर्षीय अनुप श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई ललितपुर महानगरपालिका-१५ बाट र अनुपलाई झापा भद्रपुर नगरपालिका-८ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
२०८३-०२-०७

दाङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-१० बनगाउँ बस्ने २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भन्ने राजेन्द्र चौधरी रहेका छन् ।ओम, राजेन्द्र र सोही उपमहानगरपालिका-८ टिकरी बस्ने २४ वर्षीय राजेश चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरू मध्ये ओम र राजेन्द्रलाई पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार राजेशको खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-०६

बाँके, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ बेलनपुर बस्ने २६ वर्षीय रैबर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । खानले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ छमनिया गाउँ बस्ने २२ वर्षीय फुलसिंह थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई बैजनाथ गाउँपालिका-५ बनकटुवा चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।