जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-०४
- A
- A-
- A+
काठमाडौं, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका-१३ घर भएका ३१ वर्षीय राम बहादुर तामाङलाई शनिबार राति प्रहरी पक्राउ गरेको छ ।
राम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।