जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-०६
- A
- A-
- A+
तनहुँ, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-४ सारडाँडा बस्ने २१ वर्षीय संजय रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।