जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-०५
- A
- A-
- A+
कैलाली, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ जमरापारी यु बान्स अटो पार्टस सर्भिस सेन्टरमा काम गर्ने जानकी गाउँपालिका-४ कञ्चनपुर घर भएका २५ वर्षीय विपिन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विपिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।