जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-२९
- A
- A-
- A+
बर्दिया, ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-८ रेशम टोल बस्ने ४५ वर्षीय जग बहादुर थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जग बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।