प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०५-२६

  • A
  • A-
  • A+
Share

रूकुम पश्चिम, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाँफिकोट गाउँपालिका-२ बस्ने २६ वर्षीय दुर्गालाल भन्ने दुर्गालाल दमाईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत रूकुम पश्चिमको २०८१ माघ ६ गतेको फैसलाले उक्त मुद्दामा १२ वर्ष कैद सजाय, ५ लाख रूपैयाँ जरिवाना र ५० हजार रूपैयाँ क्षतिपुर्ती ठहर भई कारागार कार्यालय रूकुम पश्चिममा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-१६

    उदयपुर, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-५ लालपुर बस्ने ३५ वर्षीय समिर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । समिरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   बाँके, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने ३८ वर्षीय मान बहादुर कामीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।