जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-०३
- A
- A-
- A+
झापा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दमक नगरपालिका-७ सयपत्री टोल बस्ने २५ वर्षीय मनिस साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मनिसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-९ बैगुनधुरा बस्ने २३ वर्षीय दिपक भुजेल र सुनसरी इटहरी उपमहानगरपालिका-१७ बस्ने २१ वर्षीय रमित झागरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपक र रमितले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कपिलवस्तु, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-५ चन्द्रौटा बस्ने ४४ वर्षीय राजु सिंह विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजु सिंहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कैलाली, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-१ बिजयनगर बस्ने ३१ वर्षीय बिनोद दाहाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिनोदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।